इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २१३ औँ भानु जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै आदिकवि भानुभक्त आचार्यको योगदानले नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।आइतबार जारी शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले संस्कृत भाषामा रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी भानुभक्तले नेपाली भाषाको विकास तथा साहित्यलाई जनसाधारणसम्म पुर्याउन उल्लेखनीय योगदान दिएको उल्लेख गर्नुभएको छ ।उहाँले भानुभक्तको ‘नेपाली भाषाको रामायण’, ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ र ‘रामगीता’ लगायत कृतिले नेपाली साहित्यलाई समृद्ध बन
इटहरी । भोजपुरको अरुण गाउँपालिकाले सञ्चालन गरेको ‘सुत्केरी भेटघाट कार्यक्रम’ पछिल्लो समय निकै प्रभावकारी बन्दै गएको छ। स्थानीय सरकार घरदैलोमै पुगेर सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य एवं पोषणको ख्याल राख्न थालेपछि गाउँबासीहरू उत्साहित भएका छन् । यसै क्रममा गाउँपालिकाले वडा नम्बर ६, जरायोटारको पाल्पामा एक विशेष कार्यक्रमका बीच १९ जना नवजात शिशुका आमाहरूलाई भेटघाट गरी सहयोग वितरण गरको छ । कार्यक्रम अन्तर्गत गाउँपालिकाले बच्चाको मुख हेर्न नगद ५ सय रुपैयाँ र सुत्केरी आमालाई पोषणयुक्त खानेकुराका लागि थप २ हजार रुपैयाँ गरी प्रति व्यक्ति २५ सय रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गर्दै आएको छ । सुत्केर
इटहरी । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, गछियाबजार शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार गछिया युवा समाजलाई विभिन्न खेलकुद सामग्री हस्तान्तरण गरेको छ। युवाको प्रतिभा विकास र स्वस्थ समाज निर्माणका लागि ८ वटा फुटबल सहित एगिलिटी ल्याडर, विप्स, स्पीड हर्डस लगायतका प्रशिक्षण सामग्री प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि सामाजिक व्यक्तित्व देवराज तामाङले खेलकुदले युवाहरूलाई अनुशासित बनाउने चर्चा गर्दै वित्तीय संस्थाको यो सहकार्य उदाहरणीय भएको बताउनुभयो । संस्थाका कोशी प्रदेश प्रमुख बेद प्रसाद देवकोटाले वित्तीय सेवा प्रवाहसँगै सामाजिक क्षेत्रमा निरन्तर योगदान दिने प्रतिबद
इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ४९ करोड १० लाख ६६ हजार २ सय ६० रुपैयाँ बराबरको बजेट नगरसभाबाट पारित गरेको छ । बजेटमा नेपाल सरकार र कोशी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय तथा सशर्त, समपूरक र विशेष अनुदानलाई मुख्य आयस्रोतका रूपमा समावेश गरिएको छ । व्ययतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १० करोड रुपैयाँ तथा नगरस्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४ करोड ८९ लाख २५ हजार २ सय ६० रुपैयाँ विनियोजन गरिएको छ । यस्तै सडक बोर्ड साझेदारी, खानेपानी आयोजना, कोल्ड स्टोरेज निर्माण, पदमार्गमा आधारित पर्य
इटहरी । सुनसरी प्रहरीले छुट्टाछुट्टै स्थानमा सञ्चालन गरेको चेकजाँचका क्रममा ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन जना किशोरसमेत रहेका छन्।अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवाबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ करिब ७ः३० बजेतिर इनरुवा नगरपालिका–४ ट्याक्सी स्ट्यान्डस्थित पूर्व–पश्चिम राजमार्गमा पैदल हिँडिरहेका तीन जनालाई शंका लागी जाँच गर्दा उनीहरूको साथबाट २।६५ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१७ का १६ वर्षीय सुशान्त चौधरी, १८ वर्षीय अरमान खान र १८ वर्षीय सक्सेस दास रहेका छन्। उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिई जिल्ला
इटहरी । बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ मा विनियोजन गरेको कुल बजेटमध्ये करिब तीन चौथाइ मात्र खर्च गर्न सकेको छ। आर्थिक वर्षको अन्त्यसँगै तयार गरिएको वित्तीय विवरणअनुसार नगरपालिकाले कुल बजेटको ७६।२७ प्रतिशत रकम खर्च गरेको छ भने बाँकी करिब ३३ करोड रुपैयाँ उपयोग हुन नसकी सरकारी कोषमा फिर्ता गएको छ। नगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्ब ३८ करोड रुपैयाँको बजेट स्वीकृत गरेको थियो। त्यसमध्ये १ अर्ब ५ करोड रुपैयाँ विभिन्न कार्यक्रम तथा योजनामा खर्च भएको छ। खर्च हुन नसकेको रकम भने नियमानुसार फ्रिज भई फिर्ता गएको नगरपालिकाले जनाएको छ।खर्चको विवरण हेर्दा प्रशासनिक तथा नियमित प्रकृतिका कार
इटहरी । मोरङको विराटनगर महानगरपालिका–१४ जतुवाबाट कटुवा पेस्तोल, गोली, भाला र गाँजासहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा सीमा सुरक्षा गुल्म मुख्यालय रानीबाट खटिएको मोबाइल गस्ती टोलीले आइतबार बिहान करिब ५ः५० बजे जतुवास्थित मुन्ना सहनीको घरमा भाडामा बस्दै आएका ३१ वर्षीय सुभाषचन्द्र यादवको कोठामा खानतलासी गरेको थियो।खानतलासीका क्रममा यादवको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने एक राउन्ड गोली, एक थान घरेलु हतियार भाला, १४० ग्राम गाँजा तथा पोको कम्पनीका दुई थान मोबाइल फोन बरामद गरिएको सशस्त्र
इटहरी । विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले भोजपुरको समता स्कुलले सांस्कृतिक परम्परा संरक्षण तथा प्रवद्र्धनका लागि विशेष पहल थालेको छ ।विद्यालयले विभिन्न कार्यक्रममार्फत विद्यार्थीहरूलाई स्थानीय कला, संस्कृति, परम्परा तथा जीवनशैलीबारे व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ । विद्यालयमा समय–समयमा सञ्चालन हुने सांस्कृतिक कक्षा, लोकनृत्य, लोकगीत, भेषभूषा प्रदर्शन, परम्परागत खेलकुद तथा चाडपर्वसम्बन्धी चेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा आफ्नो मौलिक पहिचानप्रति गर्व गर्ने भावना विकास भएको विद्यालयका प्रधानाध्यापक मुना पाण्डेले बत
इटहरी । नेपाल विद्युत प्राधिकरणको ३३÷११ केभी टंकी सब स्टेशन अन्तर्गतको ३३ केभी विराटनगर–३ फिडरमा देखिएको अत्यधिक विद्युत् भार (ओभरलोड) को समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले लोड व्यवस्थापन गरेको छ ।नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाह का अनुसार बढ्दो विद्युत् भारका कारण विराटनगर–३ फिडरबाट विद्युत् आपूर्तिमा समस्या देखिन थालेपछि टंकी सबस्टेशनमा रहेका दुईवटा २४ एमभीए क्षमताका पावर ट्रान्सफर्मरको सञ्चालन प्रणाली परिवर्तन गरिएकोे उहाँले बताउनुभयो । उहाँका अनुसार पावर ट्रान्सफर्मर नं. १ लाई ३३ केभी विराटनगर–२ फिडरबाट र पावर ट्र
इटहरी। पाँचथरको हिलिहाङ गाउँपालिका–६ का एक किसानले पालेको खसीमा रेबिजको जीवाणु भेटिएको छ । स्थानीय रामचन्द्र मैनालीले पालेको खसीमा रेबिजसँग मिल्दोजुल्दो लक्षण देखिएर मृत्यु भएपछि परीक्षण गर्दा रेबिजको जीवाणु पुष्टि भएको हो ।खसीको मृत्युपश्चात् भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरमा ल्याएर प्राविधिक परीक्षण गर्दा रेबिजको जीवाणु भेटिएको हिलिहाङ गाउँपालिका पशु सेवा शाखाका प्रमुख धीरज पटेलले जानकारी दिनुभयो । मैनालीले उक्त खसी अन्यत्रबाट किनेर ल्याएको र त्यसलाई स्याल वा कुकुरले टोकेरनटोकेकोबारे भने जानकारी नभएको बताउनुभयो। पशु सेवा शाखाका अनुसार असार २६ गते गरिएको प्रयोगशाला परीक्षण
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.