समाचार

    Showing १,४५१-१,४६० of १२,३८८ items.
  • दमकमा सशस्त्रका सहायक हवल्दार चढेको मोटरसाइकलमा आगलागी

    इटहरी । झापाको दमकमा सशस्त्र प्रहरीका सहायक हवल्दारले चलाइरहेको मोटरसाइकलमा एक्कासि आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–८ स्थित नेम्वाङ ड्राइभिङ सेन्टरअगाडि प्र १–०२०५२ प ८५७३ नम्बरको कालो रंगको बुलेट मोटरसाइकलमा मंगलबार दिउँसो करिब १२ः४५ बजे आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भद्रपुरबाट सुनसरीको इटहरीतर्फ आउँदैै गरेका बेला मोटरसाइकलमा अचानक आगो लागेको हो । उक्त मोटरसाइकल सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म भद्रपुरमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार गणेश जिमीले चलाउनुभएको थियो । आगलागीबाट मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ । यद्यपि संखुवासभाको मादी

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १९६ पटक पढिएको
  • ट्याक्टरको ठक्करबाट एकको मृत्यु

    इटहरी। घरबाट पछाडि सारेर सडकमा निकाल्दै गरेको ट्याक्टरले सडकमा गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको कानेपोखरी –५ जहदाका २४ वर्षीय मनोज कार्कीको मृत्यु भएको छ । अस्थायी प्रहरी चौकी कानेपोखरीका अनुसार कानेपोखरी ५ को भित्री सडकमा गुडिरहेको बा।३९ प ४३३३ नम्वरको मोटरसाइकललाई  मे १ त ६७८७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा कार्की गम्भीर घाइते हुनुभएको थियो । मोटरसाइकलमा कार्की र उहाँका दाजु दिलबहादुर कार्की सवार हुनुहुन्थ्यो । दुबै जनालाई तत्काल उपचारका लागि विराटनगरको नोवेल अस्पताल पठाइएकोमा मनोजलाई अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते दिलबहादुरको नोवेल अस्पतालमा उपचार भ

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १३९ पटक पढिएको
  • ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दुई करोड ९६ लाख भेटी सङ्कलन

    इटहरी । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दुई करोड छ्यानब्बे लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ । पछिल्लो नौ महिनाको अवधि अर्थात चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा उक्त भेटी रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सोमबार बेलुकी सार्वजनिक गरेको विवरण अनुसार नौ महिनाको अवधिमा कुल दुई करोड ९६ लाख ४२ हजार ६०० रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आवको साउनदेखि चैत महिनाको मसान्त सम्ममा उक्त भेटी रकम सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । कार्यकारी निर्देशक हाङ्बाङका अनुसार नौ महिनाको अवधिमा सबैभन्दा बढी भेटी रकम मङ्सिर र कम भदौ महिनामा सङ्क

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १९८ पटक पढिएको
  • सडन डेथमा मछिन्द्र पराजित, पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

    इटहरी । विभागीय टोली नेपाल पुलिस क्लब ३८औँ संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। विराटनगरस्थित शहीद मैदानमा सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा साविक विजेता मछिन्द्र फुटबल क्लबलाई सडन डेथमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो। निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा दुवै टोलीले ५–५ गोल गरेपछि खेल सडन डेथमा पुगेको थियो। निर्णायक क्षणमा पुलिसका सुजन मगरले गोल गर्न सफल हुनुभयो भने मछिन्द्रका श्याम मुर्मुको प्रहार नेपाल पुलिसका गोलरक्षक शत्रुधन चौधरीले रोक

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १५८ पटक पढिएको
  • राष्ट्रपति शैक्षिक सुधारअन्तर्गत विद्यालय भवन शिलान्यास

    इटहरी । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत सुनसरीको जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयमा आठकोठे पक्की भवन बन्ने भएको छ। वराहक्षेत्र नगरपालिकामार्फत निर्माण हुने दुईतले आरसिसी भवनको शिलान्यास गरिएको छ। वराहक्षेत्र–५ मा रहेको उक्त विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रको इमिस तथ्याङ्कको प्राप्त नतिजाका आधारमा भवन निर्माणको स्वीकृति प्राप्त भएको विद्यालयले जनाएको छ। भवनको शिलान्यास वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले एक कार्यक्रमका बिच गर्नुभएको हो। संघीय सरकारको बजेटबाट निर्माण सुरु गरिएको उक्त पक्की भवनको ठेक्का वराहक्षेत्र नगरपालिका

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १०५ पटक पढिएको
  • नयाँ वर्षमा धनकुटाका पर्यटकीय स्थलमा पर्यटकको भीड

    इटहरी। नयाँ वर्षको सुरुवातसँगै धनकुटाका पर्यटकीय स्थलहरूमा वैशाखको पहिलो दिन बिहानैदेखि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ। जिल्लाका करिब दुई दर्जनभन्दा बढी पर्यटकीय स्थलहरूमा नयाँ वर्षको अवसरमा घुम्न आउने पर्यटकहरूको भीड देखिएको हो।पर्यटकको रोजाइमा पर्ने भेडेटार र नमस्ते झरना आन्तरिक तथा बाह्य पर्यटकका प्रमुख गन्तव्य बनेका छन्। तराई तथा भारत नजिकै भएकाले यहाँ पर्यटकहरूको आगमन बढी हुने गरेको छ। चिसो हावापानी, छिनछिनमा बदलिने मौसम तथा तराईका समथर फाँटदेखि पहाड र हिमशृङ्खलासम्मको दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकहरूको आकर्षण बढेको हो। भेडेटार स्काईवाक, भ्यू टावर, धार्मिक तथा पर्यटकीय

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १३९ पटक पढिएको
  • झापाको बिर्तामोडमा दुई उद्योगमा आगलागी

    इटहरी। बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा आज बिहान आगलागी भएको छ । आगलागी परी ती उद्योगमा ठूलो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आज बिहान करिब ४ः१५ बजे भक्तिप्रसाद उप्रेतीले सञ्चालन गर्नुभएको ‘झापाली चिप्स फ्याक्ट्री’ र चन्द्रप्रसाद खरेलको ‘सौगात काष्ठ फर्निचर’मा एकैसाथ आगलागी भएको थियो । आगलागीबाट दुवै उद्योगका कच्चा पदार्थ, तयारी सामग्री तथा मेसिनरी सामान जलेर नष्ट हुँदा करिब एक करोड मूल्य बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोड, सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेको

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १५० पटक पढिएको
  • केन्द्रीकृत सोच त्यागी सहकार्यबाट समृद्धि सम्भव

    इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै केन्द्रीकृत मानसिकता त्यागेर सहकार्य र सहअस्तित्वमार्फत समृद्धिको यात्रामा अघि बढ्न आग्रह गर्नुभएको छ। नयाँ वर्षको सन्देशमा मुख्यमन्त्री कार्कीले संविधान जारी भएको एक दशक बितिसक्दा पनि केन्द्रीकृत सोच पूर्ण रूपमा हट्न नसकेको उल्लेख गर्दै संघीय संरचनालाई व्यवहारमा अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले वर्तमान चुनौतीका बिच संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै तहबिच समन्वय अपरिहार्य रहेको बताउनुभयो। मुख्यमन्त्री कार्कीले लोकप्रियतावादी प्रवृत्तिका कारण प्रदेश

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १४० पटक पढिएको
  • नयाँ वर्षको पहिलो सूर्योदय

    इटहरी। आज (मङ्गलबार)देखि विसं २०८३ प्रारम्भ भएको छ। नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा लिने गरिन्छ। वर्षको पहिलो दिन आज देशभर एकआपसमा शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिमा प्रवेश गर्ने दिन भएकाले वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिनसमेत हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत मानिन्छ। नयाँ वर्षको दिन हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता–असफलताको मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता हासिल गर्न नयाँ योजना निर्माण तथा सङ्कल्प गर्ने परम्परा रहेको छ।

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • ११९ पटक पढिएको
  • प्रदेशमा आकस्मिक सेवा केन्द्र विस्तारलाई तीव्रता: मन्त्री इन्द्रमणि पराजुली

    झापा/ कोशी प्रदेशका विभिन्न ६ स्थानमा आकस्मिक सेवा केन्द्र स्थापना गरिने योजना अगाडि बढाइएको छ। झापाको अर्जुनधारा, मोरङको रंगेली, धनकुटाको हिले, तेह्रथुमको आठराई र खोटाङमा गरी हालसम्म ५ स्थानमा स्थापना प्रक्रिया अघि बढिसकेको छ भने सुनसरीमा स्थापना हुने सेवा केन्द्र भने अझै अन्योलमा परेको छ।स्वीस सरकार तथा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा स्थानीय तहहरूको २० प्रतिशत लागत निर्माण सहकार्यमा यी सेवा केन्द्रहरू स्थापना गरिनेछन्। प्रत्येक केन्द्रमा कम्तीमा ३ वटा वारूण यन्त्र (दमकल), शववाहन, उद्धारका सामग्री तथा ‘वाटर बोट’ लगायतका आवश्यक उपकरणहरू उपलब्ध गराइने जनाइएक

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • २१८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]