समाचार

    Showing १,३४१-१,३५० of १२,३७६ items.
  • दसगजा क्षेत्रमा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त सरसफाइ अभियान

    इटहरी। सुनसरीको कोशी गाउँपालिका(८, भण्टाबारी र भारतको भीमनगर सीमानाका दसगजा क्षेत्रमा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त सरसफाइ अभियान सुरु भएको छ। नेपाल भारतको दसगजा क्षेत्रमा दुइ देशीय सुरक्षाकर्मीले संयुक्त सरसफाइ अभियान सञ्चालन गरेको हो। सुनसरीको भण्टाबारी र भारतको भीमनगरसँग जोडिएको नेपाल भारतको सीमा क्षेत्रको दसगजा क्षेत्रमा फोहरले गर्दा हिँड्डुल गर्न समेत समस्या भएको गुनासो आएपछि त्यहाँ संयुक्त सरसफाइ अभियान चलाएको हो । सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा भारतको एसएसबीको संयुक्त टोलीले अभियान सञ्चालन गरेको हो ।सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा मुल्म हे।क्वा। हरिपुर सुनसरीका सशस्त्र प

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • १०५ पटक पढिएको
  • अभावको अँध्यारो र सफलताको तिर्खा

    इटहरी । काठमाडौँको एउटा साँघुरो गल्ली, जहाँ घामका झुल्काहरू पनि मुस्किलले छिर्छन्। त्यही गल्लीको एउटा सानो कोठामा उमेश, महेश र अनिलको संसार अटाएको छ। कोठाका भित्ताहरू पुराना भइसकेका छन्, तर ती भित्तामा टाँसिएका नेपालका नक्सा र लोकसेवाका कार्यतालिकाहरूले एउटा ठूलो सपनाको सङ्केत दिन्छन्। उमेश, जो घरको जग हो। उसले काठमाडौँको यो कठिन सहरमा आफ्ना दुई भाइहरूलाई काँधमा बोकेर हिँडिरहेको छ। भाइहरू महेश र अनिल आर।आर। क्याम्पसमा बी।ए। प्रथम वर्षमा पढ्छन्। उनीहरूको दिन कलेज र सानोतिनो काममै बित्छ। साँझ परेपछि जब उनीहरू कोठामा फर्किन्छन्, उनीहरूको अनुहारमा थकाइ त हुन्छ, तर दाइप्रतिको सम्मानमा कहिल्यै कमी ह

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • ८३ पटक पढिएको
  • सागको मुठामा भेटियो लागुऔषध ब्राउनसुगर

    इटहरी। झापामा लागुऔषध कारोबारीले नयाँनयाँ उपाय अपनाएर लागुऔषध भित्र्याउने गरेको पाइएको छ । लागुऔषध ओसारपसारमा प्रहरीले कडा निगरानी राख्न थालेपछी प्रहरीको आँखा छल्नका लागि नयाँनयाँ उपाय अपनाउन थालेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५ स्थित मेची पुल क्षेत्रमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी ५० वर्षीया खैरुन खातुनलाई शङ्का लागेर जाँच गर्दा लागुऔषध फेला परेको छ । मङ्गलवार साँझ खातुनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको जनाएको छ । ५० बर्षिया खातुनले हातमा बोकेको कालो प्लास्टिकको झोलाभित्र पाटाको सागको मुठामा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्लास्टिकसहित

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • ११७ पटक पढिएको
  • सोलुखुम्बुमा पहिलो पटक जिप लाइन सञ्चालन

    इटहरी। सोलुखुम्बुको नेचासल्यान गाउँपालिका गौरीटापमा पहिलो पटक जिपलाइन सञ्चालनमा आएको छ । नेचासल्यान गाउँपालिकाले पर्यटन प्रवर्धन गर्ने उद्देश्यले समुद्री सतहभन्दा करिब तीन हजार मिटर उचाइमा अवस्थित पर्यटकीयस्थल पत्तालेको सिमाना गौरीटापमा जिपलाइन निर्माण गरी सञ्चालन गरेको हो। आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्ला भित्र्याई नागरिकको आयआर्जनमा वृद्धि गर्न, छिमेकी जिल्ला र छिमेकी स्थानीय तहमा समेत पर्यटन प्रवर्धनमा सघाउ पुर्‍याई ग्रामीण पर्यटनमा टेवा गर्ने उद्देश्यसाथ पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गरिएको नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले जानकारी दिनुभयो।  नेचासल्यान गाउँपालिकाको ८०

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • ९६ पटक पढिएको
  • सबैलाई मिलाएर महाधिवेशन सफल बनाउने गगन थापाको भनाइ

    इटहरी । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले त्यसका लागि सबै साथीसँग संवादमा रहेको बताउनुभयो । अध्यक्ष थापाले नेपाली कांग्रेस सङ्घीय संसद्‌मा प्रतिपक्षमा रहे पनि सात प्रदेश र स्थानीय निकायमा अग्र स्थानमा रहेकाले पार्टीको काँधमा ठुलो जिम्मेवारी रहेको बताउनुभयो । उहाँले पार्टीको केन्द्रीय समितिको निर्णयले वर्तमान सरकारप्रति मुलुकमा सुशासन कायम गर्ने तथा संविधानको कार्यान्वयनलगायत जनतासँग सम्बन्धित विषयमा सहयोग रहने बताउनुभयो । 

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • ६० पटक पढिएको
  • पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु

    इटहरी । बाँस ढाल्ने क्रममा करेन्ट लागेर पाँचथरको हिलिहाङ–७ मा एक जना नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा पाँचथरको हिलिहाङ गाउँपालिका–७, सम्नेवा निवासी ५८ वर्षीय डम्बर योन्जन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । तामाङलाई घरायसी प्रयोजनका लागि बाँस काट्ने क्रममा करेन्ट लाग्दा घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले जानकारी दिनुभयो ।मृतकको शव घट्नास्थलको पकृति मुचुल्का पश्चात पोस्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • ८० पटक पढिएको
  • तेह्रथुममा १० वैशाखदेखि लालीगुराँस महोत्सव हुने

    इटहरी ।  तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले आगामी १० वैशाखदेखि १४ वैशाखसम्म चोलुङ पार्क क्षेत्रमा “लालीगुराँस महोत्सव” आयोजना गर्ने भएको छ ।प्रकृति, संस्कृति र स्थानीय पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको महोत्सवले नगरवासी मात्र होइन, आम नेपालीलाई पनि अर्गानिक जीवनशैली र वातावरणमैत्री व्यवहारतर्फ सचेत गराउने अपेक्षा गरिएको छ ।  महोत्सवको समुद्घाटन कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवारको प्रमुख आतिथ्यमा हुने कार्यक्रम रहेको छ ।लालीगुराँस नगरपालिकाका नगरप्रमुख अर्जुन माबोहाङका अनुसार महोत्सवमार्फत स्थानीय स्तरमा उत्प

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • ७५ पटक पढिएको
  • विराटनगरमा फुटपाथ अतिक्रमणविरुद्ध कडाइ, पार्किङ र ठेला व्यवस्थापनका लागि अध्ययन समिति

    इटहरी । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको अव्यवस्थित फुटपाथ अतिक्रमण अन्त्य गर्न विशेष अभियान सञ्चालन गर्ने भएको छ ।सरोकारवाला निकायसँगको समन्वय बैठकले वैशाख ११ गतेदेखि मुख्य बजार तथा आसपासका क्षेत्रमा कडाइका साथ फुटपाथ व्यवस्थापन लागू गर्ने निर्णय गरेको हो । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा सम्पन्न बैठकले प्रारम्भिक चरणमा दुई दिन माइकिङमार्फत व्यवसायी र सर्वसाधारणलाई सचेत गराउने तथा त्यसपछि पूर्ण रूपमा कार्यान्वयनमा जाने रणनीति तय गरेको छ ।महानगरले सडकपेटीमा भइरहेको अव्यवस्थित व्यापार, सटरबाहिर सामग्री राख्ने प्रवृत्ति र ट्राफिक अवरोधलाई लक्षित गर्दै नियम कडाइ गर्ने भएको हो । नगर

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • ८९ पटक पढिएको
  • सङ्खुवासभामा जिल्ला प्रशासन कार्यालयद्वारा एकद्वार सेवा प्रणाली सुरु, नागरिकता र राहदानी सेवा अब एउटै स्थानबाट

    इटहरी । सङ्खुवासभा  जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई सहज, छरितो र नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु गरेको छ ।सो प्रणालीमार्फत नागरिकता, राहदानीलगायत महत्त्वपूर्ण सेवा अब एउटै स्थानबाट उपलब्ध गराइने भएको छ । सेवाग्राहीले अब विभिन्न शाखा धाउनुपर्ने झन्झट समाप्त भएको छ । एकद्वार प्रणालीमार्फत सेवा प्रवाह लागू गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन् ।सेवाग्राहीलाई सहजीकरणका लागि सहायता कक्षसमेत सञ्चालन गरिएको छ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन प्रशासनिक निकायहरूमा एकद्वार सेवा प्रणाली लागू गर्ने नीति अघि सारेको

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • ८२ पटक पढिएको
  • सुनसरीमा भन्सार छली गरी ल्याइएका ३ लाख ७१ हजार ६ सय बराबरका लत्ता कपडा विभिन्न स्थानबाट बरामद

    इटहरी । सुनसरी प्रहरीले विभिन्न मितिमा अवैध रूपमा भन्सार छली गरी ल्याउँदै गरिएको लत्ता कपडा नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले बरामद गरेका कपडाहरू आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको जनाएको छ।प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट ५० हजार बराबरको लत्ता कपडा बरामद गरिएको छ। यसैगरी इलाका प्रहरी कार्यालय दुहबीले २ लाख ११ हजार ५ सय बराबरको कपडा नियन्त्रणमा लिएको छ।त्यसैगरी, इलाका प्रहरी कार्यालय देवानगञ्जले ३३ हजार ५ सय र सीआरभी सोनापुरले ७६ हजार ६ सय बराबरको लत्ता कपडा बरामद गरेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • ७१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]