इटहरी । सुनसरीको तरहरास्थित श्री जनसहयोग माध्यमिक विद्यालय २०५० समूहले आयोजना गर्न लागेको ‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ का लागि उत्कृष्ट १० कविता छनोट भएका छन् । देशभरबाट प्राप्त ५ सय ४७ कवितामध्ये तीन चरणको मूल्यांकनपछि उत्कृष्ट १० कविता छनोट गरिएको आयोजकले जनाएको छ । छनोटमा धनकुटाका अनिल सुवेदी, इलामका ऋजन मायालु, अर्घाखाँचीकी कल्पना मरासिनी, मोरङका टीकाराम कार्की, झापाका प्रचुर अभाव, सोलुखुम्बुकी प्रज्ञा निरौला, भक्तपुरका विश्वराम खत्री, विशाल कुमार शाह, सुनसरीकी सवि मेवाहाङ र मकवानपुरका सुवास सजल परेका छन् । कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेका अनुसार वैशाख १९ गते हुने
इटहरी । खोटाङलाई तराईसँग जोड्ने वंशिलाघाट र फोक्सिङटार दुवै ठाउँको बेलिब्रिज निकाल्ने तयारी गरिएको छ । सुनकोशीमा पानीको बहाब निरन्तर बढेसँगै दुवै ठाउँको बेलिब्रिज निकाल्ने तयारी गरिएको हो । वंशिलाघाट र फोक्सिङटारको बेलिब्रिज निकालेपश्चात् तराईसँग खोटाङको सिधा यातायात टुट्ने छ । वंशिलाघाटमा पहिलो पटक गत माघ २४ गते बेलिब्रिज जडान गरेर सिधा यातायात सञ्चालन गरिएको थियो । मौसम परिवर्तनसँगै निरन्तरको वर्षाले सुनकोशीमा पानीको सहत बढेसँगै वैशाख मसान्तसम्म बेलिब्रिज निकाल्न निर्माण व्यवसायीलाई पत्रचार गरिएको पूर्वाधार विकास कार्यालय दिक्तेलका प्रमुख विनम दाहालले बताउनुभयो । यस्तै फोक्सिङटार
इटहरी । बुधबार साँझ आएको हावाहुरी सहितको वर्षाले पाँचथरका विभिन्न स्थानमा घरमा क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार साँझ ५ बजे आएको हावाहुरीका कारण दर्जन बढि घरमा क्षति भएको हो। मानविय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ। फिदिम नगरपालिका–१ शनिवारेस्थित टिकाराम भट्टराईको दुईतले घरको छानो उडाएको छ । सोही घरमा सञ्चालनमा रहेको किराना पसलका सामान, अन्नपात तथा लत्ताकपडासमेत नोक्सान भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। जहाँ १ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। सात सदस्यीय परिवार हाल सोही स्थानमा अस्थायी रूपमा पाल टाँगेर बसिरह
इटहरी । सुनसरीको इनरुवा नगरपालिकाका विभिन्न स्थानमा हावाहुरीका कारण ठुलो क्षति भएको छ। करिब एक घण्टा चलेको हावाहुरी र वर्षाले धेरै रूखहरू ढलेका छन् भने रूख ढल्दा जिल्लामा दुई जना घाइते भएका छन्। इनरुवा नगरपालिका–९ बबिया र वडा नं। १० जल्पापुरमा बिजुलीका पोल ढल्दा भित्री सडक अवरुद्ध भएको छ। इनरुवासहित दक्षिणी सीमावर्ती क्षेत्रसम्म अधिकांश स्थानमा विद्युत् सेवा प्रभावित भएको छ । रूख ढल्दा अवरुद्ध बनेको हाइवे राति नै सुरक्षाकर्मीको सहयोगमा हटाई सञ्चालनमा ल्याइएको छ। सुनसरीका विभिन्न स्थानमा आएको हावाहुरीका कारण मकै र केराखेतीमा समेत ठुलो क्षति पुगेको छ।
इटहरी । बर्डफ्लू संक्रमणका कारण सुनसरीका २३ वटा फर्मका लेयर्स र ब्रोइलर कुखुरा नष्ट गरिएको छ। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाद्वारा परीक्षण गर्दा रोग पुष्टि भएपछि ती फर्मका कुखुरा नष्ट गरिएको हो। बर्डफ्लू संक्रमण देखिनासाथ उच्च सतर्कता अपनाउँदै कुखुरा फर्महरूमा कडा निगरानी गरिए पनि संक्रमण फैलिँदा ३० करोडभन्दा बढीको क्षति भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा। मनोज महतोले बताउनुभयो। उहाँका अनुसार करिब एक महिनादेखि देखिएको संक्रमणका कारण कुखुरापालक किसानहरू ठूलो क्षतिमा परेका छन्। संक्रमित फर्मका कुखुरा क्रमशः नष्ट गरिँदै आएको उहाँले जानकारी दिनुभय
इटहरी । विराटनगर भन्सार कार्यालयमा औद्योगिक प्रयोजनका कच्चा पदार्थबाहेक व्यावसायिक वस्तु बोकेका कन्टेनर रोकिएका छन् । वस्तुको अधिकतम खुद्रा मूल्य नलेखिए पनि आलु, प्याज र स्याउबाहेक व्यावसायिक सामान भन्सार परिसरमा मङ्गलबारदेखि नै रोकिएका हुन् । मङ्गलबारदेखि सरकारले व्यावसायिक वस्तुको एमआरपी (मूल्य) अनिवार्य गरेको थियो । मङ्गलबार आइसिपीपरिसरमा दुई सय मालवाहक ट्रक रोकिएका थिए । बुधबार दिउँसोसम्ममा थप एक सय मालवाहक सवारी थपिएका छन् । विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी विमलदेव साहका अनुसार एमआरपी उल्लेख नभएका व्यावसायिक वस्तुको जाँचपास रोकिएको बताउनुभयो । औद्योगिक कच्चा लिएर आउने
इटहरी । नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँचीको गुणस्तर र बजारीकरणबारे ताप्लेजुङका किसानसँग छलफल गरेको छ । अलैँचीबाट हुने आम्दानी अझ बढाउने उद्देश्यले गुणस्तर र बजारीकरणका विषयमा महासङ्घले किसानसँग छलफल गरेको हो । उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशको सहयोगमा महासङ्घले अलैँचीको गुणस्तर र बजारीकरणबारे किसानसँग सोमबार छलफल गरेको हो । छलफलमा नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले हालको अलैँचीको गुणस्तरलाई अझ सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो । उच्च गुणस्तरीय अलैँचीबाट मात्र राम्रो आम्दानी लिन सकिने र बजारीकरणमा सहज हुने भएकाले त्यसतर्फ अलैँचीका सरोकारवाल
इटहरी । सांस्कृतिक भूमि संरक्षणका लागि आवश्यक नीति तथा ऐन निर्माणबारे केन्द्रित अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ । किरात राई यायोक्खा १ नं. प्रदेश समितिको आयोजना तथा लाहुर्नीप काठमाडौंको सहयोगमा बुधबार इटहरीस्थित त्रियुगा होटलको सभाहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो । यायोक्खाका केन्द्रीय अध्यक्ष जिवन हताछो राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट किरात राई यायोक्खाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । गोष्ठीमा सहभागी प्रतिनिधिहरूले सांस्कृतिक भूमि संरक्षणको आवश्यकता, वर्तमान चुनौती र त्यसका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्थाबारे आ–आफ्ना धारण
इटहरी । खुवालुङ क्षेत्रमा माङ्खीम सहित सांस्कृतिक संरचनाको शिलान्यास गरिएको छ । मंगलबार किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हताछो राईको बाहुलीबाट माङ्पा सहित मुन्दुमी विधिबाट शिलान्यास गरिएको हो । किरात राई यायोक्खा र व्यवस्थापन समितिले विभिन्न दाताबाट रकम सङ्कलन गरी धनकुटाको शहिदभूमी गाउँपालिका १ स्थित खरिद गरेको जग्गामा उक्त संरचना निर्माण गर्न लागिएको खुवालुङ जग्गा व्यवस्थापन तथा माङ्खिम निर्माण उपसमिति संयोजक जनक राईले बताउनुभयो । कार्यक्रममा माङ्खिम निर्माणका लागि दुई रोपनी जग्गा दान गरेका जग्गा दाता स्थानीय तीर्थराज राई, धर्मराज राई र देवराज राईलाई सम्मान गरिएको थियो । प्रदेश सरकार
इटहरी । इटहरीमा ‘बजाज एक्सचेन्ज मेला’ सुरू भएको छ । नेपालको अग्रणी दुई पाङ्ग्रे ब्रान्ड बजाज अटो अन्तर्गत बजाज एक्सचेञ्ज मेला बैशाख १६ गतेदेखि २१ गतेसम्म श्रीकृष्ण प्रणामी मन्दिर छेउ, मिलन चोक, इटहरीमा आयोजना भएको मेलामा ग्राहकले आफ्नो पुरानो बाइक साटेर नयाँ बजाज बाइक अपग्रेड गर्ने अवसर पाउनेछन् । इटहरी स्थित अटो सिटी बजाज शो–रुमको आयोजनामा भएको उक्त मेला उपभोक्तालाई लक्षित गरी ल्याइएको हो । साथै बजाज बाइक खरिदमा पक्का नगद उपहार समेत प्रदान गरिने बताइएको छ । मेलामा आकर्षक मूल्याङ्कन, निःशुल्क सामग्रीहरू, एक्सचेञ्ज मेला स्थलमै फाइनान्स सुविधा, ० प्रतिशत सर्भिस चार्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.