समाचार

    Showing १,२०१-१,२१० of १२,३४६ items.
  • अरुण बहुमुखी क्याम्पसको विकासका लागि आर्थिक सङ्कलन अभियान सुरुः पहिलो दिनमै उत्साहजनक सहभागिता

    इटहरी । भोजपुरको अरुण गाउँपालिका–३, प्याउलीमा अवस्थित अरुण बहुमुखी क्याम्पस को शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासका लागि बृहत् आर्थिक सहयोग सङ्कलन अभियानको औपचारिक सुरुवात गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस सामुदायिक क्याम्पसलाई यस क्षेत्रकै नमुना शैक्षिक केन्द्र बनाउने लक्ष्यका साथ गाउँपालिका अध्यक्षको संयोजकत्वमा सातै वडामा अभियान थालिएको हो। अभियानको पहिलो दिनमै स्थानीय दाताहरूबाट उत्साहजनक सहयोग प्राप्त भएको छ। सहयोग गर्नेहरूमा कुमार कार्की, शिवराज सापकोटा, नारायण प्रसाद खनाल, केशर बहादुर कार्की, रुद्र बहादुर पुलामी र दिवस राईले ५१ हजार रुपैयाँभन्दा बढी य

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • १३५ पटक पढिएको
  • जीवन विकास लघुवित्तद्वारा प्याउलीमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    इटहरी । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय प्याउलीको आयोजनामा शारदा माध्यमिक विद्यालयको सभा हलमा ‘केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम’सम्पन्न भएको छ । संस्थाको ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ अभियान अन्तर्गत आयोजित उक्त कार्यक्रममा आन्तरिक लेखा परीक्षण विभाग प्रमुख मनोज कुमार शाह प्रमुख अतिथि तथा लघुवित्तीय विभाग प्रमुख सीप कुमार राम विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने जिल्ला प्रमुख पपु कुमार शाह, शाखा प्रमुख निरज शाह र प्रधानाध्यापक श्यामसुन्दर शाह लगायतको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • १४१ पटक पढिएको
  • तमोर कोरिडोरमा पुल निर्माणमा ढिलाइ

    इटहरी ।  तमोर कोरिडोर सडक अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथरको गणेश चोकसम्म ११० किलोमिटर सडकमध्ये ७३ किलोमिटर कालोपत्रे भइसकेको छ । बाँकी सडक पनि कालोपत्रेका लागि तयार गरिएको छ । सडक निर्माणको काम द्रुत गतिमा अघि बढे पनि सडकमा पर्ने पुल निर्माण भने निक्कै सुस्त गतिमा भइरहेको छ । ताप्लेजुङ–तराई जोड्ने तमोर कोरिडोर सडकमा पर्ने पुल निर्माणमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । पुल नहुँदा खोलामा आउने आकस्मिक बाढीका कारण सवारीसाधन बिच बाटोमै अलपत्र पर्ने गरेका यात्रु अनुप निरौला बताउनुहुन्छ । यो सडकखण्डमा पर्ने आठ वटा पुल अहिलेसम्म निर्माण सम्पन्न हुन सकेका छैनन् । तमोर कोरिडोर सडकम

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • ७९ पटक पढिएको
  • विराटनगरका सुकुमवासीलाई बास खोसिएला कि भन्ने चिन्ता

    इटहरी ।  विराटनगर महानगरपालिकाभित्र झन्डै १२ हजार सुकुमवासी परिवारको बसोबास छ । बर्सौंदेखि सिङ्घिया र केसलियाखोला किनारमा जसोतसो टाउको लुकाउँदै आएका यी परिवारलाई अहिले हाम्रो बास खोसिएला कि भन्ने डरले सताउन थालेको छ । काठमाडौँलगायतका क्षेत्रमा सुकुमवासी बस्ती हटाउन चलाइएको डोजरको पराकम्प विराटनगरका गरिब बस्तीमा पनि महसुस हुन थालेको छ । चिया पसलदेखि टोलका चौतारीसम्म यहाँबाट उठाए कता जाने, के गरी खाने भन्ने चिन्ता व्यक्त भइरहेको छ ।  विराटनगर–३ का ८० वर्षीय वृद्ध प्रेमप्रसाद निरौलाको आँखा यतिबेला ओभानो छैन । पत्नीको मृत्यु भइसकेको र ओत लाग्दै आएको घर पनि छाड्नु परे वृद्धावस्था कस्तो हो

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • १५६ पटक पढिएको
  • मोरङमा बँदेल पालनका लागि ‘रोयल कृषि फार्म’लाई अनुमति

    मोरङ | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ले मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित रोयल कृषि फार्मलाई व्यवसायिक रूपमा बँदेल प्रजातिको वन्यजन्तु पालन तथा प्रजनन गर्न अनुमति दिएको छ।विभागले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० अनुसार मिति २०८१ चैत २६ गतेको विभागीय निर्णयका आधारमा उक्त अनुमति प्रदान गरेको हो।सुन्दरहरैँचा नगरपालिका–३ (साविक दुलारी–९/घ) मा रहेको निजी जग्गामा सञ्चालन हुने फार्मका सञ्चालक सानु कार्की रहेका छन्। अमृत कार्की, सानु कार्की, आरोन कार्की र पदमावती नेउपानेको नाममा दर्ता रहेको कि.नं. ९५३, ८८८,

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • २०२ पटक पढिएको
  • भूमिहीन तथा सुकुम्बासीमाथि डोजर चलाउने कार्य रोक्न देवराज तामाङको आग्रह

    मोरङ । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का सभापति देवराज तामाङले वर्षायामको समयमा भूमिहीन तथा सुकुम्बासीहरूको घरटहरा भत्काएर उनीहरूलाई विचल्ली बनाउने कार्य तत्काल रोक्न सरकारसँग आग्रह गर्नुभएको छ।उहाँले सरकारको लहलहैमा लागेर सुन्दरहरैंचा नगरपालिका ले कुनै स्पष्ट नीति र व्यवस्थापनबिना भूमिहीन तथा सुकुम्बासीमाथि डोजर चलाउने निर्णय गर्नु गैरजिम्मेवार र अव्यावहारिक भएको बताउनुभयो।तामाङले यस्तो कार्य तत्काल रोक्दै भूमिहीन तथा सुकुम्बासीहरूको उचित पहिचान र व्यवस्थापन गरेर मात्र अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ। साथै प्रभावित परिवारहरूको मानवीय अवस्थालाई ध्यानमा राखेर दीर्घकालीन समाधान खोज्न सम्

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • १६५ पटक पढिएको
  • फालेलुङ–७, धुवाखोलामा श्रमदानबाट काठेपुल निर्माण, विद्यार्थीलाई आउजाउमा सहजता

    इटहरी। पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–७ स्थित धुवाखोलामा विद्यार्थीलाई विद्यालय आउजाउमा सहजता प्रदान गर्ने उद्देश्यले काठेपुल निर्माण गरिएको छ। स्थानीय युवा सङ्गठन वाइसिएलको अग्रसरता र सामुदायिक श्रमदानमार्फत उक्त पुल निर्माण गरिएको हो।वाइसिएल फालेलुङ–७ जिल्ला कमिटीको अगुवाइमा सम्पन्न उक्त कार्यमा १५ जना युवाले लगातार ६ दिनसम्म श्रमदान गरेका थिए। पुल निर्माण कार्यमा कुल ९० जना जनशक्तिको सहभागिता रहेको बताइएको छ। पुल निर्माणका लागि काठ, टिन लगायतका सामग्रीको व्यवस्थापन गरी करिब ९० हजार रुपैयाँ लागत लागेको कमिटीले जनाएको छ। कञ्चनजङ्घा सामुदायिक विकास संस्था, फालेलुङ–७ को आयोजनामा सम्पन्न उक्

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • १९१ पटक पढिएको
  • ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा रेबिज नियन्त्रणका लागि बन्ध्याकरण शिविर

    इटहरी । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा रेबिज रोग नियन्त्रण गर्ने उद्देश्यले कुकुर र बिरालोको स्थायी बन्ध्याकरण शिविर आयोजना गरिएको छ। गाउँपालिकाले ‘रेबिज रोग नियन्त्रणका लागि हाम्रो अभियान’ भन्ने नारासहित शुक्रबारदेखि यो शिविर सुरु गरेको हो। गाउँपालिकाको पशु सेवा शाखा प्रमुख एवं पशु स्वास्थ्य प्राविधिक मनोज श्रेष्ठका अनुसार शिविरको पहिलो दिन शुक्रबार ५८ वटा कुकुर र बिरालोको स्थायी बन्ध्याकरण गरिएको छ। वडा नम्बर १ थिङ्लाबु, वडा २ सान्थाक्रा र वडा ३ खाम्लुङमा सञ्चालित शिविरमार्फत घरपालुवा तथा सामुदायिक कुकुर र बिरालोको शल्यक्रिया गरिएको प्राविधिक श्रेष्ठले जानकारी दिनुभयो। गाउँपालिकाका अनुसार

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • १७६ पटक पढिएको
  • विराट टेलिभिजनद्वारा डा. अङ्कुर प्रकाश गुप्ता भारतका कन्ट्री हेडमा नियुक्त

    इटहरी । बिराट टेलिभिजनले भारतमा आफ्नो उपस्थिति विस्तार गर्ने उद्देश्यसहित डा.अंकुरप्रकाश गुप्तालाई इन्डिया कन्ट्री हेड  पदमा नियुक्त गरेको छ । कम्पनीले ३० अप्रिल २०२६ मा जारी गरेको औपचारिक नियुक्तिपत्र अनुसार गुप्ताले १ मे २०२६ देखि उक्त जिम्मेवारी सम्हाल्नुभएको हो । भारतमा लामो समयदेखि चिकित्सा क्षेत्रका साथै सञ्चार क्षेत्रमा पनि सक्रिय रहँदै आउनुभएका गुप्ता अनुभवी व्यक्तित्वका रूपमा चिनिनुहुन्छ । उहाँको यही बहुआयामिक अनुभवलाई आधार मान्दै बिराट टेलिभिजनले भारतमा आफ्नो सञ्जाल विस्तार, रणनीतिक सहकार्य विकास तथा सञ्चालन सुदृढीकरणका लागि यो जिम्मेवारी दिएको जनाएको छ । नियुक्तिपत्रमा गुप्ताला

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • २९२ पटक पढिएको
  • झापाको मेचीनगर–२ मा हात्ती आतंकःदुई परिवारको भान्सा घरमा क्षति

    इटहरी । झापा जिल्लाको मेचीनगर नगरपालिका–२ आदर्श टोलमा जंगली हात्ती बस्तीमा पसेर दुई परिवारको भान्सा घरमा क्षति पुर्‍याएको छ। शनिवार बिहान करिब ४ः०० बजेको समयमा आएको हात्तीले स्थानीय बासिन्दालाई त्रसित बनाएको हो। स्थानीय श्यामलाल अर्यालको ढुङ्गा, माटो र काठपातले बनेको टिनको छानो भएको एकतले भान्सा घर हात्तीले पूर्णरूपमा भत्काएको प्रहरीले जनाएको छ। सो क्रममा भान्सा घरभित्र राखिएको धान र आलुसमेत नष्ट हुँदा करिब ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ। त्यसैगरी, सोही स्थानकी बबिता पुरीको पनि ढुङ्गा, माटो र काठपातले बनेको टिनको छानो भएको एकतले भान्सा घरमा हात्तीले क्षति पुर्‍याएको छ। पुरीको घरमा राखिएक

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • १०२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]