इटहरी । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले पछिल्लो समय भइरहेका सरकारको गतिविधिप्रति असन्तुष्ट जनाएका छन्। अहिले सुकुम्बासीको नाममा संरचना हटाउने कार्यप्रति उनले असन्तुष्टि जनाएका छन्। उनले सरकार मन्दिर र गुम्बा भत्काउनेतर्फ केन्द्रित भएको आरोप लगाएका छन् । साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै व्यंग्यात्मक शैलीमा भनेका छन्, ‘अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भो यो धर्तीमा। नत्र एक दिन यसले पशुपति र बौद्धलाई पनि नछोड्लाजस्तो देखियो।’ उनले भगवानकै सृष्टि रहेको र भक्तिभावमा बनाइएका मन्दिर भत्काउनु अराजकता रहेको बताए । ‘भगवानले जग्गा किनेर नम्बरीमा बस्नु पर्ने रे ?’ उनले भनेका छ
इटहरी। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्वमन्त्री कुलमान घिसिङलाई ताप्लेजुङमा स्वागत गरिएको छ । ताप्लेजुङको भ्रमणमा आउनुभएका घिसिङलाई फुङ्लिङस्थित लिटलबुद्ध बोर्डिङ स्कूलले मङ्गलबार स्वागत गरेको हो ।नेपाललाई लोडसेटिङमुक्त बनाउन घिसिङले खेल्नुभएको महत्त्वपूर्ण योगदानको सम्मान गर्दै उहाँलाई स्वागत गरिएको लिटलबुद्ध बोर्डिङका प्रिन्सिपल युवराज गिरीले बताउनुभयो । विद्यालयमै एक कार्यक्रम आयोजना गरी उहाँलाई स्वागत तथा सम्मान गरिएको प्रिन्सिपल गिरीले जानकारी दिनुभयो ।घिसिङको स्वागत तथा सम्मानसँगै उहाँको उपस्थितिमा विद्यालयमा समसामयिक विषयमा अन्तरक्रियासमेत गरिएको छ । विद्यालय
इटहरी । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राईल मन्सुरीले पदभार ग्रहण गरेको १ सय दिन पूरा भएको अवसरमा आफ्नो कार्यकालका महत्त्वपूर्ण प्रगति र उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उहाँले जनमैत्री सेवा प्रवाह, कानूनी सुधार र कृषि क्षेत्रको व्यवसायीकरणमा केन्द्रित रहेर आफ्ना उपलब्धिहरू प्रस्तुत गर्नुभएको हो। मन्त्री मन्सुरीका अनुसार, उहाँको विशेष पहलमा समस्याग्रस्त सहकारीका २ सय ८७ जना साना बचतकर्तालाई तत्काल राहत स्वरूप बचत फिर्ता र ३१ जनाको ऋण मिलान गरी जम्मा ३१८ जना पीडितलाई न्याय प्रदान गरिएको छ भने आगामी दिनमा ५ लाख रुपैयाँसम्म बचत
इटहरी । मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यद्वय यज्ञमणी न्यौपाने र रजनी श्रेष्ठले मिक्लाजुङ गाउँपालिका अन्तर्गत मधुमल्ला क्षेत्रका नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ । शनिबार आयोजित उक्त कार्यक्रममा उहाँहरूले स्थानीय बासिन्दाका साझा समस्या, गुनासो र विकास निर्माणका आवश्यकताका विषयमा विस्तृत छलफल गर्नुभयो। कार्यक्रममा स्थानीय बासिन्दाहरूले सडक, स्वास्थ्य सेवा, शिक्षा, खानेपानी, रोजगारी लगायतका विविध समस्याहरू राख्दै समाधानका लागि पहल गर्न आग्रह गरेका थिए । सहभागी नागरिकहरूले सेवा प्रवाहमा सुधार र विकास निर्माणका कामहरूलाई तीव्रता दिनुपर्नेमा जोड दिएका
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरी क्षेत्र नम्बर ३ सांसद अशोक कुमार चौधरीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकका समस्या र गुनासा प्रत्यक्ष रूपमा सुन्न तथा समाधानको पहल गर्न सचिवालय कार्यालय सञ्चालनमा ल्याउनुभएको छ । सुनसरीको दुहबीमा दुई कोठे भवन भाडामा लिएर सचिवालय कार्यालय सञ्चालन गरिएको हो। बिहीबार रिबन काटेर सांसद चौधरीले कार्यालयको उद्घाटन गर्नुभएको हो। उहाँका अनुसार जनताका गुनासा, समस्या र सुझाव संकलन गरी समाधानका लागि पहल गर्ने उद्देश्यले कर्मचारी राखेर कार्यालय सञ्चालन गरिएको हो। सचिवालय मार्फत नागरिकका समस्या व्यवस्थित रूपमा टिपोट गरी सम्बन्धित निकायसँग समन्वय गरेर समाधान गर्ने प्र
इटहरी। नेपाली कांग्रेसका सभापति गगन थापाले भ्रष्टाचार र कुशासनको मुद्दामा पार्टीले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कायक्रममा उहाँले कांग्रेसमाथि नियोजित रूपमा लगाइएको ‘पुरानो, भ्रष्ट र अक्षम’ भन्ने भाष्य चिर्न अब सुशासनको मुद्दामा पार्टी निर्मम भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । समीक्षा कार्यक्रममा थापाले पार्टीको पहिचान धमिलिएकोमा चिन्ता व्यक्त गर्नुभयो । सत्ता गठबन्धनको राजनीतिका कारण जनताले कांग्रेस चिन्नै छोडेको तर्क गर्दै उहाँले १० लाख मतदाता टाढिनुको निर्मम समीक्षा हुनुपर्ने बताउनुभयो ।पार्टीलाई आधुनिक बनाउन उहाँले आठ ला
इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारस्थित वाणिज्य बैंक लाइन क्षेत्रमा मंगलबार राति भएको भीषण आगलागीबाट प्रभावित परिवारलाई कोशी प्रदेश सरकारले राहत उपलब्ध गराएको छ ।बुधबार कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतम पीडितहरू बसिरहेको अस्थायी आश्रयस्थलमै पुगेर राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । प्रदेश सरकारबाट दाल, चामल, लत्ताकपडा, त्रिपाल, बाल्टी लगायतका अत्यावश्यक सामग्री उपलब्ध गराइएको छ । मंगलबार रातिको आगलागीमा परी ७० वर्षीय लक्ष्मीनारायण खड्का र उनका नाति पवन खड्काको जलेर मृत्यु भएको थियो। घरभित्रै रहेका उनीहरू आगोले चारैतिरबाट घेरेपछि बाहिर
इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्रीले मार्गप्रशस्त गर्न उचित हुने बताउनुभएको छ ।मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष साम्पाङले गृहमन्त्रीका बिषयमा पटक पटक विवाद उत्पन्न भइरहेको अवस्थामा मार्गप्रशस्त गर्न उचित हुने बताउनुभएको हो । उहाले सुशासन कायममा सरकारले काम गर्ने कोशीस गरिरहेकाले प्रतिक्रिया दिन हतार नगर्ने समेत बताउनुभयो । अध्यक्ष साम्पाङले सरकारले माग गरे बमोजिम आफ्नो पार्टीले ३३ बुँदे सुझाव पत्र प्रस्तुत गरेको जानकारी दिनुभयो । श्रम संस्कृतिले अत्यावश्यक आधारभूत आवश्यकताका मूल्य मान्यता बनाइराख्ने, जनजीवनलाई सामान्य बनाइराख्न आवश्यक भूमिका खे
इटहरी । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले निष्पक्ष, जिम्मेवार र पारदर्शी पत्रकारितामा जोड दिँदै भ्रामक समाचार प्रकाशन नगर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ। मोरङको उर्लाबारीस्थित सञ्चार क्लब नेपाल, उर्लाबारीको २२औँ वार्षिक साधारणसभाको उद्घाटन तथा पत्रकारहरूलाई पुरस्कार प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो। स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै प्रेसमाथि अंकुश लागे निरंकुशता जन्मने उहाँले बताउनुभयो। संविधानले दिएको अधिकारलाई स्थापित गर्न समानुपातिक र समावेशी व्यवस्थालाई अझ सुदृढ बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो। स्वतन्त्र प्रेसले मात
इटहरी । कोशी प्रदेशका विभिन्न ६ स्थानमा आकस्मिक सेवा केन्द्र स्थापना गर्ने योजना अघि बढाइएको छ । हालसम्म पाँच स्थानमा स्थापना प्रक्रिया अगाडि बढिसकेको छ भने सुनसरीमा भने आवश्यक बजेट व्यवस्थापन नहुँदा योजना अन्योलमा परेको छ । प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्वीस सरकारको सहकार्यमा स्थानीय तहको २० प्रतिशत लागत साझेदारीमा यी सेवा केन्द्रहरू स्थापना गरिने भएका हुन्। झापाको अर्जुनधारा, मोरङको रंगेली, धनकुटाको हिले, तेह्रथुमको आठराई र खोटाङमा सेवा केन्द्र स्थापना प्रक्रिया अघि बढिसकेको छ । प्रत्येक केन्द्रमा कम्तीमा तीन वटा दमकल, शववाहन, उद्धार सामग्री तथा वाटर बोट लगायतका उ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.