इटहरी । इटहरी उद्योग वाणिज्य संघको आगामी असार २७ गते हुने निर्वाचनका लागि अध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारी नेतृत्वको समूहले बुधबार मनोनयन दर्ता गराएको छ ।संघको नयाँ नेतृत्व चयनका लागि चुनावी माहोल तातिरहेका बेला भण्डारी समूहले औपचारिक रूपमा उम्मेदवारी दर्ता गर्दै चुनावी प्रतिस्पर्धामा आफ्नो उपस्थितिलाई बलियो बनाएको हो । भण्डारीले आफूलाई अनुभव, ऊर्जा र स्पष्ट दृष्टिकोण बोकेको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै व्यवसायीहरूको साझा हितका लागि नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । उहाँले उद्योग वाणिज्य संघलाई अझ समावेशी, व्यवसायीमैत्री र प्रभावकारी संस्थाका रूपमा विकास गर्न
इटहरी। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको अर्थतन्त्रमा मुुख्य भूमिका खेल्ने नेपाली चियाको तत्काल समस्या समाधान गर्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।पछिल्लो समय नेपाली भारत बन्द भएपछि असार १ देखि एक सय बढी चिया उद्योगहरुनै बन्द अवस्थामा छन् । दैनिक रुपमा करोडौं मुुल्य बराबरको लाखौं किलो किसानको हरियो पत्ती नस्ट भइरहेको भन्दै नेता आङ्देम्बेले तत्काल यो समस्या सरकारले सुुल्झाउन लाग्नुु पर्ने बताउनुुभयो । इलाम नगरपालिकाको १८औँ अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै आङ्देम्बेले चिया जस्तो अर्थतन्त्रको सम्वेदनशील विषयलाई यति लामो समय बेखबर बनाइनुु दुु’ खद रहेको बताउनुुभयो
इटहरी । कोशी प्रदेश सरकारले कानुनमै व्यवस्था नभएको अस्थायी चालक अनुमतिपत्र छपाइको नाममा प्रदेश सरकारको लाखौँ रुपियाँ खर्चिएर अनावश्यक व्ययभार थपेको भन्दै संसदीय समितिमा प्रश्न उठेको छ । कोशी प्रदेश सार्वजनिक लेखा समितिको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक वर्ष २०८०–८१ को लेखा परीक्षण प्रतिवेदनमाथि छलफल हुँदा यो विषयले मुख्य चर्चा पाएको हो ।महालेखा परीक्षकको प्रतिवेदन अनुसार, मन्त्रालयले ४७ लाख १३ हजार रुपियाँ खर्च गरेर एक लाख ८७ हजार पाँच सय थान अस्थायी लाइसेन्स कार्ड छापेको थियो । त्यसमध्ये २१ हजार थान मात्र वितरण गरी बाँकी एक लाख ६६ हजारभन्दा बढी कार्ड कार्यालयमै थन्क्य
इटहरी । कोशी प्रदेशमा हालसम्म ९२ वटा कानुन निर्माण भए पनि तिनको कार्यान्वयन पक्ष फितलो देखिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । संसदीय पत्रकार मञ्च कोशी प्रदेशद्वारा विराटनगरमा आयोजित ‘प्रदेश कानुन र कार्यान्वयनको अवस्था’ विषयक बहुसरोकार अन्तव्रिर्mयामा वक्ताले कानुन निर्माण सङ्ख्यात्मक रूपमा उत्साहजनक भए पनि जनताले त्यसको यथोचित लाभ पाउन नसकेको औँल्याएका हुन् । कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेशले बनाएका कानुनको प्रभावकारिता मापन गर्न अब ‘उत्तरविधायिकी परीक्षण’ गर्नुपर्ने बताउनुभयो । कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले प्रदेश स्थापनाको सुरुवा
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पाँचथरले प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले सबै पदाधिकारी, सदस्य तथा समिति संयोजकहरूलाई सर्वसम्मत रूपमा चयन गर्दै नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो ।नवनिर्वाचित जिल्ला सभापतिमा प्रकाश गुरुङ चयन हुनुभएको छ । उपसभापतिमा सहरसिंह तामाङ, सचिवमा कुशल जवेगू र कविहाङ सेलिङ तथा कोषाध्यक्षमा सिर्जना रिजाल चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।यस्तै, सदस्यहरूमा ज्ञानेन्द्र रसाइली, रुद्र चम्लागाईं, रेखा लावती, सविना राई, ईश्वरी प्रसाद निरौला, खगेन्द्र सिग्देल, प्रयागराज सुवेदी ,खगेन्द्र सिग्देल र इन्द्र लावती चयन हुनुभएको छ । अधिवे
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको जिल्ला अधिवेशन सुरू हुन लाग्दा प्रतिनिधि छनोट प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ । पार्टीका केही नेता तथा कार्यकर्ताले सांसद लालविक्रम थापा र जिल्ला संगठन विभाग प्रमुख मोहन निरौलाको निर्देशनमा मनोमानी ढंगले प्रतिनिधि छनोट गरिएको आरोप लगाएका छन् । आरोप अनुसार पार्टी केन्द्रले वैशाख २७ गतेभन्दा अगाडि गठन भएका विभागहरूलाई मात्र अधिवेशन प्रतिनिधि चयन गर्ने अधिकार दिने स्पष्ट निर्देशन जारी गरेको थियो। तर उक्त निर्देशनलाई बेवास्ता गर्दै इटहरी नगर समितिले जेठ १ गते सूचना प्रकाशित गरी पछि गठन भएका विभागबाट समेत प्रतिनिधि छनोट गरेको दाबी गरिएको
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वातावरण संरक्षण, प्रदूषण नियन्त्रण, जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले वातावरण संरक्षण अन्तर्राष्ट्रिय सरोकारको विषय मात्र नभएको उल्लेख गर्नुभयो । उहाँले दिवसले प्रकृति संरक्षणका लागि दैनिक जीवनमा वातावरणमैत्री व्यवहार अपनाउन प्रेरित गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले स्वच्छ वातावरण, हरियाली प्रकृति र जैविक विविधता संरक्षण आजको प्रमुख चुनौतीका रूपमा रहेको पनि उल्लेख गर्नुभयो । प्राकृ
इटहरी । नेपाली कांग्रेस सुन्दरहरैंचाले सांगठनिक सुदृढीकरण र पार्टी विस्तार अभियानलाई तीव्र बनाउँदै वडा नं. १ र १२ को आयोजनामा वडास्तरीय भेटघाट तथा संगठनात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नं ६ का सभापति देवराज तामाङका साथै नेपाली कांग्रेस मोरङ्ग जिल्लाका सचिव ललितबहादुर श्रेष्ठ, नेपाली कांग्रेस महासमिति सदस्य लोकप्रसाद संग्रौला, नेपाली कांग्रेस सुन्दर हरैंचाका सभापति भक्तिप्रसाद सिटौला लगायतका नेताहरूको उपस्थिति रहेको थियो । वडा समितिको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय तहमा पार्टीको उपस्थिति, आगामी कार्यदिशा, संगठन विस्तार तथा जनचासोका वि
संखुवासभा । नेपाल खेलकुद महासङ्घ संखुवासभामा विजय कटुवालको संयोजकत्वमा २९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। नवगठित कमिटीलाई छिट्टै जिल्ला अधिवेशनमार्फत पूर्णता दिइने संयोजक विजय कटुवालले बताउनुभयो। कार्यक्रममा बोल्दै कटुवालले खेलकुद क्षेत्रको विकास, खेलाडी उत्पादन तथा संगठन विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जिल्लाका खेलकर्मी तथा खेलप्रेमीलाई एकताबद्ध गर्दै खेलकुद गतिविधिलाई अझ प्रभावकारी बनाइने बताउनुभयो।कार्यक्रमका प्रमुख अतिथि खाँदबारी नगरपालिका नगर उपप्रमुख एवं नेपाल खेलकुद महासङ्घ केन्द्रीय सचिवालय सदस्य महेश्वरा श्रेष्ठले खेलकुद क्षेत्र
इटहरी । कोशी प्रदेशका मुख्यमंत्री हिक्मत कुमार कार्कीले संविधान र संघियता प्रति विभिन्न कोणबाट भईरहेको आक्रमणको प्रयासलाई सबैले मिलेर निस्तेज गर्नुपर्ने बेला आएको बताउनु भएको छ । १९ औं गणतन्त्र दिवसको अवसरमा विराटनगर स्थित वीरेन्द्र सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमंत्री हिक्मत कुमार कार्कीले गणतन्त्रको उपलब्धि जनता सम्म पु¥याउन भईरहेको विलम्बका कारण असन्तुष्टि व्यक्त भईरहेको प्रति सजग हुन आग्रह गर्नुभयो । उहाँले लोकप्रियतावादका नाममा भईरहेका क्रियाकलापले संघिय लोकतान्त्रिक गणतन्त्र मार्फ प्राप्त गरेका उपलब्धिहरु गुम्ने मात्र नभइ, मुलुकको स्वतन्त्रता, र्सार्वभौमसत्ता र अखण
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.