इटहरी । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका ४ जना मन्त्री र एक जना राज्यमन्त्रीले सामुहिक राजीनामा दिएका छन् । विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपाली कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवारले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई सामुहिक राजिनामा बुझाए पछि औपचारिक रुपमा सरकारबाट बाहिरिएको हो । कोशी प्रदेशमा नेपाली कांग्रेसका मन्त्रीहरु ४ वटा मन्त्रालय सहित ५ जना सहभागी थिए । राजिनामा बुझाउने बेला मन्त्री सुनुवार सहित पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु, उद्योग, कृषि तथा सहकारी मन्त्री इसराइल मन्
इटहरी । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले जनतामा प्रहरी प्रतिको जनविश्वास बढाउनुका साथै शान्ति सुरक्षाको अनुभूति दिलाउन प्रहरीको बोली व्यवहार र सेवाप्रवाहलाई सुधार्दै लैजाने बताउनुभएको छ । मंगलवार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आयोजित पत्रकार अन्तक्रिर्यामा बोल्दै खनालले ट्राफिक दुर्घटना न्यूनिकरण, सामाजिक संजाल तथा र्साईबर अपराध नियन्त्रण, खुला सिमाबाट हुने तस्करी नियन्त्रण आफ्नो प्राथमिकता रहेको बताउनुभयो । उहाँले लागूऔषध दुव्र्यसन र ओसारपोसार अत्यन्त भयावह ढंगले बढिरहेकोले लागूऔषध नियन्त्रणलाई पनि प्राथमिकताका साथ अघि बढाइने जानकारी दिनुभयो । डिआइज
इटहरी । कोशी प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठक विराटनगरमा सम्पन्न भएको छ। बैठकले प्रदेशमा देखिएका विकाससम्बन्धी समस्या समाधानका लागि संघीय सरकारसमक्ष उठाउने विषयहरू तय गरेको छ। ती विषय राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समेत उठाउने निर्णय गरिएको छ। बैठकले संघीय निजामती ऐन नआउँदा प्रदेशमा कर्मचारी व्यवस्थापनमा असर परेको भन्दै संघीय निजामती ऐन छिटो ल्याउनुपर्ने विषय पुनः उठाएको छ। प्रदेशलाई आफ्ना संरचना निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन र जग्गा संरक्षण एवंम भोगाधिकार दिनुपर्ने विषयलाई पनि बैठकमा जोडदार रुपमा उठाइएको छ। त्यस्तै, ट्राफिक प्रहरीले उठाउँदै आएको जरिमाना स
इटहरी । कोशी प्रदेश सरकारले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज घटनामा मृत्यु भएका व्यक्तिको परिवारलाई २ लाख रुपैया राहत दिने निर्णय गरेको छ । देवानगन्ज घटनाका सम्बन्धमा बुधबार विराटनगरमा आयोजना गरिएको सर्वपक्षीय बैठकमा प्रदेश सरकारको निर्णयबारे जानकारी गराउदै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सो घटनामा घाइते भएकाहरुलाई ५०÷५० हजार रुपैया र आगजनी गरिएका घर पसलका परिवारलाई अधिकतम ५० हजार रुपैया सम्म राहत उपलब्ध गराउने समेत जानकारी दिनुभयो । उहाले जिल्ला प्रशासन कार्यालयको सिफारिश अनुसार राहत उपलब्ध गराइने बताउनुभयो । मुख्यमन्त्री कार्कीले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता काय
इटहरी । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक दिउँसो साढे १२ बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बस्नेछ ।सुनसरीमा भएको घटनाका विषयलाई लिएर सर्वदलीय बैठक आह्वान गरिएको प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलले जानकारी दिए । बैठकमा सुरक्षा निकायसहित सुनसरीका प्रदेश सभासद र राजनीतिक दलका नेताहरूलाई पनि बोलाइएको छ । बैठकमा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्न छलफल हुने र प्रदेश सरकारको उपस्थितिलाई प्रभावकारी रूपले नागरिकसम्म पुर्याउनका लागि अगाडि बढाइने तयारी भएको छ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले
इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको साम्प्रदायिक झडपपछि जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि तथा सरोकारवाला पक्षले निष्पक्ष छानबिन, कानुनी प्रक्रिया र सामाजिक सद्भाव कायम गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन्।प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालय इनरुवामा बसेको सर्वपक्षीय बैठकले घटनाको सत्यतथ्य बाहिर ल्याउन गृह मन्त्रालयले गठन गरेको पाँच सदस्यीय छानबिन समितिलाई आवश्यक सबै सहयोग गर्ने निर्णय गरेको हो। बैठकले कुनै पनि व्यक्ति वा समूहलाई कानुनभन्दा माथि नराखी निष्पक्ष अनुसन्धानमार्फत दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने
इटहरी । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०, ईनरुवा नगर कमिटीले ४८ औँ पुस्पलाल स्मृति दिवसका अवसरमा सुनसरीको जिल्ला अस्पताल ईनरुवामा फलफूल बितरण कार्यक्रम गरेको छ।नेपाल कम्युनिस्ट पार्टीका सस्थापक महासचिव पुस्पलाल श्रेष्ठको स्मृतिमा अस्पतालमा वेड भर्ना भएर बसेका सम्पूर्ण बिरामीहरुलाई विभिन्न तहका नेता–कार्यकर्ता, वाम बुद्धिजीवीहरुको उपस्थितिमा फलफूल बितरण कार्यक्रम गरेको आयोजकले जनाएको छ। कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री राम प्रसाद मेहेता, ईनरुवा नगरपालिकाका पूर्वमेयर तथा एमाले नेता खेमराज पोखरेल, एमालेका पूर्व केन्द्रीय अनुशासन आयोग सदस्य पोस्ट नेपाल, जि
इटहरी । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा इटहरी उपमहानगरपालिका–८ गैसारस्थित पुष्पलालको सालिक रहेको स्थानमा माल्यार्पण तथा स्मृति कार्यक्रम सम्पन्न गरिएको छ।पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समिति सुनसरीको आयोजनामा सम्पन्न कार्यक्रममा पुष्पलालको तस्वीरमा माल्यार्पण गरी उहाँको योगदानको स्मरण गरिएको थियो। जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड गरिएको सालिक रहेको सोही स्थानमा कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा कोशी प्रदेशसभा प्रमुख सचेतक रमेश कुमार बस्नेतले पुष्पलाल
इटहरी । कोशी प्रदेशमा पनि नेकपा एमाले र नेपाली कांग्रेस बीचको गठबन्धन टुट्ने अवस्थामा पुगेको छ । २०८१ साल असारमा भएको आलोपालो गर्ने सहमति अनुसार कोशी प्रदेशमा नेपाली कांग्रेस र एमाले बीच सत्ता गठबन्धन भएको थियो । सोही सहमति अनुसार असार मसान्त भित्रै नेतृत्व परिवर्तनको तयारी भईरहेको बेला केन्द्र र अन्य प्रदेशको विवादका कारण कोशी प्रदेशमा गठबन्धन टुट्न लागेको हो । नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय संयन्त्रले केन्द्रको निर्णय पर्खने निर्णय भएकाले तत्कालै कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरुले राजिनामा नदिने भएका छन् । कांग्रेस कोशी प्रदेशका सभापति एवम् संसदीय दलका नेता उद्धव
इटहरी । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आफ्नो १०१ दिनको कार्यकालमा सार्थक काम गरेको बताउनुभएको छ । आइतबार सुनसरीको इनरुवामा राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीसँगको भेटघाट तथा छलफलका क्रममा उहाँले सय दिनको कार्यकाल सफलतापूर्वक पार गरेकोमा धेरै सार्थक काम गरेको बताउनुभयो ।उहाँले स्वास्थ्य सुधार कार्यविधि र निर्देशिका लागुदेखि सुलभ फार्मेसी सेवासम्बन्धी मापदण्ड कार्यान्वयन, निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालनदेखि जलन उपचार सेवा विस्तारसम्मको काम गरेको बताउनुभयो । पार्टीका सभापति सागर दाहालसहितको उपस्थितिमा भएको छलफलमा मन्त्री मेहताले अस्पतालको सेवा सुधारका लागि ‘अस्पताल स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.