राजनीति

    Showing ११-२० of २,३२५ items.
  • भोटेकोशी बाढीमा बेपत्ताका परिवारलाई भेटिन् राज्यमन्त्री परियारले

    इटहरी । कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री सपना परियारले भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिहरूका परिवारसँग भेटघाट गर्नुभएको छ । राज्यमन्त्री परियारले बराहक्षेत्र नगरपालिका–५, माझीटोलका बेपत्ता ४७ वर्षीय मोहनलाल माझी र बराहक्षेत्र–३, भरौलकी २२ वर्षीया रुवीना धामीको परिवारसँग भेट गरी सान्त्वना दिनुभएको हो। भेटका क्रममा उहाँले बेपत्ताहरूको खोजी, उद्धार तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले गरिरहेको पहलबारे जानकारी गराउनुभयो। बेपत्ता माझी माथिल्लो त्रिशूली चिनियाँ कम्पनीमा सुरक्षा अधिकृत र धामी टिमुरेस्थित एक होटेलमा कार्यरत हुनुहुन्थ्यो। आफन्त बेपत्त

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • १४६ पटक पढिएको
  • प्रदेश सरकार सञ्चालनका लागि दुई दलको साझा कार्यक्रम

    इटहरी। नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र नेपाली कम्युनिस्ट पार्टीबिच प्रदेश सरकार गठनसम्बन्धी केन्द्रमा तीन बुँदे सहमति भएपछि प्रदेशमा सरकार सञ्चालनसम्बन्धी न्यूनतम साझा कार्यक्रम तयार गरिएको छ। नेपाली कम्युनिस्ट पार्टी संसदीय दल कोशी प्रदेशका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा बनेको कार्यदलले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको हो। न्यूनतम साझा कार्यक्रममा २८ बुँदा रहेका छन्।

    • प्रकाशित मितिः भदौ २२, २०८३
    • १५७ पटक पढिएको
  • प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले एक महिनाको तलब राहत कोषमा दिने

    काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।यस्तै, बैठकले गत बुधबार नेपाल(चीन सीमा रसुवागढी एवम् भोटेकोसी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति, व्यावसायिक संस्थाका लागि सहुलित तथा पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।साथै बैठकले भारतसँग जिटुजी खरिदमाध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय ग

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १२३ पटक पढिएको
  • अखिल नेपाल महिला संघ कोशी प्रदेशको दोस्रो सम्मेलन सम्पन्न, सिर्जना राईको नेतृत्वमा नयाँ कमिटी चयन

    इटहरी । अखिल नेपाल महिला संघ कोशी प्रदेश कमिटीको दोस्रो प्रदेश सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले सिर्जना राईको अध्यक्षतामा नयाँ प्रदेश कमिटी चयन गरेको छ । महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक अधिकारका सवाललाई प्रभावकारी रूपमा उठाउँदै आगामी दिनमा महिला आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्य सहित सम्मेलन सम्पन्न भएको अखिल नेपाल महिला संघ कोशी प्रदेश कमिटीले जनाएको छ। सम्मेलनको उद्घाटन नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्नुभएको थियो। कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुका भद्रा हमाल, केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, केन्द्रीय सचि

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १५६ पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको मत लिँदै

    इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो ।उहाँका अनुसार नेपालको संविधानबमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लाग्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० बिच भएको पछिल्लो सहमतिअनुसार मौजुदा मन्त्रिपरिषद्मा नयाँ नियुक्त, हेरफेर र कार्यविभाजन गरिएको छ ।यसअघि उहाँको नेतृत्वमा २०८१ वैशाख २७ गते कोशी प्रदेश मन्त्रिपरिषद् गठन भएको थियो । हाल सभामा नेकपा ९एमाले० का ४० र  ने

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १०५ पटक पढिएको
  • कम्युनिस्ट आन्दोलनका योद्धा पुस्तक प्रकाशनबारे एमाले प्रचार विभाग सुनसरीको अन्तरक्रिया

    इनरुवा । नेकपा एमाले सुनसरी प्रचार तथा प्रकाशन विभागले कम्युनिस्ट आन्दोलनका योद्धाहरूको योगदान समेटेर पुस्तक प्रकाशन गर्ने विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।नेकपा एमाले सुनसरीको इनरुवा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याएका अग्रज नेता तथा कार्यकर्ताको संघर्ष, योगदान र राजनीतिक यात्रालाई दस्तावेजीकरण गर्दै पुस्तक प्रकाशन गर्ने विषयमा छलफल गरिएको हो।नेकपा एमाले सुनसरी प्रचार विभाग प्रमुख डेगराज फुयालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीशप्रसाद कुसियैत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएक

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ४१२ पटक पढिएको
  • कोशी प्रदेशसभाको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन विधेयक पेस

    इटहरी। कोशी प्रदेशसभाको बुधबार बसेको बैठममा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेस भएको छ।प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दा सभामुख अम्बरबहादुर विष्टले स्वीकृत भएको घोषणा गरेपछि विधेयक सदनमा पेस भएको हो। बैठकमा बोल्दै कोशी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले विशेष समयमा नवनियुक्त मन्त्रीहरुलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए।नेता थापाले सरकार पटकपटकको परिवर्तनले गर्दा जनतामा नैराश्यता आएको टिप्पणी गर्दै प्रतिपक्ष भनेको व

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १८३ पटक पढिएको
  • कोशी प्रदेशका चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

     इटहरी । कोशी प्रदेशका चार मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।सोमबार कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मन्त्रीहरू र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्य मन्त्रीलाई शपथ ग्रहण गराएका हुन्। कोशी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीबाट भौतिक पूर्वाधार मन्त्रीमा जीवन आचार्य, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा गम्बु शेर्पा, सामाजिक विकास मन्त्रीमा गीता तिम्सिना, पर्यटन वन तथा वातावरण मन्त्रीमा खिनुलङ्वा लिम्बु नियुक्त भएकी थिइन्।सपना दर्जी भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त भएकी थिइन्। यस्तै एमालेबाट सरकारमा रहेका दुई जना मन्त्री र एक जना राज्

    • प्रकाशित मितिः भदौ १, २०८३
    • २०४ पटक पढिएको
  • शिक्षा नियमावलीको दशौँ संशोधनप्रति आपत्ति, तत्काल सच्याउन माग

    इटहरी । नेपाल सरकारले हालै जारी गरेको शिक्षा नियमावली २०५९ को दशौँ संशोधनप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आपत्ति जनाएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष काशीनाथ दंगालले आइतबार  जारी गरेको विज्ञप्तिमा देशभरका २६ हजार भन्दा बढी सामुदायिक विद्यालयका व्यवस्थापन समितिहरूको क्षेत्राधिकार सङ्कुचन गर्ने, समुदायको अस्तित्व र भूमिकालाई अवमूल्यन गर्ने तथा विद्यालय र समुदायबिचको सम्बन्ध विच्छेद गराउने अभिप्रायले यो संशोधन ल्याइएको आरोप लगाइएको छ ।  नयाँ विद्यालय शिक्षा ऐनको पर्खाइमा रहेको बेला नियमावली संशोधन गरेर सामुदायिक विद्यालयलाई ध्वस्त बनाउने कुत्सित मनसाय राखिएको

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १०७ पटक पढिएको
  • कोशी प्रदेशका ५२ भूमि प्रशासन तथा नापी कार्यालयका प्रमुख सहभागी समीक्षा गोष्ठी सम्पन्न

    इटहरी । कोशी प्रदेशअन्तर्गत रहेका भूमि प्रशासन तथा नापी कार्यालयहरूको काम, सेवा प्रवाह तथा समसामयिक विषयमा समीक्षा गर्न आयोजना गरिएको समीक्षा गोष्ठी सम्पन्न भएको छ। कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका ५२ वटा भूमि प्रशासन कार्यालय तथा नापी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको गोष्ठीमा भूमि प्रशासन तथा नापी क्षेत्रका समस्या, सेवा प्रवाहमा देखिएका चुनौती तथा समाधानका उपायबारे छलफल गरिएको थियो। गोष्ठीको अध्यक्षता कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रदेश सचिव कृष्णप्रसाद सापकोटाले गर्नुभएको थियो भने आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली प्रमुख अतिथिका रूपमा सहभा

    • प्रकाशित मितिः साउन २९, २०८३
    • १६७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]