खेलकुद

    Showing ५७१-५८० of ७७७ items.
  • इटहरी उपमहानगरपालिका ४ नम्बर वडा द्वारा खेलाडीलाई सम्मान

    इटहरी / इटहरी उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले इटहरी ४ कि महिला खेलाडी रेखा पौडेललाई सम्मान गरेको छ । इंटहरी वडा नं. ४ को कचना युवा क्लवमा सहभागी भएर फुटवल खेल्दै आएकी महिला  खेलाडी रेखा पौडेल नेपालबाट १९ वर्ष भन्दा कममा सहभागी भई नेपाल महिला राष्ट्रिय फुटबल टिममा पर्न सफल भई हालै साउदी अरवमा भएको वाफ वुमन च्याम्पियनसिप मा अन्तराष्ट्रिय महिला फुटवल खेलाडी भई नेपालबाट उप–विजेता भएकाले इटहरी ४ नम्बर वडाले नगद ११ हजार सहित सम्मान गरेको छ । वडाबाट सहभागी भएर खेलमा उप–विजेता भएर वडाको नाम राख्न सकेको कारण वडाले सम्मान गरेको वडा अध्यक्ष भक्त लामा तामाङले बताउनुभयो । इटहरी ४ खेल क

    • प्रकाशित मितिः चैत १५, २०८०
    • ३९९ पटक पढिएको
  • इटहरीका सिपि पौडेल दुई देशिय सिरिजको लागि राष्ट्रिय क्रीकेट टोलिमा मेनेजर मनोनयन

    इटहरी / इटहरीका चेतनाथ पौडेल (सिपि) नेपाल भर्सेज आयरल्यान्ड दुई देशिय सिरिजको लागि नेपाल राष्ट्रिय क्रीकेट टोलिमा  मेनेजर मनोनयन  भएका छन् ।इटहरी मा रहेर बिगत २० वर्ष देखि क्रीकेट बिकास को लागि तल्लो तह देखि काम गरि रहेका पौडेल हाल सुनसरी जिल्ला क्रीकेट संघका अध्यक्ष पनि हुन ।पौडेल नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्यहुन भने इटहरी उपमहानगरपालिकाले पनि उनलाई खेलकुद बिकास समिती सदस्य मनोनित गरेको छ ।क्रीकेट को बिकास को लागिपर्ने पौडेलले नेपाल र नेपालीको सिर उच्च बनाउने गरि काम गर्ने बताए ।

    • प्रकाशित मितिः चैत १२, २०८०
    • १,२९६ पटक पढिएको
  • सुन्दरहरैंचा वडा नं ९ द्वारा खेलाडीहरुलाइ खेलकुदका सामग्री वितरण

    सुन्दरहरैंचा / सुन्दरहरैंचा वडा नं ९ का खेलाडीहरुका लागि वडा कार्यालयले खेलकुदका सामग्री वितरण गरेको छ । सुन्दरहरैंचा वडा नं ९ वडा कार्यालयले युवा तथा खेलकुद लक्षित कार्यक्रमअन्तर्गत युवा खेलाडीहरुका लागि खेलकुदका सामग्री वितरण गरेको हो ।वडा कार्यलले एक लाख रुपैयाँ बराबरको फुटबल १० थान फुटबल, चार थान भलिबल, चार थान भलिबल नेट, चालिस जोर जर्सी लगायतका सामग्री वडाका बिभिन्न खेलाडी समुहलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा स्थानीय युवा क्लबहरू नेपाल मुस्लिम युवा समुह, ज्योति युवा क्लब, कन्चनजंघा युवा क्लब लगायतमा आबद्ध युवाहरूला खेलकुद सामग्री बितरण गरिएको वडा अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो ।

    • प्रकाशित मितिः फागुन ३०, २०८०
    • ३०० पटक पढिएको
  • इनरूवामा चैत ५,६ र ७ गते कुस्ती दंगल प्रतियोगिता हुने

    इनरूवा / इनरूवामा प्रथम मदन भण्डारी कुस्ती दंगल प्रतियोगिता २०८० आयोजना हुने भएको छ । आउने चैत ५,६ र ७ गते इनरूवा खेलमैदानमा प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती दंगल प्रतियोगिता २०८० आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ । कार्यक्रमको आयोजक नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति, सह आयोजक नेपाल राष्ट्रिय युवा संघ इनरूवा र ब्यवस्थापनको जिम्मेवारी नेपाल खेलकुद महासंघ इनरूवाले गरेको कार्यक्रममा नेपाल र भारतका चर्चित कुश्तीबाजहरुको सहभागितामा कुश्ती दंगल प्रतियोगिता सम्पन्न हुने राष्ट्रिय युवा संघ नेपाल इनरूवाका अध्यक्ष रमेश आचार्यले बताउनुभयो । सोमबार इनरूवामा पत्रका

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • १,४४५ पटक पढिएको
  • दोस्रो रामधुनी नगर जिल्ला स्तरीय कराते प्रतियोगिता २०८० सम्पन्न, धरान प्रथम

    सुनसरीको रामधुनीमा नेपाल सितोरियो कराते संघ साखा डोजो रामधुनि ४ मानपुरको आयोजनामा सुनसरी जिल्ला स्तरीय कराते प्रतियोगिताको सम्पन्न भएको छ । रामधुनी नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रम रामधुनी नगर उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा समापन भएको कार्यक्रमको अध्यक्षता हरि राउतले गर्नुभएको थियो। ।कार्यक्रममा जन्तेढुङा गाउपालिका खाेटाङका खेम खडका, सामाजिक बिकास समिति सम्याेजक शुसिला ढुङगाना, वडा अध्यक्ष कमल कार्की लगायत बिभिन्न बिध्यालयका शिक्षक, बिध्यार्थी, स्थानीय समाजसेवी, बुद्धिजीवीका साथै धरान, ईटहरी, बराहक्षेत्र, रामधुनि, दुहबी, ईनरूवा का खेलाडीहरूको उपस्थिति

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • ३५८ पटक पढिएको
  • नेपाल युवा उ‌द्यमी मंच सुनसरीद्वारा कर्पोरेट फुटसल बास हुने

    इटहरी / नेपाल युवा उ‌द्यमी मंच सुनसरी द्वारा 'स्वास्थ्यकोलागि खेलकुद, राष्ट्रियकोलागि खेलकूद " भन्ने नाराका साथ कर्पोरेट फुटसल बास प्रतियोगिता हुने भएको छ ।बुधबार नेपाल युवा उ‌द्यमी मंच सुनसरीले कर्पोरेट फुटसल बासको विषयमा जानकारी गराउन पत्रकार सम्मेलन गरि फाल्गुन २५ गतेदेखि २८- पाथिभारा फुटसल, कान्यबाटिकाको खेल मैदानमा आयोजना हुने जनाएको छ ।प्रदेश १ बाट बितीय संस्थाहरुमध्य नक्ष्मीसनराइज बैंक कुमारी बैंक, प्रभु बैंक एवेरेस्ट बैंक, NIC ASIA, नबिल बैंक, एनएमबि बैंक, NYEF सुनसरी (बाट दुई टिम), NYEF बिराटनगर तथा NYEF झापाबाट कुल १२ टीम सहभागी हुने छन् ।बिजेता तथा दोस्रो स्थानमा आउने टीमलाइ आयोजकको

    • प्रकाशित मितिः फागुन २३, २०८०
    • ३१९ पटक पढिएको
  • इटहरीमा चैत्र १० गते देखि अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको हुने

    इटहरी / अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करण चैत्र १० गतेदेखी हुने भएको छ । आयोजक राष्टिय जागृती क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आगामी चैत्र १० गतेदेखी १९ गतेसम्म रात्रीकालीन समयमा सञ्चालन गरिने जानकारी गराएको हो । एक सातासम्म चल्ने गोल्डकपमा दुई भारतीय र नेपालका ८ गरी १० टिमको सहभागिता रहनेछ ।इटहरी रंगशालामा हुने प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैया प्रदान गर

    • प्रकाशित मितिः फागुन २२, २०८०
    • २२४ पटक पढिएको
  • समाज रुपान्तरणको लागि अजीवन खेलको महत्व छ : खेलकुद महासंघ अध्यक्ष बस्नेत

    बिर्तामोड / नेकपा एमालेको शहीद सप्ताह समापनको दिन पारेर आयोजना गरिएको केपी ओली रोड रेस २०८० लाई सम्बोधन गर्न सुखानी आउनुभएका नेपाल खेलकुद  महासङ्घका केन्द्रीय अध्यक्ष परशुराम बस्नेतले खेलकुदको माध्यमबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न नेपाल महासंघको भूमिका महत्वपूर्ण रहेको बताउँदै विद्यालयदेखि विश्वविद्यालयसम्म र गल्लीबाट चोकचोकसम्म खेलाडी उत्पादन र खेल जीवनको भविष्यको लक्ष्य बनाएर अघि बढिएको बताउनुभएको छ।केन्द्रीय अध्यक्ष बस्नेतले स्वस्थ जीवनको लागि र  भएकोले खेल जीवनबाट नै युवाहरूको भविष्य सुनिश्चित गर्न लागि परेको बताउनुभयो ।बिर्तामोडको चारपाने चोकबाट सुरु भएको १

    • प्रकाशित मितिः फागुन २२, २०८०
    • २३४ पटक पढिएको
  • नेपाल खेलकुद महासघं कोशी प्रदेश द्वारा आयोजित केपी ओली रोड रेस सम्पन्न

    नेपाल खेलकुद महासघं कोशी प्रदेश कमिटीले आज सम्पन्न गरेको केपी ओली रोड रेस प्रतियोगिताको उपाधी पूरुष तर्फ दिनेश कुमार यादव र महिला तर्फको उपाधी राममाया बुडाले जीत्नु भएको छ ।झापाको चारपाने चोकबाट इलाम र झापाको संगम स्थल सुखानी शहिद पार्क सम्म(१०) किलोमिटर दुरीको दौडमा यादव र बुडाले उपाधी जीत्नु भएको हो ।बिजेता बन्नु भएका दुवैजनाले जनहि ५१ हजार हजार रुपैँया नगद , मेडल , ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् ।यादवले ५१ मिनेट २३ सेकेण्ड ७ मिलीसकेण्डमा १० किलोमिटरको दुरी पार गर्दै बिजेता बन्नु भएको हो भने महिला तर्फकी बिजेता बुडाले ५९ मिनेटमा दुरी पार गर्नु भएको थियो ।यसै गरी पूरुष तर्फ सन्दिप बस्ने

    • प्रकाशित मितिः फागुन २२, २०८०
    • २४१ पटक पढिएको
  • इटहरीमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिता हुने

    इटहरी / इटहरीमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।सोमबार पत्रकार सम्मेलन गर्दै हाम्रो इटहरी भेट्रान क्लबको आयोजनामा फागुन २६ गते देखि चैत्र ३ गते सम्म प्रतियोगिता सञ्चालन हुने भएको छ । "राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद" मुख्य नारामा सहित इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगितामा एक भारतीय सहित ९ टिमको सहभागीता रहने भएका छन् ।८ दिनसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार रुपैया र उपबिजेताले ६१ हजार रुपैया पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यानअफद म्याचले नगद २ हजार ५ सय र बिधागत उत्कृष्टले ३

    • प्रकाशित मितिः फागुन २१, २०८०
    • २९८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]