खेलकुद

    Showing ४४१-४५० of ७७६ items.
  • कोशी प्रदेश स्तरीय क्रीकेट प्रतियोगिता स्व: शान्ति गुरुङ भण्डारी कप इनरुवामा सुरू

    इनरुवा । नेपाल खेलकुद महासंघको १६ औ स्थापना दिवसको अवसरमा इनरुवा नगर कमिटी द्वारा कोशी प्रदेश स्तरीय क्रीकेट प्रतियोगिता स्व: शान्ति गुरुङ भण्डारी कपको इनरुवामा  सुरू भएको छ । नेपाल खेलकुद महासंघ  इनरुवा अध्यक्ष सराेज बस्नेतकाे अध्यक्षतामा तथा कोशी प्रदेश सामाजिक  विकास मन्त्रालयका मन्त्री  पाँचकर्ण राईकाे प्रमुख अतिथ्यतामा भएको उदघाटन समारोहमा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले प्रदेशका सबै खेललाई व्यवस्थित र सबल बाउन तथा खेलको विकास लागि खेलकुद विधेयक ल्याउने तयारीमा जुटेको बताउनुभएको छ । बिहीबार सुनसरीको इनरुव

    • प्रकाशित मितिः माघ ३, २०८१
    • ३४७ पटक पढिएको
  • पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु

    इटहरी। मोरङको पथरीशनिश्चरे–८ मा खेल मैदान निर्माण सुरु गरिएको छ । खेल मैदान निर्माण गर्न बुद्ध माध्यमिक विद्यालयसँगै रहेको मैदान सम्याउन थालिएको छ । करिब दुई बिघा क्षेत्रफलमा उक्त खेलमैदान निर्माण सुरु गरिएको हो । खेल मैदान निर्माणका लागि नगरपालिकाले रु। १० लाख बजेट विनियोजन गरेको छ । छिटो निर्माण सम्पन्न गरी प्रतियोगिता गराउने लक्ष्य रहेको सो वडाका वडाध्यक्ष नवीनजङ्ग कार्कीले बताउनुभयो । उक्त मैदानलाई विद्यालयले प्रयोग गर्न मिल्ने उहाँको भनाइ छ । खेलमैदान निर्माणमा प्रभात सामुदायिक क्लबले पनि सहयोग गरिरहेको क्लबका उपाध्यक्ष किसन राईले बताउनुभयो । वडाले पनि खेल मैदानका लागि बजेट विनियोजन गर्ने

    • प्रकाशित मितिः माघ ३, २०८१
    • ३२२ पटक पढिएको
  • झापा गोल्डकपको अध्यक्षमा केदार गिरी सर्वसम्मत चयन

    इटहरी ।  झापा गोल्डकपको अध्यक्षमा  केदार गिरी  सर्वसम्मत चयन हुनुभएको छ । बुधवार  अध्यक्ष गिरीसँगै  अन्य पदहरुमा पनि सर्वसम्मत नेतृत्व चयन भएको हो । झापा गोल्डकपको अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष बलराम कार्की र कोषाध्यक्ष गिरीले उम्मेदवारी दिनुभएको थियो  । कार्कीले उम्मेद्वारी फिर्ता लिएपछि गिरी सर्वसम्मत हुनुभएको हो । यसैगरि वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की पर्वत सचिवमा बुद्ध तामाङ, सहसचिवमा विष्णु सिग्देल र  कोषाध्यक्षमा  चन्द्रमणि कट्टेल सर्वसम्मत हुनुभएको छ  । त्यस्तै सदस्यहरुमा श्याम श्रीवास्तव, किरण थ

    • प्रकाशित मितिः माघ २, २०८१
    • ३२४ पटक पढिएको
  • इटहरीमा दोस्रो सगरमाथा खुल्ला राष्ट्रिय र्याङकीङ ब्याडमीन्टन प्रतियोगीता हुने

    इटहरी / इटहरीमा दोस्रो संस्करणको सगरमाथा खुल्ला राष्ट्रिय र्याङकीङ ब्याडमीन्टन प्रतियोगीता आयोजना हुने भएको छ । सुनसरी व्याडमीन्टन एकेडेमीको आयोजनामा यही माघ १६ गतेदेखी १९ गतेसम्म एकेडेमीकै कभर्ड हलमा प्रतियोगीता आयोजना हुने भएको हो । विभीन्न १५ विधाका विजेताहरलाइ ६ लाख ५६ हजार नगद पुरस्कार राशीको व्यवस्था रहेको जनाइएको छ । जुनीयर खेलाडीहरुलाइ प्रोत्साहन गर्नु नै प्रतियोगीताको मुल उद्धेश्य रहेको जनाइएको छ । १५ विधामा आयोजना हुन लागेको यो प्रतियोगीता नेपालकै सबैभन्दा धेरै विधाहरु संलग्न प्रतियोगीता भएको आयोजकको दाबी छ । प्रतियोगीतामा ३ विभागीय टोली सहित ६० जिल्लाका खेलाडीहरुको सहभागीता रहन

    • प्रकाशित मितिः माघ २, २०८१
    • ३८९ पटक पढिएको
  • त्रिवेणी कप भलिवल प्रतियोगिताको उपाधि नेपाल प्रहरीको रानी विराटनगरलाई

    इटहरी । धनकुटाको चौबिसे गाँउपालिकामा सम्पन्न दोस्रो त्रिवेणी कप पुरुष भलिवल प्रतियोगिताको उपाधि नेपाल प्रहरीको रानी विराटनगरले जितेको छ । चौबिसे गाउँपालिकाको वडा नं. ४ र ५ को सिमाना स्थित फलामेटारमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपाल प्रहरीको रानी विराटनगरले कोशी प्रदेश टे«निङ सेन्टरलाई पराजित गर्दै उपाधि जितेको हो । फाइनल खेलमा नेपाल प्रहरीको रानी विराटनगरले  कोशी प्रदेश टे«निङ सेन्टरलाई २६–२४, २५–२२ र २५–२३ को सोझो सेटमा हराउदै उपाधि जितेको हो । विजेता नेपाल प्रहरी रानी विराटनगरले उपाधिसँगै नगद एक लाख २२ हजार २ सय २२ रुपैया हात पारेको छ भने उपबिजेता कोशी प्रदेश टे«निङ सेन्टरले ६६ हजार ६

    • प्रकाशित मितिः माघ १, २०८१
    • २८५ पटक पढिएको
  • बाल्मिकी स्कुलमा खेलकुदसहित विविध कार्यक्रम सम्पन्न

    इटहरी । विराटनगर–८ मधुमारास्थित बाल्मिकी सेकेण्डरी बोर्डिङ स्कुलले खेलकुद प्रतियोगितासहित विभिन्न कार्यक्रम आयोजना गरेको छ । पाठ्यक्रमको अध्ययनसँगै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विविध कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । स्कुलले साप्ताहिक कार्यक्रमअन्तर्गत दौड प्रतियोगिता, ब्यालेन्स रेस, स्लो साइकल रेस, म्युजिकल चेयर, म्याथ रेसलगायतका प्रतियोगिता गरेको थियो । त्यस्तै विद्यार्थीहरुको बोल्ने कलाको विकासका लागि वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरिएको स्कुलकी प्रधानाध्यापक सावित्री पराजुलीले जानकारी दिनुभयो । विद्यालयले हरेक वर्ष कविता, वादविवाद, वक्तृत्वकला, चित्रकला, खे

    • प्रकाशित मितिः पुस २८, २०८१
    • ४०८ पटक पढिएको
  • तीनपोखरी कप स् बुल्स ११ र चुलाचुली सेमिफाइनलमा

    इटहरी । मोरङको बुल्स ११ र चुलाचुली झापा खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रित कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको खेलमा शीत्तलपाटी फुटवल क्लबलाई २–१ गेलले हराउँदै बुल्स ११ सेमिफाइनलमा पुगेको हो । बुल्सका तर्फबाट रोशनकुमार माझीले दोस्रो हाफको ७ औं मिनेटमा र ३० औं मिनेटमा निश्चल खड्काले गोल गरेका थिए । शीत्तलपाटीका तर्फबाट पहिलो हाफको ३० औं मिनेटमा विजय भूजेलले गोल गरेका थिए । शनिबारको अर्को खेलमा एड्भान्सको तर्फबाट पहिलो हाफको तेस्रो मिनेटमा बसन्त ओझाले गोल गरेर खेललाई अग्रता दिलाए । ३० औं मिनेटमा चुलाचुलीका तीर्थ बस्नेतले गोल फर्काएर बराबरी बनाए । दोस्रो हाफको ११ औं मिनेटमा तीर

    • प्रकाशित मितिः पुस २७, २०८१
    • ३०९ पटक पढिएको
  • हिले फुटबल एशोसिएशन धनकुटाले मुन्दुम कप उपाधि जित्यो

    भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा आयोजित प्रतिष्ठित फुटबल प्रतियोगिता मुन्दुम कप २०८१ को उपाधि हिले फुटबल एशोसिएशन, धनकुटाले जितेको छ। फाइनल खेलमा धनकुटाको टोलीले नयाँ श्रीनाप गण भोजपुरलाई हराउँदै उपाधि जितेको हो । उपाधि जितेसँगै हिले फुटबल एशोसिएशनले नगद १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।फाइनलमा पराजित श्री नयाँ श्रीनाप गण भोजपुरले उपविजेताको स्थान हासिल गर्दै ७५ हजार रुपैयाँ पुरस्कार जित्यो। यसैगरी, सेमिफाइनलसम्म पुगेका टोलीहरू भोजपुरको कोदार फुटबल क्लब र सुनसरीको सिर्जनशील युवा क्लब, दुहबीले समान दश-दश हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।यो प्रतियोगिता टेम्केमैयुङ गाउँप

    • प्रकाशित मितिः पुस २६, २०८१
    • ४९३ पटक पढिएको
  • इटहरीमा आपगाछि देखि हलगडासम्म बृहत् सरसफाइ अभियान

    इटहरी | सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १ ले शनिवार आपगाछिदेखि हलगडासम्मको क्षेत्रलाई फोहोर मुक्त बनाउन बृहत् सरसफाइ गरेको छ ।यो अभियानले स्थानीय समुदायको सहभागितामा क्षेत्रको सौन्दर्य बढाउनुका साथै सफा र हराभरा इटहरी बनाउने लक्ष्य राखेको छ । इटहरी वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की (कैलाश)को नेतृत्वमा कार्यक्रममा कोशी राजमार्गको इटहरीको आपगाछि देखि हलगडा सम्म इटहरी युथ ओपन क्यु, विभिन्न संघसंस्था, आमा समूह, युथ क्लब र स्थानीय टोलवासीहरूको उल्लेखनीय योगदानमा सरसफाइ गरिएको थियो । आगामी दिनमा पनि सरसफाइ कार्यक्रम निरन्तरता हुन आवश्यक रहेको इटहरी युथ ओपन क्यु की स्काउटर मास्टर पुष्पा क

    • प्रकाशित मितिः पुस २०, २०८१
    • ४९६ पटक पढिएको
  • नेपाल तरुण दल अरूण गाउँपालिकाको आयोजनामा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम हुने

    भोजपुर | नेपाल तरुण दल अरुण गाउँ कार्यसमितिको आयोजनामा यहीँ २४ देखि २६ गतेसम्म अरुण गाउँपालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ।नेपाल तरुण दलका सभापति ललित कुमार राईका अनुसार, फुटबल प्रतियोगितामा पहिलो पुरस्कार रु. ५०,०००, शिल्ड, मेडल र प्रमाणपत्र सहित दिइनेछ भने दोस्रो पुरस्कार रु. २५,०००, शिल्ड, मेडल र प्रमाणपत्र सहित प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क मात्र रु.१ तोकिएको छ, र पुस २२ गते, दिउँसो १ बजे सम्म दर्ता गर्नुपर्नेछ।साथै, पुस २६ गते सांगीतिक साझ कार्यक्रम पनि आयोजना गरिनेछ, जसमा राष्ट्रिय कलाकारहरू गायक धिरज राई, गा

    • प्रकाशित मितिः पुस १९, २०८१
    • ३६५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]