खेलकुद

    Showing ३१-४० of ७७५ items.
  • इटहरीमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडी सम्मानित, खेल विकासबारे अन्तरक्रिया

    इटहरी । सुनसरी जिल्ला खेलकुद विकास समितिले १६औँ राष्ट्रपति रनिङ शिल्ड केन्द्रीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरेको छ। प्रदेशिक रंगशाला इटहरीमा बिहीबार आयोजित सम्मान तथा समीक्षा कार्यक्रममा प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका खेलाडीहरूलाई ट्याकसुट, माला तथा अबिरसहित सम्मान गरिएको हो।कार्यक्रमको अध्यक्षता सुनसरी जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बिमल पोखरेलले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव बिप्लब घोष सहभागी हुनुभएको थियो। त्यसैगरी बोर्ड सदस्य टिकाराम पुरी विशिष्ट अतिथि रहनुभएको कार्यक्र

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • २२० पटक पढिएको
  • धनकुटामा एक महिने ब्याडमिन्टन प्रशिक्षण कार्यक्रम सुरु

    धनकुटा / धनकुटाको हिलेमा विद्यालय तहका विद्यार्थीहरूलाई लक्षित गरी एक महिने ब्याडमिन्टन प्रशिक्षण कार्यक्रम सुरु भएको छ। कोशी प्रदेश ब्याडमिन्टन सङ्घको आयोजनामा तथा हिले ब्याडमिन्टन क्लबको स्थानीय व्यवस्थापनमा सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रममा १७ वर्षमुनिका तथा कक्षा १० सम्म अध्ययनरत छात्र–छात्राहरूको सहभागिता रहेको छ।प्रशिक्षण कार्यक्रमको उद्घाटन पूर्व जनप्रतिनिधि एवं हिले ब्याडमिन्टन क्लबका प्रमुख सल्लाहकार लालचन्द्र गोम्वाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता कोशी प्रदेश ब्याडमिन्टन सङ्घका अध्यक्ष भोगेन्द्र थापाले गर्नुभएको थियो।एक महिनासम्म सञ्चालन हुने प्रशिक्ष

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • ७७२ पटक पढिएको
  • थेचम्बुमा तेस्रो पाथीभरा याङवरक कोशी प्रदेशस्तरीय खुला ब्याटमिन्टन प्रतियोगिता सुरु

    इटहरी ।  ताप्लेजुङको थेचम्बुमा तेस्रो पाथीभरा याङवरक कोशी प्रदेशस्तरीय खुला ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । पाथीभरा याङवरक गाउँपालिकाको केन्द्र थेचम्बुमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो। पाथीभरा ब्याटमिन्टन सङ्घको प्राविधिक सहयोगमा पाथीभरा याङवरक गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्‍घाटन पालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङले शुभारम्भ गर्नुभयो । आगामी जेठ २४ गतेसम्म जारी रहने प्रतियोगितामा ६ विधाका खेल हुने भएका छन् । प्रतियोगितामा कोशी प्रदेशस्तरीय मेन्स डबल सिनियर, भेट्रान्स मेन्स डबल, मिक्स डबल र जिल्ला स्तरीय प्रतियोगिता अन्तर्गत मेन्स डबल जुनियर,

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • ३३१ पटक पढिएको
  • दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथनको उपाधि राईलाई

    इटहरी। दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिताको उपाधि पाँचथरका विशाल राईले हात पार्नुभएको छ । दोस्रो सिरिजङ्घा पर्यटन महोत्सवको अवसरमा आयोजित उक्त साहसिक खुल्ला म्याराथनको उपाधि राईले हात पार्नुभएको हो ।२४ प्रतिस्पर्धीलाई पछि पार्दै राईले ५ घण्टा ३० मिनेट ८ सेकेण्डमा ४२ किलो लामो दूरी पार गर्नुभएको थियो । सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनको छुमादिनबाट ४ हजार २ सय मिटर उचाइको दुण्डु डाँडा पुगेर पुनःछुमादिनमा फर्किदा निर्धारित दूरी पूरा हुन्थ्यो । यस्तै ताप्लेजुङको पेदाङका बिभिषण लिम्बूले ५ घण्टा ३१ मिनेट २० सेकेन्डमा निर्धारित दूरी पार गर्नै दोस्रो बन्नुभएको म्याराथन संयोजक अमिर राईले जानक

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • २०० पटक पढिएको
  • पथरीमा राष्ट्रव्यापी खुल्ला फिडे रेटेड रेपिड चेस प्रतियोगिता सुरु

    इटहरी । मोरङको पथरी शनिश्चरेमा दुई दिवसीय शहिद रत्न कुमार बान्तवा राष्ट्रव्यापी खुल्ला फिडे रेटेड रेपिड चेस प्रतियोगिता सुरु भएको छ । आजदेखि पथरी शनिश्चरेस्थित सीन भिलेज पार्टी प्यालेसमा ‘सृजनशील र स्वास्थ्य दिमागका लागि बुद्धिचाल, शहिद रत्न कुमार बान्तवाको सम्झनामा समर्पित’ भन्ने नारा सहित प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको प्रथम पुरस्कार पाँचौँ मिस्टर काठमाडौंका विजेता स्वर्गीय प्रकाश राईको स्मृतिमा स्थापित प्रकाश राई स्मृति प्रतिष्ठानले प्रायोजन गरेको छ । पथरी उद्योग वाणिज्य सङ्घका महासचिव अशोककुमार राईको प्रमुख आतिथ्यता तथा फ्रेण्ड सिप चेस क्लब पथरी शनिश्चरेका अध्यक्ष धनराज राई अमिरको

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • ३५० पटक पढिएको
  • धरानको फुटबललाई राष्ट्रिय स्तरमा चम्काउने खेलाडी मिलन राई नगद २१ हजारसहित सम्मानित

    इटहरी । धरान फुटबलको गौरवपूर्ण पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिएका धरानका व्यावसायिक फुटबल खेलाडी मिलन राई सम्मानित भएका छन्। चौथो “हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता २०८३” को फाइनल खेलको विशेष अवसरमा हाम्रो धरान भेट्रान फुटबल क्लबले उनलाई नगद २१ हजार तथा सम्मानपत्र प्रदान गर्दै विशेष सम्मान गरेको हो। धरानको स्थानीय फुटबल मैदानबाट आफ्नो खेल जीवनको सुरुवात गरेका मिलन राई नेपाली फुटबलका स्थापित खेलाडीमध्ये एक हुन् । उनले स्थानीय क्लबदेखि ए डिभिजन क्लबहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू हुँदै नेपाली राष्ट्रिय टोलीसम्म आफ्नो प्रतिभा प

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • २५१ पटक पढिएको
  • १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लब, मोरङले जित्यो

    इटहरी। १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लब, मोरङले जितेको छ। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार सम्पन्न फाइनल खेलमा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै बेलबारीले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो। ट्राइब्रेकरमा बेलबारीका विदेशी खेलाडी सोलोमान किङ, शिशिर लेखी, विदेशी खेलाडी मुतियु, विशाल थिङ र श्याम मुरमुरले गोल गर्नुभयो। बेलबारीका विवेक पौडेलको प्रहार भने आयोजकका गोलकिपर विदेशी खेलाडी प्रिसुले बचाउनुभयो।आयोजक शहीद भीमन

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • २७४ पटक पढिएको
  • नेपाल खेलकुद महासङ्घ संखुवासभा संयोजकमा विजय कटुवाल

    संखुवासभा । नेपाल खेलकुद महासङ्घ संखुवासभामा विजय कटुवालको संयोजकत्वमा २९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। नवगठित कमिटीलाई छिट्टै जिल्ला अधिवेशनमार्फत पूर्णता दिइने संयोजक विजय कटुवालले बताउनुभयो। कार्यक्रममा बोल्दै कटुवालले खेलकुद क्षेत्रको विकास, खेलाडी उत्पादन तथा संगठन विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जिल्लाका खेलकर्मी तथा खेलप्रेमीलाई एकताबद्ध गर्दै खेलकुद गतिविधिलाई अझ प्रभावकारी बनाइने बताउनुभयो।कार्यक्रमका प्रमुख अतिथि  खाँदबारी नगरपालिका नगर उपप्रमुख एवं नेपाल खेलकुद महासङ्घ केन्द्रीय सचिवालय सदस्य महेश्वरा श्रेष्ठले खेलकुद क्षेत्र

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • १,१८८ पटक पढिएको
  • बुढीगंगा तेक्वान्दो डोजाङद्वारा अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप २०८३ हुंदै

    इटहरी / मोरङको बुढीगंगा तेक्वान्दो डोजाङले आगामी जेठ १७ गते आयोजना हुने अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप २०८३ सम्बन्धी जानकारी प्रेस मिटमार्फत सार्वजनिक गरेको छ।पाथीभरा बोर्डिङ स्कुलको सभाहलमा हुने प्रतियोगितामा ७ वटा डोजाङबाट १५० जना भन्दा बढी खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रेस मिटमा बुढीगंगा तेक्वान्दो डोजाङका अध्यक्ष अबिनास थापाले प्रतियोगिताले तेक्वान्दो खेलको विकास, खेलाडीहरूबीच प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभाको पहिचानमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रममा कोषाध्यक्ष मन्दिरा राईले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सफल

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • ४८३ पटक पढिएको
  • झापालाई हराउँदै बेलबारी फाइनलमा

    इटहरी । बेलबारी फुटबल क्लब धनकुटामा जारी १८औँ सहिद भिमनारायण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबार भएको खेलमा बेलबारीले बिर्तामोड युनाईटेड क्लब झापालाई ३–० गोलले हरायो । बेलबारीको जितमा सलमान किङले सबै गोल गर्नुभयो । सलमान प्लेयर अफ दि म्याच हुनुभयो । उहाँले ६ हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • १४२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]