इटहरी । इटहरीलाई ‘स्पोट्स सिटी’ घोषणा नगर्दा धेरै अवसर गुमाउनुपरेको इटहरीका खेल क्षेत्रका अगुवाहरुले बताएका छन् । इटहरीलाई खेलकुदको माध्यमबाट छोटो समयमा विकास गर्न सकिने सम्भावना हुँदा हुँदै पनि स्थानीय सरकारको नेतृत्व क्षमताका कारण अवसरहरु गुमाउनुपरेको उनीहरुले बताएका छन् ।अब इटहरीको खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकारले स्पष्ट नीति, पर्याप्त बजेट, पूर्वाधारको संरक्षण गर्दै नियमित प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्नुपर्ने उनीहरुले सुझाव दिएका छन् ।सञ्चारपाटी डटकमको आयोजना तथा राष्ट्रिय जागृति क्लब इटहरीको संयोजनमा आयोजित ‘इटहरीमा खेलकुदको भविष्य ः पूर्वाधार, नीति र गतिविधि’ विषयक अन्
इटहरी। शनिबारदेखि सुरु भएको विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलको इन्ट्रा स्कुल पौडी प्रतियोगिता आइतबार सम्पन्न भएको छ । सम्पन्न प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई नियमित प्रशिक्षण गराई राष्ट्रिय प्रतियोगिताको लागि तयार गरिने विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताको पहिलो दिन शनिवार विभिन्न स्पर्धामा खुला प्रतिष्पर्धा गराइएको थियो भने आइतबार विभिन्न समूहबिच प्रतिष्पर्धा गराइएको हो । आइतबार भएका विभिन्न २४ वटा इभेन्टबाट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० का धावा तामाङ छात्र तर्फ सर्वाधिक गोल्ड मेडल जित्दै खेलको म्यान अफ द म्या
इटहरी । अजरबैजानमा आयोजना हुने फिफा यू–१५ विश्वकप एन्ड फेस्टिभल २०२६ का लागि नेपाली टोली छनोट प्रक्रिया अन्तर्गत कोशी प्रदेशस्तरीय खेलाडी छनोट धरानमा सुरु भएको छ । देशभरका जिल्ला छनोटबाट छनोट भएका युवा फुटबल खेलाडीमध्ये कोशी प्रदेशबाट २७२ जना खेलाडी प्रदेशस्तरीय छनोटमा सहभागी भएका छन्। उनीहरूबीच धरानस्थित एन्फा एकेडेमीमा शनिबार सुरूभएको छनौट प्रतियोगिता आइतबार सम्म चल्ने छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ४९ जिल्लामा सञ्चालन गरेको खुला छनोटबाट उत्कृष्ट खेलाडीलाई प्रदेशस्तरीय छनोटमा पठाएको हो। कोशी प्रदेश अन्तर्गत सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, ध
इटहरी । सुनसरीको इटहरीमा आयोजित स्वर्गीय बुद्धरानी चेम्जोङ लिम्बू स्मृति चौथो अन्तरविद्यालय सेभेन–ए–साइड फुटसल प्रतियोगिताको उपाधि पूर्वाञ्चल सेकेन्डरी स्कुल, तरहराले जितेको छ । अल स्पोट्र्स कलेक्सनको आयोजनामा इटहरी–५, काव्यबाटिकास्थित पाथीभरा फुटसल प्रालिमा आइतबार देखि सुरु भएको दुईदिने प्रतियोगितामा सुनसरीका ३२ विद्यालयका टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको रोमाञ्चक फाइनल खेल पूर्वाञ्चल सेकेन्डरी स्कुल र सयपत्री सेकेन्डरी स्कुल, इटहरी–१९ बीच भएको थियो। निर्धारित समयमा दुवै टिमले एक–एक गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा सयपत्रीलाई ३–२ गोलले पराजित गर्द
इटहरी। इटहरी–६ निवासी बाल खेलाडी निहित कार्कीले काठमाडौंमा जारी १३औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिस च्याम्पियनसिप–२०२६ अन्तर्गत अन्डर–१० बालक एकलतर्फ च्याम्पियन बनेका छन्।काठमाडौंको डल्लुस्थित Earthquake Memorial Multipurpose Covered Hall मा जारी प्रतियोगितामा निहितले उत्कृष्ट खेल प्रदर्शन गर्दै अन्डर–१० बालक एकलको उपाधि हात पारेका हुन्।काठमाडौं जिल्ला टेबल टेनिस संघको आयोजनामा भदौ ७ देखि १३ गतेसम्म अर्थात् अगस्ट २३ देखि २९ सम्म सञ्चालन भइरहेको प्रतियोगितामा देशभरका खेलाडीहरूको सहभागिता रहेको छ।निहितले इटहरी टेबल टेनिस एकेडेमीबाट प्रशिक्षण लिँदै आएका छन्। सानै उमेरदेखि टे
इटहरी । नेपाल आर्म रेस्लिङ डेभलपमेन्ट एसोसिएसन नाउडाको आयोजनामा इटहरीको क्लब केमा राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट, नयाँ कार्यसमितिको पदभार तथा सम्मान समारोह सम्पन्न भएको छ। इटहरीस्थित क्लब केमा आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा आर्म रेस्लिङ खेलको विकास, स्थानीय खेलाडीको क्षमता अभिवृद्धि तथा खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर सिर्जना गर्ने विषयमा चर्चा गरिएको थियो । प्रतियोगितामा विभिन्न तौल समूहमा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । ६० केजीमुनि रोहन लुइँट
इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको खेल तालिका जिल्लाका पर्यटकीय स्थलबाट सार्वजनिक गरिएको छ। आगामी भदौ १२ गतेबाट सञ्चालन हुने चौथो संस्करणको प्रतियोगिताबाट पर्यटन प्रवर्धनका लागि ताप्लेजुङको पर्यटकीय क्षेत्रमार्फत खेल तालिका सार्वजनिक गरिएको हो। लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार फकताङलुङ गाउँपालिकाको ५ हजार ३ सय मिटरको उचाइमा रहेको स्याम्दो ताल, ४ हजार ७ सय मिटरको उचाइमा रहेको सिङजेमा ताल, ओलाङचुङगोलामा अवस्थित आठसय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा, मिक्वाखोला गाउँपालिकाको पर्यटकीय क्षेत्र लोदेन लगायतका क्षेत्रबाट एकसाथ खेल तालिका सार्वजनिक गरिएको हो।सार्वजनि
इटहरी । नेपाल यू–२३ राष्ट्रिय टोलीका प्रतिभावान फुटबल खेलाडी इटहरी–२ शान्तिनगरका २४ वर्षीय आशिष राई यतिबेला थाइल्याण्डको अस्पतालमा जीवनको सबैभन्दा कठिन खेल खेलिरहेका छन्। बाल्यकालमा परिवारको इच्छा विपरीत च्यातिएको जुत्ता टालेर मैदान छिरेका उनले आफ्नो मिहिनेत र समर्पणका बलमा संकटा, मनाङ मस्र्याङ्दी, एनआरटी र एनएसएल हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेका थि। तर २०८० फागुन ३ गते राष्ट्रिय टोलीको मैत्रीपूर्ण खेलका क्रममा विपक्षी डिफेन्डरसँग ठोक्किएर गम्भीर घाइते भएपछि उनको खेल जीवनमा एकाएक पूर्णविराम लाग्यो । काठमाडौँ र चीनमा उपचार सम्भव नभएपछि हाल थाइल्याण्डमा खुट्टामा ‘मेटल प्लेट’ राखेर
इटहरी । सुन्दरहरैँचा–८ सलकपुरस्थित सव डिभिजन वन कार्यालय पछाडिको खेलमैदानमा सम्पन्न अन्डर–१७ फुटबल प्रतियोगिताको उपाधि बुढासुब्बा युथ क्लब सुन्दरहरैँचा–८ ले जितेको छ । योङ्ग ब्वाइज एफसी सुन्दरहरैँचा–८ को आयोजनामा भएको रोमान्चक फाइनल खेलमा बेतना युनाइटेड बेलबारीलाई पराजित गर्दै बुढासुब्बाले उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो। विजेता बुढासुब्बा युथ क्लबले नगद ८ हजारसहित ट्रफी र मेडल प्राप्त ग¥यो भने उपविजेता बेतना युनाइटेडले नगद ५ हजार सहित ट्रफी र मेडलमा चित्त बुझायो। युवा खेलाडीहरूको प्रतिभा पहिचान र खेल भावनाको विकासका लागि प्रतियोगिता आयोजना गरिएको खेल संयोजक सन्तोष खरेलले जानक
इटहरी: थाइल्याण्डको पट्टायामा आयोजित "9th Heroes International Taekwondo Championship 2026" मा बुढीगंगा तेक्वान्दो डोजाङले तीन वटा कांस्य हासिल गरेको छ।३० भन्दा बढी देशका चार हजारभन्दा बढी खेलाडी सहभागी भएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा बुढीगंगा तेक्वान्दो डोजाङका तीन खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै कांस्य पदक जित्न सफल भएका हुन्।कांस्य पदक विजेतामा बिनिशा राई (अन्डर–३८ केजी), ओजस्वी बरुवाल (अन्डर–३१ केजी) र सर्वज्ञ श्रेष्ठ (६५ केजीमाथि) रहेका छन्।डोजाङका अनुसार विश्वस्तरीय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै पदक जित्नु खेलाडीहरूको निरन्तर मेहनत, अनुशासन, आत्मविश्वास, प्रशिक्षकको समर्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.