सुन्दरहरैँचा मिलन अधिकारी । सिदार्थ युवा समाज क्लबको आयोजनामा सुन्दरहरैँचा नगरपालिकामा दोस्रो सुन्दरहरैँचा उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।गाछिया खेल मैदानमा सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका ११ स्थानीय तहका महिला टोलीहरूको सहभागिता रहेको छ । प्रतियोगिताका सबै खेलहरू बेस्ट–५ प्रणालीमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ ।उद्घाटन खेलमा आमचोक गाउँपालिका, भोजपुरले बेलबारी नगरपालिका, मोरङलाई लगातार ३–० सेटले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आमचोकले पहिलो सेट २५–१०, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१९ ले जितेको हो ।दोस्रो खेलमा लिम्चुङबुङ गाउँपालिका,
संखुवासभा | सङ्खुवासभाको मादी नगरपालिका–३ मा ४७ औँ आमन्त्रित हाङथुम कप फुटबलको आयोजनामा सुरू भएको प्रतियोगितामा कोशी प्रदेश प्रहरी क्लबले विजयी सुरुवात गरेको छ ।सोमबारबाट उद्घाटन खेलमा कोशी प्रदेश प्रहरीले इन्द्रेणी युवा क्लब फुङलिङ, सङ्खुवासभालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो । टाइब्रेकरमा इन्द्रेणीका सिसन जिमीले गरेको पहिलो प्रहार प्रहरीका गोलरक्षक सुरज शाक्यले उत्कृष्ट बचाउ गर्दै रोकेका थिए ।प्रहरीका तर्फबाट रमेश राजवंशी, सौजन राई, समिर चोम्बाङ र वि
इटहरी । धरान उपमहानगरमा राष्ट्रिय स्तरको दास्रो आइबिए प्रो एन्ड एमेचर महिला–पुरुष धरान फाइट नाइट माघ २३ गते हुने भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक धरान बक्सिङ संस्थाले खेलकुदको सहर धरानमा बक्सिङ खेलको प्रवर्धन तथा खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्देश्यसहित दोस्रो पटक धरान फाइट नाइट गर्न लागिएको धरान बक्सिङ संस्थाको सचिव महेश आले मगरले बताउनु भयो । खेलकुद क्षेत्रको विकास, विस्तार, सामाजिक कार्य, प्रतियोगिताको आयोजना, प्रशिक्षण लगायत कार्यमा युवाहरूलाई सहभागिता गराई खेलाडी युवाहरूलाई क्रियाशिल बनाउँदै उनीह
इटहरी। कोशी प्राइड प्रा।लीले आयोजना गर्ने टी–२० कोशी प्राइड लिग ९केपिएल० तेस्रो संस्करणको अक्सन सम्पन्न भएको छ । विभिन्न सात फ्रेन्चाइज टिमले ९ देखि २१ फागुनसम्म सुनसरीमा हुने प्रतियोगिताको लागि अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरेका छन् । यस्तै, हरेक टिमले ड्राफबाट तीन देखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन् ।शनिबार भएको अक्सनमा २३२ खेलाडी समावेश थिए । क्याटगोरी ‘ए’ मा ३४, क्याटगोरी ‘बी’ मा ९५ तथा क्याटगोरी ‘सी’ मा १०३ खेलाडी रहेका छन् । २३२ खेलाडी मध्ये ८४ खेलाडी बिक्री भएका छन् । आयोजक कोशी प्राइड प्रा।लीका निर्देशक अफजल हुसैनका अनुसार अक्सनमा क्याटगोरी ‘ए’ को मुल्य न्युनतम ४५ देखि ६
इटहरी । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम मागेमेला गोल्ड कपमा आइतबार सेमिफाइनलको खेल हुने भएको छ । माघे सङ्क्रान्तिको अवसरमा माघेमेला सञ्चालन समितिको आयोजनामा सञ्चालित गोल्डकपमा आज सेमिफाइनलको खेल हुने भएको हो । आज हुने पहिलो सेमिफाइनल खेलमा ड्रिम बोइज एफ.सि. धनकुटा र आयोजक सिंवा स्पोर्टिङ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार सम्पन्न भएको धनकुटाले खाम्लालुङ ग्रामीण युवा समाज तेह्रथुमलाई ४–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । यता आयोजक सिंवा स्पोर्टिङ क्लबले भने बिहीबार भएको उद्घाटन खेलमा जनसेवा आदर्श स्पोर्टिङ क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफ
इटहरी । सातौँ संस्करणको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका लागि नयाँ सदस्यता लिनेको सङ्ख्या एक सय नाघेको छ ।निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुने सातौँ संस्करणमा हिजोसम्म एक सयजना नयाँ सदस्य थप भएको गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो। यही माघ २४ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गिरीले बताउनुभयो। गोल्डकपले पुसबाट सुरु गरेको सदस्यता अभियानअन्तर्गत पुरुषले १५ हजार र महिलाले ११ हजार रुपैयाँ शुल्क तिरेर सदस्य बन्नेको सङ्ख्या एक सय नाघेको हो । गोल्डकपको सदस्य बन्न झा
इटहरी । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम मागेमेला गोल्ड कपमा शनिबार अन्तिम क्वाटरफाइनल खेल सञ्चालन हुने भएको छ । माघे सक्रान्तिको अवसरमा आयोजित गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम र कन्काई स्पोर्टिङ क्लब झापाबिच प्रतिस्पर्धा हुने भएको हो । शनिबारको विजेताले सेमिफाइनलमा वि।सि।एस। मेमोरियल युवा क्लब सावादिनसँग भेट पक्का गर्ने छ । शुक्रबार भएको खेलमा नाम्थोक युवा क्लब पाँचथरलाई ५–४ गोल अन्तरले पाराजित गर्दै सावादिन सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै शुक्रबार नै सम्पन्न भएको दोस्रो खेलमा ड्रिम बोइज एफ।सि। धनकुटाले खाम्लालुङ ग्रामीण युवा समाज तेह्रथुमलाई ४–२ गोल
भोजपुर । भोजपुरको अरुण गाउँपालिका प्याउलीद्वारा आयोजित सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गरिएको छ। माघ २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा गाउँपालिकाभित्रका सातवटै माध्यमिक विद्यालयहरूको सहभागिता रहेको छ।अरुण गाउँपालिका वडा नम्बर–७ स्थित सिक्रेटारमा रहेको श्री सगरमाथा माध्यमिक विद्यालयको प्राङ्गणमा माघ २ गते आयोजित उद्घाटन समारोह अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीको अध्यक्षतामा तथा प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई रहनु भएको थियो।उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले शिक्षा र खेलकुद क्षेत्रको
इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २६ औं संस्करण यही माघ २२ गतेदेखि सुरु हुने भएको छ । धरान फुटबल क्लबले धरान–१५ स्थित होटल मेरिकनमा पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ २२ देखि फागुन २ गतेसम्म धरान–१६ स्थित रंगशालामा सञ्चालन हुने जानकारी दिएको छ । विगतका संस्करणहरूमा ८ टिम मात्र सहभागी हुँदै आएकोमा यस वर्ष २ टिम थप गरी १० टिम सहभागी गराइने भएको क्लबका महासचिव नविन राईले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल, भारत र भुटानका क्लबहरूको सहभागिता रहनेछ । प्रतियोगितामा अघिल्लो दुई वर्ष लगातार उपाधि जितेको टोली एनआरटी क्लब काठमाडौँ, चर्च ब्वाइज क्लब काठमाडौँ, नेपाल पुलिस क्लब
मिलन अधिकारी-इटहरी । सिदार्थ युवा समाज क्लबको आयोजनामा सुन्दरहरैँचा नगरपालिकामा दोस्रो सुन्दरहरैँचा उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता माघ ६, ७ र ८ गते सञ्चालन हुने भएको छ । गाछिया खेल मैदानमा हुने अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगितामा कोशी प्रदेशका १२ पालिकाको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । महिलाहरुमा भलिबल खेललाई प्रोत्साहन गर्न र स्थानीय तहमा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा विजेता टोलीलाई नगद १ लाख २५ हजार रुपैयाँ, मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता हुने टिमल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.