इटहरी । ‘एनवाइइएफ एमेच्योर गल्फ प्रतियोगिता–२०२६’ को उपाधि आकाश दुलालले जित्नुभएको छ ।धरान उपमहानगरपालिकाको गल्फ कोर्समा सम्पन्न प्रतियोगितामा ३९ स्कोर गर्दै दुलालले प्रतियोगिताको नेटतर्फ उपाधि जित्नुभएको हो। त्यस्तै, ३६ स्कोर गर्दै प्रमोद राई दोस्रो र ३६ स्कोर नै गर्नुभएका दीपक पोखरेल काउन्ट(ब्याकको आधारमा तेस्रो हुनुभयो । ग्रसतर्फ ६९ स्कोर गर्दै सुन्दर राईले प्रथम स्थान प्राप्त गर्नुभयो । प्रतियोगितामा महिलातर्फ ३६ स्कोर गर्दै आस्था दुलाल र सिनियरतर्फ ३३ स्कोरसहित बोमप्रसाद लिम्बू पहिलो हुनुभयो । लङ्गेस्ट ड्राइभको पुरस्कार विवेक राई, क्लोजेस्ट टु दि पिनको उपाधि नितेश गु
इटहरी । तरहरा साइक्लिङ क्लबको पदस्थापन कार्यक्रम बन अनुसन्धान केन्द्रको सभाहलमा सम्पन्न भएको छ। निर्वाचन अधिकारीका रूपमा संस्थापक अध्यक्ष शिव रुम्दाली रहनु भएको थियो भने निर्वाचन सभाध्यक्षमा सुरत खत्री रहनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि (इटहरी उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष मनिराम श्रेष्ठ रहनु भएको थियो । विशेष अतिथिका रूपमा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य तथा नेपाली कांग्रेस तरुण दल सुनसरीका सभापति सिजन गुरुङको उपस्थिति रहेको थियो। साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा संघ–संस्थाका पदाधिकारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। निर्वाचित पदाधिकारीहरू अध्यक्ष सुरज क्ष
इटहरी । कोशी प्राइड प्रालिको आयोजानमा हुने टी–२० कोशी प्राइड लिग(केपिएल) को मिति परिवर्तन भएको छ । यसअघि फागुन ९ देखि २१ गतेसम्मका लाति तय भएको लिग अब चैत ८ देखि २० गतेसम्म सुनसरीमा हुनेछ । प्रतिनिधिसभाको निर्वाचनको कारण प्रतियोगिता सारिएको आयोजकले जनाएको छ ।नयाँ मितिका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले स्वस्कृति दिएको छ । कोशी प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने लिगमा विभिन्न सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीले अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन् । यस्तै, हरेक टिमले ड्राफबाट तीन देखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन् । अक्सनमा दुई ३२ खेलाडी समाव
इटहरी। नेपाल युवा उद्यमी मञ्च ९एनवाईईएफ० सुनसरी च्याप्टरको आयोजनामा ुएनवाईईएफ एमेच्योर गल्फ प्रतियोगिता( २०२६ु आयोजना हुने भएको छ। धरानस्थित गल्फ कोर्समा फागुन १६ गते ६० जना भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता एक दिने प्रतियोगिता हुने भएको हो। प्रतियोगिता आयोजक एनवाईईएफ सुनसरीका अध्यक्ष राजीव घिमिरेले प्रतियोगितामा १५० भन्दा बढी उद्यमी, व्यवसायी तथा पेशाकर्मीहरूको उपस्थितिले प्रतियोगितालाई खेलकुदसँगै उच्चस्तरीय व्यवसायिक नेटवर्किङ मञ्चका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको बताउनु भयो। उहाँले प्रतियोगिताको मुख्य उद्देश्य खेलभावना प्रवर्द्धन गर्नुका साथै युवा उद्यमीहरूबी
इटहरी । एन्फा महिला च्याम्पियनसिपको उपाधि विभागीय टोली एपिएफ क्लबले जितेको छ ।उदयपुरको गाईघाटस्थित थरूहट रङ्गशालामा सम्पन्न च्याम्पियनसिपमा एपिएफले विभागीय अर्को टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।एपिएफलाई उपाधि जिताउन गीता राना र रेनुका नगरकोटेले गोल गर्नुभयो । आर्मीका लागि जेनिफर राईले सान्त्वना गोल गर्नुभयो । उपाधिसहित एपिएफले सात लाख ५० हजार रुपियाँ पुरस्कार पायो ।उपविजेता आर्मीले पाँच लाख रुपियाँ प्राप्त गरेको छ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको थियो ।
इटहरी । सुनसरी ब्याडमिन्टन एकेडेमीको आयोजनामा इटहरीमा आज देखि तेस्रो सगरमाथा खुल्ला राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । देशका विभिन्न जिल्लाबाट आएका खेलाडीहरूको सहभागितामा प्रतियोगिता सुरू भएको हो । प्रतियोगितामा कुल २ सय २ जना खेलाडी सहभागी रहेका छन्। विभिन्न उमेर समूह र प्रतिस्पर्धात्मक तहलाई समेट्दै १३ वटा विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । समग्रमा २ सय ५३ वटा खेल सञ्चालन हुनेछन् भने प्रतियोगिताको फाइनल खेल आगामी फागुन ९ गते आयोजना गरिनेछ । विजेता तथा उपविजेताहरूलाई विधागत रूपमा गरी कुल साढे ६ लाख रुपैयाँ बराबरको नगद पुरस्कार प्रदान गरिनेछ । स
इटहरी । उच्च मनोबल सहित घरेलु मैदानमा प्रवेश गरेको आयोजक केराबारी एफसी चौथो अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि चुम्न सफल भएको छ । प्रस्तावित खदम रंगशालामा हजारौं दर्शकको साथ पाएको आयोजक केराबारी एफसी र झापा ११ विच भएको अत्यन्तै कडा प्रतिस्पर्धात्मक खेलमा झापा ११ लाई हराउँदै केराबारीले इतिहास रच्दै उपाधि चुमेको हो । उपाधि संगै आयोजक केराबारी एफसीले नगद ४ लाख सहित मेडल ट्रफि र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको झापा ११ ले नगद २ लाख प्राप्त गरेको छ । विजेतालाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले पुरस्कार हस्तान्तरण गर्नुभयो । मध्यान्तर अघि दुवै टिमले गोल गर्न नसकेपनि
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० मा रहेको फुजिसन सगरमाथा बोर्डिङ स्कुलको आयोजनामा ‘फुजिसन खेलकुद प्रतियोगिता’ मंगलबारदेखि सुरू भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशव विष्टको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालयका खेलाडीहरूबीच फुटबल, भलिबल, दौड ९रन०, तेक्वान्दो, टेबल टेनिस, डोरी तान, एथलेटिक्स, बास्केटबल, कबड्डी लगायतका विभिन्न विधामा प्रतिस्पर्धा हुने छ।यसैगरी प्रतियोगितामा अभिभावकहरूबीच पनि भलिबल, फुटबल र डोरी तान जस्ता खेलहरू
इटहरी । इटहरीमा भएको तेस्रो कोशी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता समापन भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति सुनसरीको आयोजनामा आइतबार देखि भएको प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका ५ सय बढी खेलाडीहरूको सहभागितामा तेस्रो कोशी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता समान्न भएको छ । प्रतियोगितामा इटहरी सुनसरी टिम प्रथम , मोरङको सुन्दरहरैंचा वडा न. १० मा रहेको हिमालय इङलिस स्कुल दोस्रो र मोरङको विराटनगर टिम तेस्रो भएको हो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको
इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका ९ स्थित कोल्टारमा आयोजित वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । माघ २९ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता आइतबार गाउँपालिका अध्यक्ष प्रेम कुमार राईको प्रमुख आतिथ्यतामा समापन भएको हो । हसनपुर युवा तथा खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगितामा पुरुष तर्फ हसनपुर भलिबल टिम विजेता बनेको हो । आमचोक गाउँपालिका ८ हैखाराङ भलिबल टिम उपविजेता बनेको हो । त्यस्तै महिला तर्फ हतुवागढी ५ होम्ताङ महिला भलिबल टिम विजेता र धनकुटाको साँगुरी गढी गाउँपालिकाबाट सहभागी टाङ्केरा महिला भलिबल टिम उपविजेता बनेको हो । प्रतियोगितामा पुरुषतर्फ विजेता
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.