इटहरी । ताप्लेजुङमा कोशी प्रदेशस्तरीय छैटौँ मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता फुङलिङ नगरपालिका –६ मा रहेको इन्द्रेणी ब्याडमिन्टन हलमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो। जिल्ला ब्याडमिन्टन सङ्घ ताप्लेजुङको आयोजना तथा फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको छ। फुङलिङ नगरपालिकाको उपप्रमुख भिमादेवी ओझाको प्रमुख आतिथ्यमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल शनिबार हुनेछ । प्रतियोगितामा पाँच विधामा प्रतिष्पर्धा रहने सङ्घका अध्यक्ष सुरेश सिङ्घक लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशस्तरीय मेन्स सिङ्गल, प्रदेशस्तरीय खुल्ला मिक्स डबल, ज
इटहरी। आगामी वैशाख ५ गते देखि इलाम गोल्डकपको तेस्रो संस्करण हुने भएको छ । ‘एन आरएन ए इलाम गोल्डकप’ नाम दिइएको प्रतियोगिता इलाम स्थित रेडहर्ष फूूटबल क्लब रहेको छ । वैशाख ५ देखि वैशाख १२ सम्म आयोजना हुने प्रतियोगितामा स्वदेशी र विदेशी गरि विभिन्न आठ टिमको सहभागीता हुने निश्चित जस्तै भएको आयोजक रेडहर्ष फूूटबल क्लबले जनाएको छ । यसपटकको इलाम गोल्डकपको विजेता टिमले १० लाख रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले पाँच लाख रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । यस्तै रेफ्री, विधागत पुरस्कारहरु पनि रहेको जनाइएको छ । करिब ७८ लाख भन्दा बढी हुन
इटहरी / १६औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप–२०८२ यही चैत ३० गतेदेखि इटहरी रंगशालामा सुरु हुने भएको छ। प्रतियोगिता वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ।प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोलीको सहभागिता रहनेछ। विजेताले रु. १० लाख र उपविजेताले रु. ५ लाख पुरस्कार पाउनेछन्।राष्ट्रिय जागृति क्लबद्वारा आयोजना गरिने उक्त प्रतियोगिताले पूर्वी नेपालको फुटबल विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
इटहरी। जिल्ला प्रहरी कार्यालयले हरित पैदल यात्राका साथ समूहगत दौड प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारबाट सुरु भएको वाकाथन ८ किलोमिटर दूरीको सुकेटारसम्म पुगेर सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंसहित जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुख तथा कार्यरत सुरक्षाकर्मी र सञ्चारकर्मी समेतको सहभागितामा पैदल यात्रा(वाकाथन) सम्पन्न भएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमले जानकारी दिनुभयो । यो सँगै सुरक्षाकर्मी र सञ्चारकर्मी सहभागी समूहगत दौड प्रतियोगिताको पनि आयोजना गरिएको थियो। दौडमा महिला प्रहरी र महिला सञ्चारकर्मी, उत्कृष्ट वाकाथनकर्ता त
इटहरी। ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि फुटबल प्रतियोगिताको उपाधि तेह्रथुमले चुमेको छ । मैवाखोला गाउँपालिका–३ साँघुमा शनिबार सम्पन्न भएको प्रतियोगितामा धनकुटालाई पराजित गर्दै तेह्रथुमले उपाधि चुमेका हो । फाइनल खेलमा धनकुटाको साँगुरीगढीलाई ३–२ गोल अन्तरले पराजित गर्दै तेह्रथुमको म्याङ्लुङ स्पोर्टिङ क्लबले उपाधि हात पारेको आयोजक संस्था जलजले क्लबले जनाएको छ । जितका लागि तेह्रथुमका समीर राईले पहिलो गोल गर्दा धीरज लिम्बुले दोस्रो तथा डिम्पल भण्डारीले निर्णायक गोल गर्नु भएको थियो । विजेता बनेसँगै तेह्रथुमले नगद दुई लाख ६१ हजार १११ रुपियाँसहित ट्रफी प्राप्त गर्दा उपविजेता धनकुटाले न
इटहरी । कोशी प्रदेशको राजधानी विराटनगरमा ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करण चैत २८ गतेदेखि सुरु हुने भएको छ। सहिद रंगशालामा आयोजना हुने प्रतियोगिता वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक विराट गोल्डकप ट्रष्टका महासचिव बिनेश बस्नेतले बताए। उनका अनुसार रंगशालामा पूर्वाधार सुधार, सुरक्षा प्रबन्ध, खेल तालिका निर्माण तथा दर्शक व्यवस्थापनलाई व्यवस्थित बनाउने काम तीव्र रूपमा भइरहेको छ। स्थायी संरचनासहितको फ्लड लाइट प्रयोग हुने भएकाले रात्रिकालीन प्रतिस्पर्धा थप व्यवस्थित र आकर्षक हुने अपेक्षा गरिएको छ।प्रतियोगितामा नेपालका वि
इटहरी । छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिता–२०८२ चैत २२ गतेबाट हुने भएको छ । बिहीबार इटहरीको संगीत चोकमा पत्रकार सम्मेलन गर्दै इटहरी–६ स्थित इटहरी भेट्रान क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता चैत २२ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको हो । प्रतियोगिताका सबै खेलहरू जनता बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछन् । आयोजकका अनुसार प्रतियोगितामा स्वदेश तथा विदेशका विभिन्न भेट्रान टिमहरूको सहभागिता रहनेछ । प्रतियोगिताले खेलकुदको विकास, स्वस्थ जीवनशैली प्रवद्र्धन तथा आपसी भाइचारा मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । क्लबका अध्यक्ष राम शरण
इटहरी । धनकुटाको हिलेमा जारी १८ औँ रामनवमी कप भलिबल प्रतियोगिताको उपाधि झापाको कन्काइ नगरपालिकाले जितेको छ ।हिले भलिवल क्लवको आयोजनामा सम्पन्न कोशी प्रदेश स्तरीय अन्तरपालिका स्तरिय भलिवलको शुक्रबार सम्पन्न फाइनल खेलमा भोजपुरको रामप्रसाद राई गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो । फाइनल खेलमा कन्काइ नगरपालिकाले भोजपुरको रामप्रसाद राई गाउँपालिकालाई २५—१७, २५—२२, २५—१८ को सेटले पराजित गर्दै उपाधि उचालेको हो। प्रतियोगिताको विजेता कन्काइ नगरपालिकाले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको रामप्रसाद राई गाउँपालिकाले नगद
इटहरी । धनकुटाको हिलेमा जारी १८ औ संस्करणको कोशी प्रदेशस्तरीय अन्तरपालिका रामनवमी कप भलिबल प्रतियोगिता सभापोखरी, पाख्रिवास र कन्काइ विजयी भएका छन् । हिले भलिवल क्लवको आयोजना मंगलबार सुरु भएको प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो खेलमा संखुवासभाको सभापोखरी गाउँपालिकाले धनकुटाको महालक्ष्मी नगरपालिकालाई २५–१५, २५–१७ र २५–२३ को सोझो सेटले हराएको हो । त्यस्तै दोस्रो खेलमा धनकुटाको पाख्रिवास नगरपालिकाले भोजपुरको अरुण गाउँपालिकालाई २५–१८, २५–१९ र २५–१३ को सोझो सेटले हराउन सफल भयो । त्यस्तै, तेस्रो खेलमा झापाको कन्काइ नगरपालिकाले भोजपुरको आमचोक गाउँपालिकालाई २१–२५, २५–२१ र २५–२० र २६–२४ को सेटल
इटहरी । धनकुटाको हिलेमा मंगलबारदेखि १८औँ संस्करणको कोशी प्रदेशस्तरीय अन्तरपालिका रामनवमी कप भलिवल प्रतियोगिता सुरु भएको छ । हिले भलिवल क्लबको आयोजनामा हिले खेलमैदानमा भएको उद्घाटन खेलमा भोजपुरको राम प्रसाद राई गाउँपालिका बिजयी भएको छ । राम प्रसाद राईले भोजपुरकै हतुवागढी गाउँपालिकालाई सेट स्कोर १९–२५, २५–२३, २४–२६, २५–०९, १५–१० ले पराजित गरेको हो । प्रतियोगितामा हतुवागढी र राम प्रसाद राईसहित धनकुटाको पाख्रिवास नगरपालिका र महालक्ष्मी नगरपालिका, भोजपुरको अरुण र आमचोक गाउँपालिका, षडानन्द नगरपालिका, संखुवासभाको सभापोखरी गाउँपालिका र झापाको कन्काई नगरपालिका गरी ९ टिम सहभागी छन् । यसबारे क्लबका अध्यक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.