इटहरी / इटहरी -२ स्थित शान्तिनगरमा एक महिलाको बीभत्स हत्या भएको छ ।इटहरी वडा न.२ शान्ति नगर स्थित राई टोलमा बसोबास गर्दै आएकी ६५ वर्षीय मधुमाया पुरीको हत्या भएको हो । सोही ठाउँमा बसोबास गर्दै आएका ४० वर्षीय सन्तोष राईले खुकुरी प्रहार गरी महिला पुरीको हत्या गरेका हुन । खुकुरी प्रहार गरी गम्भीर घाइते भएकी मधुमायाको स्थानीय सामुदायिक अस्पताल तरहरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए । खुकुरी प्रहार गर्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको भण्डारीले जानकारी दिए ।
भोजपुर / इच्छा शक्ति भएमा जनप्रतिनिधीहरुबाट पनि हौसला मिल्छ भन्ने उदाहरण भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा बन्नु भएको छ ।नगर क्षेत्रका बिभिन्न बिद्यालयहरुमा अध्ययरत बिद्यार्थीहरुलाइ पोशाक बितरण देखि लिएर प्रशासनीक कार्यका लागि कम्प्युटर लगायतका सामाग्रीहरु अहिले उपप्रमुख शेर्पाले सहयोग गर्दे आउनु भएको छ ।भोजपुर नगरपालिका वडा नम्वर २, हेलौछाको घारामा रहेको सिंह बाहिनी आधारभुत बिद्यालयमा अध्ययतरत बिद्यार्थीलाई आइतवार उपप्रमुख शेर्पाले जाडोको समयमा लगाउने बिद्यालय पोशाक बितरण गर्नु भएको छ ।कक्षा पाँचसम्म पठनपाठन हुने त्यस बिद्यालयका ४२ जना बिद्यार्थीहरुलाई उपप्रमुख शेर्पाले पोशाक बितरण गर्
ताप्लेजुङ /ताप्लेजुङको सिरीजंघा गाउँपालिका ८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।आईतबार राति भएको उक्त दुर्घटनामा परी फुङ्लिङ नगरपालिका ५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल लुंगेलीले जानकारी दिए ।उनका अनुसार याम्फुदिनको भोटे गाउँबाट छेबुक तर्फ जाने क्रममा प्र।१-०१-००१ ज.३४३७ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो ।दुर्घटनामा सोही गाडीकै चालक लिम्बूको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक लुंगेलीले बताए । ओरालो बाटोमा गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर पल्टिँ
संखुवासभा / संखुवासभाको मादी नगरपालिकामा प्रथम ल्होसार कप नक आउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नव सृजना प्रगतिशील युवा क्लबले पौस १२ गतेदेखि मादीको वडा नम्बर ७ बाघामा प्रतियोगिता सञ्चालन गर्ने भएको छ । गुरुङ समुदायको विशेष पर्वको रुपमा रहेको तमु ल्होसार, पुर्वी पहाडी जिल्लाहरुमा, विभिन्न कार्यक्रमहरु गरी, मनाइदै आएको छ ।तमु ल्होसारको अवसरमा आयोजन गर्न लागिएको फुटबल प्रतियोगितामा प्रतियोगिताको विजेता टोलीले नगद रु १ लाख ११ हजार १ सय एघार हात पार्नेछ । दोस्रो स्थान हाँसिले गर्ने टोलीले ६६ हजार ६ सय ६६ सेमिफाइनल पुग्ने अन्य दुई टोलीलाई प्रति टोली २० हजार नगद
बेलबारी / मोरङको बेलबारी–११ लक्ष्मीमार्गका लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सवको आयोजना गरिने भएको छ ।आइतबार महोत्वस आयोजना हुने स्थानमा आयोजक डाँगीहाट युथ क्लवले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी गराएको हो । महोत्सव मङ्सिर १८ गते देखि पुस १ गतेसम्म् सञ्चालन हुनेछ । स्थानीय उत्पादनको बजारीकरणका लागि कृषि उत्पादनका १५ वटा स्टल राखिने छ । स्थानीयले उत्पादन गरेका हस्तकलाका उत्पादनको प्रदर्शनीका निशुल्क स्टल ब्यवस्था मिलाइएको छ । यस्तै विभिन्न जात जातिका खानाको प्रदर्शनी र ब्यापार प्रवद्र्धनका लागि १५ वटा स्टलको ब्यवस्थापन गरिने छ । दैनिक राष्ट्रिय स्तरका कलाकारले गीत
धनकुटा / धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिधुवा बजारमा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा प्रभात फेरी तथा अन्तकृया कार्यक्रमको आयोजना गरिएको छ ।“अपाङ्गता भएका व्यक्तिहरुका लागि र तिनिहरुद्धारा नै सहश्राव्दी विकास लक्ष्य प्राप्त गर्न र उद्धार र पैरवीमा एक जुट हौ” भन्ने नाराका साथ आज मनाइ रहेको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा छथर जोरपाटी गाउँपालिका वडा नम्बर ६ को आयोजनामा प्रभात फेरी तथा अन्तकृया कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।
पाँचथर / पाँचथरको फिदिममा जारी प्रथम वाईवाई अन्तराष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगितामा झापाको बिर्तामोड युनाईटेड फुटबल क्लब सेमीफाइनल पुगेको छ ।फिदिम माविको मैदानमा आईतबार भएको खेलमा इलामको रेड हर्ष फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै बिर्तामोडले सेमी फाइनलको स्थान पक्का गरेको हो ।बिर्तामोडको संघर्षपूर्ण जितका लागि श्याम मुर्मुले एक गोल गरे । खेल सुरु भएको २० औँ मिनेटमा मुर्मुले गोल गरेर टिमलाई जित दिलाए । निकै प्रतिस्पर्धात्मक गोल गर्न नसक्दा पहिलो चरणको खेलबाटै इलाम बाहिरिनुप¥यो ।आईतबारको खेलमा बिर्तामोडका गोलकर्ता श्याम मुर्मु म्यान अफ दी म्याच घोषित भए । उनलाई कार्यक्रमका
उर्लाबारी /उर्लाबारी नगरपालिकाले कृषकहरुलाई अनुदानमा मकैको बीउ वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत उर्लाबारी वडा नम्बर ८ र ९ को आम्बाडी मकै पकेट कृषक समूहका कृषकहरुलाई मकैको बीउ वितरण गरिएको हो । आज उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेल र वडा नं. ९ का वडाध्यक्ष नरबहादुर मोक्तानले मकैबाली पकेट कार्यक्रम अन्तर्गतका कृषकलाई मकैको बीउ वितरण गरेका छन् ।टिएफ ३६९ र पाइनियर ३३९६ जातको मकैको बीउ ७५२ केजी ७३ जना कृषकलाई वितरण गरिएको कृषि शाखा प्रमुख अम्बिका लुइटेलले जानकारी दिए ।
उर्लाबारी/ उर्लाबारी जेसीज बर्ष २०२४ को अध्यक्षमा नविन श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार उर्लाबारी जेसीजको सचिवालय भवनमा सम्पन्न शाखा अधिवेशनमा जेसीज बर्ष २०२४ को अध्यक्षमा श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त ऋषिकेश खनालले बताए ।यस्तै जेसीज वर्ष २०२४ को कार्यकारणी उपाध्यक्षमा रोशन घिमिरे र निशान भट्टराई, उपाध्यक्षमा दिनेश निरौला, राजेश पौडेल, रोशन श्रेष्ठ र चेतराज श्रेष्ठ र जनसम्पर्क अधिकारीमा कुमारी चम्लागाई (ओझा) सर्वसम्मत निर्वाचित भएको खनालले जानकारी दिए ।
ग्रामथान गाउँपालीकाले दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिहरु मध्येबाट "अपाङ्गताको सवालमा स्थानीय तहको भुमिका" विषयमा गाउँपालीकाले वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरी ३२ औं अन्तराष्ट्रिय आपाङ्गता दिवसमा मनाएको छ ।कार्यक्रममा अपाङ्गता भएका व्यक्तिद्वारा आआफ्ना कला प्रस्तुत गर्नु भएको थियो । वक्तृत्वकला प्रतियोगितामा प्रथम धिरेन्द्र वि.क, दोस्रो बासुदेव चौधरी र तृतीय स्थानमा रिता हुनु भएको थियो । ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाईदैछ । संयुक्त राष्ट्र संघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.