भोजपुर / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार धेरै चल्ने र टिक्नवाला नभएको बताएका छन् । भोजपुरमा भएको कार्यक्रममा बोल्दै उनले यो सरकार कथम कदाचित अगाडि बढे देशलाई दुर्भाग्य हुने बताए । यो कुहिएको फल जस्तो भएको छ, यसलाई झारेन भने पनि आफै झर्छ । यो सरकार कुनै हालतमा पनि अगाडि बढ्न सक्ने अवस्थामा नरहेको ओलीले बताए । उनले एमालेलाई सिद्ध्याउँछु मार्छु भन्ने सपना भङ्ग गर्न समेत आग्रह गरे । अध्यक्ष ओलीले गठबन्धन सरकारमा रहेका दलहरू कसरी एमालेलाई कमजोर बनाउने भनेर लागेको बताए । ओलीले एमालेसँग एक्लै लड्ने त के हेर्न पनि नसक्ने अवस्थामा अन्य दलहरू रहेक
बेलबारी / मोरङको बेलबारीबाट रातारात ईनरुवा सरेको अस्पताल पुनः स्थापनाका लागि बेलबारी नगरपालिकाले पहल गर्ने बताएको छ ।कोशी प्रदेश प्रहरी अस्पताल बेलबारी ३ को गेटमा बुधबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै सोको जानकारी दिईएको हो। बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले बेलबारी नगरपालिकालाई जानकारी नगराई गत सोमबार राति 'अपहरणको शैलीमा' अस्पताल ईनरुवा पुर्याईएको प्रति ध्यानाकर्षण भएको जनाएका छन्।बेलबारी ३ मा रहेको ईलाका प्रैहरी कार्यलय बेलबारीको पुरानो भवनमा २०७९ फागुन १० गते बुधबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह,प्रमुख जिल्ला अधिकारी,राजनीतिक दलका प्रतिनिधि लगायतको उपस
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका -१० स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाले बक्तृत्वकला प्रतियोगिता गरेको थियोे । प्रतियाेगितामा सिद्वार्थ सेकेन्डरी स्कुलका विद्यार्थी अनाेज लामिछाने प्रथम , सुकुना बहुमुखी क्याम्पसकी छात्रा एलिन थापा दोस्रो र ममता खड्का तेस्रो तथा ज्याेति माविका राेशन राई सन्तन्ना भएका छन् । प्रतियाेगपतामा ८ वटा विद्यालयका १६ जाना विद्यार्थीहरू सहभागी थिए । नगर भरिका सामुदायिक र संस्थागत विद्यालयहरू बिच भएको प्रतियाेगिता शिक्षा तथा सामाजिक उत्तरदाहित्व पूरा गरि युवालाई सहकारी अभियान तर्फ उन्मुख गर्ने उदेश्यले सम्पन्न ग
सुन्दरहरैंचा / इन्द्रपुर जेसिज वर्ष २०२४ को अध्यक्षमा उत्सव थापा सर्वसम्मत रूपमा निर्वाचित भएका छन । इन्द्रपुर जेसीजको २२ औ वार्षिक साधारणसभा बाट थापा अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका हुन । त्यसैगरि जेसिजको कार्यकारी उपाध्यक्ष पदमा समीर बस्नेत र रमेश खतिवडा सर्वसम्मत निर्वाचित भएका छन । उपाध्यक्ष पदमा निरू बजगाई, रामप्रसाद ढकाल, अल्का सुवेदी र गोपाल दाहाल चयन भएका छन । साथै जेसिज वर्ष २०२४ को सचिव पदमा प्रवास दाहाल र कोषाध्यक्ष पदमा दिवस रिजाल सर्वसम्मत चयन भएका छन् । इन्द्रपुर जेसीजको २२ औं वार्षिक साधारणसभामा जेसीजका पूर्व अध्यक्ष र
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।पूर्वविद्यार्थी समाजले (रक्तदान जीवनदान) भन्ने मूल नाराका साथ आयोजना गरेको कार्यक्रममा ६९ पिण्ट रगत सङ्कलन भएको सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद दहालले जानकारी दिए । कार्यक्रममा पूर्वविद्यार्थी, नागरिक समाजका व्यक्तिहरू, अध्ययनरत विद्यार्थीहरू, शिक्षक, कर्मचारीहरू लगायतका व्यक्तिहरूले रक्तदान गरेका थिए । समाजका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
विराटनगर । खोटाङका ज्येष्ठ नागरिकहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मदिरा उत्पादन गरी विदेश निर्यात गर्न सकिने सुझाव दिएका छन् । एमालेले सुरु गरेको पुष्पलाल मध्यपहाडि लोक मार्ग अन्तरगत झुला घाट – चिवा भञ्ज्याङ्ग समृद्धिका लागि सङ्कल्प यात्रा अन्तरगत खोटाङ पुगेका अध्यक्ष ओलीलाई मदिरा उत्पादन गरी निर्यात गर्न सके स्थानीयको आर्थिक समृद्धि हुने र यसका लागि आवश्यक व्यवस्था मिलाउन ज्येष्ठ नागरिकहरूले ओलीलाई सुझाव दिएका छन् । ज्येष्ठ नागरिक सङ्घ खोटाङले बुधवार बिहान अध्यक्ष ओलीलाई अनुरोध पत्र बुझाउँदै खोटाङ जिल्लामा विभिन्न प्रकारका मदिरा उत्पादन हुने फलफूलहरू खेर ग
सुनसरी / नेकपा एमालेका अध्यक्ष कोशी केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारले नै साम्प्रदायिकतालाई बढावा दिइरहेको बताएका छन् ।पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रीत झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा मंगलबार ओखलढुंगाको हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सरकार नै साम्प्रदायिकताको जगमा उठेका कारण साम्प्रदायिकताका पक्षहरुलाई भित्रभित्रै बढावा दिइरहेको आरोप लगाए । सरकारले विकास ठप्प पारेर निराशा फैलाउने काम गरिरहेको उनको आरोप छ । एमालेले मात्रै मुलुकको शान्ति सुव्यवस्था कायम गर्न सक्ने पनि उनले बताए । समृद्ध नेपालको नेतृत्व एमालेले मात्रै गर्नसक्छ, मिसन ८४ देशका
भोजपुर / नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतको लागि भोजपुरमा सम्पूर्ण तयारी पुरा भएको छ । बुधबार र विहिबार हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय युवा संघ नेपाल भोजपुरले जनाएको छ । अध्यक्षको स्वागतका लागि जिल्लाको विभिन्न ठाउँमा स्वागतद्धार निर्माण गरिएको राष्ट्रिय युवा संघ नेपाल भोजपुरका अध्यक्ष रविन थापाले बताए । मंगलबार देउरालीबाट जिरोपोइन्ट हुँदै चार भञ्ज्याङमा पुगेर कोण सभा गरिएको अध्यक्ष थापाले जानकारी दिए ।कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज ज्ञानेन्द्र राईले एमालेको राष्ट
सुनसरी / सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्व अध्यक्ष लालीप्रसाद मेहताको निधन भएको छ। नेपाली कांग्रेसका नेतासमेत रहेका मेहताको मंगलबार निधन भएको हो । देवानगञ्ज १ निवासी मेहताको ६९ वर्षीय उमेरमा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो ।मेहतलाई हृदयघातपछि सोमबार अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा अस्पतालमै मृत्यु भएको हो ।पञ्चायतकालमा उपप्रधानपञ्च भएका उनी बहुदल आएपछि तत्कालीन मध्यहर्षाही गाविसका अध्यक्षसमेत भए । हाल उनी कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत हुन् ।
मिलन अधिकारी संखुवासभा / प्रधानमन्त्री परियोजना कार्यान्वयन एकाई कार्यक्रम अन्तर्गत सङ्खुवासभाको मादी नगरपालिकालाई पनि सुन्तला जोन क्षेत्रका रुपमा घोषण गरिएको छ । जोन क्षेत्र घोषण भए पछि मादी नगरपालिकामा सुन्तोला उत्पादनमा वढेेको छ ।मादी नगरपालिकाका वडा नं. ४, ५ र ६ का १४६ भन्दा बढी घर परिवार सुन्तला खेतीबाट लाभान्वित हुनेगरी सुन्तला जोन क्षेत्र घोषणा गरियो । मादी सुन्तला जोनभित्रका कृषकहरु प्रतिपरिवार सर दर एक सय बोट सुन्तला रोपेर बार्षिक दुईचार लाख आम्दानी गरिहेका छन् । मादी सुन्तला जोन क्षेत्रभित्रका कृषकहरुले अन्य जातका फलफूल बिर्सिएर, सुन्तला खेती मात्र बिस्तार गरिरहेका छन् । सुन्तला जोन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.