सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका -१० स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाले बक्तृत्वकला प्रतियोगिता गरेको थियोे ।
प्रतियाेगितामा सिद्वार्थ सेकेन्डरी स्कुलका विद्यार्थी अनाेज लामिछाने प्रथम , सुकुना बहुमुखी क्याम्पसकी छात्रा एलिन थापा दोस्रो र ममता खड्का तेस्रो तथा ज्याेति माविका राेशन राई सन्तन्ना भएका छन् ।
प्रतियाेगपतामा ८ वटा विद्यालयका १६ जाना विद्यार्थीहरू सहभागी थिए । नगर भरिका सामुदायिक र संस्थागत विद्यालयहरू बिच भएको प्रतियाेगिता शिक्षा तथा सामाजिक उत्तरदाहित्व पूरा गरि युवालाई सहकारी अभियान तर्फ उन्मुख गर्ने उदेश्यले सम्पन्न गरिएको आयाेजक संस्थाका अध्यक्ष अर्जुन वस्नेतले जानकारी दिए ।


