इटहरी । पूर्व प्रहरीहरु अन्य नागरिक भन्दा बढी जिम्मेवार हुनुपर्ने एक कार्यक्रमका वत्ताहरुले बताएका छन् । नेपाल पूर्व प्रहरी संगठन धनकुटाले ३६ औं स्थापना दिवसमा आयोजना गरेको कार्यक्रममा वत्ताहरुले पूर्व प्रहरीले जहिल्यै पनि शान्ति, सुरक्षा र अमनचयनमा ख्याल गर्नुपर्ने बताएका हुन् । यस्तै देशको अहित हुने कुनै पनि कार्यमा संलग्न हुनु नहुने सहभागिहरुको भनाइ छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक नारायण रञ्जितकारले पूर्व प्रहरीहरुले देश र समाज प्रति अझ बढी जिम्मेवारीबोधका साथ योगदान दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । संगठनका अध्यक्ष डम्बर कटुवालले पूर्व प्रहर
इटहरी। नागपञ्चमीको अवसरमा धनकुटाको हिलेस्थित धार्मिक तथा पर्यटकीयस्थल बक्रकुण्ड मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । धनकुटासहित तेह्रथुम भोजपुरलगायत विभिन्न जिल्लाका ८ हजारभन्दा बढी भक्तजनले बक्रकुण्ड मन्दिर दर्शन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । नागपञ्चमीको दिन यो मन्दिरमा विशेष मेला र पूजाआजा हुनेगर्छ । नागदेवताको बसोबास रहेको विश्वास गरिने यो मन्दिरमा आजको दिन पूजाआजा र दर्शन गरेमा सुख शान्ति प्राप्त हुने विश्वास रहिआएको स्थानीय कृष्ण घिमिरेले जानकारी दिनुभयो । मन्दिरमा नाग बाहेक एकसय ८ देवी देवताको वास रहेको विश्वास गरिन्छ । सो क्षेत्रका पत्थरमा नागसहित विभिन्न आकृति दे
इटहरी : जिल्लामा गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु भएको छ ।गत असार ४ गते नेपाल सरकारको राजपत्रमा प्रकाशित मापदण्डअनुसार जिल्ला समन्वय समितिको पहलमा गाउँपालिका, नगरपालिका र वडाको सङ्ख्या तथा सीमाना हेरफेर, एकापसमा गाभिने र नगरपालिका वर्गीकरणको पुनरावलोकनसम्बन्धी सरोकार भएका निकायसँग छलफल थालिएको हो। जिल्ला समन्वय समितिले साउन ३० गते दिक्तेलमा छलफल आयोजना गरेर जिल्लाका राजनीतिक दल, स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि, सरोकार भएका निकायका प्रतिनिधिलगायतसँग स्थानीय तहको सीमाना र सङ्ख्याको पुनःसंरचनाका लागि प्रारम्भिक छलफल थालेको छ। पहिलो दिनको छलफल
इटहरी : झापाको कचनकवलमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु भएको छ।कचनकवल गाउँपालिका–१ स्थित चिया बगानमा प्र.१–०१–००१ त ८९९२ नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा अचानक पल्टिएको थियो। ट्याक्टरमा सवार भारत बिहार राज्य किशनगन्ज जिल्ला जोरबारी जियापोखेर–७ का ८ वर्षीय सिमोन सोरेन घाइते भएका थिए। घाइते सोरेनलाई आफन्तले उपचारका लागि भारततर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।उक्त खेत भद्रपुर नगरपालिका निवासी मोहन अग्रवालको रहेको र भारतका बाबुलाल मण्डीले जोत्दै आएको प्रहरीले जनाएको छ। ट्याक्टरका साहु भारत बिहार राज्य किशनगन्ज जिल्ला गिलाबारीका अजय भट्टिया रहेको
इटहरी : तेह्रथुम जिल्लाको छथर गाउँपालिका शुक्रबारेमा परम्परागत रूपमा लाग्दै आएको ऐतिहासिक भदौरे पूर्णिमा मेला–२०८३ को अवसरमा यस वर्ष सातौं गाउँपालिका अध्यक्ष कपअन्तर्गत पुरुष फुटबल र अन्तर स्थानीय तहस्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।विगत सात वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको अध्यक्ष कपलाई छथर गाउँपालिकाले खेलकुद क्षेत्रको विकाससँगै खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । उनका अनुसार भदौरे पूर्णिमा मेलालाई खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित थप व्यवस्थित र भव्य बनाउने तयारी गरिएको छ । सातौं गाउँपालिका अध्यक्ष कप आमन्त्
इटहरी : आज परम्पराअनुसार नागको पूजाआजा गरी नागपञ्चमी पर्व मनाइँदैछ। घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँसेर यो पर्व मनाउने गरिन्छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ। यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन नागपञ्चमी परेको हो। नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट समेत बच्न सकिने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए। नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको मानिन्छ। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा
इटहरी : पब्जी खेलमा जितेको भर्चुअल डायमण्डको रकम असुल्ने क्रममा झापाका एक युवक अपहरणमा परेको खुलेको छ। झापा शिवसताक्षी नगरपालिका–१० माईघारका २६ वर्षीय नवीन रायलाई सात जनाको समूहले अपहरण गरी बन्धक बनाएर यातना दिएको प्रहरीले जनाएको छ। काठमाडौँ महानगरपालिका–२६ मित्रनगरमा बस्दै आएका राय ठमेलस्थित रोयल क्याफे एन्ड थकाली भान्छाघरमा कफी मेकरका रूपमा काम गर्दै आएका छन्। उनलाई साउन २८ गते कलंकीबाट अपहरण गरिएको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नागार्जुन नगरपालिका-५ छग्डोलबाट रायको उद्धार गरेको हो। उनलाई हातखुट्टा बाँधेर राखिएको अवस्थामा उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान क
इटहरी : झापाको बाह्रदशी गाउँपालिकाबाट १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित आइतवार तीनजना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बाह्रदशी गाउँपालिका–३ मा ब्राउन सुगर खरिद–बिक्री भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–१ का २० वर्षीय प्रकाश हरिजन, बाह्रदशी गाउँपालिका–३ का २१ वर्षीय मनिस राजवंशी र सोही स्थानका २३ वर्षीय फागुलाल राजवंशी रहेका छन् । प्रहरीका अनुसार उनीहरूलाई ब्राउन सुगर खरिद–बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउपछि उनीहरूको साथबाट १३ ग्राम ६४० मिलिग्राम
इटहरी : विराटनगर महानगरपालिका–८ स्थित मोरङ कारागारमा सोमबार बिहानदेखि गरिएको खानतलासीपछि कैदीबन्दीले प्रदर्शन र नाराबाजी गरेका छन्।कारागारभित्र रहेका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरिएको जानकारी पाएपछि ‘बी’ ब्लकका कैदीबन्दी आन्दोलनमा उत्रिएका हुन्। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा बिहान ४ः३० बजेदेखि कारागारमा खानतलासी सुरु गरिएको थियो। लागूऔषधलगायत अवैध वस्तु कारागारभित्र राखिएको सूचनाका आधारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर खानतलासी गरिएको प्रहरीले
इटहरी। ताप्लेजुङमा चोरी गर्ने एक युवक पक्राउ परेका छन् । फुङलिङ नगरपालिका –४ तोक्मेडाँडास्थित बसपार्कमा रहेको मेवा ताप्लेजुङ यातायात सेवा प्रालिको काउन्टर तोडफोड गरी नगद तथा विभिन्न सामान चोरी गर्ने सो युवक पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका –४ का १९ वर्षीय इन्सान लिम्बु रहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी बिन्देश्वर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार लिम्बूले काउन्टरबाट नगद ६० हजार रुपियाँ, एटिएम कार्ड, हेल्मेट लगायतका सामान चोरी गरेका थिए।चोरी भएको आसपास क्षेत्रमा रहेको सीसीटीभी क्यामेराको फुटेज आधारमा चोरीमा संलग्न लिम्बूको खोजी गरी पक्राउ गरिएको हो । लिम्बुल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.