सुनसरी / सुनसरीको बर्जु गाउँपालिका-४ स्थित जयनगर टोलमा गत फागुन ४ गते भएको आगलागी बाट घरबास गुमाएका परिवार लाइ बिभिन्न संघ सस्था संग सहकार्य गरेर घर बनाई दिने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि एवम् सुनसरी निर्वाचन क्षेत्र नं ३ कि निर्वाचित संघीय संसद माननीय भगवती चौधरीले घोषणा गर्नु भएको छ।प्रवासी नेपाली संघ ( एन आर एन ए ) तथा ताइवानी सस्था ( चुजी फाउन्डेसन) संगको सहकार्यमा घर बास गुमाएका करिब २७ घर परिवारको पुनर्वास को निम्ति आवस्यक घर तथा स्कुल निर्माण गरिदिने घोषणा गर्दै मन्त्रि चौधरीले भन्नु भयो : नेपाल सरकार सबै दात्री निकाय संग सहकार्य गर्दै पिड
काठमाडौँ / एसएस एभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ वैशाख अन्तिम सातादेखि हुने भएको छ ।शुक्रबार पत्रकार सम्मेलनमार्फत यस सिजन वैशाख २३ देखि २८ सम्म प्रतियोगिता हुने जानकारी दिइएको हो । तीन वर्षपछि हुन लागेको कर्पोरेट सुपर सिक्सेसमा कुल २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पाँच ओभरमा खेलाइने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ। सो प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक सहयोग रहने एसएस इभेन्ट्सका निर्देशक सुमित रौनियारले बताए ।एसएस इभेन्ट्सका निर्देशक रौनियारले नाफा कमाउनेभन्दा पनि नेपाली क्रिके
सुनसरी / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बिराटनगर स्थित बाल सुधार गृहको समुचित व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । क्षमता भन्दा बढी व्यक्तिहरु राखिएको लगायत समुचित व्यवस्थापन नभएको भन्दै मन्त्री चौधरीले बाल सुधार गृहको व्यवस्थापन तत्काल सुधार्न निर्देशन दिनु भएको हो ।शुक्रबार बाल सुधार गृहको निरिक्षणमा आउनु भएको मन्त्री चौधरीले क्षमता भन्दा बढी व्यक्तिहरु राखिएको, खानपान, शिक्षा, स्वास्थ्य लगायतमा गुनासोहरु आइरहेको जनाउँदै तत्कालै सुधार्न सकिने विषयहरु सुधार्न निर्देशन दिनुभयो । ‘सुधार गृह भनेको विगतको अपराध लाई विर्सेर नयाँ सद्मार्गमा लाग्न प्रेरित गर्ने हुनुपर्छ ।
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा जन एकता आमा समुहको आयोजनामा एक महिने नौमति पञ्चेबाजा तालिमको सकिएको छ ।नेपाली समाजमा हराउँदै गएको बाजालाई संरक्षण गर्न इटहरी वडा नम्बर १७ को जन एकता आमा समुहले २० जना महिलालाई एक महिने नौमति पञ्चेबाजा बजाउने सम्बन्धि तालिम सकिएको छ ।कार्यक्रमका प्रमुख अतिथि रहनु भएको इटहरी उपमहानगरपालिकाका उप प्रमुख संगित कुमारी चौधरीले इटहरी सरकारको सामाजिक शाखा बाट तालिम आयोजना गरिएको र सिकेको शिपलाई व्यवहार ल्याइ बाजा बजाउने समानको उपलब्ध गराउने उनले बताइन् ।परम्परागत देखि चलि आएको नौमति पञ्चेबाजा बजाने चलन हराउदै गएकाले तालिम आयोजना गरिएको जन एकता आम
सुन्दरहरैँचा /विराटनगरमा सुरू भएको आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा पाहुना टोली भुटानकाे रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) ले विभागीय टिम नेपाल पुलिस क्बललाई हराउँदै विजयी शुरूवात गरेको छ । विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट बिहिवार देखि शुरू भएको रात्रीकालिन गोल्डकपको उदघाटन खेलमा नेपाल पुलिसलाई ३–० गोलले हराउँदै आरटिएफसी क्वाटरफाइनलमा प्रवेश गरेको हाे । जितको लागि आरटिएफसीका किन्ले ग्यालसेन, किन्जाङ तेन्जिङ र सिद्धर्थ गुरूङले समान १–१ गोल गरे । पहिलो हाफको ३६ औ मिनेटमा केल्जाङ जिग्मेंले गरेको कर्नर प्रहार किन्ले टच गर्दामा गोलमा परिणत भयो ।
इटहरी / इटहरी उपमहानगरपालिका वडा नं ११ का ४४५ घरधुरीलाई उन्नत तरकारी बीउ वितरण गरिएको छ । इटहरी उपमहानगरपालिका ११ का किसानले घरमा खाने सब्जी किन्न बजार जानु नपरोस र राम्रो उत्पादन देखेर व्यावसायिकरूपमा तरकारी खेती गर्न आकर्षित होउन् भन्ने हेतुले बीउ वितरण गरिएको वडाध्यक्ष केसब प्रसाद कोइरालाले बताउनुभयो ।४४५ घरधुरीलाई आयआर्जनमा वृद्धिमा लाग्न प्रेरित गर्न तरकारीका बीउ सहयोग गरेको वडा सदस्य किसोर काफ्लेले बताउनुभयो। वडाभित्रका सबै घरधुरीलाई सात प्रकारका उन्नत बीउ वितरण गर्ने योजना भएपनि बजेट अभावका कारण निस्चित घरधुरीले मात्र बिउ पाएकोले आगामी द
भोजपुर / भोजपुरको अरुण गाउँपालिकाले चैत्र १४ र १५ गते सञ्चालन गरेको ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रमबाट ८४ जना ज्येष्ठ नागरिकले सेवा लिनु भएको छ ।अरुण गाउँपालिकाको ५० प्रतिशत आर्थिक सहयोग र पुर्वाअञ्चल डेन्टल अस्पतालको ५० प्रतिशत आर्थिक तथा प्राविधिक सहयोगमा निःशुल्क ज्येष्ठ नागरिक दन्त उपचार कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले बताउनुभयो । ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रम अन्तरगत पालिका भरीका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क दाँत लगाइदिएको र बाकी अन्य ज्येष्ठ नागरिकलाई आगामी वर्षमा सोहि प्रकृतिको कार्यक्रम सञ्चालन गरी दाँत लगाइदिने गाउँपालिका अध
रामधुनी / सामुदायमा जथाभावी रहेका छाडा कुकुर बाट हुने बिभिन्न रोग र त्रासको समस्या बाट समाजमा लाई मुक्त दिलाउन सुनसरीको झुम्कामा कुकुर ‘बन्ध्याकरण शिविर’ सन्चालन गरिएको छ ।सामुदायमा छाडा कुकुरको संख्या अत्याधिक भएकाले नियन्त्रणका लागि रामधुनी नगरपालिका र भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाले शनिबारदेखि मंगलबारसम्म झुम्कामा शिविर सञ्चालन गरेका हो ।कुकुर नियन्त्रणका लागी गरिएको सिविरमा रामधुनी नगरपालिकामा २ सय २५ ओटा कुकुरको बन्ध्याकरण गरिएको पशु सेवा साखाका पराजुलीले बताए।नगरपालिकाको ३ लाख र भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाको १ लाख ५० हजार लागतमा शिविर सञ्चालन
काठमाडौं । आज बिहीबार माननीय मन्त्री भगबती चौधरीज्यू र नेपाल लागि फिनल्याण्डका राजदुत रिना रिक्का हेक्काको शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आयोजित भेटमा दुई देश विचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका विषयमा आपसी सहकार्यका बारेमा दुई पक्षविच कुराकानी भएको छ ।भेटमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देश विचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको मित्रता, सौहार्दता र सहयोगमा आधारित सम्बन्धलाई निकै महत्व दिएको बताउनु भयो ।भेटमा मन्त्री चौधरीले भन्नुभयो,‘यो वर्ष हामीले कूटनीतिक सम्बन्धक
इटहरी / इटहरी उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले इटहरी ४ कि महिला खेलाडी रेखा पौडेललाई सम्मान गरेको छ । इंटहरी वडा नं. ४ को कचना युवा क्लवमा सहभागी भएर फुटवल खेल्दै आएकी महिला खेलाडी रेखा पौडेल नेपालबाट १९ वर्ष भन्दा कममा सहभागी भई नेपाल महिला राष्ट्रिय फुटबल टिममा पर्न सफल भई हालै साउदी अरवमा भएको वाफ वुमन च्याम्पियनसिप मा अन्तराष्ट्रिय महिला फुटवल खेलाडी भई नेपालबाट उप–विजेता भएकाले इटहरी ४ नम्बर वडाले नगद ११ हजार सहित सम्मान गरेको छ । वडाबाट सहभागी भएर खेलमा उप–विजेता भएर वडाको नाम राख्न सकेको कारण वडाले सम्मान गरेको वडा अध्यक्ष भक्त लामा तामाङले बताउनुभयो । इटहरी ४ खेल क
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.