श्रम संसार वेभ पोर्टल प्रवर्द्धनको लागि उद्योगीहरू तथा उद्योग प्रतिष्ठानहरुसंग बैठक तथा अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ–कोशी प्रदेश को सभा हलमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ कोशी महिला सभापति सरु केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । वेभ पोर्टल सारै राम्रो भएको हुँदा आफ्नो छाता मुनी रहेका सबै महिला उद्यमीहरूलाई यस श्रम संसार वेभ पोर्टल मार्फत आफ्नो व्यवसायको प्रचार प्रसार तथा पर्वधन गर्न प्रमुख अतिथि केसीले अनुरोध गरेकी छन् । स्टेप अप प्रोजेक्टका परियोजना अधिकृत इन
इटहरी । होटल मेनेजमेन्ट र हस्पिलाटिली मेनेजमेन्टलाई प्रवद्र्धन गर्ने उद्धेश्यले बिभिन्न शैक्षिक क्रियाकपाल सञ्चालन गर्दै आएको सुनसरीको इटहरीमा रहेको सुषमा गोदावरी कलेजले पहिलो पटक मास्टर सेफ सुषमा आयोजना गरेको छ ।सुषमा गोदावरी कलेजमा कक्षा ११ मा अध्ययनरत १ सय ५ जनाबाट छनौट भएका २४ जना विद्यार्थी विच मास्टर सेफ सुषमाको फाइनल आयोजना गरिएको हो ।इटहरीमा पहिलो पटक होटल मेनेजमेन्टको पठनपाठन सुरु गरेको सुषमा गोदावरी कलेजले पहिलो पटक आयोजना गरेको मास्टर सेफ सुषमा ग्रुपमा हिलटनको ए समुह प्रथम भएर नगद पाँच हजार पुरस्कार प्राप्त गर्न सफल भएको छ ।कुकिगं र हस्पिटालिटीलाई प्राथमिकतामा राखेर आयोजना गरि
छविराज ढकाल, पथरी शनिश्चरे / मोरङको पथरी शनिश्चरे वडा नम्वर ०१, पथरी बहुमुखी क्याम्पस छेउमा बस्दै आएकी ३२ वर्षिया निता खत्रीले आफ्नो दुवै मृगौला फेल भएपछि आर्थिक सहयोग गरिदिन भन्दै अनुरोध गरेकी छिन्।आज बुधबार बिहान उनले निवासमा पुगेका संचारकर्मीहरूसित विगत ५ वर्षदेखि उपचार गराई रहेकाे र थप उपचारका लागि अहिले आर्थिक अभाव भएको जनाउँदै सहयोग गरिदिन सबैमा याचना गरेकी हुन्। कम्मरमुनि शरीरका भागहरू चलाउन नहुने र हातको नशामा समेत समस्या सहेर ओच्छ्यानमै थलिएकी उनलाई संचारकर्मीले राखेको जिज्ञासामा उनले अगाड
पथरीशनिश्चरे / अति सुख्खा क्षेत्रका किसानहरुलाई सिंचाई सुविधा उपलव्ध गराउन पथरीशनिश्चरे वडा नम्वर ०२ को कार्यलयले खोलाबाट पानी तान्ने सब-मर्सीबल मोटर सहित बोरिंग मोटर सहयोग गरेको छ।उक्त वडा कार्यालयले वडा भित्रका विभिन्न सिंचाई सुविधा उपलव्ध नभएका क्षेत्रमा बस्दै आएका किसानहरूको कृषि पेशालाई संरक्षण , प्रवर्द्धन तथा सिंचाई सुविधा उपलव्ध गराई उत्पादन बढाउने उद्देश्यले सो मोटर सहयोग कार्यक्रम संचालन गरेको हो।सो वडा कार्यालयले कसेनी टोल , नवज्योती टोल र लाटी होली टोल आदि विभिन्न टोलका किसानहरुलाई ४ वटा ३ ईन्चको सबमर्सीबल मोटर सहित कुल १२ वटा बोरिङ मोटर सहयोग गरेको छ।यस बर्ष
गुरुङ साहित्यिक मञ्च नेपालको सातौं स्थापना दिवसको अवसरमा यही चैत्र २१ गते आयोजना हुने विषेश समारोहमा कवि चन्द्र गुरुङ सम्मानित हुने भएका छन् ।मञ्चले यसवर्ष कास्कीको माछापुच्छे« गाउँपालिका ८ ल्वाङ गाउँमा सातौं स्थापना दिवस मनाउँदैछ । दिवसकै अवसरमा मञ्चले प्रत्येक दुई वर्षमा प्रदान गरिदै आएको ‘गौरी तमू लेखनवृत्ति’ पुरस्कारबाट यसवर्ष गोरखका कवि चन्द्र गुरुङ सम्मानित हुने भएका हुन् ।मञ्चका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार गौरी तमूद्धारा स्थापित ‘गौरी तमू लेखनवृत्ति’ पुरस्कारबाट मञ्चले लेखन तथा साहित्य क्षेत्रमा योगदान पुरयाउँदै आएको गुरुङ स्रष्टालाई सम्मान गर्दै आएको छ ।पुरस्कारका संस्
भोजपुर / नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटि भोजपुरको दशौं पुर्ण बैठकको निर्णयअनुसार पार्टीको नवौं जिल्ला अधिवेशनका लागि बिभिन्न समितिहरु गठन गरिएको छ ।एमाले भोजपुरको जिल्ला अधिवेशन आगामी बैशाख २० र २१ गते जिल्ला सदरमुकाममा हुदैछ । जिल्ला अध्यक्ष शरण कुमार राईको अध्यक्षतामा जिल्ला कमिटि सदस्य, नौ वटै स्थानीय तहका इन्चार्जहरु, भोजपुर नगर कमिटि अध्यक्ष रहेको मुल अधिवेशन आयोजक कमिटि गठन गरिएको छ । नवौं जिल्ला अधिवेशनका लागि बिभिन्न तयारी समितिहरुसमेत गठन भएका छन् । जस अन्तर्गत राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति संयोजक जिल्ला अध्यक्ष शरण कुमार राई, आर्थिक प्रतिवेदन लेखन समिति
तेह्रथुम / तेह्रथुमको म्याङलुङ नगरपालिका- ६ सुर्केमा बस्ने ४६ वर्षीय दिपक लिम्बूले श्रीमती ५४ वर्षीया सुवासकुमारी लिम्बूको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।दिपकले धारिलो हतियार दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम र प्रहरी चौकी जिरीखिम्तीबाट खटिएको प्रहरीले उनलाई धारिलो हतियारसहित सोमबारदेखि पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं / अतिक्रमित सार्वजनिक जग्गा खोज्ने र सडक क्षेत्रका भौतिक संरचना हटाउने अभियानलाई वीरगञ्ज महानगरपालिकाले निरन्तरता दिएको छ । अनधिकृत संरचनाले सडक विस्तारमा अवरोध भएपछि महानगरपालिकाले घरटहरा हटाएका हो ।महानगर क्षेत्रभित्र सार्वजनिक पोखरी तथा जग्गा अतिक्रमण गर्ने र सार्वजनिक जग्गामा भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढेसँगै वीरगञ्ज महानगरपालिकाले सो अभियानलाई निरन्तरता दिएको हो । अभियानकै क्रममा सोमबार साँझ महानगरपालिकाले वडा नं २९ बसडिल्वाका घरटहरा हटाइएको छ ।महानगरपालिकाको बगहीबाट मुसैली बसडिल्वा, बकनेर हुँदै पर्सागढी नगरपालिका–३ को पारस चोकसम्म करिब सात दशमलव पाँच किलोमिटर पक्की सड
सुनसरी / वराहक्षेत्र नगरपालिकामा रहेको बहुमुखी क्याम्पस सप्तकोशी बहुमुखी क्याम्पसलाई नगरपालिकाले कलेज बस उपलब्ध गराएको छ ।नगरपालिकाको आ.व. २०८०/०८१ को वार्षिक बजेटबाट सोमवार बिहान नगर प्रमुख रमेश कार्कीले क्याम्पस सञ्चालन समितिकी अध्यक्ष शुशिला खनाल पौडेललाई चाबि हस्तान्तरण गरेका छन् ।बस हस्तान्तरण कार्यक्रममा नगर उप-प्रमुख नन्दकुमारी सुनुवार, वडा नं ७ का अध्यक्ष कपिल आचार्य, क्याम्पस प्रमुख शुशिल कोईरला, क्याम्पस सञ्चालन समितिका पदाधिकारी, सल्लाहकार, सदस्यहरू, प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।बस खरिदका लागि प्रत्येक वडाहरूबाट २/२ लाख गरेर २२ लाख र नगरपालिकाबाट १
इटहरी / ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा इटहरी उपमहानगरपालिकाले सहकारी दिवस मनाएको छ । बहुउद्देश्यीय सहकारी सस्थाको भवनमा एक कार्यक्रम आयोजना गर्दै सहकारी दिवस मनाएको हो । इटहरीमा रहेका सहकारी अन्तर्गतका समस्य समाधान गर्ने गरि आगाडी बढदै गर्दा, पहिलो पटक इटहरीमा सहकरी दिवस उपमहानगरपालिकाले मनाएकोे हो । सो अवसरमा उत्कृष्ट कारोबार गरि उत्पादनमुलक क्षेत्रमा पुजीलाई प्रवाह गर्दै आएका २ सहकारीलाई सम्मान गरिएको छ । इटहरी ५ मा रहेको सहकारी जुन तारा बचत तथा ऋण सहकारी सस्था र इटहरी ६ मा रहेको अबिरल बचत तथा ऋण सहकारी सस्थालाई सम्मानित गरेको हो । स्थानीय सरकारलाई निति नियम बनाउने अधि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.