All Posts By कोशी प्रेस

    Showing ९०१-९१० of १३,४७७ items.
  • फिक्कल–अन्तु सडकको पुनःनिर्माण

    इटहरी। वर्षा याममा पहिरोको जोखिमसँगै सडक क्षतिका कारण प्रभावित बनेको इलामको फिक्कल–अन्तु सडक पुनःनिर्माणपछि पर्यटक सवार ठुला सवारीसाधन सञ्चालन हुन थालेका छन् । गत बर्षको असोज १८ र १९ गतेको विपद्बाट क्षतिग्रस्त सडकमा पुनःनिर्माणको काम अघि बढेपछि अन्तु क्षेत्रमा पर्यटकको आवागमन सहज भएको हो । फिक्कल–अन्तु सडक खण्डमा आपतकालीन सडक पुनःस्थापनाको काम धमाधम हुँदैछ । बाढी पहिरोले सडक क्षति भएपछि उक्त क्षेत्रमा ठुला सवारी साधन सञ्चालनमा समस्या पर्दैआएको थियो । बार्षिक एक लाखभन्दा बढी पर्यटकले यात्रा गर्ने सडक खण्डको जोखिमयुक्त क्षेत्रमा सडक पुनःस्थापना र पहिरो नियन्त्रण गर्न २०८२ फागुनमा ठेक्का सम्

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ९९ पटक पढिएको
  • मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    इटहरी। प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाउँदा स्थानीय जग्गाधनीहरू समस्यामा परेका छन् । उनीहरूले प्रचलित बजार मूल्यअनुसार अविलम्ब मुआब्जा दिन वा जग्गा फुकुवा गर्न माग गरेका छन् ।सरकारले झापाको काँकरभिट्टादेखि सुनसरीको इनरुवासम्मको १२६.७५ किलोमिटर दुरीमा विद्युतीय रेलमार्ग निर्माण गर्न राष्ट्रिय गौरवको आयोजनाका रूपमा जग्गा अधिग्रहण गरेको थियो । यसका लागि सरकारले छ वर्षअघि २०७७ जेठ २४ र २७ गते सूचना जारी गरी मालपोत कार्यालयमार्फत हक हस्तान्तरण रोक्का गरेको थियो । पूर्व–पश्चिम रेलमार्ग मुआब्जा समन्वय समितिका केन्द्रीय सचिव ज्ञानेन्द्र निरौलाका अनु

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १११ पटक पढिएको
  • सैनिकमोडको होटलमा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

    इटहरी :  झापाको बिर्तामोड नगरपालिका–३ सैनिकमोडस्थित एक होटलबाट प्रहरीले ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। मेची आँखा अस्पतालनजिक रहेको उमानन्द होटल एण्ड लजमा प्रहरीले विशेष सूचनाका आधारमा छापा मार्दा भारत बिहारको सुपौल जिल्ला भीमपुर बालुवाबजारका मोहमद तोहिद पक्राउ परेका हुन्।प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक नरबहादुर गौतमको नेतृत्वमा खटिएको टोलीले मंगालवार १ः४५ बजे होटलमा जाँच गरेको थियो। त्यसक्रममा तोहिदको साथबाट ५ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। यसैगरी, मोरङको सुन्दरहरैचा नगरपालिका–१ बाट प्रहरीले गाँजासहित ४९ वर्षीय सुन्द

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ८४ पटक पढिएको
  • खोटाङ : तीन वर्षमा बन्नुपर्ने सबस्टेसन एक दशकमा पनि अधुरै, ठेकेदार सम्पर्कविहीन

    इटहरी : बाक्सिलास्थित सिम्पानीमा तीन वर्षभित्र निर्माण सक्ने भनिएको विद्युत् सबस्टेसनको निर्माण एक दशकसम्म पन अपुरै रहेको छ । तीन वर्षभित्र सम्पन्न गर्ने भन्दै भारतीय कम्पनीले २०७३ भदौमा निर्माणको जिम्मा लिएको थियो ।सबस्टेनसका लागि लागि आवश्यक विद्युतीय उपकरण ल्याइए पनि निर्माण भने अपुरै रहेको हो । सबस्टेसन निर्माणस्थलमा कतिपय संरचनाको पिलर मात्र ठड्याएर ठेकेदार कम्पनी सम्पर्कविहीन भएको स्थानीय बासिन्दा माइतीराज राईले बताए । ठेकेदार कम्पनीले बुइपा–बाक्सिला ३३ केभी र ११ केभी प्रशारणलाईनको काम पूरा गरे पनि ट्रान्सफर्मर थप गर्ने र सबस्टेसन निर्माणको काम गरेको छैन ।सबस्टेसनको बाँकी काम पूरा ग

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ११० पटक पढिएको
  • श्रम संस्कृति पार्टीका नेताविरुद्ध शोषण र धम्कीको आरोप, प्रहरीमा उजुरी

    इटहरी :  श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य राजेश खिम्दुङविरुद्ध सोही पार्टीकी धरान उपमहानगर कमिटी सहसचिव शुक्रकुमारी राईले शारीरिक शोषण, धाकधम्की र मानसिक तनाव दिएको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन्।राईले मंगलबार इलाका प्रहरी कार्यालय धरानमा दिएको ठाडो उजुरीमा खिम्दुङले गालीगलौज गर्ने, धम्की दिने, शारीरिक शोषण गर्ने तथा मानसिक तनाव दिने गरेको आरोप लगाएकी छन्। उनले खिम्दुङलाई प्रहरी कार्यालयमा बोलाएर आवश्यक छलफल गराउन माग गरेकी छन्। उजुरी सार्वजनिक भएपछि पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ)ले खिम्दुङलाई केन्द्रीय सदस्यको जिम्मेवारीबाट निलम्बन गरेका छन्। अध्यक्ष स

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १०१ पटक पढिएको
  • कोशी सरकारको प्रवक्तामा गोम्बु शेर्पा, मुख्यमन्त्री सम्मेलनको तयारी गर्ने निर्णय

    इटहरी । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पालाई सरकारको प्रवक्ता तोकेको छ।नयाँ मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो पटक बसेको बैठकले शेर्पालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो। बैठकले मुख्यमन्त्री सम्मेलनको अवधारणापत्र स्वीकृत गर्दै त्यसको तयारी अघि बढाउने निर्णयसमेत गरेको सरकारका नवनियुक्त प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री शेर्पाले जानकारी दिए।त्यस्तै, मन्त्रिपरिषद् बैठकले विभिन्न तीनवटा समिति गठन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै नवनियुक्त सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्र

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ८१ पटक पढिएको
  • हाइब्रिड बीउको बढ्दो प्रयोगले संकटमा रैथाने बीउ, संरक्षणमा जुट्यो ‘जिन बैंक’

    इटहरी : धनकुटामा हाइब्रिड तथा उन्नत बीउको प्रयोग बढ्दै गएपछि परम्परागत रैथाने बीउ खेतीबाट हराउने क्रम बढेको छ। स्थानीय जातका बीउसँगै तिनमा निहित कृषि ज्ञान र आनुवंशिक विविधता जोगाउन धनकुटा नगरपालिकाले ‘जिन बैंक’मार्फत संरक्षण अभियान थालेको छ।धनकुटा, छथरजोरपाटी–४ मार्सेका बुद्धिकान्त घिमिरेले बाल्यकालदेखि नै परिवारमा खेतीका लागि आफैँले बीउ छनोट गरेर सुरक्षित राख्ने चलन देख्दै आएका थिए। मकै, कोदो, गहुँ, फापर, सिमी, गहत, बोडी, फर्सी र तिललगायत बालीको उत्पादनबाट राम्रो र स्वस्थ देखिएका बोटका बीउ छुट्याएर अर्को वर्षका लागि राखिन्थ्यो। घिमिरेलाई आमा र हजुरआमाले ठूलो रातो कोदोका राम्रा कपना, धानका रा

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ८१ पटक पढिएको
  • सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान

    इटहरी : भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको सप्तधाराको संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ ।बजारको प्रमुख आकर्षणका रूपमा रहेको सप्तधारा क्षेत्रको मुहान संरक्षणसँगै ढुङ्गेधारा जडान, विश्रामस्थल, घेराबारा तथा अन्य आवश्यक संरचना निर्माण गरिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सप्तधारा मुहान संरक्षण तथा मर्मतसम्भार योजनाअन्तर्गत रु १९ लाखको लागतमा संरक्षणको काम सम्पन्न गरेको कार्यालय प्रमुख आशुतोषकुमार ठाकुरले जानकारी दिए ।उनका अनुसार मुहान संरक्षणका लागि पारदर्शी छानो निर्माण, हस्तकलाबाट निर्मित ढुङ्गेधारा जडान, धाराको भित्तामा ग्रेनाइट लगाउने, विश्रामस्थल निर्मा

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १११ पटक पढिएको
  • सुनसान बने इलामका होटेल

    इटहरी। इलामका साना तथा ठुला होटेल चार महिनादेखि सुनसान बनेका छन् । पर्यटकको चलपहलसँगै खचाखच हुने इलामका होटेल अहिले सुनसान बनेका हुन् । इलाम सदरमुकाम हुँदै पाँचथर, ताप्लेजुुङसम्म जाने भरपर्दो सडक नहुँदा यस्तो अवस्था भएको हो । मेची राजमार्गको माईखोलास्थित राजदुवाली सडकखण्ड ४० दिनयता पूर्ण अवरुद्ध भएपछि इलाममा पर्यटक आउन छोडेका हुन् । सदरमुकामकै न्यु पोख्रेली होटेलको अवस्था पनि उस्तै छ । दैनिक दुुई सय मान्छेको आवागमन हुने पोख्रेलीमा अहिले स्थानीय एक÷दुुई वटा कार्यव्रmमबाहेक केही पनि हुन सकेको छैन । होटेल सुनसान हुँदा होटेलसँग जोडिएका यातायात व्यवसायी, सागसब्जी, दुधलगायतका वस्तुु उत्पादक सान

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ६८ पटक पढिएको
  • प्रेसर कुकर पड्किएर वृद्धा घाइते

    इटहरी । ताप्लेजुङमा खाना पकाउने प्रेसर कुकर पड्किएर एक वृद्धा घाइते हुनुभएको छ । यहाँको पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङको सेसम्बुकी ७९ वर्षीया मनमाया सुनुवार घाइते हुनुभएको हो ।नाङ्खोल्याङका वडाध्यक्ष दिलकुमार सुनुवारका अनुसार बुधबार बिहान घरमा खाना तयार गर्ने क्रममा प्रेसर कुकर पड्किएर वृद्धा घाइते हुनुभएको हो । घाइते वृद्धा वडाध्यक्ष सुनुवारका आफ्नै आमा हुनुहुन्छ । दाल पकाएको कुकरको सिट्ठी बन्द भएको र सिट्ठी मिलाउन खोज्दा एक्कासी कुकर पड्किएर आमा घाइते हुनुभएको वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार वृद्धा आमाको दायाँ आँखाको डिल र दायाँ हातमा चोट लागेको छ ।घाइते आम

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ८५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]