इटहरी / सयपत्री गु्रप सुखःदुखको साथि द्वारा संकलित सहयोग हस्तान्तरण गर्नुका साथै इटहरीको माया घर नेपालका १४३ जना असहाय नागरिक लाई खाना खुवाइएको छ । इटहरी २ मा रहेको माया घरमा परिवार बिहिन तथा परिवार बाट पृथक रहेका १४३ जना बृद्ध, बालबालिका तथा युवा,युवती लाई सोमबार बेलुकाको १ छाक खाना सहित पाँच बोरा चामल ,दाल २५ केजी ,पाँच काटुन चाउचाउ ,१ काटुन विस्कुट , १ काटुन तेल ,३० केजी मटर ,५० केजी नुन ,५० केजी आलु ,२५ केजी प्याज , सोयाबिन ३ बोरा १५ केजी,सरफ १ बोरा ,लुगा धुने साबुन दुई काटुन ,भाडा माज्ने साबुन दुई काटुन वितरण गरिएको हो । सयपत्री गु्रप सुखःदुखको साथिले सामाजिक सञ्जाल
दमक /नेपाल खेलकुद महासंघ कोशी प्रदेश र झापा जिल्ला कमिटीको संयुक्त आयोजनामा आज बृहत रक्तदान र फलफूल बितरण कार्यक्रम सम्पन्न भएको छ।महासंघको कोशी प्रदेश कमिटीले आम्दा अस्पताल परिसरमा आयोजना गरेको कार्यक्रममा ४६ जनाले रक्तदान गरेको र आम्दा अस्पतालका बिमारीका लागि फलफूल बितरण गरिएको महासंघ कोशी प्रदेश कमिटी सचिव भिम लिवाङले जानकारी दिनुभयो।एमालेका लोकप्रिय नेता भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीले खेलकुद मात्र नभएर सामाजिक क्षेत्रमा समेत आफ्नो दायित्व पुरा गर्न रक्तदान र फलफूल बितरण कार्यक्रम गरिएको कोशी प्रदेश कमिटी अध्यक्ष राजकुमार थापाले बताउनुभयो ।&nbs
इटहरी / इटहरीमा रहेर विद्यार्थीहरूलाई शिक्षा दिदै आएको हाम्रो इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीसँग ज्येष्ठ नागरिक कार्यक्रम गरेको छ । हाम्रो इङ्लिस बोर्डिङ स्कुललका प्रधानाध्यापक तेजबहादुर निरौलाको अध्यक्षता तथा हाम्रो इङ्लिस बोर्डिङ स्कुलकी अध्यक्ष अमृता सुब्बाको प्रमुख आतिथ्यमा हाम्रो बोर्डिङ स्कुलमा पहिलो पटक विद्यार्थीहरू सँग जेष्ठ नागरिक कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरु सँग विद्यार्थीहरुले पहिले पहिले पहाडबाट मानिसहरु मधेस झर्न डराउँथे, बाल्यकालका बारेमा, स्कुल र कलेज जीवनका बारेमा , कुन पेशामा आबद्ध, काम गर्दा कस्ता कस्ता चुनौतिहरु, जीवनकालमा गरेका म
इटहरी, २८ साउन । पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले स्थानीय स्तरमा पनि नेतृत्व हस्तान्तरण हुँदै जानुपर्ने बताएका छन् । नेकपा एमाले बर्जु गाउँपालिका वडा नम्बर ६ को वडा कमिटीको दोस्रो वडा अधिवेशनलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएकी हुन् । सुनसरी क्षेत्र नम्बर ३ का सांसद समेत रहेका नेता चौधरीले राम्रो काम गर्नेहरूलाई अवसर दिनुपर्ने बताइन् । 'पार्टीलाई लगानी गर्न सक्ने व्यक्तिलाई विशेष ग्राह्यता दिनुपर्छ ।लगानी भनेको पैसा मात्रै होइन । समय पनि दिन सक्ने व्यक्तिलाई विशेष ग्राह्यता दिनुपर्छ । पुराना पुस्ताले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ', पूर्वमन्त
यज्ञ कार्की संखुवासभा / कोशी प्रदेशको पुर्वी पर्यटकीय जिल्ला संखुवासभा, तेह्रथुम, ताप्लेजुङ हुन् यसै क्षेत्रमा टिएमजे पर्दछ । विगत ८ बर्ष अघि देखि प्रर्यटन सँगै स्थानियलाई सडक सँग जोड्ने गरि सडक निर्माणको काम थालिएको थियो । मदन भण्डारी राजमार्ग नामाकरण गरी बाटो निर्माणको काम संघीय सरकारको जिम्मामा अगाडी बढाइयो । केहि समय तिव्र गतिमा काम भयो । बाटोमा बस सम्म कुद्न थाल्यो भने, पर्यटकको चहलपहल राम्रै हुन थाले पछि बाटोको स्तरोन्ती सँगै डेर्न क्यास पिट ,गार्भेल ग्याभिङ र कटिङको काम संघीय सरकारको लगभग १६ करोड रुपैयाको बजेटबाट काम भएको हो । यसको ठेक्का २४ किलोमिटर सडक खण्डको जिम्मा ब
संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिकाद्वारा तुम्लिङटार विमानस्थलमा सूचना केन्द्र तथा काेशेली घर स्थापना गरि संचालनमा ल्याएकाे छ । जिल्लाकाे एक मात्रै खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा रहेकाे विमानस्थलमा सुचना केन्द्र तथा काेशेली घर संचालन गरेकाे हाे ।खाँदबारी नगरपालिकाले सुचना केन्द्र तथा काेशेली घर संचालन गर्ने जिम्मेवारी मिस यु रिसाेट पार्कका संचालक सञ्जय देवानलाई अार्थिक बर्ष २०८१ साउन देखि ०८२ असारसम्म एक बर्षका लागि जिम्मेवारी दिएकाे खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाका स्वकीय सचिव गाेकुल खनालले बताए । उनले खाँदबारी नगरपालिका र मिस यु हाेटलसँग एकबर्षका लागि संम्झाैता गरिएकाे
विराटनगर / मोरङको सुन्दरहरैँचामा एक पुरुषले आइतबार खुकुरी प्रहार गरेर आफ्नै श्रीमतीको बीभत्स हत्या गरेका छन् ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाका ५८ वर्षीय लक्ष्मण नेपालले श्रीमती ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या गरेका हुन् ।लक्ष्मणले आइतबार बिहान ११ बजेतिर श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते भएकी पवित्रालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको डीएसपी बस्नेतले बताए । उनका अनुसार उपचारका क्रममा १२ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।लक्ष्मणले श्रीमतीलाई जथाभावी खुकुरी प्रहार गरेका थिए । खु
इटहरी / ५४औ नेपाल लायन्स स्थापना दिवसको अवसर पारेर लायन्स क्लब अफ इटहरी मनकामना लियो क्लब अफ इटहरी मनकामना र इप्रका इटहरी कार्यालय संयुक्त साझेदारी रूपमा इटहरी ४ स्थित रहेको मनकामना मन्दिर परिसरमा एक दिने “दुर्व्यसन विरुद्ध आमाहरु” जनचेतनामूलक भारती श्रेष्ठकि अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरीसमापन गरेको छ।कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी को नयाँ भ्वाइस मार्केटिङ संयोजक तथा लायन्स क्लब अफ इटहरी मनकामना पुर्व अध्यक्ष सुमि थापाले पानसमा दिप प्रज्वलन गरी “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको ब्यानर पढेर औपचारिकरुपमा र शुभारम्भ गर्नु भएककि थिईन।शुभारम्भ कार्यक्रमला
पोखरा / सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई प्रभावकारी एवं प्रविधिमैत्री बनाउन जरुरी रहेको बताउनु भएको छ ।पोखरास्थित हुलाक निर्देशनालयको आज निरीक्षणपछि मन्त्री गुरुङले पुराना नीति, नियमलाई परिमार्जन गर्दै हुलाक सेवालाई समयसापेक्ष बनाउनुपर्ने बताउनु भयो । मन्त्री गुरुङले हुलाक सेवा प्रभावकारी हुन नसकेको गुनासो आइरहेको जानकारी दिँदै यसलाई कसरी प्रभावकारी र प्रविधिमैत्री बनाउने भन्ने बारेमा आफू चिन्तित रहेको बताउनुभयो ।दुर्गम गाउँका जनतालाई शीघ्र सेवा प्रवाह गर्न सम्बद्ध कर्मचारी सधै सचेत हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । ‘पुरानो ढर्राबाट अब हुलाक सेवा चल्नेवाला
इटहरी / हलवाई सेवा समाज इटहरीले शुरु गरेको बोलबमले यो सोमबार पनि निरन्तरता पाउँदैछ। गत साता जस्तै यो सोमबार पनि बृद्धगंगा(बुढिखोला)बाट जल ल्याएर राधाकृष्ण शिव मन्दिर इटहरीमा चढाउने कार्यक्रमले यो साता पनि निरन्तरता पाउने भएको हो ।हलवाई सेवा समाज इटहरीले गएको तीनसाता यता बृद्धगंगा(बुढिखोला)बाट जल ल्याएर राधाकृष्ण शिव मन्दिर इटहरीमा चढाउनुका साथै बृहत् भण्डारा कार्यक्रम चलाईरहेको छ। समाजले यो साता पनि सो कार्यक्रमलाई निरन्तरता दिने समाजका संयोजक बिक्रम साह(बिक्की)ले जानकारी दिनुभयो।गत साता इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, वडाध्यक्षहरू साथै स्थानीयबासीले बोलबममा सहभागिता जनाएपछि इटहरीको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.