अनेरास्ववियु सुनसरी जिल्ला कमिटीको विवादमा नेकपा एमालेले बाटो खुल्ला गरेको छ ।मङ्गलवार एमाले सुनसरीको पार्टी कार्यालयमा उज्ज्वल सिग्देल नेतृत्वको कमिटीलाई शपथग्रहण गराए सँगै पार्टीले वैधानिकता दिएको हो ।बहुमत प्रतिनिधि र अध्यक्ष मण्डलले सहमति भएको भन्दै एमालेले सिग्देल अध्यक्ष रहेको कमिटीलाई कार्यसम्पादन गर्न बाटो खुल्ला गरेको छ ।एमालेका केन्द्र तथा जिल्ला स्तरका नेताहरूको उपस्थितिमा सिग्देल लगायत ३४ जना सदस्यले शपथग्रहण गरेका हुन् ।प्रदेश अध्यक्ष तथा अध्यक्ष मण्डलका अध्यक्ष गङ्गाबहादुर खड्का (जीवी गजल) ले सिग्देलको नाममा सहमति भएको भन्दै कमिटी चयन गरेपछि पुनः अर्को कमिटीको लिस्ट बाहिर आएको थि
विराटनगर । कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि हेल्लो सिएम सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हेल्लो सिएम सेवाको सुरुवात गर्नुभएको हो । गुनासो व्यवस्थापनको लागि भिन्दै कक्ष राखि २४सै घण्टा जनताको गुनासो सुन्न सकिने गरी व्यवस्थापन गरी यो सुरुवात गरिएको छ । प्रदेश सुशासन ऐन २०७६ अनुसार यो हेल्लो सिएम सुरु गरिएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो सुरुवातले सासकीय सुधारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले सरकारका विभिन्न सेवा र निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन हेल्लो सिएम महत्वपूर्ण हुने बताउनुभयो । सुशासन
विराटनगर । कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि हेल्लो सिएम सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हेल्लो सिएम सेवाको सुरुवात गर्नुभएको हो । गुनासो व्यवस्थापनको लागि भिन्दै कक्ष राखि २४सै घण्टा जनताको गुनासो सुन्न सकिने गरी व्यवस्थापन गरी यो सुरुवात गरिएको छ । प्रदेश सुशासन ऐन २०७६ अनुसार यो हेल्लो सिएम सुरु गरिएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो सुरुवातले सासकीय सुधारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले सरकारका विभिन्न सेवा र निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन हेल्लो सिएम महत्वपूर्ण हुने बताउनुभयो । सुशासन
धरान, नृत्य निर्देशक संघ, सुनसरीको अायोजनामा दुई दिने उदघोषण कला तालिम सम्पन्न भएको छ।शुक्रबार संघका अध्यक्ष मणिकुमार लिम्बूको अध्यक्षतामा संघको कोशी प्रदेश उपाध्यक्ष तथा सुनसरी संयोजक ईश्वरी सिग्देलको प्रमुख अातिथ्यमा उक्त तालिम सुरु भई शनिबार समापन भएको हो।सुनसरीका ३४ जना नृत्य निर्देशक तथा नृत्य प्रशिक्षार्थीहरुलाई उदघोषक तथा संचारकर्मी सन्जु राई (सुमित्रा)ले प्रशिक्षण दिएको संघको सचिव तुलसी घिमिरेले जानकारी गराएका छन्।नृत्य निर्देशक तथा नृत्य प्रशिक्षार्थीहरुको व्यक्तित्व र नेतृत्व बिकासको लागि उक्त उदघोषण कला तालिम साउन २५ र २६ गते गरी दुई दिन धरान ९ स्थीत गरिमा डान्स सेन्टरको सभाहलमा अ
तेह्रथुम । कोशी प्रदेश सरकारको महत्वपूर्ण सडक सञ्जालको रुपमा सिधुवा शुक्रबारे सडक बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको छ । कोशी प्रदेश सरकारको ८९ करोड ९० लाख रुपैयाँको लागतमा सडक निर्माण गरिएको हो । प्रदेशले काम गर्न नसकिरहेको आलोचना भइरहेको बेला धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने यो सडक निर्माणले त्यस क्षेत्रको आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुग्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ । १७ किलोमिटर लामो सडक निर्माणले तेह्रथुमको कृषि, पर्यटनको प्रर्वद्धनमा भूमिका खेल्ने छ । यो सडक धनकुटाको सिधुवाबाट सुरु भइ तेह्रथुमको सदरमुकामसम्म पुर्याउने लक
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार हुन भदाै लाग्न सक्ने बताउनुभएको छ।विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा आइतबार संसदीय पत्रकार मंच कोसीका पत्रकारहरूसँग कुरा गर्दै उहाँले सरकार बिस्तारमाअझै केहि दिन पर्खनु पर्ने अवस्था आएको बताउनुभयो । उहाँले नयाँ समीकरण परिवर्तन भएसँगै माओवादीले सरकारबाट बाहिरिएर सहयाेग गरेकाे बताउदै काँग्रेसले निर्णय गरेसँगै सरकारले पूर्णता पाउने जानकारी दिनुभयो। संविधानकाे धारा १६८ (५) अनुसार आफ्नो नेतृत्वमा बनेकाे सरकारकाे सय दिन पुग्न लागेकाे बताउँदै उहाले धेरै काम गरिएकाे बताउनुभयो । अहिलेको सरकारले आगामी साउन ३२ गते एक सय दिन प
इटहरी । इटहरीमा अत्याधुनिक मर्मत उपकरण सहितको दर्शन मोबाइल सेन्टर सञ्चालनमा आएको छ । उद्योग वाणिज्य महासंघ कोशी प्रदेश उपाध्यक्ष भिम बहादुर पौडेलले बुधबार मोबाइल सेन्टर उद्घाटन गरेका हुन् । मोबाइल सेन्टरमा उपलब्ध अत्याधुनिक मेसिन र उपकरणले इटहरीमा सबैखाले मोबाइल मर्मत हुने भएको छ । उद्घाटनको अवसरमा टेम्पर ग्लास निःशुल्क फेर्ने अवसर सार्वजनिक भएको छ । साउन ३० गते देखि एक महिनासम्म पसल भ्रमण गर्ने ग्राहकलाई एयर वड र नेक ब्यान्ड पनि निःशुल्क उपहार दिने योजना ल्याएको हो। आज देखि २ हजार जनालाई कुनै सामान खरिद नगरेपनि टेप्पर ग्लास फेरिने सञ्चालक सहदेव खड्काले बताए । उनका अनुसार सुरुम
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ११ को नव निर्मित भवन उद्घाटन गरिएको छ । इटहरी वडा नम्बर ११ को वडा कार्यालयको दुई तले भवन १ करोड ३ लाख लागतमा बनेको हो । भवन उद्घाटन इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले गर्नुभयो । इटहरी ११ नम्बर वडाका वडा अध्यक्ष केशव प्रसाद कोइरालाको अध्यक्षता र इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलकोे प्रमुख आतिथ्यतामा तथा स्थानीयहरूको बाक्लो सहभागीतामा भवन उद्घाटन गरि सञ्चालनमा आएको छ । इटहरी उपमहानगरपालिका र वडा नम्बर ११ को महत्त्वपूर्ण जिम्मेवारीमा भवन निर्माण भएकोमा स्थानीयहरु खुसी भएका छन् । नयाँ भवन निर्माण भएपछि वडा नम्बर ११ का ज
बिराटनगर / गायन रियालिटी शो 'द भ्वाइस किड्स' सिजन ३ मा फाइनलिस्ट छनोट भएका छन्। मोरङको सुन्दरहरैचा १० निवासी समिक्षा दाहाल फाइनलिस्टमा पुगेपछि उनी अध्यनरत ब्राइट फ्युचर सेकेण्डरी स्कुलले भव्य स्वागत गरेको छ। सुन्दरहरैचाको सलकपुरमा रहेको उक्त स्कुलले सोमबार भव्य स्वगत गरेको हो। उनको घर बिरातचोकबाट र्याली सहित आफू पढ्ने स्कुलमा पुगेकी उनलाई ब्राइट फ्युचरका प्रिंसिपल टिका राम ढकाल सहित बिद्यालय प्रशासनले भव्य सम्मान गरेको छ । सबै विद्यार्थीमा भोट अपिल गर्दै उनले गीत पनि सुनाइन्। गीत गाउदै सँगै भोट माग्दै उनले शिक्षक र विद्यार्थीसँग खुसियाली साटेकी छिन्। स्कुल पनि उनलाई बिजेताको रुपमा हे
विराटनगर : धनकुटामा सब्जी बोक्ने ट्रकबाट गाँजासहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाँउपालिका-६ भेडेटार चौक स्थितमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ जादै गरेको ना.८ ख १२६८ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रक भित्र सब्जीले छोपी लुकाई छिपाई राखेको अवस्थामा ७ सय ३६ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो ।गाँजा बरामद गरेसँगै ट्रक र चालक धनकुटा पाख्रीबास नगरपालिका-१० का २६ बर्षीय सुजन भन्ने टंक बहादुर मगरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ । सिधुवाबाट तरकारी बोकेर धरान तर्फ आउदै गरेको ट्रकमा शंका लाग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.