इटहरी / इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई सहज, सुरक्षित, र सुलभ सार्वजनिक यातायात सेवा प्रदान गर्ने उद्देश्यले आज देखि विद्युतिय नगर बस सेवा सुरु भएको छ। प्रारम्भिक चरणमा ४ वटा विद्युतीय बसहरू नगरका विभिन्न रुटहरूमा सञ्चालनमा आएका हुन् ।इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले रिभन काटेर चार वटा बस सञ्चालनमा आएको हो । बसमा स्थानीय जनतालाई बसको सुविधा दिएर आज र भोलि निशुल्क बस सञ्चालन गरिएको छ ।नागरिकलाई सहुलियतपूर्ण ढंगमा सेवा उपलब्ध गराउन बसको सेवा शुल्क रू. २० तोकिएको छ। असोज १ गते विश्वकर्मा पुजा गरेर आज असोज २ गते बिहान बिहान ७ बजेलेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि
नेपाल खेलकुद महासंघको खेलाडी व्यवस्थापन र खेलाडिलाई रोजगार दिने उदेश्यका साथ एक राष्ट्रिय खेलाडीलाई इनरुवाकाे एक निजि विधालयमा प्रशिक्षककाे रुपमा नियुक्ति गराएको छ । महासंघकाे उदेश्य अनुरुप नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटीको पहलमा र प्रयासमा इनरुवा नगरमा रहेकाे राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता खेलिसकेका क्रिकेट खेलाडी सोनु मण्डललाई स्मल हेबेन एकेडेमीले खेल प्रशिक्षकमा नियुक्ति गरेको छ।नियुक्तिका क्रममा खेलकुद महासंघको तर्फबाट केन्द्रिय कमिटि सचिब बिप्लब घोस, इनरुवा नगर इन्चार्ज अनिल श्रेष्ठ, नगर अध्यक्षसरोज बस्नेत, नगर सचिब कमल उपध्याय लगायतको उपस्थिती रहेको थियो ।स्मल हेबेन एकेडेमीको
काठमाडौं, १ असोज । नाडा अटो शो २०२४ मा स्काईवेलको नेपालका लागि आधिकारिक वितरक जी मोटर्स प्रालिले १२६ युनिट बुकिङ प्राप्त गरेको थियो । त्यसमध्ये एउटा बुकिङ धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको पनि थियो ।बुकिङअनुसार जी मोटर्स प्रालिका एजिम नविन फुँयाल र सेल्स अफिसर (बिक्री अधिकृत) शिरिष श्रेष्ठले धनगढीमै पुगेर नेपालकै सर्वाधिक रेन्ज ६२० किलोमिटर दिने स्काईवेलको प्रिमियम इलेक्ट्रिक सवारी मेयर हमाललाई हस्तान्तरण गरिएको कम्पनीका कार्यकारी निर्देशक पारसमणि गेलालले जानकारी दिनुभयो ।मेयर हमालले नाडा अटोशोमा उपलब्ध विद्युतीय सवारीमध्ये स्काईवेलकै प्रिमियम र लामो रेन्ज रोज्नुको कारण नेपालको सडकमा १९
इटहरी / इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई सहज, सुरक्षित, र सुलभ सार्वजनिक यातायात सेवा प्रदान गर्ने उद्देश्यले असोज २ गतेदेखि विद्युतिय नगर बस सेवा सुरु गर्ने भएको छ। प्रारम्भिक चरणमा ४ वटा विद्युतीय बसहरू नगरका विभिन्न रुटहरूमा सञ्चालनमा ल्याइनेछन्।इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पत्रकार सम्मेलन गर्दै नगर बस सञ्चालनमा आउने जानकारी दिनु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएको अवस्थामा, नगरपालिकाले यस कदमलाई नागरिकहरूको यात्रालाई सुविधाजनक बनाउने प्रयासको रूपमा लिएको छ। विद्युतीय बस सेवा वातावर
मोरङ / आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी प्रहरीले सचेतना कार्यक्रम गरेको छ। हरैंचा, मोरङ प्रहरी चौकीद्वारा ग्रामथान गाउँपालिका कार्यवाहक अध्यक्ष गुणवती चौधरी को प्रमुख आतिथ्यतामा स्थानीय युवा, महिला, जेष्ठ नागरिक को उपस्थितिमा समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामूलक आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको हो।‘आत्महत्या नियन्त्रण गर्नकालागि विशेष सचेतना अभियान नै चलाउनु पर्छ।’ त्यसका लागि पालिकाहरुले प्रहरीसंग पनि समन्वयगरेर कार्यक्रम गर्ने गाउँपालिका कार्यवाहक अध्यक्ष गुणवती चौधरीले बताउनुभयो ।प्रहरी नायब निरीक्षक अशोक कार्की ले सहभागीलाई आत्महत्याका
विराटनगर / मोरङको कटहरी गाउँपालिकास्थित कृषि थोक बजारमा लागेको चार दिने ‘कृषि एक्स्पो’ मा एक लाख भन्दा वढी उपभोक्ता, सरोकारबालाहरु एवं विद्यार्थीहरुले अवलोकन गरेका छन् ।नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्वारा आयोजित चार दिने एक्स्पोको आज समापनका दिनसम्ममा कोशी, मधेश प्रदेशका कृषक, सर्वसाधारण,कृषिका विद्यार्थीहरु विभिन्न कलेजमा अध्ययन विद्यार्थीहरु, र भारतको अररिया जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुले अवलोकन गरेको आयोजकले जनाएका छन् ।कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङगामले किसानहरुको उत्पादन वृद्धि गर्नका लागि आधुनिक कृषियन्त्र, उपकरण र औजारहरु, उन्नत मल बि
संखुवासभा / भाद्र २९ गते खाँदबारीमा ६०औं राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा बाल क्लबहरूबीच "बालमैत्री स्थानीय शासनमा बालबालिकाको भूमिका" विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो। यस कार्यक्रमको आयोजना माट्स नेपालले गरेको थियो भने खाँदबारी नगरपालिकाले प्रायोजन गरेको थियो। खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य प्रमुख अतिथि हुनुहुन्थ्यो।प्रतियोगितामा खाँदबारीका ९ बाल क्लबहरूको सहभागिता रहेको थियो। विजेताहरूमा हिमालय बाल क्लब खाँदबारी १ का सौजन कट्टेल प्रथम, आदर्श विद्यामन्दिर बाल क्लब पाठकगाउँका रिकेश कार्की द्वितीय, र आदर्श बाल क्लब पिप्लेका सीता तामाङ तृतीय स्थान हासिल
इटहरी / सशस्त्र प्रहरी बलमा लामो समय बिताउनु भएका भलिबल खेलाडी तथा राष्ट्रिय रेफ्री हेमराज बुढाथोकीकी श्रीमती, हिमादेवी बस्नेत बुढाथोकी, विगत पाँच वर्षदेखि दुबै मिर्गौला फेल भएको समस्यासँग संघर्ष गरिरहनुभएको छ। लामो समयदेखि उपचार हुँदै आए पनि अहिले उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। हाल उहाँको ललितपुरस्थित BNB अस्पतालमा उपचार भइरहेको छ र उहाँको अवस्था झनै नाजुक बनेको छ।परिवारको आर्थिक अवस्था कमजोर भएको कारणले थप उपचारमा समस्या उत्पन्न भएको छ। यसै कारण, हेमराज बुढाथोकीको परिवारले उहाँको उपचारका लागि सबैसँग सहयोगको अपील गरेका छन्। मिर्गौला फेलको उपचार अत्यन्त महँगो हुने भएकाले उहाँको ज
सुनसरी / सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेका अव्यवस्थित बसोबास, भूमिहीन दलित ,भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने बिषयमा संघिय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा छलफल भएको छ ।आईतवार प्रतिनिधि सभा सदस्य पुर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेतित्वको टोलीले सिंहदरवार स्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री बलराम अधिकारीसंग छलफल भएको थियो । मन्त्रालयमा भएको छलफलमा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की , राष्ट्रिय भुमि आयोगका निवर्तमान अध्यक्ष केशव निरौला , राष्ट्रिय भुमि आयोग झापा जिल्लाका निर्वतमान अध्यक्ष तिलक पाण्डे , समा
बराहक्षेत्र / बराहक्षेत्रमा २०८१ सालको बडादशैं र तिहारको उपलक्ष्यमा यहि असोज १० गतेदेखि १७ गते सम्म प्रथम जय नेपाल भलिबल कप प्रतियोगिता हुने भएको छ।बराहक्षेत्रमा पालिका स्तरीय भलिबल कप प्रतियोगिता हुने भएको छ।न्यू जेनेरेसन युथ क्लबको आयोजनामा बराहक्षेत्र नगरपालिका वडा नं. ३ नडाहाको भलिवल खेल मैदानमा पालिका स्तरीय भलिबल कप प्रतियोगिता हुने भएको हो।आयोजकले प्रेस मिट गर्दै प्रतियोगिताको मुख्य उद्देश्य सुनसरी जिल्लाको विभिन्न पालिकाहरूमा रहेका स्थानीय प्रतिभाशाली खेलाडीहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र अवसर सिर्जना गर्नको लागि उनीहर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.