इटहरी । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले सोलार प्यानल उपलब्ध गराएका हुन् । मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार शनिबार हर्कटे गोपाला समूहमा आबद्ध ११ घुम्ती गोठका किसानलाई रु। १३ हजार बराबरका ११ वटा सोलार प्यानल प्रदान गरिएको हो । हर्कटे रेडपाण्डाको बासस्थान भएकाले त्यहाँका रेडपाण्डालाई राति अन्य जीवजन्तुको आक्रमणबाट जोगाउने उद्देश्यले सोलार प्यानल वितरण गरिएको हो
इटहरी । हिउँद लागेसँगै कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक पर्यटकको आगमन सुरु भएको छ । अन्य वर्षभन्दा यस वर्ष हिउँदको सुरुवाती समयमै आन्तरिक पर्यटकको आगमन सुरु भएको हो । वर्षा सकिएसँगै कोशीटप्पु वन्यजन्तु आरक्षमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा दैनिक वृद्धि हुँदै गएको छ । कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीका अनुसार हिउँदमा बढी मात्रामा आन्तरिक पर्यटक कोशीटप्पु आरक्ष घुम्न आउने गरेका छन् । उहाँका अनुसार आगामी वर्षभन्दा अहिले आन्तरिक पर्यटकको आगमन राम्रो छ । आरक्षमा बढी मात्रामा शैक्षिक अवलोकनका लागि विद्यार्थी आउने गरेका छन् । पछिल्लो समय आरक्ष कार्याल
सुयोग ढकाल / विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठूला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरु भएका छन् ।विद्यार्थीहरुको यही योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ । तर, यसको अर्थ के होइन भने यसलाई राजनीतिक दिवसको सन्दर्भमा मात्र लिने गरिन्छ । यसलाई त बरु अहिले गैराराजनीतिक तथा बहुसाँस्कृतिका दिवसका रुपमा विश्वभरका विभिन्न विश्वविद्यालय तथा कलेजहरुले मनाउने
झापा /कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज आफ्नो निर्वाचन क्षेत्रका जनतासग भेटघाट तथा बिकास निर्माणको अनुगमन गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले झापाको कमल गाउँपालिका ३ सानो केर्खामा निर्माण हुनलागेको चिल्ड्रेन पार्क निर्माण स्थलको निरिक्षण गर्नु भयो । गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने चिल्ड्रेन पार्क निर्माण स्थाल १२ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लनगेको हो । पार्क निर्माण स्थालको निरिक्षण पछि मुख्यमन्त्री कार्कीले शहरी विकास कार्यलय ईलामका प्रमुख मिलन आचार्यलाई स्थानिय बासीको सहकार्यमा काम गर्न निर्देशन समेत दिनुभ
बिराटचौक / पालिकाको उप निर्वाचन कोलागि निर्वाचन आयोगले तोके बमोजिम निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना भएका छन् । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उप निर्वाचन कोलागि मोरङको ग्रामथान गाउँपालिकामा पनि कार्यालय स्थापना भएको छ । मोरङ जिल्लाका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत उद्धबप्रसाद भट्टराईले कार्यालयको उद्घाटन गरे । कार्यालय उद्घाटन पछि उनले अब सर्वदलीय बैठक बस्ने जानकारी दिए । निर्वाचन कार्य तालिका अनुसार नै आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकोले अब मङ्सिर २ गते उम्मेदवारी मनोनयन दर्ता २ गते गरिने जानकारी दिए । निर्वाचन कार्य तालिका अनुसार उम्मेदवा
सुनसरी- इटहरीमा प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । चन्द्रमा तेक्वान्दो डोजाङको आयोजनामा मंसिर २१ र २२ गते हुने प्रतियोगितामा कोसी प्रदेशका १४ जिल्लाका ५ सय बढी खेलाडीहरूले सहभागिता जनाउने शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।इटहरी रङ्गशाला परिषरको कवर्डहलमा हुने प्रतियोगिता जुनियर र सिनियर विधामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष कुमार गुरुङले जानकारी दिए । कोसी प्रदेशमा रहेका विभिन्न ५० भन्दा बढी डोजाङका खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई पनि सहयोग पुग्ने बताइएको छ ।करिब तीन लाख रुपैयाँ
इटहरी । प्रथम झापा १ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि मेचीनगरले जितेको छ । नेपाली कांग्रेस झापा १ सांसद सचिवालय तथा झापा १ काठमाडौं सम्पर्क समिति,काठमाडौंको संयुक्त आयोजनामा जावलाखेलस्थित डिएभी स्कुलमा भएको प्रतियोगिताको फाइनलमा धाइजनलाई ४–३ ले पराजित गर्दै मेचीनगरले उपाधि हात पारेको हो । निक्कै रोमाञ्चक बनेको खेलमा धाइजनका देवासिस प्रसाईँले ह्याट्रिक गरे पनि उपाधि दिलाउन सकेनन् । प्रथम कार्कीले मेचीनगरलाई सुरुआती अग्रता दिलाएका थिए । तर, देवासिसले धाइजनलाई खेलमा फर्काए । त्यसपछि रोहन कार्कीले लगातार दुई गोल गर्दै अग्रता ३–१ मा पु¥याए । तर, देवासिसले अर्को गोल गर्दै धाइजनलाई ३–२ को स्थिति
दक्षिण भारतबाट स॥चालित अंग्रेजी भाषाको अखबार ‘दि हिन्दू’मा प्रचण्डको बिहीबार आएको अन्तर्वार्तामा बोलेका केही मु२ामा नेकपा एमालेले औपचारिक आपत्ति जनाएको छ ।एमाले विदेश विभाग प्रमुख तथा सचिव रघुवीर महासेठले प्रेस वक्तव्य जारी गर्दै आपत्ति जनाएका छन् । वक्तव्यमा प्रचण्डले प्रयोग गरेका ‘चिनियाँ कार्ड’ र ‘अपरिपक्वताको प्रमाण’ आदि भनेकोमा एमालेले आपत्ति जनाउँदै अंग्रेजीमै वक्तव्य निकालेको छ ।अन्तर्वार्तामा प्रचण्डले ओलीको भारतभन्दा पहिले चीन भ्रमण हुनुमा चिनियाँ कार्ड भन्दै उनले भारतसँग नेपालको इतिहास, संस्कृति र भूगोलको निकटता भएकोले पहिलो दुईपक्षीय विदेश भ्रमण भारत नै हुनुपर्ने तर्क गरेका थिए ।यसम
इटहरी । सुतार कार्की कुलवंश प्रतिष्ठान भवनको उद्घाघाट्न तथा सम्मान कार्यक्रम गरिएको छ । शनिवार हरिद्दार चतरामा कुलवंशको नाम हाम्रो पहिचान, सुतार कार्कीको गौरव हाम्रो सम्मान भन्ने मुल मन्त्रलाई आत्म सम्मान गर्दै सुतार कार्की प्रतिस्ठानका अध्यक्ष कुमार कार्कीको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री राजेन्द्र कार्कीको प्रमुख अतिथ्य्तामा कार्यक्रम सुरु भएको थियो । प्रतिष्ठानको भवन उद्घाटन प्रमुख कोशी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री राजेन्द्र कार्की तथा सुतार कार्की सेवा समिती केन्द्रिय अध्यक्ष दिव्यध्वज कार्कीले भवनको उद्घाटन गर्नु भएको हो । त्यस्तै १ सय भन्दा वढी प्
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माणको बेलामा आफूहरुले फरक मतको रुपमा छाडेका शासकीय स्वरुप, निर्वाचन प्रणाली र पहिचानको मुद्दाका लागि नयाँ आन्दोलन अघि बढाउने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिको चौथो भेला तथा प्रशिक्षण उद्घाटन गर्दै उहाँले मुलुक अब यथास्थितिमा चल्न नसक्ने भएकाले ती मुद्दा उठाउन पुनः आवश्यक भएको बताउनुभएको हो । उहाँले अब आफ्नो पार्टीको नेतृत्वमा हुने आत्मनिर्भर अर्थतन्त्र सहितको नयाँ समाजवादी आन्दोलनमा साथ दिन सबैमा अपिल पनि गर्नुभयो । पुराना संसदवादी दलहरुसँगको संसर्गबाट माओवादी नेता का
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.