इटहरी । उदयपुरको रौतामाई गाउँपालिका ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ । वडा कार्यालय परिसर चिसापानीमा आयोजित एक कार्यक्रमकाबिच कोशी प्रदेश सरकारका पूर्ववन तथा पर्यटनमन्त्री एवं प्रदेश सभा सदस्य नारायण बुर्जा मगर र रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले लालिगुँरासको विरुवा रोपेर बालमैत्री वडा घोषणा गरेका हुन् । नेपाल सरकारले तय गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७९ले तोकेका ५१ सूचक पुरा गरेसँगै वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरिएको वडाध्यक्ष पृथ्वीकुमार राईले बताए । वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जाल्पा एकीकृत विकास समाज उदयपुर र हुरण्डेक उदयपुर
इटहरी । भोजपुरको ट्याम्के मैयुङ गाउँपालिकामा भ्रमण वर्ष २०२५ लाई लक्षित गर्दै मुन्दुम ट्रेलको प्रवर्द्धनका लागि तयारी बैठक सम्पन्न भएको छ । बैठकमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो । प्रमुख अतिथि ट्याम्के मैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले कार्यक्रमको नेतृत्व गर्नुभएको थियो । ग्रेटर मुन्दुम ट्रेल अवधारणालाई अघि सार्दै खुवालुङ देखि चोमलुङ्गा सम्मका क्षेत्रलाई समेटेर पर्यटन प्रवर्द्धन गर्ने योजना प्रस्तुत गरिएको छ । बैठकमा लालीगुराँस महोत्सव, सुन्तला महोत्सव, अल्ट्रा म्याराथन, सांस्कृतिक साहित्यिक महोत्सव, हनी हन्टिङ, माउन्टेन साइक्लिङ, र
इटहरी। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा ९मुक्कुमलुङ० मा हिमपात भएको छ । तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा यसवर्ष पहिलो पटक हिमपात भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार बुधबार राति १२ बजे पछिदेखि सामान्य हिमपात सुरु भएको हो । पाभीभरा धाम परिसरभन्दा केही तलसम्म हिउँ परेको महतले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पनि पाथीभरा क्षेत्रमा छार्के अर्थात् फाटफुट्ट हिमपात भइरहेको छ । पाथीभरा क्षेत्रमा कुनै वर्ष असोज महिनामै हिमपात हुने गरेको थियो । यसवर्ष भने बुधबार राति पहिलो पटक हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देश
इटहरी। खोटाङमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीका इन्द्रबहादुर भुजेलको घर आगलागीबाट जलेर नष्ट भएको हो । बुधबार राती ८ः१५ बजेको समयमा घरमा आगलागी भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । जानकारी आएलगत्तै नजिकै रहेको डुम्रेधारापानी प्रहरी चौकी घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले बताउनुभयो । प्रहरी र स्थानीयको सहयोगमा आगो राति साढे १० बजे नियन्त्रणमा आएको उहाँको भनाइ छ । आगलागीबाट इन्द्रबहादुर भुजेलको ढुङ्गा माटोले बनेको, जस्ताको छानो भएको २ तले घर जलेर पूर्णरुपमा नष्ट भएको छ । घरसँ
इटहरी। कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च बिन्दुमा पुगेको छ। बजार माग बढेसँगै अलैँचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको आज गुणस्तरका आधारमा प्रतिमन ९४० किलोग्राम०को एक लाख सात हजारसम्ममा खरिद बिक्री भइरहेको छ। अलैँची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर र मध्यम गुणस्तर दुई प्रकारले खरिद बिक्री भइरहेको छ। ठुलो दाना भएको, पुच्छर काटेको, धुलो रहितको अलैँची प्रतिमन एक लाख सात हजार र मध्यम गुणस्तरको अलैँची अर्थात् सानो दाना, पुच्छर काटेको, धुलोरहित अलैँची प्रतिमन एक लाख चार हजारमा खरिद बिक्री भइरहेको छ। सामान्य गुणस्तर भएको अलैँची प्
सुनसरी — सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिर परिसरमा प्रहरी चौकीको नवनिर्मित भवन समुद्घाटन गरिएको छ।बुधवार कोशी प्रदेश प्रहरी प्रमुख चन्द्र कुवेर खापुङ र बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्द कुमारी सुनुवारले संयुक्त रूपमा भवनको उद्घाटन गरे। कार्यक्रम प्रदेश प्रहरी प्रमुख खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।नेपाल सरकारको ३ करोड १९ लाख ४० हजार रुपैयाँको लागतमा अढाई तल्ले सुविधा सम्पन्न भवन निर्माण गरिएको हो। यस भवनमा कार्यालय, भान्साघर, र शौचालयजस्ता आवश्यक संरचनाहरू रहेका छन्।उद्घाटन समारोहमा कोशी प्रदेश प्रहरी प्रमुख खापुङले निर्माण कार्यमा योगदान दिने सबै
मोरङ / सुन्दरहरैचा दौतरी बलिया बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी राष्ट्रिय सतरको स्तरीकरण कार्यक्रम प्रोवेसनमा आबद्ध भएको छ ।साकोसको ५औं वार्षिक साधारण सभाको बैठकको अवसर पारेर अतिथिहरु तथा सदस्यहरुको समेत उपस्थितिमा प्रोवेसन कार्यक्रममा सम्झौता भएको हो । नेफ्सकूनका महासचिव घनश्याम अधिकारी तथा पूर्व महासचिव घनश्याम खतिवडासँगै नेफ्स्कून सञ्चालकहरु लक्ष्मी सापकोटा र शालिकराम ढकाल, कोशी प्रदेश बचत संघका अध्यक्ष हरि सुवेदी, जिल्ला बचत संघ मोरङका कोषाध्यक्ष डीबी थापा लगायतको उस्थितिमा सम्झौता सम्पन्न भएको हो ।प्रोवेसन अर्थात् पूर्ण तथा व्या
इटहरी । धरान उपमहानगरपालिका–१५ निराजन बस्तीदेखि धरान–४ देवीगाउँ हुँदै धनकुटा र मोरङ जोड्ने १७ किलोमिटर सडक पुनःनिर्माण कार्य सुरु गरिएको छ । पाँच वर्षदेखि यो सडक निर्माण रोकिएपछि स्थानीयलाई आवतजावत गर्न निकै गाह्रो भएको थियो । मंगलबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई र धरान–४ का वडाध्यक्ष धनबहादुर राई सहितको टोलीले सडकको स्थलगत अनुगमन गरेको हो । मन्त्री राईले निर्माण कार्य ठेकेदारको लापरबाहीका कारण समयमा पूरा हुन नसकेको बताउँदै पुनः ढिलाइ भएमा ठेकेदारलाई कालोसूचीमा राख्ने चेतावनी दिनुभयो । सडक निर्माणको ठेक्का लुम्बिनी गजुरमुखी जेभीले २०७६ असोजमा लिएको थियो । रु. ३७ कर
इटहरी । धनकुटा नगरपालिकाले मंगलबार एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनीको आयोजना गरेको छ । २०७५ सालमा एभोकाडोको राजधानी घोषणा गरेको नगरपालिकाले विगतमा एभोकाडो महोत्सव आयोजना गर्दै आएको थियो । यस वर्ष भने एभोकाडो सहित अन्य स्थानीय उत्पादनको प्रदर्शनी आयोजना गरेको हो । एभोकाडो सहितका स्थानीय उत्पादनहरूको प्रवद्र्धन तथा कृषक एवं उद्यमीहरूलाई प्रोत्साहनका लागि प्रदर्शनी आयोजना गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो । कृषि क्षेत्रको प्रोत्साहन र बजारीकरणको लागि नगरपालिकाले योजना प्राथमिकतामा राखेको उहाँले बताउनु भयो । प्रदर्शनीमा उद्यमशीलता विकास सम्बन्धी परामर्श पनि दिइ
विराटनगर । नेपाली क्रिकेटले विश्वव्यापी रुपमा उत्कृष्ट र राम्रो छवि बनाएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बताउनुभएको छ । आज सांझ विराटनगरमा विराटनगर किंग्सको जर्सी अनावरण तथा गीत सार्वजनिकीकरण कार्यक्रममा बोल्नुहुदै मुख्यमन्त्री कार्कीले क्रिकेटबाट नेपालको विश्वमा पहिचान बनाउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले खेलाडीसहित प्रशिक्षक र व्यवस्थापक सबै पक्ष नेपाल को सफलताको लागी बधाइको हिस्सेदार रहेको बताउनुभयो ।उहाँले विराटनगर किंग्स नेपालको सम्राट भएर विश्वमै परिचय दिनेमा विश्वास व्यक्त गर्नुभयो । खेलकुदको विकासमा आफ्नो क्षमताभित्र रहेर सँधै साथ दिने समेत उहाँले प्रतिबद्धता
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.