विराटनगर : विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा कोशी प्रदेश सरकारले ३० लाख दिने घोषणा गरेको छ ।विराटनगर किङ्सका खेलाडीलाई मङ्गलवार राति बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को लागि कोशी प्रदेशबाट विराटनगर किङ्सले सहभागिता जनाउँदै छ ।मुख्यमन्त्री कार्कीले टोलीलाई जितको शुभकामना दिदैँ खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताए ।क्रिकेटबाट अन्तर्राष्ट्रिय रूपमै आफ्नो पहिचान बनाउन सकिने उल्लेख गरे । ‘खेलकुद क्षेत्रमा प्रदेश
विराटनगर : कोशी प्रदेश सरकारले सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय इटहरीलाई विपद् नियन्त्रणका लागि विभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी बलका डिआइजी शम्भु सुवेदीलाई सामाग्री हस्तान्तरण गरेका हुन् । प्रदेश सरकारले उपलब्ध गराएको सामाग्रीहरूमा आगो नियन्त्रण गर्ने उपकरणहरू रहेका छन् ।सशस्त्र प्रहरी बललाई उपलब्ध गराएको सामाग्रीको मूल्य करिब १७ लाख बराबरको रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमल थापाले जानकारी दिए ।सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विपद् नियन्
मोरङ : मोरङको बूढीगंगामा मोटरसाइकलको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ ।कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ मा दुर्घटनामा परेर आरती स्ट्रिप्स नामक उद्योगका मजदुरको मृत्यु भएको हो ।उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४५ प ४७७४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका दीपक शर्मालाई सोमबार साँझ ठक्कर दिएको थियो ।प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएका भारतको बिहान घर भइ मोरङको आरती स्ट्रिप्स नामक उद्योगमा कार्यरत ४५ वर्षीय शर्माको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा : झापा उद्योग वाणिज्य सङ्घ गौरीगञ्जको अध्यक्षमा रूपककुमार श्रेष्ठ निर्वाचित भएका छन् ।सङ्घको नयाँ नेतृत्व चुन्नका लागि सोमबार भएको निर्वाचनबाट श्रेष्ठले १५५ मत ल्याई अध्यक्षमा विजयी भए । उनका प्रतिस्पर्धी रमेशप्रसाद राजवंशीले १२२ मत प्राप्त गरेका थिए । यसैगरी, उद्योग उपाध्यक्षमा विनोद कुमार साह (१३८) मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी सन्तोष मेहताले १२० र गणेश चौधरीले १३ मत ल्याएका थिए । त्यस्तै, वाणिज्य उपाध्यक्षमा १५४ मत ल्याएर मनोजकुमार दास विजयी भए भने उनका प्रतिस्पर्धी मनोजकुमार चौधरीले ११९ मत प्राप्त गरे ।सचिवमा पवनकुमार दास (१५४ ) विजयी हुँदा उनका प्रतिद्वन्द्वी धर्मनारायण गिरी
इटहरी : इटहरीमा नेपाल जेसीजको ५१ औँ महाधिवेशनको हुँदैछ । इटहरी जेसीजको आतिथ्यतामा आगामी पुस ६, ७ र ८ गते नेपाल जेसीजको महाधिवेशन हुने भएसँगै तयारी थालिएको हो ।महाधिवेशन निर्देशक दीपक ढकालकाअनुसार इटहरी ९ मा रहेको जनता माध्यमिक विद्यालयका प्राङ्गणमा महाधिवेशन हुनेछ । जहाँ अहिले स्टल निर्माणको काम भइरहेको छ ।‘पाहुनाहरूलाई बस्ने होटल, खानेको व्यवस्था र स्टल निर्माणाधीन अवस्थामा छ,’ उनले भने, ‘हामीले सबै शाखाहरूसँग समन्वय गर्ने, स्थानीय प्रशासनसँग समन्वय गर्नेजस्ता काम गरिरहेका छौँ, यो महाधिवेशन हामी सबैले अपनत्व हुनेगरी हुन्छ ।’राष्ट्रिय महाधिवेशन भएकाले कुनै पार्टीको, कुनै जातिको नभइ सबैको अपनत्
इटहरी / इटहरी लेडी जेसीजले अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सुशीला राईलाई सम्मान गरेको छ। राईलाई खेलकुद क्षेत्रमा पुर्याएको योगदान र अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उजागर गरेबापत इटहरी लेडी जेसीजले आफ्नो २३औँ वार्षिकोत्सवको अवसर पारेर नगदसहित सम्मान गरेको हो।राई इटहरी उपमहानगरपालिका-२०, तरहराकी बासिन्दा हुन्। उनले अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडीका रूपमा देशको प्रतिष्ठा बढाउँदै १३औँ साफ च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्। तेक्वान्दो खेलमा मात्र नभई उनी अन्तर्राष्ट्रिय निर्णायकका रूपमा पनि आफ्नो पहिचान स्थापित गर्न सफल भएकी छन्।कार्यक्रम मंगलबार आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख अ
इटहरी | इटहरीमा सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोष शाखा कार्यालय विराटनगरले अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ । मंगलबार इटहरीको इन टुरिस्ट होटलमा सामाजिक सुरक्षा कोष कोशी प्रदेश कार्यलय प्रमुख दिपक भट्टको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आथित्यतामा सातौं सामाजिक सुरक्षा दिवस सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको थियो । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले सामाजिक सुरक्षा कोष अत्यन्तै महत्त्वपूर्ण र आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका क्रममा सामाजिक सुरक्षा कोषको महत्व, फाइदा, र विशेषताका विषयमा प्रमुख दीपक भट्टल
रामधुनि / रामधुनीमा तेस्रो मेयर कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ। रामधुनी नगरपालिका ९ को रङ्गशालामा २०८१ मङ्सिर २९ गतेदेखि पौष ६ गते सम्म आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।उदियमान युवा नेपाल रामधुनी ९ को आयोजना तथा रामधुनी नगरपालिका झुम्का सुनसरीको संयोजनमा हुने प्रतियोगितामा सहभागी हुने टिम हरू च्यातयसा फुटबल क्लब दमक झापा, गाईघाट फुटबल क्लब उदयपुर, आयोजक उदियमान युवा नेपाल रामधुनी, तालतलैया फुटबल टिम इटहरी, एपीएफ फुटबल टिम पकली, साइनो स्पोर्टिङ क्लब मिलसेरिया मोरङ, मेघा फुटबल क्लब विराटनगर मोरङ स्टार एकेडेमी भरौल बराहक्षेत्र रहेको र पत्रकार सम्मेलनम
इटहरी / आज सातौं समाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । त्यस्तै इटहरीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।दिवसका अवसरमा सामाजिक सुरक्षा कोष बिराटनगरले बिहान ८ बजे इटहरी इन्टुरिस्ट प्यालेसमा कार्यक्रम आयोजना गरेको छ ।सामाजिक सुरक्षा कोष बिराटनगर प्रमुख दिपकराज भट्टको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका उपप्रमुख संगीता चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी, संचारकर्मीको उपस्थिति रहेको कार्यक्रममा सामाजिक सुरक्षा कोषका सेवा सुविधा, योजनाका बारेमा अन्तरक्रिया गरिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै
काठमाण्डौं : नेपाल खेलकुद महासंघले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई राष्ट्रिय खेलकुद प्रतियोगिता लगायतको मिति तोक्न माग गर्दै ध्यानाकर्षण पत्र पठाएको छ । आज महासंघको कार्यवाहक अध्यक्ष धर्मकुमार श्रेष्ठको नेतृत्वमा गएको महासंघको टोली मन्त्री चौधरीको ध्यानाकर्षण गराएको हो ।त्यस्तै , महासंघले राष्ट्रिय खेलकुद प्रतियोगिता अगाडी प्रदेशहरूमा पठाउनु पर्ने बजेट अविलम्ब पठाउनु पर्ने , राष्ट्रिय खेलकुद परिषद्को बैठक बोलाउनु पर्ने , राखेपमा रिक्त पदमा यथासिध्र नियुक्ति गर्नु पर्ने लगायत बिषयमा मन्त्रीको ध्यानाकर्षण गराएको हो । त्यस्तै , महासंघले खेलाडीको विदेश पलायनलाई र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.