इटहरी / फुजिसन सगरमाथा बोर्डिङ स्कुलले आधुनिक शिक्षण पद्धतिलाई प्रोत्साहन गर्दै STEAM (Science, Technology, Engineering, Arts, and Mathematics) शिक्षामा आधारित ‘फुजिसन गार्डेन’ नामक विशेष कार्यक्रमको आयोजना गरेको छ।कार्यक्रमले STEAM शिक्षाको व्यावहारिक पक्षलाई उजागर गर्ने, विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्न प्रोत्साहन गर्ने, र अभिभावकलाई यस विषयमा जानकारी गराउने उद्देश्य राखेको थियो। STEAM शिक्षाले विद्यार्थीहरूमा समस्या समाधान गर्ने क्षमता, रचनात्मकता, र नवप्रवर्तनशील सोचको विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ भन्ने दृष्टिकोणलाई आधार बनाएर यो कार्यक्रम आयोजना गरिएको हो
इटहरी | अपांगता भएका व्यक्तिहरूको योगदानलाई सम्मान गर्दै इटहरीमा ३३औँ अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा अपांगता भएका व्यक्तिहरूको समस्या, अधिकार, र उनीहरूको जीवन सहज बनाउने उपायहरूबारे अभिमुखीकरण तथा अन्तरक्रिया गरिएको थियो।कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य मिना श्रेष्ठले अपांगता भएका व्यक्तिहरू समाजका अभिन्न अंग भएको उल्लेख गर्दै, उनीहरूको जीवनयापन सहज बनाउन प्रदेश सरकारको नीति र कानुनमा सुधार गर्न आफूले आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन्। उनले अपांगता भएका व्यक्तिहरूलाई लक्षित गर्दै भनिन्, "तपाईंहरूको जीवन सहज बनाउनका लागि कस्ता न
काठमाडौं / नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा अतुलनीय योगदान पुर्याएकोमा समाजसेवी तथा आर्थिक सशक्तिकरणकी अभियान्ता सांसद भगबती चौधरी सम्मानित भएकी छिन । बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत रहेकी सांसद चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । ‘समाजको उन्नतिको लागि लोकतान्त्रिक मूल्य र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतूलनीय योगदानको लागि’ सांसद चौधरीलाई सम्मानीत गरिएको बताइएको छ । सांसद चौधरीलाई मंसिर १७ गते (२ डिसेम्बर) मा आयोजित कार्यक्रममा सम्मानित गरिएको हो ।
इटहरी / इटहरी बीपीचोक स्थित कस्तुरी कलेज पूर्वी नेपालको उदयीमान व्यापारीक तथा शैक्षिक केन्द्रको रूपमा फड्को मारिरहेको इटहरी क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको अभावलाई परिपूर्ति गर्दै शैक्षिक तथा सामाजिक क्षेत्रमा लामो समय संलग्न भई अनुभव प्राप्त व्यक्तिहरूको संलग्नतामा वि.सं. २०५५ सालमा निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको हो । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व तथा २०५९ सालमा इनरुवाबाट कलेज आउने क्रममा दुर्घटनामा परी मृत्यु भएकि लक्ष्मि श्रेष्ठको सम्झनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कलेजले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा विद्
रामधुनी / सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भव्य रूपमा मनाइएको छ। "समानता सुनिश्चित गर्दै समावेशी समाजको निर्माण" भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण, सामाजिक समावेशीता, र मानव अधिकार प्रवर्द्धन गर्ने उद्देश्य राखिएको थियो।कार्यक्रम अपाङ्गता उत्थान केन्द्र नगर स्थरिय अपाङ्ग समिति रामधुनी नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा रामधुनी नगरपालिकाको सहयोग र समन्वय रहेको थियो। कार्यक्रमको अध्यक्षता अपाङ्गता उत्थान केन्द्रका अध्यक्ष डिल्लीराम चौलागाईंले गर्नुभएको थियो भने कोशी प्रदेशका नवनियुक्त आन्तरिक मामिला
बिराटनगर / कोशी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले कार्यभार सँहाल्नुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ्ग बाट सपथ ग्रहण पछि मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो । उहाँले आफनो जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने प्रतिबद्धता जनाउनुभएको छ । कर्मचारीहरुलाई काम र पारदर्षितामा बिश्वास गर्न आग्रह गर्नुभयो । मन्त्री भण्डारीले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिदै भन्नुभयो ः मन्त्रालयमा कुनै पनि काम अडकिने रोकिने गरिनु हुदैन । आफू काममा बिश्वास गर्ने र सहभागितात्मक निर्णय गरिने पनि उहाँले प्रष्ट पार्नुभयो । मन्त्री भण्डारीले प्रदेश मातहत पर्ने आठ वटा यात
विराटनगर । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा एमालेका रेवतीरमण भण्डारीले शपथ लिएका छन् । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमा नियुक्त गरेसँगै कोशी प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराए । सुनसरी निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भण्डारी यस अघि संविधान सभा सदस्य समेत थिए । नेकपा एमालेको भागमा परेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारीमा रहेका लीलावल्लभ अधिकारी जापान जाने विषयमा विवादित भएपछि राजीनामा दिएका थिए ।
इटहरी । इटहरीमा रहेको विश्वआर्दश एकेडेमीले पहिलो पटक जर्नल प्रकाशनमा ल्याएको छ ।शनिबार एक कार्यक्रमको आयोजना गरी जर्नल जोभाकलाई विमोचन गरिएको हो । पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया, सेडाका कार्यकारी निर्देशक प्रा डा. अर्जुन बराल, क्युएए एसेसमेन्ट कमिटिका टिम लिडर प्रा. डा. प्रदिपचन्द्र गौतम, नारायण भण्डारी, क्षेत्रीय परिक्षा नियन्त्रक डा. डिल्ली प्रसाईले संयुक्त रुपमा जर्नललाई विमोचन गरेका हुन् । विगत २१ वर्ष देखि इटहरीमा उच्च शिक्षा अध्यापन गराउदै आएको विश्व आर्दशले स्थानीय क्षेत्रका बहुविषयहरुको अध्ययन अनुसन्धान गरि अनुसन्धान मुलक जर्नल प्रकाशनमा ल्याएको
बिराटनगर / संखुवासभाबाट प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य बिदुर लिङ्थेप नेकपा एमाले कोशी प्रदेशको प्रमुख सचेतक नियुक्ति हुनुभएको छ । नेकपा एमालेका संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज उहाँलाई नियुक्त गर्नुभएको हो ।संचेतक लिङ्थेप प्रदेश सभामा निर्वाचित हुनुअघि संखुवासभाको मादि नगरपालिकाको मेयर हुनुहुन्थ्यो । बिद्यार्थी राजनीतिबाट उहाँ सक्रिय राजनीतिमा आउनुभएको हो। प्रमुख संचेतक रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री भएपछि खाली भएको संचेतकमा मुख्य मन्त्री कार्कीले उहाँलाई नियुक्त गर्नुभएको हो ।
भोजपुर | नेपाल तरुण दल भोजपुरले मंसिर २९ र ३० गते कोशी प्रदेशस्तरीय भेला आयोजना गर्ने भएको छ। यो भेला ट्याम्के मैयुम गाउँपालिकामा सम्पन्न हुने र यसमा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङको प्रमुख आतिथ्य रहने छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा तरुण दल भोजपुरले यस महत्वपूर्ण कार्यक्रमको घोषणा गरेको हो।पत्रकार सम्मेलनमा तरुण दल भोजपुरका जिल्ला अध्यक्ष सरोज बस्नेतले यो भेला युवाका हकहित, बृत्ति विकास, रोजगारी, सम्मान, र सुरक्षाका सवालमा गहन बहस गर्नका लागि आयोजना गरिएको बताए। उनका अनुसार, कार्यक्रमले तरुण युवाहरुको आवाजलाई सशक्त बनाउन र तिनका आवश्यकतामा केन्द्रित नीतिगत पहललाई बलियो बना
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.