All Posts By कोशी प्रेस

    Showing ८,३०१-८,३१० of १३,७२१ items.
  • श्री प्रकासपुर महिला बहुउद्देश्य सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न

    बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिका-१० मा रहेको श्री प्रकासपुर महिला बहुउद्देश्य सहकारी संस्था को २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।वार्षिक साधारणसभाको सभापतिको रूपमा यस सहकारी संस्थाको अध्यक्ष धनमाया खड्का कार्की रहनु भएको थियो भने प्रमुख अतिथिको रूपमा बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की रहनु भएको थियो । विशिष्ट अतिथीको रूपमा बराहक्षेत्र नगरपालिका सहकारी शाखा प्रमुख मातृका तिवारी ,अतिथिका रूपमा गाउँबेशी कृषि सहकारी संस्थाका अध्यक्ष रबिन कुमार घिमिरे, रामधुनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेश कुमार पौडेल , पिपलबोटे बचत तथाऋण सहकारी संस्थाका अध्यक्ष बद्री कुमार ब

    • प्रकाशित मितिः पुस १०, २०८१
    • ५४४ पटक पढिएको
  • बाघामा भोली देखि दोस्रो ल्होसार कप २०८१ पुरुष फुटबल प्रतियोगिता हुने

    संखुवासभा | संखुवासभाको मादी नगरपालिका- ७ बाघामा दोस्रो ल्होसार कप–२०८१ पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।तमु ल्होसारको अवसर पारेर नव सिर्जना प्रगतिशील युवा क्लबको आयोजनामा पौस ११ गते अर्थात भोली देखि दोस्रो  तमु ल्होसार कप–२०८१ पुरुष फुटबल प्रतियोगिता सुरु हुदैंछ । गुरुङ समुदायको विशेष पर्वको रुपमा रहेको तमु ल्होसार, पुर्वी पहाडी जिल्लाहरुमा, विभिन्न कार्यक्रम गरी, मनाइदै आएको छ । पहिलो वर्ष झै दोस्रो ल्होसार कप आयोजन गर्न लागेको क्लबका अध्यक्ष पासाङ दाखा शेर्पाले जानकारी दिनुभयो ।  फुटबल  प्रतियोगिताको  प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद, ३ वर्षे रनिङ कप,

    • प्रकाशित मितिः पुस १०, २०८१
    • ४७० पटक पढिएको
  • नेपाल जेसीजको अध्यक्षमा रजनी थापा विजयी ,को को विजयी भए

    इटहरी | नेपाल जेसीजको अध्यक्षमा फराकिलो मतान्तरले रजनी थापा निर्वाचित भएकी छन् ।थापाले ७६२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर ३०९ रहेको छ ।यसैगरी कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।यस्तै, उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, सुमित्रा भट्टराई, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् ।थापा सन् २०११ मा जेसीजको साधारण सदस्यको रूपमा जेसीज प्

    • प्रकाशित मितिः पुस ९, २०८१
    • २५६ पटक पढिएको
  • कोपोमिस सम्बन्धी तालिम प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा सुरु

    इटहरी / कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयको आयोजनामा कोपोमिस सम्बन्धी  आइतबार देखि तिन दिने तालिम सुरु भएको छ । तालिम इनरुवा स्थित प्रदेश कार्यालयमा गरिएको हो, जसमा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रतिनिधिहरू सहभागि भएका छन् । तालिमको मुख्य उद्देश्य “सहकारीमा सुशासन प्रविधि र एकीकरण“ भन्ने नारासँग सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) को कार्यान्वयनलाई मजबुत बनाउनु हो । तालिम यहीँ पुस ९ गतेसम्म सञ्चालन हुनेछ ।सहकारी नियमावली २०७५ को धारा ७२(२) अनुसार प्रत्येक सहकारीले कोपोमिसमा आबद्ध भई वार्षिक र मासिक गतिविधिहरू तयार गरी नियामक निकायमा पठाउनु पर्न

    • प्रकाशित मितिः पुस ७, २०८१
    • ३०९ पटक पढिएको
  • इटहरीमा नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन सुरु, प्रधानमन्त्री ओलीले गरे प्रशंसा

    इटहरी  | नेपाल जेसीजको ४९औँ राष्ट्रिय महाधिवेशन शनिवारदेखि इटहरीमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जेसीजले मानवता, शिष्टता, विवेक र सभ्यता जस्ता मुल्य र मान्यताहरूलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरे। उनले भने, "जेसीजले मर्यादा सिकाउने महान् कार्य गर्दै आएको छ।"महाधिवेशनको उद्घाटन समारोहमा ओलीले राष्ट्रिय राजनीतिको विषयलाई धेरै नछुँदीकन देशले गरेको प्रगतिका विभिन्न पक्षमाथि चर्चा गरे। उनले विगतको तुलनामा देशको विकास उल्लेखनीय भएको बताउँदै रोजगारी र सञ्चार क्षेत्रमा भएको फड्कोलाई विशेष रूपमा स्मरण गरे। ओलीले भने, "विगतक

    • प्रकाशित मितिः पुस ६, २०८१
    • ४४३ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ कोशीको १३ औं विस्तारित बैठक बेतना सिमसारमा सम्पन्न

    मोरङ/ नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीले आफ्नो १३ औं विस्तारित बैठक बेतना सिमसारमा वनभोज कार्यक्रमसहित सम्पन्न गरेको छ। स्थानिय तहदेखि केन्द्रसम्म भौतिक पूर्वाधार, व्यवसायिकता, र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै खेलकुद क्षेत्रलाई समाजमा अभिभावकिय भुमिका निभाइरहेको नेपाल खेलकुद महासंघले १३ औं विस्तारित बैठक आयोजना गरेको हो ।नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटी अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा  नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख अतिथ्यतामा भएको थियो भने प्रमुख वक्ताको रुपमा नेकपा एमाले कोशी प्र

    • प्रकाशित मितिः पुस ६, २०८१
    • ३६९ पटक पढिएको
  • रामधुनी नगरपालिका उपप्रमुख तारा थापाले गरिन कालोपत्रे सडक अनुगमन

    सुनसरी – रामधुनी नगरपालिकाका उपप्रमुख तारा थापाले वडा नम्बर ८ मा निर्माणाधीन कालोपत्रे सडकको अनुगमन गर्नुभएको छ। ठुले मोहर चोकदेखि खोरिया, बानडाँडा, कालिझोला हुँदै रामधुनी वडा नम्बर २ जोड्ने यस सडक निर्माण संघीय सरकारको अनुदानमा भइरहेको छ।रामधुनी नगरपालिकाका पछाडि परेका क्षेत्रका जनतालाई सहज यातायात सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण भइरहेको यो सडकको कुल लागत १ करोडभन्दा बढी रहेको छ। गामा बिल्डर्सले ७६ लाख रुपैयाँमा ठेक्का लिएर २०८२ साल जेष्ठसम्म सडक निर्माण सम्पन्न गर्ने योजना बनाएको छ। सडकको कुल चौडाइ साढे ७ मिटर हुनेछ, जसमा ५ मिटर कालोपत्रे भाग समावेश छ।सडक निर्माणको अनुगमनका क्रममा उपप्

    • प्रकाशित मितिः पुस ५, २०८१
    • २६० पटक पढिएको
  • इटहरीको मानव वेचविखन विरुद्ध जोखिममा रहेका तथा प्रभावित महिलाहरुका लागि माइती नेपालको सिपमूलक तालिम प्रभावकारी

    इटहरी | मानव वेचविखनको जोखिममा रहेका तथा प्रभावित महिलाहरुको जीवनस्तर सुधार गर्न माइती नेपाल इटहरीले विभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आइरहेको छ। महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि लक्षित गरी माइती नेपालले व्युटी पार्लर, सिलाई-कटाई लगायतका व्यावसायिक सिप प्रदान गर्ने कार्यक्रम सञ्चालन गरेको हो।हालै मात्र सिलाई-कटाई तालिममा सहभागी पाँच महिलालाई एक विशेष कार्यक्रमको आयोजना गरी सिलाई मेसिन प्रदान गरिएको छ। महिलाहरुले सिकेको सिपलाई व्यवहारिक रुपमा प्रयोग गरी आयआर्जन गर्न सकून् भन्ने उद्देश्यले तालिमपछि आवश्यक उपकरणहरु उपलब्ध गराइएको हो। तालिममा सहभागी महिलाहरुले व्यावसायिक दक्षता हासिल गरी आत्म

    • प्रकाशित मितिः पुस ५, २०८१
    • ६६६ पटक पढिएको
  • मालिका बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न

    सुनसरी — इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको मालिका बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।संस्थाका अध्यक्ष नवीन गिरिको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष जितेन्द्र थापा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष गिरिले वार्षिक प्रतिवेदन तथा आगामी नीति र कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। साथै, लेखा समिति संयोजक रिता सापकोटाले लेखापरीक्षण प्रतिवेदन पेस गर्नुभयो। विनियम संशोधन प्रस्ताव भने सञ्चालक समिति सदस्य दीपक घिमिरेले प्रस्तुत गर्नुभएको थियो।सभामा संस्थाको आर्थिक प्रतिवेदन पनि सार्वजनिक गरियो। २०८०/८१ मा संस्था

    • प्रकाशित मितिः पुस ४, २०८१
    • २५७ पटक पढिएको
  • इटहरीको मुक्तिनारायण मन्दिरमा श्रीवामन महापुराण सप्ताह ज्ञान महायज्ञ समापन

    इटहरी / इटहरी २ स्थित मुक्तिनारायण मन्दिरमा आयोजित श्रीवामन महापुराण सप्ताह ज्ञान महायज्ञ भव्यताका साथ समापन भएको छ। मंसिर २७ गते बिहीबारदेखि शुरू भएको महायज्ञ पौष ३ गते बुधवारसम्म सव्य र भव्य रुपमा सम्पन्न भयो। मन्दिरको संरक्षण, संवर्द्धन, र बृहत्तर विकासको लक्ष्यले आयोजित यस महायज्ञमा धार्मिक, सांस्कृतिक, र आध्यात्मिक महत्वका विविध कार्यक्रमहरू आयोजना गरिए।महायज्ञको मुख्य आकर्षण कथा वाचन, आध्यात्मिक प्रवचन, झाँकी प्रदर्शन, आरती, र प्रसाद वितरण थिए। श्रद्धेय व्यासाचार्य पण्डित डा. पराङ्कुश प्रप्रन्नाचार्यले कथा वाचन र पण्डित श्री प्रणव कोइरालाले पाठ पारायण गरेका थिए। महायज्ञ अवधिभर दैनिक पूजा

    • प्रकाशित मितिः पुस ३, २०८१
    • ३३४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]