All Posts By कोशी प्रेस

    Showing ८,२७१-८,२८० of १३,७२१ items.
  • फाविङमा तेस्रो पौसे मेला २०८१ः खेलकुद, कला, संस्कार र संस्कृतिको उत्सव हुने

    संखुवासभा । मादी नगरपालिका, ९ स्थित हाङथाना स्पोर्टिङ युथ क्लबले तेस्रो पौसे २०८१ को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । “खेलकुद, कला, संस्कार र संस्कृति, हामी सबैको साझा नाराका साथ आयोजना गरिने यस मेलामा खुल्ला पुरुष फुटबल, खुल्ला महिला फुटबल, पालिका वडा स्तरीय पुरुष भलिबल र नृत्य प्रतियोगिता सञ्चालन हुनेछन् । मेलाका प्रतियोगिताहरूमा विजयी हुने टोलीहरूका लागि आकर्षक नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । पुरुष फुटबलतर्फ प्रथम स्थान प्राप्त टोलीलाई नगद रु. ६१,१६१ ट्रफीसहित, दोस्रो स्थानलाई नगद रु. ४१,१४१ ट्रफीसहित र तेस्रो स्थानलाई नगद रु.

    • प्रकाशित मितिः पुस १७, २०८१
    • ८७२ पटक पढिएको
  • खेलकुद विकास बोर्डद्वारा तेह्रथुमको खेलकुद संरचनाको अनुगमन

    तेह्रथुम | कोशी प्रदेश खेलकुद विकास बोर्डले तेह्रथुम जिल्लामा रहेको खेलकुद संरचना तथा बोर्ड मातहतको कार्यालयको अनुगमन तथा निरीक्षण गरेको छ।कोशी प्रदेशका विभिन्न जिल्लामा रहेको खेलकुद संरचनाको अभिलेखनको तयारी गरिरहेको बोर्डले आज तेह्रथुम पुगेर जिल्ला स्थित संरचनाको अनुगम तथा निरीक्षण गरेको हो।बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) को नेतृत्वमा रहेको टोलीले जिल्लामा रहेको फुटबल मैदान र रंगशाला , निर्माणाधीन कभर्ड हल तथा जिल्ला खेलकुद विकास समितिको निर्माणाधीन कार्यालयको अनुगम तथा निरीक्षण गरेको खेलकुद विकास बोर्डका कार्यालयका अधिकृत कालिदास भट्टराईले जानकारी दिनु भयो।त्यस्तै , जिल्ला खेलकु

    • प्रकाशित मितिः पुस १७, २०८१
    • २९६ पटक पढिएको
  • भोजपुरमा ग्रामीण सडक विस्तारसँगै कृषि उपजको बजारीकरण सहज

     इटहरी । भोजपुरमा ग्रामीण भेगसम्म सडक विस्तार भएपछि स्थानीय उत्पादनको बजारीकरण सहज भएको छ । बजार विस्तारसँगै कृषि उपज बेचेर स्थानीय किसान आर्थिक रुपमा सक्षम बनेका छन् । सदरमुकामको देउराली चोकबाट चखेवाभञ्याङसम्मको ४२ किलोमिटर सडक कालोपत्र भएको छ । यो सडकबाट खोटाङ हुँदै काठमाण्डौ जोडिन्छ । स्थानीय बजारमा नबिकेका उत्पादन किसानले काठमाण्डौबाहेक पूर्वी भेगका धरान, विराटनगरलगायत शहरमा पनि बेच्दै आएका छन् । केही व्यापारी धान,मकैलगायतका किन्न गाउँघरमा  नै पुग्ने गरेका टेम्केमैयुङ–५ का किसान सन्तोष विष्टले बताउनुभयो । यसैबीच जिल्लाको पूर्वी क्षेत्रबाट तराईका जिल्लासँग जोड्ने भोजपुर र धनकुटाको

    • प्रकाशित मितिः पुस १७, २०८१
    • २४७ पटक पढिएको
  • चार हजार बढी विद्यार्थीको मुटु परीक्षण

    इटहरी । ताप्लेजुङमा चार हजार बढी विद्यार्थीको मुटु परीक्षण गरिएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाभित्रका विद्यार्थीको मुटु परीक्षण गरिएको हो । प्रतिष्ठानले मङ्गलबार एकदिने शिविर आयोजना गरी फुङ्लिङका विद्यालयमा अध्ययनरत विद्यार्थीको मुटु परीक्षण गरेको हो । प्रतिष्ठानको ताप्लेजुङ शाखाका सभापति इन्द्र बहादुर गुरुङ फुङ्लिङ नगरपालिकाभित्रका ३९ वटा विद्यालयमा अध्ययनरत चार हजार २४७ जना विद्यार्थीको मुटु परीक्षण गरिएको छ । शिविरमार्फत मुटु परीक्षण गरिएका कुल सङ््ख्यामध्ये ३३ जनामा मुटुको समस्या भेलिएको छ । जसमा मुटुसम्बन्धी गम्भीर समस्या भएका १० जना विद्यार्थीको श

    • प्रकाशित मितिः पुस १७, २०८१
    • १२४ पटक पढिएको
  • कोशीमा जंगली हात्तीको आतंक, मानवीय क्षति बढ्दो

    इटहरी । जिल्लाको सुन्दरहरैँचा–५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्दै आएका थिए। वनबाट दाउरा काटेर घर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख कृष्ण खत्रीले जानकारी दिए। वनमा दाउरा काट्न गएकी लिम्बू साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा जंगलमा मृत फेला परेकी उनले बताए। नमूना सामुदायिक वनमा एक दर्जनभन्दा बढी जंगली हात्ती रहेको जनाउँदै स्थानीय रातभर त्रासमा बस्ने बाध्यता रहेको सुन्दरहरैँचा–५ का वडाध्यक्ष गणेश चौधरीले बताए। उनले हात्तीको त्रास

    • प्रकाशित मितिः पुस १७, २०८१
    • ३१५ पटक पढिएको
  • वैदेशिक रोजगारबाट फर्केका मिलन थापा, बोल्न नसक्ने भए आर्थिक अवस्था नाजुक

    सुनसरी | संखुवासभाको मादी नगरपालिका २, पुर्खेउलि निवासी ड्रिल्ली मान थापाका छोरा मिलन थापा, केही समय अघि मात्रै वैदेशिक रोजगारबाट फर्केका थिए, अचानक बोल्न नसक्ने भए् । २९ वर्षीय मिलन मंसिर १४ गते राति सामान्य रूपमा सुतेका थिए तर विहान उठ्दा बोल्न सकेन्न । परिवारका अनुसार, बोलि नआए पछि मिलनको स्वास्थ्य समस्या सुरूमा घरमा नै धामी झाँक्रीको उपचारबाट समाधान गर्न खोजिएको थियो, तर थापाको अवस्था अझै नाजुक देखिदै आयो । बोल्न नसक्ने समस्याले परिवारलाई चिन्तित पारेपछि उनलाई अस्पताल पुर्याइएको थियो । अस्पतालमा परीक्षण गर्दा थापालाई टाउको सँग सम्बन्धित गम्भीर समस्या रहेको पत्ता लाग्यो । उक्त समस्याबाट मुक

    • प्रकाशित मितिः पुस १६, २०८१
    • १,३७६ पटक पढिएको
  • सुन्दरहरैँचामा सामुदायिक वनभित्र महिलाको शव फेला, हात्ती आक्रमणबाट मृत्यु

    सुनसरी | मोरङको सुन्दरहरैँचामा सामुदायिक वनभित्र महिलाको शव फेला परेको छ ।घटनाको प्रकृति हेर्दा हात्ती आक्रमणबाट मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुन्दरहरैँचा नगरपालिका ५ स्थित नमुना सामुदायिक वनमा गुरुङ टोल बस्ने ६० वर्षीया चन्द्रकुमारी लिम्बूको शव फेला परेको हो ।‘सामुदायिक वनमा घाँस, दाउरा काट्न गएको र घर नफर्किएको सूचना आएपछि प्रहरी र स्थानीयबासीले खोजी गरिएको थियो। उनका अनुसार मृतक महिला सोमबारदेखि घर नआएपछि खोजी कार्य जारी राखिएको थियो ।शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । ‘घटनाको प्रकृति हेर्दा हात

    • प्रकाशित मितिः पुस १६, २०८१
    • २२१ पटक पढिएको
  • क्लिङ्कर नहुँदा सिमेन्ट उद्योग बन्द

    इटहरी  । कोशी प्रदेशका १३ सिमेन्ट उद्योग आफ्नै क्लिङ्कर नहुँदा सञ्चालन सङ्कटमा परेका छन् । कोशीका १५ सिमेन्ट उद्योगमध्ये १३ सिमेन्ट उद्योगसँग आफ्नै क्लिङ्कर उत्पादन छैन । धनकुटाको निगाले सिमेन्ट उद्योग र उदयपुरको उदयपुर सिमेन्ट उद्योगबाहेकले क्लिङ्कर ल्याएर ग्रान्डिङ गरेपछि उत्पादन गर्न सक्छन् । क्लिङ्कर खरिद गर्दा महँगो पर्ने भएपछि कुनै उद्योग बन्द भएका र कुनै बन्दका चरणमा पुगेका हुन् । कोशी प्रदेशको मोरङमा चार, झापामा आठ, सुनसरीमा एक, उदयपुरमा १ र धनकुटामा एउटा उद्योग सञ्चालनमा छन्, जसमध्ये मोरङको अल्ट्राटेक र अन्नपूर्ण सिमेन्टको उत्पादन बन्द छ । यसै गरी झापाका आठमध्ये तीन वटा उद्योग पू

    • प्रकाशित मितिः पुस १६, २०८१
    • २९६ पटक पढिएको
  • हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

    इटहरी । मोरङको सुन्दरहरैँचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।  सुन्दरहरैँचा – ५ का वडाध्यक्ष गणेश चौधरीका अनुसार चन्द्रकला सोमवार घाँस दाउराका लागि जङ्गल जानु भएको थियो । साँझसम्म घर नआउनु भएकी चन्द्रकलालाई मङ्गलबार बिहान ६ बजेतिर स्थानीयले खोल्सीको किनारमा मृत अवस्थामा भेटेका थिए ।  इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्ण खत्रीले लिम्बूको शव उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाउन लागिएको बताउनु भयो । यस अघि पुस ५ गते सोही नगरपालिकाको वडा नं। ७ कि ४० वर्षीय गङ्गामाया मगर९ श्रेष्ठ०को हात्तीको आक्रमणबाट मृत्यु भएको थियो 

    • प्रकाशित मितिः पुस १६, २०८१
    • २२५ पटक पढिएको
  • इटहरीमा बमजस्तो देखिने शंकास्पद वस्तु प्रेसर कुकर

    इटहरी । इटहरीमा भेटिएको शंकास्पद वस्तु प्रेसर कुकर रहेको पुष्टि भएको छ । इटहरी उपमहानगरअघि फेला परेको शंकास्पद वस्तु प्रेसर कुकर रहेको पुष्टि भएको हो । नेपाली सेनाको काली शक्ति गणबाट आएको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा प्रेसर कुकर फेला पारेको छ । उक्त कुकरभित्र राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा भेटिएको छ । इटहरी उपमहानगरपालिका कार्यालयको गेट नजिकै, सुनसरी र मोरङको सिमानामा पर्ने बूढी खोलाको पुल नजिकै र धरानको भोटे पुल नजिकै शंकास्पद बस्तु फेला परेको प्रहरीलाई सूचना आएको सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाले जानकारी दिए । उक्त घटनाबारे सुक्ष्म ढंगबाट अनुसन्धान सुरू गरिएको प्रहरीक

    • प्रकाशित मितिः पुस १६, २०८१
    • २७३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]