All Posts By कोशी प्रेस

    Showing ८,२११-८,२२० of १३,७२१ items.
  • मोरङको सुन्दरहरैँचामा ‘प्रथम थारु माघी महोत्सव(२०८१’ हुने

    इटहरी । मोरङको सुन्दरहरैँचामा ‘प्रथम थारु माघी महोत्सव(२०८१’ हुने भएको छ । माघी पर्वको अवसरमा सुन्दरहरैँचा ४ मा रहेको थारु सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा यहीँ माघ १ गतेदेखि ७ गते सम्म माघी महोत्सव हुने भएको हो । सुन्दरहरैँचा वडा नं ४ दुलारी स्थित हवेली टोलमा रहेको थारु सांस्कृतिक सङ्ग्रहालयको परिसरमा साताव्यापी महोत्सव हुने भएको हो । कृषि, उद्योग, व्यापार र पर्यटनको समृद्धि(सभ्यता पहिचान सहितको संस्कार र सस्कृती भन्ने मूल नाराको साथ महोत्सव गर्न लागिएको मङ्गलवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । माघी पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारु संस्कृतिको संरक्ष

    • प्रकाशित मितिः पुस २३, २०८१
    • २३० पटक पढिएको
  • भारतबाट अवैध औषधी ल्याउँदै गरेका दुई जना विराटनगरमा पक्राउ

    इटहरी । भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको औषधीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर १० सन्सारी माईस्थान नजिक भारतीय नम्बर प्लेट बीआर ३८ एएल ४६३९ नम्बरको सुपर स्पिलिण्डर मोटरसाइकल चेकजाँच गर्ने क्रममा बिना बिलबिजको औषधी सोमबार बरामद भएको थियो। अवैध रुपमा दुईलाख १८ हजार मूल्य बराबरको औषधी लिएर आएका विराटनगर १६ का किसन चौधरी र भारत अररियाका प्रविनकुमार सहानेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुले ल्याएको औषधी मोटरसाइकलसहित थप कारवाहीका लागि औषधी व्यवस्था विभागको कार्यालय विराटनर बुझाइएको जानकारी दिइएको छ।

    • प्रकाशित मितिः पुस २३, २०८१
    • १४८ पटक पढिएको
  • शर्टमा टाँक लगाएर मासिक ७० हजार कमाइ

    इटहरी । झापाको मेचीनगर नगरपालिका–११ का ४२ वर्षीय दीनानाथ खतिवडाले शर्टमा टाँक लगाउने व्यवसाय सञ्चालन गरी मासिक ७० हजार कमाइ गरिरहनुभएको छ । १० वर्ष मलेसियामा बसेर फर्कनुभएका खतिवडाले विदेशमा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गरी आयआर्जन मात्र नभई स्थानीय बासिन्दालाई रोजगारी पनि दिनुभएको छ । उहाँले तीन वर्षअघि पाँच लाख रुपैयाँको लगानीमा मेचीनगर–१० चाँदनी चोकमा शुरू गर्नुभएको व्यवसायमा स्थानीय क्षेत्रका गार्मेन्ट उद्योगमा उत्पादित कपडा ल्याउने गरिन्छ । गार्मेन्टमा तयार हुने शर्ट, कुर्ताहरूको टाँकघर बुन्ने र टाँक लगाउने काम गर्दै आएको खतिवडाले बताउनुभयो । सीप र पूँजी भए मान्छे भोकले नमर्ने तथा आफ्नै

    • प्रकाशित मितिः पुस २३, २०८१
    • १५२ पटक पढिएको
  • प्रदेश स्वास्थ्य सेवा ऐन बनाउन कोसी सरकारको गृहकार्य, प्राविधिक समिति सुझाव संकलनमा

    इटहरी । कोसी प्रदेश सरकारले स्वास्थ्य सेवाका कर्मचारीलाई सम्बोधन गर्ने गरी प्रदेश स्वास्थ्य सेवा ऐन ल्याउने अन्तिम तयारी गरेको छ। कोसी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले त्यसको काम थालिसकेको जनाएको छ। प्रदेश स्वास्थ्य सेवा ऐन निर्माण कोलागि प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सैद्धान्तिक सहमति दिएपछि स्वास्थ्य मन्त्रालयले त्यस बारेमा प्राविधिक समूह मार्फत काम भइरहेको  जनाएको छ। स्वास्थ्य सचिव डा राधिका थपलियाले ऐन निर्माण गर्ने बारेमा मन्त्रिपरिषद्‌बाट सैद्धान्तिक सहमति आएकोले अहिले समिति बनाएर काम भइरहेको जानकारी दिइन्। प्राविधिक समूहले १५ दिन भित्र  त्यस बारेमा राय सङ्कलनको लागि टो

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ३४२ पटक पढिएको
  • भारतका ४ राज्यमा देखियो एचएमपिभी , ८ जना सङ्क्रमित

    काठमाडौं । भारतमा एचएमपी भाइरस सङ्क्रमितको सङ्ख्या ८ पुगेको छ । मंगलबार, महाराष्ट्रको नागपुरमा २ सङ्क्रमित फेला परेका छन् । यहाँ १३ वर्षीय बालिका र ७ वर्षीय बालकमा सङ्क्रमण देखिएको छ । दुवै जनालाई लगातार रुघाखोकी र ज्वरो आइरहेको थियो । त्यसपछि निजी प्रयोगशालामा परीक्षण गर्दा दुवैको रिपोर्ट पोजेटिभ आयो । यिनीहरूलाई अस्पताल भर्ना चाहिँ गर्नु नपरेको र स्थिति नियन्त्रणमा रहेको बताइएको छ । एक दिनअघि कर्नाटक र तमिलनाडुमा २ र २ जना, पश्चिम बंगाल र गुजरातमा १र१ जना गरी ६ जनामा ​​भाइरसको सङ्क्रमण देखिएको थियो । तीमध्ये अधिकांश बालबालिका छन् । केन्द्रले राज्यहरूलाई इन्फ्लुएन्जा जस्तै रोग र एक्यूट रेस्पर

    • प्रकाशित मितिः पुस २३, २०८१
    • १,२३६ पटक पढिएको
  • खोटाको हलेसी तुवाचुङ नगरपालिका द्धारा १२ कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध

    इटहरी । खोटाको  हलेसी तुवाचुङ नगरपालिकाले १२ कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराएको छ । नगरपालिकाको ६० तथा कृषक समूहको ४० प्रतिशत लागत साझेदारीमा प्रतिगोटा रु ६९ हजारका दरले खरिद गरिएको हातेट्रयाक्टर नगरभित्रका विभिन्न १२ कृषक समूहलाई उपलब्ध गराइएको हो । प्रविधिमैत्री कृषि प्रणाली लागू गर्ने नगरपालिकाको योजनासहित कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराइएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । नगर प्रवक्ता गिरीका अनुसार वडा नं १ बाहुनीडाँडामा एक, वडा नं ४ बडहरेमा एक, वडा नं ५ दुर्छिममा एक, वडा नं ७ महादेवस्थानमा एक, वडा नं ८ धितुङमा एक, वडा नं ९ स

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ३९७ पटक पढिएको
  • प्रसिद्ध धार्मिक स्थल दुधकुण्ड पोखरी जाने पदमार्ग निर्माण भएपछि आवतजावतमा सहज

    इटहरी । नुम्बुर हिमालको काखमा रहेको प्रसिद्ध धार्मिक स्थल दुधकुण्ड पोखरी जाने पदमार्ग निर्माण भएपछि आवतजावतमा सहज हुन थालेको छ । सोलुदुधकण्ड नगरपालिका–१ मा पर्ने प्रसिद्ध धार्मिक पर्यटकीय स्थल दुधकुण्ड पोखरी क्षेत्रमा आवतजावत गर्ने पदमार्गको निर्माण कार्य सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा अघि बढ्दा यात्रा सहज बन्न थालेको छ । दुधकुण्ड पोखरीको व्यवस्थापनमा पछिल्लो समय नगरपालिकाले चासोका साथ पदमार्ग निर्माण गर्न थालेको छ ।  दुधकुण्ड पोखरी क्षेत्रमा सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा पर्यटकीय संरचनाहरू धमाधम निर्माण भइरहेको नग प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो । पदमार्ग निर्माणले स्वदेश

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ४२० पटक पढिएको
  • भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति

    इटहरी  । भूकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिनुभयो । ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पका कारण जिल्लाको देउसा, खरिखोला र खुम्बुको थामेमा एक एक घरमा क्षति पुगेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रको अनुगमन तथा क्षतिको विवरण सङ्कलन कार्य अघि बढाएको छ । मङ्गलबार बिहान ६ बजेर ५० मिनेटमा च

    • प्रकाशित मितिः पुस २३, २०८१
    • २०५ पटक पढिएको
  • मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जना पक्राउ

    इटहरी । मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २२ गते मोरङको पथरीशनिश्चरेनगरपालिका(१० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ बर्षीय रोशनबि।कलाई निषेधित औषधी ट्रमाडोल(३४० चक्की र स्पासपेन ३८०चक्की सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी प्रहरी चौकी तरहरासुनसरीले इटहरी उप(महानगरपालिका(२० का२१ बर्षीय मनिषखड्का र ३२ बर्षीय दिपेनथापामगरलाई ट्रामाडोल र स्पासमो ८०चक्की सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी पोष्ट बरगाछी मोरङबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ८ का १९ वर्षिय अभिषेकमंग्रान्तीलाई ट्रामाडोल १००क्यासप्सुल, प्रतिबन्धितऔ

    • प्रकाशित मितिः पुस २३, २०८१
    • १७८ पटक पढिएको
  • नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

    आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो । चाइनाका समाचार माध्यमहरूमा भने ६. ९ म्याग्निच्युडको भूकम्प गएको भनेर आएको छ । भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण स‌ंकलनको काम गरिरहेका छन् । भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नज

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ४६५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]