All Posts By कोशी प्रेस

    Showing ८,००१-८,०१० of १३,७१९ items.
  • पदमार्गमार्फत् ध्वजेडाँडा(खुवालुङ जोड्दै साँगुरीगढी

    इटहरी। धनकुटाको साँगुरीगढी गाउँपालिकाले ध्वजेडाँडा र खुवालुङ जोडेर पर्यटक प्रवर्द्धन गर्न पदमार्ग निर्माण सुरु गरेको छ । खुवालुङ किँरातहरुको सभ्यतासँग जोडिएको स्थान हो । त्यस्तै ध्वजेडाँडा पालिकाको सबैभन्दा अग्लो स्थान सहित महत्वपुर्ण पर्यटकिय गन्तब्य हो । अरुण, तमोर र सुनकोशी नदी मिसिने स्थान त्रवेणीमा रहेको खुवालुङलाई महाभारत पर्वत श्रृंखला अन्र्तगतका डाँडैडाँडा ध्वजेडाँडासँग जोड्न लागिएको हो । गाउँपालिकालाई दिर्घकालीन पर्यटकीय हवको रुपमा विकास गर्न पदमार्ग निर्माण गरिएको हो ।  गाउँपालिका भरिका १० वडामध्ये ५, ६, ७, ८, ९ र १० गरी ६ वडाहरुलाई पदमार्गले समेट्ने छ । ध्वजेडाँडा देखि त्रिवेणी

    • प्रकाशित मितिः माघ ७, २०८१
    • २०८ पटक पढिएको
  • कोशी प्रदेश प्रिमियर लिग फुटबल माघ अन्तिम सातादेखि

    इटहरी । धरानमा माघ २८ गतेदेखि कोशी प्रदेश लिग फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक कोशी प्रदेश फुटबल संघले सोमबार पत्रकार सम्मेलन गरी माघ २८ देखि फागुन ६ गतेसम्म कोशी प्रदेश प्रिमियर लिग गर्ने जानकारी गराएको हो । धरान रंगशालामा हुने प्रतियोगितामा कोशी प्रदेशका ११ जिल्लाका लिग च्याम्पियनहरूले सहभागिता जनाउने कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न कूल २५ लाख २५ हजार रुपैयाँ खर्च हुने जनाइएको छ । प्रदेश लिग च्याम्पियनले नगद २ लाख रुपैयाँ, उपविजेताले १ लाख ५० हजार रुपैयाँ र तेस्रो हुने टिमले १ लाख २५ हजार पाउने छन । प्रतियोगिताको लागि अखिल नेपाल फुटबल स

    • प्रकाशित मितिः माघ ७, २०८१
    • ३२७ पटक पढिएको
  • धरान एक्स्पोमा कृषि र पर्यटनका सम्भावना उजागर,व्यवसाय र प्रवर्द्धनमा नयाँ दृष्टिकोण

    इटहरी । धरान एक्स्पो–२०८१ अन्तर्गत आयोजित कृषि र पर्यटनसम्बन्धी दुई गोष्ठी सम्पन्न भएको छ । यी गोष्ठीहरूले स्थानीय उत्पादनलाई व्यवसायिक बनाउन, पर्यटन प्रवर्द्धनमा नयाँ दृष्टिकोण ल्याउन, र नवीनतम् प्रविधिहरूको प्रयोगबारे जानकारी दिन महत्त्वपूर्ण भूमिका खेलेका छन्। कृषि गोष्ठीमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले स्थानीय उत्पादनलाई बजारीकरण गर्ने र आधुनिक प्रविधिको प्रयोगले उत्पादनशीलता बढाउने उपायहरूबारे चर्चा गरे । कार्यशालामा कृषि विज्ञ विष्णुप्रसाद काफ्लेले धरान वडा ४, ५, ६ र २० लाई कृषि उत्पादनका सम्भावनायुक्त क्षेत्रका रूपमा चिनाउनुपर्ने बताए । उनले अदुवा, बेसार

    • प्रकाशित मितिः माघ ७, २०८१
    • १५३ पटक पढिएको
  • रामदेव रआचार्य बालकृष्ण विरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । भारतको एक अदालतले योगगुरु रामदेवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । रामदेव र उनका सहयोगी आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी भएको टेलिग्राफ इन्डियाले जनाएको छ ।रामदेवको पतञ्जलि आयुर्वेदिक कम्पनीले औषधिबारे भ्रामक विज्ञापन गरेको भन्दै उजुरी परेको थियो । सोही विषयमा रामदेव र बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।पालक्कड जिल्ला अदालतले यी दुईविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पतञ्जलिले औषधिबारे भ्रामक विज्ञापन गरेको भन्दै एक चिकित्सकले तीन वर्षअगाडि उजुरी दिएका थिए ।

    • प्रकाशित मितिः माघ ७, २०८१
    • २४७ पटक पढिएको
  • रेडस्टारमा सन्दीप क्षेत्रीको “जिवनको लागि हाँसो“ उत्प्रेरणात्मक कार्यक्रम

    इटहरी । नेपालका पहिलो स्ट्याण्ड– अप कमेडियनको रूपमा सुपरिचित हाँस्य कलाकार सन्दीप क्षेत्रीले पथरीको रेडस्टार स्कुल र ऋतम्भरा बहुमुखी क्याम्पसद्वारा आयोजित “जिवनको लागि हाँसो“ कार्यक्रम मार्फतआफ्नो बेजोड  प्रस्तुति दिएका छन्।  आईतबार शीन भिलेज पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कक्षा ११,१२ र बि.बि.एस.का विधार्थीहरुलाई उनले उत्प्रेरणा प्रदान गरेका थिए ।  विद्यार्थीहरूलाई करियर निर्माण सम्बन्धी बिशेष उत्प्रेरणा दिनुहुँदै उत्प्रेरक कलाकार क्षेत्रीले दृढ संकल्पका साथ निरन्तर अभ्यास लागिरहे मात्रै हरेक कुरामा सफलता प्राप्त हुने उत्प्रेरणा जगाएका थिए। कार्यक्रमको पहिलो सत्रमा इलाका प्

    • प्रकाशित मितिः माघ ७, २०८१
    • २०४ पटक पढिएको
  • झापामा बोलेरो र अटो ठोक्किदा एकको मृत्यु, तीनजना घाइते

    इटहरी । झापामा बोलेरो र अटो गाडी ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी  तीनजना घाइते भएका छन् । बुद्धशान्ति गाउँपालिका –४ चापेन चोकस्थित मेची राजमार्गमा चारआलीबाट इलामतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३८५१ नम्बरको बोलेरो गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००२ ह ३६३ नम्बरको अटो सोमबार बिहान १०स्४५ बजे  ठोक्किदा दुर्घटना भएको थियो । दुर्घटनामा परी अटोमा सवार बुद्धशान्ति– ४ का २१ वर्षीया कृतिका तामाङ, सोही ठाउँका २७ वर्षीया अमृता तामाङ, ४१ वर्षीया मञ्जु तामाङ र बोलेरो चालक मेचीनगर नगरपालिका– १२ का ४० वर्षीय दिलकुमार माझी घाइते भएका छन्। घाइतेहरूलाई सिटी अस्पताल बुधबारेम

    • प्रकाशित मितिः माघ ७, २०८१
    • २६० पटक पढिएको
  • भोजपुरमा बालिकाको ‘बलात्कार’, ४५ वर्षीय व्यक्ति पक्राउ

    इटहरी। भोजपुरमा बलात्कार आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–८, पात्लेपानीका ४५ वर्षीय भक्तबहादुर थापा छन् । १४ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार  दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । गएको भदौ १० गते राति ती बालिकाको बलात्कार गरिएको भन्ने उजुरीका आधारमा प्रहरीले थापालाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ७, २०८१
    • २४५ पटक पढिएको
  • ग्रामीण सडक व्यवस्थित नहुँदा यातायात जोखिमपूर्ण

    इटहरी । पहाडी क्षेत्रका ग्रामीण सडक ग्राभेलिङ तथा कालोपत्रे नहुँदा यातायात व्यवस्था जोखिमपूर्ण बन्दै गएको छ । विशेषगरी जिल्लाका चार गाउँपालिकाका विभिन्न क्षेत्रमा सञ्चालन हुने यातायात व्यवस्था जोखिमपूर्ण रहेको हो । रौतामाई गाउँपालिकाको मुर्कुची, पुवाँरे, डिल्लीबर माझखर्क सडक र लिम्चीङबुङ गाउँपालिकाको बासबोटे, माझखर्क, बलाम्ता र ताम्लिछा सडक ग्रामीण सडकको अवस्था नाजुक भएका कारण यातायात सञ्चालन समेत जोखिमपूर्ण भएको यातायात व्यवसायी एवं चालकहरूले गुनासो गर्दै आएका छन् ।  जिल्लाको उदयपुर गढी गाउँपालिकाको भलायाडाँडा तथा ताप्ली गाउँपालिकाको नुनथला पिपलभञ्ज्याङ, रूपाटार ठानागाउँ सडकखण्ड अहिलेसम्

    • प्रकाशित मितिः माघ ७, २०८१
    • २४३ पटक पढिएको
  • प्रेमिकाले बेवास्ता गरेपछिु आफ्नै शरीरमा पेट्रोल छर्किएर प्रेमीले लगाए आगो

    इटहरी । मोरङमा एक पुरुषले पेट्राल छर्किएर आफ्नै शरीरमा आगो लगाएका छन् । झापाको दकमका ४० वर्षीय विनोद थापाले आफ्नो शरीरमा आफैँले पेट्रोल छर्किएर आगो लगाएका हुन् । झापाबाट प्रेमिका भेट्न मोरङको उर्लाबारी पुगेका थापाले प्रेमिकाले बेवास्ता गर्न थालेपछि आगो लगाएको खुलेको प्रहरीले जनाएको छ । पेट्रोल छर्किएर आगो लगाएका विनोदको अवस्था सामान्य रहेको मोरङ प्रहरीका डीएसपी वेद जोशीले जानकारी दिए ।

    • प्रकाशित मितिः माघ ७, २०८१
    • १७२ पटक पढिएको
  • एमाले विराटनगर–२ का १८ जनाले दिए राजीनामा

    इटहरी। नेकपा ९एमाले०को विराटनगर महानगरपालिका–२ कमिटीका १८ जनाले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा वडा समितिका उपसंयोजक, उपसचिव र सदस्यहरू छन् । विराटनगरको मानगढ खानेपानी आयोजनाको निर्वाचनको सन्दर्भ जोड्दै राजीनामा दिएको जनाइएको छ । निर्वाचनमा स्थानीय कमिटीले राम घिमिरेलाई उमदेवारका रूपमा उठाएको थियो । तर, एमाले विराटनगर कमिटीका अध्यक्ष सागर थापासहितले ‘बागी’ उमेदवारलाई सहयोग गरेको भन्दै कारबाही गरेको थियो । थापाको कारबाहीको सिफारिस प्रदेश कमिटीले पनि अनुमोदन गरेको थियो । मतदानपछिको परिणामका विषयमा उच्च अदालत विराटनगरमा मुद्दा विचाराधीन छ । वडाका अधिकांश पार्टी सदस्यबीच छलफल र सल्लाह

    • प्रकाशित मितिः माघ ७, २०८१
    • २०८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]