All Posts By कोशी प्रेस

    Showing ७,९५१-७,९६० of १३,७१६ items.
  • भोजपुरको राउते खोलामा ४१ लाख बढीको लागतमा ट्रस पुल निर्माण, स्थानीयलाई ठूलो राहत

    भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं. ९, लेर्खकस्थित राउते खोलामा कुल ४१ लाख ३ हजार २ सय ५ रुपैयाँ २४ पैसाको लागतमा ट्रस पुल निर्माण गरिएको छ। पुल निर्माणपछि २५ सयभन्दा बढी उपभोक्ताहरू लाभान्वित भएका छन्। विशेषगरी, दैनिक आवतजावत, विद्यार्थीहरूको विद्यालय जाने मार्ग र किसानहरूले उत्पादनहरू बजारसम्म पुर्‍याउनमा ठूलो सहजता भएको छ।यो पुल कादुरी एग्रीकल्चरल एड एसोसियसन (ब्रिटिश गोर्खाज नेपाल) को आर्थिक सहयोगमा निर्माण गरिएको हो। २०७९ साल असार ७ गतेको अविरल वर्षाले पहिलाको पुल बगाएपछि स्थानीय बासिन्दाहरू लामो समयसम्म समस्यामा परेका थिए। खोलाको आवतजावतमा आउने कठिनाइले गर्दा विद्यालय जाने व

    • प्रकाशित मितिः माघ ११, २०८१
    • ३६४ पटक पढिएको
  • भारतको वेस्ट बंगाल ११ स्वर्ण,१६ रजत र १६ कास्य पदक सहित फर्किए इटहरीका बिध्यार्थी ( नाम लिस्ट सहित)

    इटहरी / खेलकुदको क्षेत्रमा अहिलेका बालबालिकाको रोजाइमा पर्ने खेल मध्ये कराते पनि अग्रपंतिमा आउँछ।भर्खरै सम्पन्न भएको" TRI international open karaate championship _2025" मा नेपालको प्रतिनधित्व गर्दै ३२ जना बालबालिका भारतको वेस्ट बंगाल पुगेका थिए।CB स्कूल इटहरी,DVM स्कूल इटहरी,प्रभात किरण बोर्डिङ स्कूल सलकपुर,थर्ड आई पब्लिक स्कूल दुहवी ,इटहरी मोडेल स्कूल इटहरी  र इटहरी कराते एकेडेमी का विद्यार्थीले वेस्ट बंगाल इंडिया को राजबरी नेता जी इन्डोर स्टेडियममा आफ्नो खेल प्रस्तुत गरेर ११ स्वर्ण,१६ रजत र १६ कास्य पदक आफ्नो पोल्टामा राखेर फर्किएका छन्।बालबालिकाहरुको खेल प्रतिको रुचि ,क्षमता विकास तथा

    • प्रकाशित मितिः माघ १०, २०८१
    • ३६४ पटक पढिएको
  • इटहरीमा वि वाइ डि स्वरुमले इलोक्टोनिक गाडीको एक्सचेञ्ज मेला

    इटहरी | इटहरीमा सञ्चालनमा रहेको वि वाइ डि स्वरुमले इलोक्टोनिक गाडीको एक्सचेञ्ज मेला आयोजना गरिरहेको छ ।स्वरुमले माघ ९ गतेदेखि १२ गते सम्म इटहरीको पश्चिमी लाइन राजस्व ढाटको छेउमा आयोजना गरिएको हो । पुरानो गाडि एक्सचेञ्ज गरि ग्राहकहरूलाई नयाँ गाडी खरिद गर्ने उद्देश्यले मेला लगाएको हो । मेलामा ग्राहकहरूले आफ्ना पुराना गाडीको उचित मूल्याङ्कन गराई नयाँ गाडी किन्न सक्नेछन् । कम्पनिले एक्सचेञ्ज प्रक्रियालाई छरितो र सरल बनाउने व्यवस्था मिलाइएको छ भने मेलाको मुख्य आकर्षण भनेकै पुराना गाडीलाई प्रतिस्थापन गरी नयाँ इलेक्ट्रिक गाडीमा लगानी गर्न प्रेरित गर्ने वि वाइ डि स्वरुम इटहरीका म्यानेजर सुजन शर्म

    • प्रकाशित मितिः माघ १०, २०८१
    • ३१४ पटक पढिएको
  • अनुगमन समितिद्वारा मेयर कोइरालालाई बुझायो प्रतिवेदन ,अधिकांश रात्रीकालीन व्यवसाय मापदण्डविपरीत सञ्चालन

    इटहरी । रात्रीकालीन समयमा सञ्चालन हुने होटल, गीत–गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ । अनुमनगका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, राजस्व महाशाखाका प्रमुख सरोज गौतमलगायतको उपस्थतिमा मेयर कोइरालालाई समितिले प्रतिवेदन बुझाएको हो । रात्रीकालीन होटल, गीतगजल, दोहोरीसाँझ र रेष्टुरेन्टले विकृति सिर्जना गर्नुका साथै ध्वनि प्रदूषण बढेको भन्दै गुनासो आएपछि महानगरले अनुगमन समित

    • प्रकाशित मितिः माघ १०, २०८१
    • २६५ पटक पढिएको
  • काठमाडौँको वायु प्रदूषण उच्च तहमा

    काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको छ ।  आज बिहान ११ः३० बजे उपत्यकाका तीन स्थानको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ ९एक्यूआई० १५० भन्दा माथि पुगेको वातावरण विभागले जनाएको छ । शखपार्क क्षेत्रमा एक्यूआई १८३ पुगेको छ। त्यहाँको पीएम ९पर्टिकुलेट म्याटर० २।५ को मात्रा बढेर ११२।८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको भनाइ छ। काठमाडौँको रत्नपर्क र ललितपुरको खुमलटारमा वायु प्रदूषणको तह क्रमशः १७१ र १५७ एक्यूआई छ। काठमाडौंमा आज साँझ ६ बजेसम्मै वायु प्रदूषण बढ्ने विभागको पूर्वानुमान छ । साँझ ८ बजे काठमाडौंमा पीएम २।५ को औसत मात्रा ८४।२८३ पुग्न सक्ने पूर्वानुमान गरिएको

    • प्रकाशित मितिः माघ १०, २०८१
    • २१२ पटक पढिएको
  • हिमोफिलियाका बिरामीलाई चाहिने महँगो औषधि अब निःशुल्क उपलब्ध हुने

    काठमाडौं । रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीले अबदेखि निःशुल्क औषधि पाउने भएका छन् । निकै महँगो औषधि आवश्यक पर्ने रोगको उपचारका लागि बिरामीहरूले सरकारसँग आग्रह गर्दै आएका थिए । जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस औषधिका लागि राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघमार्फत प्राप्त गर्ने मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा। कृष्ण पौडेलले

    • प्रकाशित मितिः माघ १०, २०८१
    • ४५५ पटक पढिएको
  • वराहक्षेत्र मन्दिर बाढी र कटानको उच्च जोखिममा, संरक्षणका लागि पहल जारी

    इटहरी। धर्तीकै पहिलो तीर्थ वराहक्षेत्र मन्दिरपरिसर क्षेत्र र बस्ती सप्तकोशी नदीको बाढी र कटानको जोखिममा पर्दै आएको छ । हरेक वर्ष सप्तकोशी नदीमा आउने बाढीसँगै मन्दिर क्षेत्र र जोडिएको बस्ती जोखिममा पर्ने गर्छ । वराहक्षेत्र नगरपालिका–१ मा रहेको मन्दिर सप्तकोशी र कोकाह नदीको सङ्गमबाट करिब तीन सय फिटमाथि रहेको छ । प्रत्येक वर्ष आउने बाढीले पूर्वी किनारमा धक्का दिँदै आएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रविकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गत असोजमा आएको बाढीले मन्दिरपरिसर क्षेत्रमा रहेको वराह श्राद्धस्थल, गणेश मन्दिर, शनि मन्दिर, साकेला पार्क र शौचालयमा बाढीले क्षति प

    • प्रकाशित मितिः माघ १०, २०८१
    • २९५ पटक पढिएको
  • मेची राजमार्ग बन्द हुने चिन्ता: वैकल्पिक मार्गको अभावले इलामवासी चिन्तित

    इटहरी । इलाम, पाँचथर र ताप्लेजुुङ जोड्ने मुख्य राजमार्ग मेची राजमार्गमा वैशाख लागेपछि यातायात बन्द हुुने चिन्ता आमनागरिकमा बढेको छ । मेची राजमार्ग अन्तर्गत पर्ने इलामको माईखोला राजदुवालीमाथिको सडकखण्डमा समान्य वर्षा हुनासाथ यातायात बन्द हुने अवस्थाले चिन्ता बढाएको हो । अहिले दैनिक जसो इलाम सदरमुुकाममा हुने सभा, सम्मेलन र स्थानीय सरकारका विषयगत समितिमा मेची राजमार्गका विषयमा आवाज उठ्ने गरेको छ । इलाम नगरपालिकाले  पनि पत्रकार भेटघाट गरी राजमार्गको बिग्रिएको खण्ड र वैकल्पिक मार्गका विषयमा छलफल गरेको छ । इलाम नगरपालिकाका प्रमुख केदार थापाले आउँदो वैशाखदेखि मेची राजमार्ग बन्द हुने निश्चित भएको

    • प्रकाशित मितिः माघ १०, २०८१
    • १९० पटक पढिएको
  • धनकुटामा ७३ वर्षीया वृद्धा दिउँसै लुटिइन्, सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठ्यो

    इटहरी । भत्ता लिएर घर फर्कँदै गर्नुभएकी ७३ वर्षीया रत्नमाया धनकुटा बजारमा दिउँसै लुटिनुभएको छ । उहाँले बोक्नु भएको करिब एक लाख पचास हजार रुपियाँ नगद धनकुटाको हुलाक टोलस्थित जिल्ला अस्पतालको अगाडि बुधवार दिउँसो करिब १२ बजे अज्ञात समूहले लुटपाट गरेको छ । धनकुटाको मुख्य बजारमा वृद्ध लुटिँदासमेत प्रहरीले यस विषयमा चासो दिन सकेको छैन । सुरक्षा व्यवस्थामा प्रश्न उठेको भन्दै तत्काल खोजी कार्य गरी दोषी माथि कारबाही गर्न स्थानीयहरूले माग गरेका छन् । डिउटीमा खटिएका प्रहरी चोकचोकमा नभएर मोबाइल र अन्य क्षेत्रमै व्यस्त हुने गरेको आरोप स्थानीयको छ ।  भत्ता लिएर फर्केको कसरी जानकारी पायो यो गम्भीर विषय

    • प्रकाशित मितिः माघ १०, २०८१
    • २२६ पटक पढिएको
  • सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउन जुट्यो, वैशाखमा कञ्चनजङ्घा पर्यटन महोत्सवको तयारी

    इटहरी। दिन प्रतिदिन जलवायु परिर्वतनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व सङ्कटमा पर्दै जान थालेपछि सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ । कञ्चनजङ्घा आधार शिविरमा पर्यटन महोत्सवमार्फत सरोकार भएका निकायबीच जलवायु परिवर्तनले पुर्‍याएको असर र न्यूनीकरण गर्ने सम्बन्धमा छलफल गरी हिमाल जोगाउने अभियान सञ्चालन गरिने पालिकाले जनाएको हो । सिरिजङ्घा गाउँपालिकाका प्रवक्ता बमप्रसाद गौतमका अनुसार महोत्सवमा सरोकार भएका निकायका प्रतिनिधिसँग हिमताल, हिमनदी र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावका विषयमा अध्ययन, अवलोकन गरी अनुसन्धानमार्फत समस्या समाधानका विषयमा छलफल हुनेछ । ग

    • प्रकाशित मितिः माघ १०, २०८१
    • १७७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]