इटहरी । हलेसी तुवाचुङ नगरपालिकाले गत असोज १२ गते सुनकोशीमा आएको भीषण बाढीले किसानका खेतमा थुपारेको गेगर पन्छाउन सहयोग सुरु गरेको छ । बाढीले थुपारेको बालुवा, गिट्टी र ढुङ्गा हटाएर पुनः खेती गर्न योग्य जमिन बनाउन नगरपालिकाले किसानलाई सहयोग गरेको हो ।सुनकोशीमा आएको भीषण बाढीले हलेसी तुवाचुङ नगरपालिकाको वडा नं २ डिकुवा, वडा नं ८ धितुङ र वडा नं ११ राजापानीका करिब एक सय ५० घरका स्थानीय किसानको करिब दुई सय ५० रोपनीभन्दा बढी खेत खण्डहर बनाएको छ । धितुङ र राजापानीको सिमानामा पर्ने भाडबेँसीका मात्रै ६० घर किसानको एक सय ५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाढीले ल्याएको गेगरले पुरिएको स्थानीयले बताएका
इटहरी। हिउँ चितुवा संरक्षणका लागि विद्यालयस्तरबाटै थालिएको पहल प्रभावकारी भएको छ । ‘स्नो लेपर्ड कन्सर्भेन्सी’ टेका समूह नेपालको आर्थिक तथा प्रविधिक सहयोग र हिमाली संरक्षण मञ्चको सहजीकरणमा हिउँ चितुवा संरक्षण अभियान सुरु गरिएको छ । विसं२०७८ देखि जिल्लाका विभिन्न विद्यालयमा हिउँ चितुवा संरक्षणसम्बन्धी शिक्षा प्रदान गर्न थालिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । उहाँका अनुसार हाल जिल्लामा ‘हिउँ चितुवा संरक्षण शिक्षा सन्दर्भ’ पाठ्यपुस्तक भाग–१, २, र ३ का माध्यमबाट अध्ययन हुँदैछ । हिमाली क्षेत्रका विद्यालयमा हिउँ चितुवाका विषयमा अध्ययन हुँदै आएको
इटहरी। पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् । आन्दोलनकारीतर्फ दुई व्यक्ति घाइते भएको बताइएको छ । आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीसँग लुकाइएको हतियार रहेको सूचना पाएपछि खोज
विराटनगर : विराटनगरमा शनिबारदेखि विराट एक्स्पो २०२५ सुरू भएको छ । उद्योग संगठन मोरङले एक्स्पोको आठौं संस्करण आयोजना गरेको हो । एक्स्पो माघ २० गतेसम्म चल्नेछ । एक्स्पोको उद्घाटन संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका छन् । उद्घाटन समारोहमा उनले एक्स्पोले अर्थतन्त्रलाई चलयमान बनाउने विश्वास व्यक्त गरे । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतसँग सिमाना जोडिएको नेपालको सीमावर्ती क्षेत्रको बजारलाई गुलजार बनाउन संघीय सरकारले नीति निर्माण गर्नुपर्ने बताए ।उद्योग संगठन मोरङका उपाध्यक्ष एवं विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालका अनुसार नेपाल, भारत, बंगलादेश र प
इटहरी / व्यक्तिगत स्वभावमा नम्र देखिने इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीता चौधरीको शुक्रबार आक्रोशित भिडियो सार्वजनिक भयो । उपमहानगरको प्रशासन शाखा प्रमुख संजिव खड्कामाथि उपप्रमुख चौधरीले आक्रामक ढङ्गले प्रस्तुत भएकी थिइन् ।शान्त स्वभावमा देखिने उपप्रमुख चौधरी आक्रामक रूपमा उत्रिएको कारण भने उपमहानगरभित्रका वडा कार्यालयहरूको नियमित काम-कारबाहीको सर्भर बन्द गरेको विषय थियो । एमालेले जितेका वडाका वडा कार्यालयहरूमा 'सर्भर डाउन' गरिदिएको भन्दै उपप्रमुख चौधरीसहितका वडाध्यक्षहरू प्रशासन शाखा प्रमुख खड्कामाथि आक्रामक बनेका हुन् ।एमालेबाट वडाध्यक्ष निर्वाचित भएका वडा कार्यालयहरूको सर्भर बन्द
इटहरी | इटहरीस्थित जनता माध्यमिक विद्यालयको स्थापना दिवसमा पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकी छिन् । शनिबार जनता माध्यमिक विद्यालयकोपत्रकार सम्मेलन गरी आउँदो माघ १५ गते मंगलबार हुने विद्यालयको ६८ औं स्थापना दिवस तथा अभिभावक भेलामा भण्डारी आउन लागेकी जानकारी गराइएको हो । उनले नव निर्मित १२ कोठे भवनको उद्घाटनसमेत गर्नेछिन् ।राष्ट्रपति भण्डारीले भवन उद्घाटन गर्नुका साथै अविभावकहरुलाई सम्बोधन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए । इटहरीको पुरानो विद्यालयमध्ये एक रहेको जनता माविले पछिल्लो समय भौतिक पुर्वाधार थप गर्दै विद्यालयको अवस्थालाई
इटहरी । जिल्ला अस्पताल सुनसरी इनरुवामा वृहत आँखा शिविरको आयोजना गरिएको छ । इनरुवा नगरपालिकाको कार्यालय र इनरुवा अस्पतालको समन्वयमा ईनर ह्रवील क्लब अफ पाटनले आइतबार एक दिने निःशुल्क आँखा शिविरको आयोजना गरेको हो । माट्रिका आँखा केन्द्र पुरानो बानेश्वरको प्राविधिक सहयोगमा आयोजित आँखा शिविरमा ३ सय बढीले आँखा जाँच गराएको आयोजकले जनाएको छ । शिविरमा आँखा जाँच गराएका बिरामी मध्येबाट मोतिविन्दु भएकाहरुको इनरुवामै निःशुल्क शल्यक्रियाको समेत बन्दोवस्ती मिलाइएको छ । आयोजक ईनर ह्रवीलकी अध्यक्ष बिजय लक्ष्मी शाक्यले शिविरमा बढीभन्दा बढी बिरामीको आँखा जाँच गर्ने लक्ष्य रहेको बताउनुभयो । सामाजिक क्षेत्रमा काय
इटहरी । इलामको चुलाचुली गाउँपालिका –५ की रुमा राईको आर्थिक अवस्था दयनीय छ । बिहान बेलुकाको छाक टार्न धौधौ पर्ने रुमा सुत्केरी हुँदा वडाध्यक्षसहित स्थानीयले उहाँलाई घरमै भाले कुखुरा उपहार दिनुभएको छ । चुलाचुली –५ का वडाध्यक्ष बविन राई सहितका जनप्रतिनिधीले भाले, घिउ र हर्लिक्स बोकेर घरमा आएको उहाँले बताउनुभयो । घरमै पोसीलो खानेकुरा पाउँदा खुशी लागेको रुमाले बताउनुभयो । रुमा मात्र होइन, चुलाचुली –५ चपेटीका धनकुमारी राईको कथा पनि उस्तै छ । सामान्य परिवारका धनकुमारी सुत्केरी भएको बेला जनप्रतिनिधिको समूह घरमै पुगेर पोसिलो खानेकुरा दिँदा उहाँलाई पनि सरकार साथमै रहेको महसुस भएको बताउनुभयो
इटहरी । प्रहरी सेवामा कमजोर पहुँच भएका, जोखिममा परेका र अल्पसंख्यक समुदायलाई प्रहरीले मोरङको रंगेली नगरपालिका–२ मा न्यानो कपडा वितरण गरेको छ । केही दिनयताको शीतलहरले जनजीवन प्रभावित भइरहेका बेला जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रंगेली मंगलबारे टोल विकास समितिको सक्रियतामा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार रंगेली–२ स्थित महेन्द्र माध्यमिक विद्यालय परिसरमा शुक्रबार कपडा वितरण गरिएको हो । चिसोको समयमा आर्थिक अवस्था कमजोर भएर कपडा किन्न नसकेकाहरुले प्रहरीको सहयोगबाट केही राहत महसुस गरेका छन् । कोशी प
इटहरी । इलाम नगरपालिकाले हिउँदे सभाको अवसर पारेर विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको छ । शुक्रबार नगरसभाको १६ औँ अधिवेशन पारेर विभिन्न क्षेत्रमा गरेर ४४ जनालाई सम्मान गरेको हो । पत्रकारिता क्षेत्रमा कलम चलाउने विजय शेखर भट्टराई र गणेश घिमिरेलाई सम्मान गरेको छ । भट्टराई नेपाल टेलिभिजन तथा घिमिरे रेडियो नेपाल वाणी एफएमका समाचार संयोजक हुन् । खेलकुद विधामा हेडबल तर्फ हिमाल राज दहाल, फुटबल तर्फ विनोद श्रेष्ठ, मार्सल आर्ट तर्फ विजय ताम्राकार, तेक्वान्दो तर्फ कुमारी राईलाई सम्मान गरेको छ । त्यस्तै नगरको उत्कृष्ट करदाताको रुपमा रोहित वैधल उत्कृष्ट कृषक चिया उद्यमी शरद सुब्बालाई सम्मान गरे
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.