भोजपुर – भोजपुरको पौवादुङ गाउँपालिका वडा नम्बर ५ मा रहेका सम्पूर्ण विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा (ट्रयाक सुट) वितरण गरिने भएको छ। वडाअध्यक्ष बोम प्रसाद राईको विशेष पहलमा सुरु गरिएको यो कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउने उद्देश्य राखेको छ।यसै क्रममा, आइतबार वडा नम्बर ५ मा रहेको सानोदुम्मा माध्यमिक विद्यालयमा अध्ययनरत एक सय सत्तरी (१७०) जना विद्यार्थीहरूलाई ट्रयाक सुट वितरण गरिएको छ। वडाअध्यक्ष राईका अनुसार, वडा कार्यालयको समन्वयमा वडाभित्र रहेका सबै विद्यालयका विद्यार्थीहरूलाई न्यानो पोसाक उपलब्ध गराउने योजना बनाइएको छ।यस योजनाअन्तर्गत गत शुक्रबार जाल्पा प्राथमिक
इटहरी | इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा सिंहदेवी फुटबल क्लब धनकुटाले रोमाञ्चक जित दर्ता गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न खेलमा धनकुटाले गाइघाट फुटबल क्लब उदयपुरलाई ३–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।खेलको सुरुवातदेखि नै दुवै टिम आक्रामक देखिए पनि पहिलो गोल उदयपुरका अमन लामाले खेलको ६ औं मिनेटमा गरे। उनले विपक्षी रक्षापंक्तिलाई छक्याउँदै उत्कृष्ट फिनिस गरेका थिए। प्रारम्भिक गोल खाएपछि धनकुटाले दबाब बढायो र खेलमा फर्किन लगातार अवसर सिर्जना गरिरह्यो। त्यसै क्रममा खेलको ३३ औं मिनेटमा शि
इटहरी | मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ मा रहेको साजीलाल माध्यमिक विद्यालयमा अक्षयकोष छात्रवृत्ति वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाको अध्यक्षता तथा मोरङ शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख जीवन गड्तौला प्रमुख अतिथि रहेका थिए।विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई अक्षयकोषबाट ८० भन्दा बढी विद्यार्थीलाई २ लाख ९० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको थियो। त्यसैगरी विद्यालयको कोषबाट ३५ भन्दा बढी विद्यार्थीलाई ६० हजार ५ सय रुपैयाँ छात्रवृत्ति वितरण ग
इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका ७ स्थितबाट प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा दमक नगरपालिका ३ का निखिल विश्वकर्मालाई ट्रमाडोल र स्पास्पेन गरी जम्मा २३९ क्यप्सुलसहित पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी। अस्ट्रेलियाका चित्रकारले दिक्तेलमा विद्यार्थीलाई निःशुल्क चित्र कोर्न सिकाउन सुरु गर्नुभएको छ । तीन महिनासम्म निःशुल्क विद्यार्थीलाई चित्र बनाउन सिकाउन आउनुभएका अस्ट्रेलियाका वरिष्ठ चित्रकार रे मार्सदेनले दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा निःशुल्क पढाउन सुरु गर्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अघिल्लो वर्ष आयोजना गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीमा भाग लिन आउनुभएका कलाकार मिस्टर रे अहिले विद्यार्थीलाई चित्र बनाउन सिकाउन आइपुग्नुभएको हो । दिक्तेल वरिपरिका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका ३५ जना विद्यार्थी चित्रकला कक्षामा सहभागी
इटहरी । मोरङको कानेपोखरी ७ मा अस्थायी बसोवास गर्दै आउनु भएका ४६ वर्षीय कुलबहादुर गिरीको पोखरीमा डुबेर मृत्यु भएको छ । शनिबार दिउँसो कानेपोखरी ७ को कानेपोखरीमा गिरीको पोखरीमा डुबेर मृत्युु भएको हो । अस्थायी प्रहरी चौकी कानेपोखरीका ईन्चार्ज सहायक प्रहरी निरीक्षक राजेश श्रेष्ठका अनुसार पोखरी क्षेत्रमा वनभोज खान पुगेका मानिसहरूले डुबेको देखेपछि तत्काल कानेपोखरी गाउँपालिकाको नगरप्रहरीलाई खबर गरेका थिए । तर नगर प्रहरीले गहिरो पोखरीमा डुबेका गिरीलाई उद्धार गर्न नसकेपछि सशस्त्र प्रहरी पकलीको गोताखोर टिमलाई खबर गरिएको थियो । गोताखोर समूहले उद्धार गर्दा गिरीको मृत्यु इसकेको थियो । संखुवासभाको पाँचखपन नग
इटहरी। ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलिय राजनीतिक पार्टीहरुले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ । मुकुम्लुङ अन्तरदलिय राजनीतिक पार्टीले माघ २० र २१ गते अरुणपूर्व नौ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा० बन्दको आह्वान गरेको छ । बन्दका कारण कोशी पहाडका जिल्लामा सवारी साधन ठप्प बनेका छन् । कोशी राजमार्ग धरानबाट धनकुटा हुँदै तेह्रथुम र संखुवासभा जाने तथा पहाडी क्षेत्रबाट तराई जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन् । त्यस्तै, तमोर करीडोर ठप्प हुँदा धनकुटाको गढतिर क्षेत्
इटहरी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धि र परिवर्तनका लागि इतिहासका विभिन्न कालखण्डमा भएका विविध सङ्घर्ष र बलिदानलाई संस्थागत गर्ने कार्यमा रेडियो नेपाल र नेपाल टेलिभिजनको महìवपूर्ण योगदान रहेको बताउनुभएको छ । सार्वजनिक सेवा प्रसारण नेपाल अन्तर्गत रहेको नेपाल टेलिभिजनको इटहरी च्यानलको छैटौँ वर्ष प्रवेशको अवसरमा यहाँ आयोजित कार्यव्रmममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर नयाँ स्वरूपको सार्वजनिक सेवा प्रसारण नेपाल बनाएपछि यसबाट अवसर र चुनौती थपिएको बताउँदै आगामी दिनमा आउने चुनौतीको सामना गर्न यसको नेतृत्वपक्ष
इटहरी । २५ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा चर्च बोइज युनाइटेडले विजय सुरुवात गरेको छ । धरान–१६ रङ्गशालामा शनिबारदेखि सुरु भएको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै लिग च्याम्पियन चर्च बोइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेल खेले पनि खेलको दोस्रो हाफको ४२ औं मिनेटमा चर्च बोइजका सन्तोष खत्रीले एक मात्र निर्णयक गोल गर्नुभयो । विदेशी खेलाडी एंड्रिउ इबो यामाहाको पासमा सन्तोषको निर्णयक गोलसँगै चार पटकको विजेता पुलिस प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । खेलको म्यान अफ द म्याच चर्च बोइजका
इटहरी । हिउँद सुरु भएसँगै मोरङका सीमसार क्षेत्र भरिभराउ हुन थालेका छन् । खासगरी मोरङको बेतना सीमसारमा पछिल्लो समय बिदाको दिन र शनिबार आन्तरिक पर्यटकले भरिने गरेको छ । सीमसार क्षेत्रमा बनभोज खान पुग्ने मात्र होइन, संघसंस्थाको साधारणसभा, गोष्ठी र सेमीनार पनि सीमसार क्षेत्रमा हुने गरेको छ । मोरङमा सबैभन्दा व्यस्त र भीड हुने पर्यटकीय केन्द्र बेलबारी –४ को बेतना सीमसार पर्छ । पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडिएर रहेको सिमसार क्षेत्रमा बिदाको दिन खुट्टा राख्ने ठाउँसम्म पाइदैन । १७४ दशमलव ९१ हेक्टरमा फैलिएको सामुदायिक वनमा ११ हेक्टर क्षेत्रफल सीमसार क्षेत्र रहेको छ । ७ हेक्टरमा पोखरी क्षेत्र रहेक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.