भोजपुर | भोजपुरको अरूण गाउँपालिकाले फालिटार–बतासे–याकु सडकखण्डको निर्माण कार्यको निरीक्षण सम्पन्न गरेको छ। सडकको अवस्था बुझ्न तथा निर्माणको गुणस्तर सुनिश्चित गर्न गरिएको यो निरीक्षण कार्यक्रममा गाउँपालिका अध्यक्ष शालिकरामा खत्री, उपाध्यक्ष बिनिता ढकाल, वडा नं. ५ का जनप्रतिनिधिहरू, निर्माण कम्पनीका प्रतिनिधिहरू र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।सदरमुकामसम्म पुग्नको लागि स्थानीय बासिन्दाले लामो दुरी पैदल हिँड्नुपर्ने समस्यालाई मध्यनजर गर्दै यो सडक निर्माणलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ। सडक निर्माणपछि स्थानीयको दैनिक यात्रा सहज हुने, कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सजिलो
इटहरी | इटहरीस्थित कस्तुरी कलेजले आफ्नो २६ औं वार्षिकोत्सव साँस्कृतिक प्रस्तुति, पुरस्कार वितरण सम्पन्न भएको छ । कस्तुरी कलेज अफ व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षता तथा पूर्वाञ्चल विश्वविद्यालय मोरङका रजिष्टार निलमणी पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमको मुख्य आकर्षण कलेजका विद्यार्थीहरूले प्रस्तुत गरेका विविध गायन, नृत्य, नाटक तथा कला प्रदर्शन रहेका थिए। विद्यार्थीहरूले मौलिक नेपाली लोकगीतदेखि आधुनिक गीतहरूमा नृत्य प्रस्तुत गरेका थिए ।कलेज प्रशासनले शैक्षिक, खेलकुद तथा अन्य विविध विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ
इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा रहेको डा। खलिल आजाद खेल मैदान भोक्राहामा ५ गते देखि १७ गते सम्म हुन गइरहेको कोशी प्रिमियर लिग केपिएल दोस्रो सिजनको ट्रफी भव्य समारोहका बीच कोशी ब्यारेज स्थित सप्तकोशी नदीको किनारमा अनावरण गरिएको छ। नेपाल क्रिकेट संघ ९क्यान० को स्वीकृति र सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा कोसी प्रिमियर लिग इभेन्ट्स म्यानेजमेन्टले प्रतियोगिता आयोजना गर्न लागेको हो । गत संस्करणमा विजेताले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाएको थियो । यो पटकको पुरस्कार राशीबारे केही दिनमा सार्वजनिक गरिने सुनसरी जिल्ला क्रिकेट संघका सचिव गोविन्द पौडेलले बताए । सिंगल राउ
इटहरी । उर्लाबारी नगरपालिकाको नगरसभाको १३औं अधिवेशन सम्पन्न भएको छ। नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न अधिवेशनले विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। हिजो बसेको दोस्रो बैठकमा करार कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विधेयक २०८१ पारित गरिएको छ। सो विधेयक कानुन मस्यौदा तर्जुमा समितिका सदस्य गौरीशंकर दाहालले नगरसभामा प्रस्तुत गरेका थिए। यसैगरी कार्यपालिका सदस्य मनमाया तामाङले नगरपालिकाको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) र वित्तीय सुशासन जोखिम मूल्याङ्कनको प्राप्तांक तथा प्रगति सम्बन्धी जानकारी नगरसभासमक्ष प्रस्तुत गरेकी थिइन् । नगरसभामा वडा न
तेह्रथुम | तेह्रथुम र पाँचथर जिल्लालाई जोड्ने तमोर नदीस्थित लुम्बुघाट मोटरेबल पुलको पुनर्निर्माण कार्य झन्डै १३ वर्षपछि सुरु भएको छ। लामो समयदेखि जीर्ण अवस्थामा रहेको यो पुल पुनर्निर्माणपछि दुई जिल्लाका बासिन्दालाई आवागमनमा सहजता प्रदान गर्नेछ।लामो प्रतीक्षा पछि पुनर्निर्माण सुरु म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेका अनुसार, स्थानीय जनताको ठूलो माग र यातायात सहज बनाउने उद्देश्यले पुल पुनर्निर्माणको काम अघि बढाइएको हो। यस पुलमार्फत दुवै जिल्लाका नागरिकहरूले सहज यातायातको सुविधा पाउने र व्यापारिक गतिविधि समेत तीव्रता पाउने अनुमान गरिएको छ।लुम्बुघाट पुल भत्किएपछि लामो समयसम्म स्थ
खाँदबारी । सामसुङ नेपालले नयाँ ग्यालेक्सी एस २५ अल्ट्रा, ग्यालेक्सी एस २५ं र ग्यालेक्सी एस २५ प्लस स्मार्टफोनको प्रिअर्डरका मोवाइलको बिक्री सुरु भएको छ । संखुवासभा,भोजपुर र तेह्रथुम मा २१ वटा मोवाईलको प्रि बुकिङ भएको सामसुङ मोवाईलको आधिकारिक विक्रेता नमस्कार इलेक्ट्रोनिकका सञ्चालक लोकन्द्र बुढाथोकीले बताए ।प्रि बुकिङ बाहेकका लागि अन्य ग्राहकहरुले नजिकको मोवाईल पसलबाट खरिद गर्न सकिने बुढाथोकी ले बताए । प्रि बुकिङ जनवरी ३० मा खुलाईको थियो । ग्यालेक्सी एस२५ सिरिज सबैभन्दा सहज नियन्त्रण र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको सामसुङको एआई-फस्र्ट प्लेटफर्म वानयुआई ७ रहेको पहिलो स्मार्टफो
पाँचथर । प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर पूर्वी पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिममा अहिले सम्मकै सबैभन्दा ठुलो सांगीतिक कार्यक्रम हुने भएको छ । हेल्प टुगेदर फाउन्डेसन (एचटीएफ) फिदिमको आयोजनामा हुने उक्त कार्यक्रममा लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले प्रस्तुती दिने भएको हो । फाल्गुन २ गते शुक्रबार अर्थात भ्यालेन्टाइन्स डेको अवसरमा फिदिम मावि को चौरमा हुने उक्त सांगीतिक कार्यक्रमको लागि अहिले स्टेज बनाउने काम भैरहेको र फिदिममा अहिले सम्मकै ठुलो कार्यक्रम भएकाले साउण्ड सिस्टम र लाइटहरु धरान ,विराटनगर देखि ल्याउन लागिएको आयोजकले जानकरी दिए । गत
धरान । धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगितामा समुह बी बाट समुह विजेता हुँदै उदयपुरको गाईघाट फुटबल क्लब अन्तिम चारमा प्रवेश गरेको छ । बुधबार धरान रंगशालामा भएको खेलमा सम्राट स्पोर्टिङ क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै गाईघाट समुह विजेता बनेको हो । गाईघाटकालागी एकमात्र गोल प्रविन राईले गरेका थिए । खेलको म्यान अफ द म्याच गाईघाटका गोल किपर अनिल मगर घोषित भए । उनलाई नगद ५ हजार पुरस्कार प्रदान गरिएको थियो ।गाईघाटले पहिलो खेलमा लाइब्रेरी फुटबल क्लब भोजपुरलाई पराजित गरेको थियो । गाईघाट ६ अंक सहित समुह विजेता हुँदा ३ अंक मात्रै भएको सम्राट भने प्रतियोगिताबाट
इटहरी | इटहरी नमुना कलेजमा आयोजित "बिग इनोभेसन डे" ले विद्यार्थीहरूको सिर्जनशीलता, वैज्ञानिक सोच र प्रविधिसँगको मेलमिलापलाई एकसाथ उजागर गर्यो। कार्यक्रमका क्रममा विद्यार्थीहरूले आफ्ना अनौठा तथा नवप्रवर्तनशील आविष्कार प्रदर्शन गरे, जसले दर्शकहरूलाई अचम्मित पार्यो। विज्ञान, प्रविधि, कला, संस्कृतिदेखि सामाजिक विषयसम्मका परियोजनाहरूलाई उत्कृष्ट ढंगले प्रस्तुत गर्दै विद्यार्थीहरूले नेपालको शैक्षिक प्रविधिमा नयाँ युगको संकेत दिएका छन्।साइन्स फेस्टिवल जस्तो माहोल, विद्यालय दुलहीझैं सिंगारियोइटहरी नमुना कलेजको प्राङ्गण रंगीचंगी बत्ती, फूलमालाहरू र प्रविधिसँग सम्बन्धित पोस्टरहरूबाट सजाइएको थियो। विद्य
विराटनगर – प्रेस चौतारी नेपाल कोशी प्रदेशको अध्यक्षमा सुनसरी निवासी सुमन पुरी निर्विरोध निर्वाचित भएका छन्। विराटनगरमा बुधबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनले पुरीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो। उनी यसअघि उपाध्यक्ष पदमा कार्यरत थिए ।यस अधिवेशनमार्फत पुरीको नेतृत्वमा ४९ सदस्यीय कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। पत्रकारहरूको हकहित र प्रेस स्वतन्त्रताको रक्षा गर्दै सञ्चार क्षेत्रको सशक्तीकरणका लागि नयाँ नेतृत्वले महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ।नयाँउपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित भए
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.