बराहक्षेत्र | राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटि सदस्यमा बराहक्षेत्र बाट रेशु तामाङ चयन ।हुनुभएको छ। रेशु तामाङ सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. १० प्रकाशपुरका बासिन्दा हो भने हाल उहाँ काठमाडौंमा बसोबास गर्नुहुन्छ। उहाँ एक समाज सेवी, राजनीतिज्ञ, शैक्षिक तथा बौद्धिक व्यक्तित्वका रूपमा परिचित हुनुन्छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ठूलो र सक्रिय भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको विधानको धारा ३८ को उपधारा २ को नियम 'ख' र पार्टी जनसंगठन समन्वय संयन्त्रको निर्देशन बमोजिम दोहोरो जिम्मेवारीमा रहेका पदाधिकारीहरूलाई पार्टीको पदाधिकारी भएमा स्वत: बिदा हुने व्यवस्था छ। यसरी
इटहरी। पाँचथरको सदरमुकाम फिदिममा प्रेम केन्द्र लभ प्वाइन्ट निर्माण भएको छ । घुमफिर गर्दै फोटो खिचेर सामाजिक सञ्जालमा पस्कन रुचाउने युवकयुवतीलाई लक्षित गरेर लभ प्वाइन्ट निर्माण भएको हो । सदरमुकाम फिदिम बजारदेखि ७–१० मिनेटको दुरीमा फिदिम नगरपालिका र स्थानीयको लागतमा उक्त केन्द्र निर्माण गरिएको हो । उच्च स्थानमा निर्मित ‘केन्द्र’ बाट सदरमुकाम फिदिम, गढी र पल्लोटारसहितका स्थान सहजै देख्न सकिन्छ । फलामका पिल्लर र रड प्रयोग गरेर तीन तलामाथि उचालिएको केन्द्रको तेस्रो तलामा रेलिङ हालेर घाम ताप्दै गफ गर्न र बजार क्षेत्र नियाल्न मिल्ने गरी घेरबार गरिएको छ । टिनको छानाले छाइएसँगै यो स्थानमा पानी चु
इटहरी। पाँचथरको फाल्गुनन्द गाउँपालिकाले बाढी पहिरो र प्राकृतिक प्रकोपसँग जुध्दै ५० मुरीभन्दा धेरै धान फलाउने किसानलाई पुरस्कार र प्रसंशा पत्रसहित सम्मान गरेको छ । किसानको सम्मानका लागि सार्वजनिक कार्यक्रममा लामबद्ध उभिएका आम नागरिकलाई कार्यक्रमका आयोजक र अतिथिले फूलमाला लगाई दिँदै गरेको दृश्य निकै नै रोचक थियो । आर्थिक वर्ष २०८०र०८१ देखि किसानलाई प्रोत्सान पुरस्कार दिन थालेको यो गाउँपालिकाले यो वर्ष एक सय मुरीभन्दा धेरै धान फलाएका ३ र ५० मुरी माथि एक सय मुरीसम्म धान फलाएका ४२ जना किसानलाई सामूहिक रूपमा यसरी सम्मान गरेको हो । गाउँपालिकाबाट प्रसंशापत्र र नगदसहित पुरस्कृत भएका किसानको मुहारमा खुस
इटहरी । कोशी प्रदेश सरकार स्थापना भएको सात वर्ष पूरा भएको छ । त्यस अवसरमा शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोह आयोजना गरी शुभकामना आदान प्रदान गरिएको छ । सरकार स्थापनामा आयोजना गरिएको समारोहमा सरकार स्थापनाको सात वर्षमा भएका उपलब्धीहरू समेटिएको हाते पुस्तक विमोचन गरिएको छ । कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयुक्तरूपमा ‘कोशी प्रदेश सरकारको सात वर्ष’ नामक पुस्तक विमोचन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख पर्शुराम खापुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट जनताको विकासको आकाङ्क्षा पूरा गर
इटहरी । वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक वनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहरा हटाएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको उक्त स्थानमा विगत १८ वर्षदेखि तरकारी र माछामासु बजार सञ्चालन गर्दै आएका १८ परिवारले वनक्षेत्र अतिक्रमण गरी अनधिकृत अस्थायी संरचना बनाएका थिए । सशस्त्र प्रहरी, नेपाल प्रहरी र वनरक्षक टोली परिचालन गरी आज उक्त अतिक्रमण हटाएर वनक्षेत्र खाली गराइएको डिभिजन कार्यालयका प्रमुख मेघराज राईले बताउनुभयो । वन डिभिजनको पहलमा डोजर लिएर सुरक्षाकर्मी पुग्दा स्थानीय व्यावसायीसँग केहीबेर विवाद भएको थियो । वन कार्यालयले अतिक्रमण हटाइछाड्ने अ
इटहरी। जिल्लाको माङ्सेबुङ गाउँपालिकामा एकैपटक चार सिँचाइ आयोजना सुरु भएका छन् । चालू आर्षिक वर्षमा सम्पन्न हुनेगरी दुई करोड ८० लाख सात हजार छ सय ७८ को लागतमा उक्त सिँचाइ आयोजना सुरु भएका हुन् । सो गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं १ मा दुई, वडा नं ३ मा एक र वडा नं ४ मा एक सिँचाइ आयोजना सुरु भएको गाउँपालिकाका इञ्जिनियर ९अधिकृत छैटौँ० युवराज दाहालले जानकारी दिनुभयो । वडा नं १ स्थित नाङरुङ टोलमा रु ७५ लाख ५९ हजार नौ सय ५६ को लागतमा लम्फेवाखोला नाङरुङ कृषि कोलो सिँचाइ योजना र सोही वडाको साङरेम टोलमा रु ८० लाखको लागतमा साङरेम सिँचाइ योजना सुरु भएको छ । वडा नं ३ को सिङ
इटहरी। ताप्लेजुङमा बाक्लो हुस्सुसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । चारैतिर ढाक्नेगरी बाक्लो हुस्सुसँगै बढेको चिसोले सदरमुकाम फुङ्लिङसहित जिल्लाको जनजीवन प्रभावित भएको हो । हिउँद अर्थात् चिसो यामको अन्त्य भई गर्मी सुरु हुने बेलामा बाक्लो हुस्सु लाग्नुका साथै अध्यधिक चिसो बढेको छ । स्थानीयका अनुसार दुई÷चार दिनयता निरन्तर मौसम धुम्मिएकाले जिल्लामा जाडो बढेको छ । तातो घाम नलागेर चिसो बढिरहेका बेला शनिबार भने बिहानदेखि बाक्लो हुस्सु लागेकाले जिल्लामा निकै जाडो बढेको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–५ का विक्रम लिम्बूले शनिबार चारैतिर बाक्लो हुस्सुले ढाकेपछि मध्य हिउँद झैँ मौसम चिसो भएको
इटहरी – इटहरी उपमहानगरपालिका वडा नं. १०, राजश्वटोलस्थित शिव मन्दिर निर्माणार्थ स्थलमा यही फाल्गुण ५ गतेदेखि १२ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। इटहरी वडा नम्बर १० को राजश्व टोल विकास संस्थाको आयोजनामा धार्मिक तथा सांस्कृतिक चेतनाको अभिवृद्धि गर्दै शिव मन्दिर निर्माणको सहयोगार्थ गरिन लागेको यो महायज्ञमा नेपालका ऐतिहासिक प्रथम जगद्गुरु अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीका कृपापात्र ज्योतिषाचार्य पं. सुशान्त कृष्ण शुकदेवद्वारा संगीतमय श्रीमद्भागवत कथा प्रवचन गरिनेछ।महायज्ञको शुभारम्भ फाल्गुण ५ गते बिहान ८:३० बजे कलश यात्रा, समुद्घाटन, मण्डप पूजन तथ
धरान । धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको सुपरलिग समिरण पुरा भएको छ । कोशी प्रदेशका ११ जिल्लाका जिल्ला च्याम्पियन क्लबहरुविच भएको समुहचरणको लिगमा समुह बिजेता टिमहरु सुपर लिग (अन्तिम चार)मा प्रवेश गरेका छन् । समुह ए बाट पाँचथर युनाइटेड, बी बाट गाईघाट फुटबल क्लब, सि बाट देउराली युथ क्ल्ब र समुह डि बाट बुइपा–११ सुपर लिगमा प्रवेश गरेका छन् ।आइतबारदेखि सुपर लिगमा चार टिमले प्रतिष्पर्धा गर्नेछन् । शुक्रबार धरान रंगशालामा भएको खेलमा सुनसरीको धरान फुटबल क्लबलाई २–२ गोलको बराबरीमा रोकेपछि बुइपा समुह विजेता बनेको हो । यस अघि बुइपाले ताप्लेजुङको प्रगतिशिल फुटबल क्
इटही | संसदीय व्यवस्था प्रणालीबारे जानकारी दिन इटही लेडी जेसिजको आयोजनामा दुई दिने विशेष प्रशिक्षण कार्यक्रम गरिएको छ । इटहीस्थित होटल इन्दुरिष्ट प्यालेसको सभा हलमा इटहरी लेडी जेसिजको आयोजनामा भएको उक्त कार्यक्रम इटहरी लेडी सिजकी अध्यक्ष लक्ष्मी वरालको अध्यक्षता तथा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष JC रजनी थापाको प्रमुख आतिथ्यता गर्नुभएको थियो भने क्षेत्र 'क' का शाखा अध्यक्षहरूको पनि उपस्थित रहेको थियो।उक्त प्रशिक्षण कार्यक्रममा नेपाल जेसिजका कानुनी सल्लाहकार JC सुनिल तिमिल्सिनाले प्रमुख प्रशिक्षकका रूपमा रहनुभएको थियो। साथै नेपाल जेसिजका पूर्व कार्यकारी उपाध्यक्ष JCI Sen. कैलाश खाकी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.