इटहरी । मेची राजमार्गको रोङ गाउँपालिका ३, हाँसपोखरीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका ६, फाजीगाउँका ४० वर्षीय दीर्घराज राई र उहाँका ७० वर्षीय बुवा पवनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । झापाबाट प्रदेश १–०३–००१ प। १५८५ नम्बरको मोटरसाइकलमा फाजीगाउँ फर्किंदै गर्दा विपरीत दिशाबाट आएको को। १ ख। ६४६२ नम्बरको टिप्परले ठक्कर दिएको थियो । दुर्घटनामा दुवैजना गम्भीर घाइते भएपछि उपचारका लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको थियो । उपचार क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । इलामको माईज
इटहरी। झापाको मेचीनगर नगरपालिकामा भएको आगलागीको घटनामा परेर एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार बेलुका मेचीनगर नगरपालिका वडा नं। ४ आमडाँगीमा लागेको आगलागीमा परेर ५१ वर्षीय विरेन्द्रराज राई गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ । आफ्नै घरको पूजा कोठामा अचानक विद्युत् सर्ट भई आगलागी भएपछि आगो निभाउने क्रममा राईको दुवै हात, दुवै खुट्टा र अनुहारमा आगोले पोलेको छ । राईको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । आगलागीबाट कोठाभित्र रहेका लत्ताकपडा जलेको र ठुलो क्षति नभएको प्रहरी चौकी बाहुनडाँगीले जानकारी दिएको छ ।
इटहरी । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा आदिवासी जनजातिको मौलिक संस्कृति प्रवर्द्धनमा जोड दिँदै सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । ‘बहुलजाती भाषा संस्कार संस्कृति र विविधता हाम्रो पहिचान, समृद्ध खिजिदेम्बा निर्माणका लागि सामूहिक अभियान’ भन्ने मुल नाराका साथ खिजिदेम्बा गाउँपालिका–५ को खिजिफलाटे बजारमा तीन दिनसम्म महोत्सव सञ्चालन भएको थियो । गाउँपालिकामा रहेका आदिवासीहरुको भाषा, संस्कार, संस्कृतिको प्रवर्द्धन र संरक्षणका लागि जोड दिँदै पर्यटन विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । आदिवासी जनजातीहरुको प्रथाजनित कानुनहरुको संरक्षण, संस्कृति
इटहरी । नेपाल माझी उत्थान संघ पाँचथरको अध्यक्षमा राम प्रसाद माझी चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा बिरबहादुर माझी, सचिव विमला माझी, सहसचिव ममिता माझी, कोषाध्यक्ष रिता माझी निर्वाचित हुनुभएको छ । कार्य समिति सदस्यस्यहरुमा बिमला माझी, रनबहादुर माझी, मंगलबहादुर माझी, दिलमाया माझी र चनु माझी चयन भएको नव निर्वाचित अध्यक्ष रामप्रसाद माझीले जानकारी दिनुभयो । नव निर्वाचित अध्यक्ष माझीले सिमान्तकृत माझी समुदायको हकहित र अधिकारका लागि अहोरात्र खटेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम माझी उत्थान संघ जिल्ला समिति पाँचथरका निवर्तमान अध्यक्ष जसबहादुर माझीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा अवस्थित हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो १८औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयका संस्थापक निर्देशक समर बहादुर कार्कीको अध्यक्षतामा आयोजित यस कार्यक्रममा इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख रमेश कुमार शाह प्रमुख अतिथिको रूपमा उपस्थित थिए।कार्यक्रमको प्रारम्भ विद्यालयका छात्रछात्राहरूले स्वागत गीत प्रस्तुत गरेर गरेका थिए। त्यसपछि विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिए, जसमा नेपाली परम्परागत नृत्य, आधुनिक नृत्य, गजल वाचन, नाटक, र गायन समावेश थिए। विद्यार्थीहरूले प्रस्तुत गरेका यी कार्यक्रमहरूल
इटहरी । मुक्कुमलुङ केबलकारको विवादको कारण हिजो बिहीबार राती ताप्लेजुङमा गाडी तोडफोड, चालकलाई कुटपिटको विरोधमा यातायात व्यवसायीहरूले नै ताप्लेजुङ रुटमा चल्ने सबै नाकाहरूको यातायात सेवा बन्द गरेका छन् । ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रा।ली।ले हिजै राती विज्ञप्ति जारी गर्दै यातायात बन्दको जानकारी गराएको हो । विज्ञप्तिमा पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकारको सन्दर्भलाई लिएर केबलकार खारेजी पक्षले मे(१(ज(२५७९ नम्बरको सवारी साधनमा क्षति पुर्याउनु साथै चालक राजकुमार पौडेललाई मरणासन्न हुने गरी कुटपिट गरेको उल्लेख छ । उक्त घट्नाको सवारी चालक मजदुर सङ्घद्वारा घोर भर्त्सना गर्दै फागुन ९ गते
इटहरी। उदयपुरको त्रियुगा नगरपालिका वडा नं ७ जोगिटोलस्थित मदनभण्डारी राजमार्गमा जन्ती बोकेको बस र मिनिट्रक एक आपसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य पाँच जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीका अनुसार सो दुर्घटनामा बारा जिल्लाको गढी गाउँपालिका वडा नं ४ का ७० वर्षीय सिताराम धामीको उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनामा घाइते भएका २० जनाको उदयपुर अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको तथा गम्भीर घाइते भएका पाँच जनामध्ये उदयपुर जिल्ला अस्पतालमा दुई र न्युरो अस्पतालमा तीनको
इटहरी । नेपाल प्रहरीको टोलीले ताप्लेजुङमा घाइते अवस्थामा भेटिएको पोथी कस्तुरीको उद्धार गरेको छ । फक्ताङ्लुङ गाउँपालिका ७ ओलाङ्चुङगोलामा घाइते अवस्थामा भेटिएको पोथी कस्तुरीको बिहीबार उद्धार गरिएको हो । घाइते कस्तुरीको इलाका प्रहरी कार्यालय ओलाङ्चुङगोलाले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रबी रावलले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रका कर्मचारीको सहकार्यमा कस्तुरीको उद्धार गरिएको छ । जङ्गली जनावर मलसाँप्रोको आक्रमणका कारण कस्तुरी घाइते भएको प्रनाउ रावलले जानकारी दिनुभयो । प्रहरीका अनुसार उद्धार गरिएको कस्तुरीलाई उपचारपछि सुरक्षित वासस्था
इटहरी । राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा निर्माण सुरु भएको मदन भण्डारी राजमार्गका वन क्षेत्रका रुख कटानका लागि छपान सुरु भएको छ । राजमार्गको मोरङ खण्डमा २०।९४३ हेक्टर वन क्षेत्रका २ हजार १६३ वटा रुख कटान लागि हाल धमाधम छपान भइरहेको छ । कोशी प्रदेशभित्र पर्ने आयोजनाको निर्माणधीन ९५।८ किलोमिटर लम्बाइको यस सडकको अधिकांश क्षेत्र जङ्गलभित्र पर्छ । सडकको ४६ दशमलव ४९ किमी सडक निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको ३६।३२३ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा पर्ने सात हजार ७१० वटा रुख÷पोल हटाउन योजना कार्यालय र वन तथा भूसंरक्षण विभागबिच २०८१ को माघ २० गते सम्झौता भएपछि रुखमा छपान सुरु भ
इटहरी । पाँचथर जिल्लाका ७ हजार ९ सय १८ जना किशोरीलाई पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्वको एचपिभि खोप लगाइएको छ । जिल्लाको एक नगर र सात गाउँपालिका गरी ८ वटा स्थानीय तहका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ कार्यालय पाँचथरले जनाएकोे छ । जिल्लाभित्रका विद्यालयमा अध्ययन गर्ने ७ हजार ४ सय १६ र विद्यालय नजाने १ हजार ५ सय ३६ गरी ८ हजार ९ सय ५२ किशोरी रहेकोमा कक्षा ६ र विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीहरु गरी जम्मा १४ सय ६८ जनालाई र कक्षा ७ देखि १० का किशोरीहरु र विद्यालय नजाने ११ वर्षदेखि १४ वर्ष उमेर समूहका ६ हजार ४ सय ५० लाई एचपिभि खोप लगाइएको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.