इटहरी । धरान १७ स्थितबाट प्रतिबन्धित औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र। १–०२–०४० प ५६०४ नम्बरको स्कुटर चालक धरान ११ का १९ वर्षीय योगेन राई र स्कुटर पछाडि सवार २१ वर्षीय खेम यादवलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ट्रामाडोल ९०५ क्याप्सुल र स्पास्पेन ९०६ ट्याब्लेट बरामद गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
इटहरी । ताप्लेजुङ फुङ्लिङमा अनिश्चितकालीन निषेध आदेश जारी गरिएको छ । आइतबार बिहान ५ बजे देखि अर्को आदेश नआए सम्मको लागि निषेध आदेश जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस र स्थानीय स्तरमा हुलदङ्गा, झडप साथै प्रतिकुल स्थितिको सृजना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिका कारण निषेध आदेश जारी गरेको जानकारी गराएको छ । आइतबार बिहान ५ बजे देखि अर्को आदेश नभए सम्मको लागि चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ ृसंशोधन सहिते को दफा ६ को उपदफा ३ ृके बमोजिम निषेधित क्षेत्रमा पाँच जना भन
इटहरी। हिउँदमा धुलो र वर्षायाममा हिलो खेपिरहेका मोरङको पथरीशनिश्चरे शिविरडाँडाबाट शनिश्चरे बजार–गान्धी आश्रम–टकुवा हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहन मार्गका उपभोक्ताको खुसी फर्किएको छ । पाँच वर्षदेखि लथालिङ्ग भएको सडकमा निर्माण कम्पनीले धमाधम काम गर्न थालेपछि खुसी फर्किएको हो । सम्झौता अनुसार सडक २०८० सालको भदौ मसान्तमा कालोपत्रे गरिसक्नुपर्ने थियो । निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनले तोकिएको मिति सकिएको १५ महिनापछि काम थालेको पथरीशनिश्चरे नगरपालिका वडा नं। ९ का वडाध्यक्ष वीरबहादुर राईले बताउनुभयो । राईका अनुसार विद्युत्को पोल स्थानान्तरणमा समस्या भएकाले एकातर्फ मात्र कालोपत्रे भइरहेको छ
इटहरी । जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने कावाखोलामा पुल निर्माण सम्पन्न भएको हो । पुल नहुँदा वर्षौँबाट समस्या झेल्दै आएका स्थानीयवासीलाई पुल बनेपछि सहजता भएको छ । स्टिल ट्रस ओपन फाउन्डेसन, एक स्पानमा निर्माण भएको पुल ४६ मिटर लम्बाइ, छ मिटर चौडाइ र एक दशमलव २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्नेगरी निर्माण गरिएको कोशी प्रदेश, प्रादेशिक स्थानीय सडक पुल सहयोग एकाइले जनाएको छ । पुल भ्याटसहित रु। चार करोड ६२ लाख ७४ हजार नौ सय १० लागतमा निर्माण भएको हो । कावाखोलामा पुल
इटहरी । लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेको दुर्लभ रेडपान्डाको विषयमा लेखिएको ‘हाब्रे’ नामक पुस्तक इलाममा विमोचन गरिएको छ। रेडपान्डा नेटवर्क र दीपज्योति युवा क्लबले प्रकाशन गरेको पुस्तकमा रेडपान्डासम्बन्धी जानकारीमूलक विभिन्न १६ लेख समेटिएको छ। पुस्तकको इलाम जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, कोशी प्रदेश सरकारको वन मन्त्रालयका सचिव विशाल घिमिरेलगायतले सामूहिक रूपमा विमोचन गर्नुभएको थियो। इलाम, पाँचथर, ताप्लेजुङलगायत १३ जिल्लामा विश्वकै दुर्लभ वन्यजन्तु रेडपान्डा संरक्षणका कार्यक्रम सञ्चालनमा रहेको र यसलाई नेपाली नाम हाब्रे दिएर प्रकाशन गरिएको पुस्तकका सम्पादक तथा नेपाल पत्रकार महासङ्घ शाख
इटहरी । लक्ष्मी उप्रेती ब्यक्तित्व वर्ष पुरस्कार प्रतिष्ठान विराटनगरले विराटनगरमा क्रिकेट प्रशिक्षक एवं खेलाडी विजयकुमार शर्मालाई नगद पुरस्कारसहित सम्मान गरेको छ। नेपालमा क्रिकेट खेल विकासमा उल्लेख्य योगदान गरेवापत शर्मालाई आइबातर एक लाख एक सय रुपियाँ सहित सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । विराटनगरमा २०३७ सालमा भएको जय ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा २७ विकेटको कीर्तिमानी इतिहास बनाउनुभएका शर्माले लामो समय नेपाली क्रिकेट खेलमा योगदान पुर्याउनुभएको थियो । हाल भेट्रान क्रिकेट एसोसिएसनको अध्यक्ष रहनु भएका शर्मा काठमाडौँ निवासी हुनुहुन्छ । उहाँलाई प्राध्यापक कविराज न्यौपानेले पुर
सुन्दरहरैंचा/ श्री आदर्श आधारभूत विद्यालय सुन्दरहरैंचा ४ बडहरा मोरङका विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा कापी, पेन्सिल, इरेजर जस्ता शैक्षिक सामग्री र खाजा वितरण गरिएको छ ।जापानमा रहेको संस्था वान बल कनेक्स र एनएनएफसी नायागा क्लबको सहयोगमा विद्यार्थीहरूका लागि पढ्न सहज होस् भनेर शैक्षिक सामग्री साथै विद्यालय पोशाक वितरण गरिएको जापानमा रहेर सामाजिक काममा सक्रिय रहदै आउनुभएका यस कार्यक्रमका लागि समन्वय गर्ने नवराज पौडेलले बताउनुभयो । पौडेलले जापानमा रहेर आफ्नो र साथीहरूबीच सानोसानो रकम सङ्कलन गरेर विद्यार्थी अभिभावकहरूको लागि हौसला हुने यस्ता गतिविधि गर्दा विद्यार्थीहरूलाई अध्यय
इटहरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले ‘वडा अध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । शुक्रबार वडा कार्यालयमा भएको सो कार्यक्रममा विद्यार्थीहरुलाई विद्यालय पोशाक, ब्याग, डटपेन, पेन्सिल र कापी वितरण गरिएको हो । वडा भित्रको बुद्ध मावि सोमबारेका २० जना, दुर्गा आधारभुत विद्यालय शुक्रबारेका १४ जना र मिलन आधारभुत विद्यालय मिलन चौकका १० जना विद्यार्थीहरु गरी कूल ४४ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । वडाअध्यक्ष नवीन कार्कीको अध्यक्षतमा भएको सो कार्यक्रममा वडा सदस्यहरु बाबुराम चौधरी, शिवमाया विश्वकर्मा र विद
इटहरी । मोरङको पथरिशनिश्चरे –०१ को पञ्चायत माविका कानुन समुहका छात्र–छात्राहरूले लेटाङ्ग नगरपालिकाको न्यायिक समितिको ईजालस तथा न्याय निरुपण सम्वन्धी अन्तरक्रिया गरेका छन् । शुक्रबार कक्षा –११ र १२ का विद्यार्थीहरूले उक्त पालिकाका प्रमुख भुपेन्द्र कुमार लावती , न्यायिक समितिकी संयोजक तथा उप प्रमुख कृष्ण कुमारी निरौला पोख्रेल सहितका जनप्रतिनिधिहरुसित अन्तरक्रिया गरेका हुन् । अन्तरक्रियामा कक्षा १२ की छात्रा प्रभा दाहालले न्यायिक समितिमा वादी(प्रतिवादी बाहेक अरूले हेर्न पाउँदैनन् भन्ने जिज्ञासा राख्दा, निमा चेम्जोङ र मिमोसा तामाङले न्यायिक समितिले विवादहरू कसरी निरूप
इटहरी । १३ औँ धरान १०–के रनको खुला उपाधी पुरुषतर्फ केन्याका धावक ह्विल्सन चेउलियोट र महिलातर्फ केन्याकै शरन जेरोटिस प्रथम हुनुभएको छ । “शिक्षाको निम्ति च्यारेटी दौड’’नाराको साथ शनिबार भएको धरान रनको १० किलोमिटर दूरी चेयुलियोटले ३० मिनेट ५५ सेकेन्डमा पूरा गरेको छ भने जेरोटिचले ३८ मिनेट ४२ सेकेन्डमा दूरी दौड पूरा गर्दै विजेता बन्नुभएको हो । करिब चार हजार सात सय सहभागी दौड नेपालकै सर्वाधिक धेरै धावक धाविकाहरूको सहभागीसहित गायकार राजु लामा र नरेन लिम्बुको पनि उपस्थिति रहेको थियो । पुरुषतर्फ केन्याकै जुलियस मार्युकीले ३१ मिनेट ८ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो हुनुभएको छ भने दुर्गाबहादु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.