इटहरी । विद्यार्थी बिरामी भएपछि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका दुई विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । मेरिङदेन गाउँपालिका ५ थुकिमाका त्रिभुवन माध्यमिक विद्यालय र जन ज्योति आधारभूत विद्यालय मङ्गलबारसम्मका लागि बन्द गरिएको हो । त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल लिम्बूका अनुसार तीन सयभन्दा बढि विद्यार्थीहरुमा ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, र पेट दुख्ने लक्षण देखिएकोले तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । त्रिभुवन माध्यमिक विद्यालयका १५० जना विद्यार्थीसँगै चार जना शिक्षकमा उक्त लक्षण देखा परेको छ । यस्तै जन ज्योति आधारभूत विद्यालयमा भने सत प्रतिशतमा उक्त लक्षण
इटहरी । धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ परेवादिनस्थित सिमल चोकमा परेवा र सिलामसाक्माको स्तम्भ निर्माण गरिएको छ । गाउँपालिका, वडा तथा स्थानीय युवाको सहकार्यमा निर्माण सम्पन्न उक्त स्तम्भ निर्माण गरिएको हो । स्तम्भ गाउँपालिकाको दुई लाख र स्थानीयको चार लाख ६३ हजार लागत सहभागितामा रहेको छ । को गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले एक समारोहका बिच स्तम्भको उद्घाटन गर्नुभयो । लिम्बू जातिको बाहुल्यता भएको तथा स्थानको नाम परेवादिन भएका कारण परेवा र सिलामसाक्माको स्तम्भ निर्माण गरिएको वडा नम्बर पाँचका वडाध्यक्ष डिकबहादुर लिम्बूले जानकारी दिनुभयो । पालिका अध्यक्षले अन्य पालिकाले जस्तो धेरै खर्
इटहरी । इटहरी स्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन अनिवार्य स्वास्थ्य परीक्षणका नाममा अनियमितता भएको उजुरी परेपछि छानविन प्रक्रिया सुरु भएको छ । स्वास्थ्य परीक्षणका लागि निशुल्क व्यवस्था हुँदाहुँदै पनि अन्य निकायलाई जिम्मेवारी दिइएको र केही चिकित्सकहरूले नियम विपरीत कार्य गरेको आरोप लगाइएको छ । प्रदेश सरकारले सूचीकृत मार्फत अन्य स्वास्थ्य संस्थालाई समेत परीक्षणको जिम्मा दिएको थियो । तर, डॉ. रुपेश कुमार यादव, डॉ. सरोज कुमार मण्डल र डॉ. सुदिप लेखी विरुद्ध मापदण्ड विपरीत कार्य गरेको भन्दै उजुरी परेको छ । उजुरी परेपछि यातायात व्यवस्था कार्यालय इटहरीले कोशी प्रदेशक
इटहरी । मोरङ्गको पथरी शनिश्चरे वडा नं १ मा रहेको श्री अन्नपूर्ण माध्यमिक विद्यालयले आफ्नो ३४ औँ अभिभावक दिवस तथा वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । विद्यालयले बिहीबार आफ्नै प्राङ्गणमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । पथरी शनिश्चरे वडा नं १ का वडा अध्यक्ष भीम कुमार राईको प्रमुख आतिथ्यता र विद्यालयका निर्देशक मदन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वीरेन्द्र गुरुङले विद्यालयको आगामी शैक्षिक योजनाहरू प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथि राईले ब्यानर पढेर र दीप प्रज्वलन गरेर उद्घाटन भएको उक्त क
इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित नेकपा ९माओवादी केन्द्र० को पालिका अधिवेशन सुरु भएको छ । गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन गर्नेगरी माओवादी केन्द्र सिदिङ्वा गाउँपालिकाको तेस्रो अधिवेशन शुक्रबार सुरु भएको हो । सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्र साब्लाखु भञ्ज्याङमा पालिका अधिवेशन सुरु भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व अर्थमन्त्री इन्द्रबहादुर आङ्बो ९मौसम० ले अधिवेशनको उद्घाटन गर्नुभएको छ । अधिवेशनमा उद्पघाटन मन्तव्य राख्नुहुँदै पूर्वमन्त्री आङ्बोले गाउँपालिकालाई हाक्नसक्ने सक्षम नेतृत्व सकेसम्म सर्वसम्मत चयन गर्न सुझाव दिनुभयो । माओवादील
इटहरी । इटहरी २० तरहरामा यही फागुन २४ गते शनिबार दोस्रो तरहरा ‘१० के रन’ आयोजना हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी दौड प्रतियोगिताबारे जानकारी दिइएको हो । दौड प्रतियोगितामा दुई हजार दुई सय धावक, धाविकाहरू सहभागी हुने बताइएको छ । कोशी प्रदेश सहित र खासगरी भारतको सिक्किम, दार्जिलीङ, मिरिकलगायतबाट धावक, धाविकाहरू सहभागी हुने तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईले बताए । उनका अनुसार विभिन्न आठ वटा विधामा दौड प्रतियोगिता हुनेछ । जसअनुसार १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू ३ किलोमिटर दौडमा सहभागी हुनेछन् । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजारस
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो साहस र सीपमार्फत मुलुकको गरिमा वृद्धि गर्न शेर्पा समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । ग्याल्पो ल्होसारका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले विविधतायुक्त हाम्रो समाजमा मनाइने पर्वले आपसी सद्भाव, भ्रातृत्व र एकताको भावना वृद्धि गर्दै नेपाली समाजलाई समृद्धिको बाटोमा अग्रसर हुन प्रेरणा मिल्ने बताउनुभएको छ । उहाँले नेपाल बहुजाति, बहुभाषी र बहुसांस्कृतिक मुलुक भएको चर्चा गर्दै यही विशेषताले नेपालीलाई सदियौँदेखि एकापसमा सहकार्य, समन्वय र बन्धुत्वको भावनाका साथ अघि बढ्न सहयोग पुर्याएको सन
इटहरी । जिल्ला अस्पताल दिक्तेलमा बेवारिसे वृद्धको शव अलपत्र परेको छ । त्रि–धार्मिक स्थल हलेसीमा बेवारिसे अवस्थामा बस्दै आएका अन्दाजी ६०र६५ वर्षका वृद्धको मृत्यु भएपछि शव अलपत्र परेको हो । सोलुखुम्बु जिल्ला घर र आफुलाई पेम्बा शेर्पा बताउने वृद्ध करिब २ वर्ष यता हलेसी मन्दिर नजिकै बस्दै आएका थिए । उक्त वृद्धको बिहिबार मृत्यु भएपछि पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ । आफन्त खुल्न नसकेपछि अस्पतालको शव गृहमा वृद्धको शव अलपत्र परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख ९डिएसपी० प्रतिक बिस्टले बताउनुभयो । हलेसीमा मन्दिर नजिक मागी खादै बसेका वृद्ध बिहिबार दिउँसो साढे ३ बजेको समयमा सुतेकै ठा
इटहरी/ कोशी प्रदेशका विभिन्न भागमा रातको २:५२ बजे ठूलो भूकम्पको धक्का गएको छ। स्थानीयहरू त्रसित भएर घर बाहिर निस्किएका छन् ।काठमाडौँ लगायत विभिन्न देशको विभिन्न भागमा भूकम्पको धक्का महसुस राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्डलाई केन्द्र बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको जानकारी । कहाँ कति क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी रहेको छ।
सुनसरी | सुनसरीको बराहक्षेत्र नगरपालिका वडा-१०, प्रकाशपुर स्वास्थ्य चौकीका सम्पूर्ण स्वयंसेविकाहरूले आफ्नो वडा भरिको स्वास्थ्य कार्यक्षेत्रमा सेवा सुविधा बारे सम्बन्धमा बाग्लुङ नगरपालिका वडा-१ की रामरेखा स्वास्थ्य चौकि प्रमुख अनिता राजभण्डारीसंग स्वास्थ्य सेवा सम्बन्धी अन्तरक्रिया गरेका छन । साथै बराहक्षेत्र नगरपालिका वडा १० का वडा सचिब श्री प्रसाद उराउ लगायत वडा सदस्यहरु र वडा कर्मचारीहरुको उपस्थितिमा बाग्लुङ नगरपालिका वडा १ रामरेखा को वडा कार्यालयमा गई वडा जनप्रतिनिधिहरुसँग वडा कार्यालयको कार्य अवस्था बारे अन्तरक्रिया गरी अवलोकन गरिएको छ भन्ने जानकारी वडा सचिबले दिएका छन्। यस अवसरमा दु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.