इटहरी । इटहरी ४ स्थित सिवि आवसिय सेकेण्डरी स्कुलले शुक्रबार अभिभावक दिवश तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ । स्कुलका अध्यक्ष देशबन्धु कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालयले बिभिन्न समयमा आयोजना गरेको खेलकुद तथा परिक्षाहरूमा उत्कृस्ट नतिजा ल्याउने बिद्यार्थिहरूलाइ पुरस्कार बितरण गरेको थियो । कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका आन्तरिक मामीला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बिद्यार्थीहरूलाइ सुभकामना सहित पुरस्कार बितरण गर्नुभएको थियो । कार्यक्रममा बिद्यार्थीहरूले बिभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा ५ सय भन्दा बढी अभिभावकहरूको उप
इटहरी । नेपाली संगीतको प्रवद्र्धन, विकास र लोकप्रियतामा महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएका संगीत साधना प्रतिष्ठान, इटहरीका राजु के.सी. लाई नातिकाजी राष्ट्रिय योगदान सम्मान–२०८० प्रदान गरिएको छ । संगीत महर्षि नातिकाजी श्रेष्ठको १ सय औं जन्मजयन्तीको अवसरमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा यो सम्मान प्रदान गरिएको हो । नेपाली संगीतलाई विभिन्न माध्यमबाट जनता सम्म पु¥याउन गरेको निरन्तर प्रयासको उच्च कदर गर्दै नातिकाजी स्मृति समाजले यो सम्मान प्रदान गरेको हो । कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजीत बास्कोटा तथा प्रमुख सल्लाहकार संरक्षिका सरस्वती श
इटहरी । ओली एन्ड एसोसियट्स इटहरी ब्रान्चले अभिभावक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । गोकर्ण रिसोर्टमा आयोजित कार्यक्रममा विद्यार्थीका अभिभावकहरूसँग अन्तरक्रिया गरिएको थियो । सन् २००२ मा स्थापना भएको ओली एन्ड एसोसियट्सले २३ वर्षको यात्रा पूरा गरिसकेको छ । यस अवधिमा संस्थाले विद्यार्थी तथा अभिभावकहरूको विश्वास जित्दै आफ्नो सञ्जाल फराकिलो बनाएको छ । कार्यक्रममा १ सय भन्दा बढी अभिभावकको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सहभागी अभिभावकहरूले संस्थाको सेवा प्रति सन्तोष व्यक्त गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रमहरू आयोजना गर्न सुझाव दिएका छन् । भवानी ओलीले ओली एन्ड एसोसियट्सको कार
इटहरी । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला परेको छ । खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो । आज बिहान ५ बजे ३० वर्षीया पोख्रेलले शव घरभन्दा पाँच सय मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताए। उनी शुक्रबार बेलुकी ८ बजेदेखि हराएकी थिइन् । प्रहरीका अनुसार पोख्रेलका श्रीमान्, एक छोरा र एक छोरी रहेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ ।
इटहरी । झापाबाट सशस्त्र प्रहरीले ३ सय १ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । झापा जिल्ला भद्रपुर नगरपालिका–३ स्थित झुलुङ्गेपुलबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट महेशपुरले शुक्रबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरूमा तनहुँ जिल्ला भानु नगरपालिका–१२ कवाजित बस्ने २४ वर्षीय र सुनसरी जिल्ला रामधुनी नगरपालिका–३ सिंघिया बस्ने २७ वर्षीय दुई युवक छन् । बा ९० प १६७५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई गस्तीमा रहेको सुरक्षा फौजले शंका लागि जाँच गर्दा स्कुटरको ब्याट्री रहने बक्स भित्
इटहरी । सुन्दरहरैंचा–४ मा रहेको दुलारी मल्टिपल स्कुलले बिहीबार विद्यालय प्राङ्गणमा दुई दिने अभिभावक दिवस तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । अभिभावक दिवसमा विधालयका व्यवस्थापक प्रमुख टिकाराम दाहालको अध्यक्षता रहेको थियो भने सुन्दरहरैंचा ४ का वडा अध्यक्ष कैलाश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयको प्रगति, आगामी योजनाहरू, र विद्यार्थीहरूको शैक्षिक उपलब्धिहरूबारे जानकारी गराउँदै विद्यार्थीहरूको सर्वांगीण विकासका लागि शैक्षिक क्रियाकलापसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि विशेष ध्यान दिएको उहाँले बताउनुभयो । यसले उनीहरूको आत्मविश्वास वृद्धि गर्न मद्दत पु¥याएको बताउ
इटहरी । हरिनगर गाउँपालिका भुटाहामा पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ सम्पन्न भएको छ । हरिनगर स्पोट्र्स क्लबको आयोजना तथा नेपाल खेलकुद महासङ्घ सुनसरीको संयोजनमा भएको प्रतियोगितामा मोरङ र सुनसरीका आठवटा पालिकाको टिम सहभागी भएका थिए । हरिनगर स्पोट्र्स क्लबका अध्यक्ष मेराज अन्सारीको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री रामप्रसाद मेहताको प्रमुख आतिथ्यतामा सुरु भएको थियो । फाइनल खेलमा सुनसरी समाज कल्याण इनरुवा र तुफान फुटबल क्लब भोक्राहा सुनसरी बीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समय सम्म खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा सुनसरी समाज कल्याण इनरुवाले तुफान
इटहरी । इटहरीमा रहेको कस्तुरी सेकेन्डेरी स्कुलले आफ्नो १८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुखको आतिथ्यता तथा कस्तुरी सेकेन्डरी स्कुलका अध्यक्ष प्रेम प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे । बिहीबार एक कार्यक्रमबीच विद्यालयले आफ्नो अभिभाक दिवसमा अभिभावकको छत्रछायाँमा हुर्किएका छोराछोरीहरुले विभिन्न जात जातिका नृत्य , नाटक साथै गायन प्रस्तुति देखाएका थिए । सोही कार्यक्रममा सामाजिक तथा पत्रकारीता क्षेत्रमा योगदान पुर्याउने सञ्चार उध्यमी कोशी प्रेस अध्यक्ष तथा विराट टेलिभिजनका प्रबन्ध निर्देशक बिक
इटहरी । अल्टिट्युड क्लबको आयोजनामा सुनसरीको रामधुनी नगरपालिका–७, पञ्चायन खेलमैदानमा जारी दोस्रो अल्टिट्युड रनिङ कप खुल्ला फुटबल प्रतियोगितामा तालतलैया फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा बेतना युनाइटेड मोरङ र तालतलैया फुटबल क्लबबीचको प्रतिस्पर्धा १–१ गोलको बराबरीमा सकिएपछि, तालतलैयाले पेनाल्टी सुटआउटमा जित हासिल गर्दै फाइनल यात्रा तय गरेको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पशुराम बस्नेतले प्रतियोगिताको उद्घाटन गर्दै खेलाडीहरूलाई विकसित मुलुकमा जस्तै सम्मानित जीवन जिउनका लागि आवश्यक सेवा–सुविधा प्रदान गर्न प्रदेश सरकार र प्रदेश खेलकुद विकास बोर्ड
इटहरी। ताप्लेजुङको पाथीभरास्थित काफ्लेपाटी क्षेत्रमा अस्थायी सवारी पार्किङ निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी अस्थायी सवारी पार्किङको निर्माण कार्यलाई तीव्रता दिइएको हो । पाथीभरा दर्शनका लागि आउने तीर्थयात्रीको सवारी साधन पार्किङका लागि पाथीभरा क्षेत्र विकास समितिले गत आर्थिक वर्षदेखि पार्किङ निर्माणको कार्य सुरु गरेको थियो । समितिले चालु आर्थिक वर्षमा २० लाख रुपियाँ बजेट विनियोजन गरी ढुङ्गाको सोलिङ लगाउने कार्य जारी राखेको छ । वर्षायामको समयमा समेत सहज ढङ्गले सवारी पार्किङको व्यवस्था गर्नका लागि ढुङ्गाको सोलिङ लगाइएको समितिका कार्यकारी निर्देशक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.