इटहरी । भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ । पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गरेर दुई हजार एक सय रुख कटान भइसकेको आयोजनका प्रशासन प्रमुख पूर्ण चौहानले जानकारी दिनुभयो । हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरी पहुँचमार्ग निर्माण थालिएको हो । आयोजना निर्माण गर्न चार सय १३ रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ । भोटखोला गाउँपालिका–२ र ४ नम्बर वडाका राष्ट्रिय वन र सामुदायिक वनका रुख कटानका लागि रु १३ करोड ६५ लाख राजस्व वन विभागमा भुक्तानी भइसकेको छ । प
इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिरको संरक्षणमा स्थानीयवासी जुटेका छन् । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थलको प्रचारप्रसारसँगै संरक्षणमा स्थानीयवासी जुटेका हुन् । स्थानीय युवाको सक्रियतामा यो मन्दिरको संरक्षण भइरहेको छ । स्थानीयवासीले वडा कार्यालयबाट प्राप्त बजेटबाट घेराबारा गरेका हुन् । सरोकारवाला पक्षसँग बजेट मागसँगै स्थानीयबाट श्रमदान गरेर मन्दिरको संरक्षण गरिरहेको टेम्केमैयुङ– ५ का गजलेका स्थानीयवासी रमेश विष्टले बताउनुभयो । अहिले वडाबाट प्राप्त रु दुई लाख र श्रमदानमार्फत रु ५० हजार गरी करिब रु दुई लाख
इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा आयोजना गरिएको पहिलो सहिद कप भलिबल उपाधि मुकेश मेमोरियल क्लब आम्बेगुदिनले जितेको छ । कुञ्जारी स्पोर्टिङ क्लब सिकैँचालाई सोझो सेटमा हराउँदै आम्बेगुदिनले उपाधि जितेको हो । आम्बेगुदिनले पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२३ को अङ्कसहित जित निकालेको हो । उपाधि जितसँगै आम्बेगुदिनले १० हजार ५०० रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको कुञ्जारीले पाँच हजार रुपियाँ र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ । सहिद सप्ताहको अवसरमा नेकपा ९माओवादी केन्द्र० वडा कमिटी सिकैँचाले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा विजेता र उपविजेत
इटहरी। बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानले रकम हिनामिना तथा अपचलन गरेको कसुरमा दुईसय ६२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । बराह सहकारीले सर्वसाधारणको १० अर्ब ७३ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले सहकारीका सञ्चालक, कर्मचारीसँगै ऋण लिएर नतिर्ने ऋणीलाई पनि प्रतिवादी बनाएर गत बिहीबार जिल्ला अदालत सुनसरीमा अभियोगपत्र दायर गरेको इलाका प्रहरी कार्यालय सुनसरीको प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । मुद्दा दायर भएकोहरुमध्ये ३५ जनालाई संगठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ वमोजिम कसुरमा सजायको मागदाबी गरिएको छ । दुईसय १० ज
इटहरी । सञ्चारिका समूह धनकुटाको प्रथम जिल्ला अधिवेशनबाट सर्मिला राई अध्यक्षमा निर्वाचित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ धनकुटाको सभाहलमा आज सम्पन्न अधिवेशनले उहाँलाई अध्यक्षमा चयन गरेको हो । समूहको १३ सदस्यीय कार्य समितिको उपाध्यक्षमा निर्मला कुँवर, सचिवमा कोकिला भण्डारी र चाँदनी राई, सहसचिवमा बालकुमारी थापा, कोषाध्यक्षमा षष्टिका राई, सदस्यहरूमा उपासि ताजपुरिया, पञ्चमाया तामाङ्, तुलसा पैडेल, सृजना खुलाल, बिनु कार्की, धनकुमारी राई रहनुभएको छ । संविधानसभा सदस्य लीला सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष विदुर खवास, पत्रकार रमेशचन्द्र अधिकारी, स
दुहवी / नेकपा (एमाले) दुहवी नगर कमिटीले नगरभर ‘जरा अभियान’ तथा पूर्ण बैठक अघि बढाएको छ । नगर कमिटीको कार्ययोजनाअनुसार छलफल गर्दै अभियानको बधाई बढाइएको छ।कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य भगवती चौधरीको प्रमुख अतिथ्यता तथा ताबिज हुसैनको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपाध्यक्ष आबिद हुसैन, बिनय पोखरेल, प्रदीप चौधरी, राम कोइराला, याम सुब्बा लगायतका वक्ताहरूले जरा अभियानको सफलताको शुभकामना व्यक्त गर्दै पार्टी संगठनलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाए।बैठकले अव क्रमस सबै टोल कमिटीको बैठक आयोजना गर्ने निर्णय गरेको छ। बैठकमार्फत जरा अभियानलाई अझ प्रभावकारी बनाउन आवश्यक रणनीति तय
सुनसरी / सुनसरीको बराहक्षेत्र १० मदन आश्रित चौतरो प्रकासपुर बजारमा १६औं वार्षिक स्थापना दिवसको उपलक्ष्यमा पिपल बोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वारा रक्तदान कार्यक्रममा ५१ प्रिन्ट रक्त संकलन गरेको छ ।रक्तसन्चार सेवा केन्द्र नेपाल रेडक्रस सोसाइटी ,सुनसरी द्वारा रक्त संकलन ले ५१ प्रिन्ट रक्त संकलन गरेको हो । यस सहकारीको प्रत्येक स्थापन दिवस को उपलक्ष्यमा सरसफाइ , रक्तदान ,स्वास्थ सिविर जस्ता अन्य सामाजिक कार्यमा निरन्तरता दिदै आइरहेको र भावी दिनहरुमा पनि सामाजिक कार्यमा र सामाजिक र सार्वजनिक सेवामा निरंतरता दिने कुरामा सदैव तत्पर रहिरहने भनी पिपल बोटे बचत तथा ऋण सह
इटहरी । नेपालमा प्रविधि, रोबोटिक्स, र उद्यमशीलताको क्षेत्रमा विद्यार्थीहरूलाई व्यावहारिक सिकाइ प्रदान गर्ने उद्देश्यसहित कोशी मिनी यन्त्र ३.० यस वर्षको संस्करण फुजिसन सगरमाथा बोडिङ स्कुल भवनीपुरमा सुरु भएको छ । रोबोटिक्स एसोसिएसन अफ नेपाल इस्टद्वारा आयोजित कोशी यन्त्र ३.० आइतबार फुजिसन सगरमाथा बोर्डिङ स्कुलको प्राङ्गणमा आयोजना गरिएको हो । उद्धघाटन कार्यक्रममा रोबोटिक्स एसोसिएसन अफ नेपाल इस्टका अध्यक्ष बिनिल राज अधिकारीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा कोशी प्रदेशकी राज्य मन्त्री सिर्जना राईको उपस्थिती रहेको थियो । कार्यक्रमको विचमा नेपालकै पहिलो रोबोट साइबरडगको लाइभ डेमो स
मिलन अधिकारीज. ब. क्या. इटहरी। जनता बहुमुखी क्याम्पस इटहरीमा ‘स्ववियु कप २०८१’ सप्ताहव्यापी खेलकुद समारोह सुरू भएको छ । शुक्रबार जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको उद्घाटन कार्यक्रमको अध्यक्ष्ता ‘स्ववियु अध्यक्ष सहदेव काफ्लेको रहेको थियो भने कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । क्याम्पसलाई समुदाय सँग जोड्ने उद्देश्यले जनता बहुमुखी क्याम्पस बाट इटहरी चौक हलगडा हुँदै जनता क्याम्पसमा सम्म पाँच किलोमिटरको जे. एम.सि रन आयोजना गरिएको थियो । स्ववियुले विधार्थीको प्रयोगात्मक कार्य र क्षमता अबिवृद्धी गराउन विभिन्न काम गर्दै आएको
इटहरी । सुनसरीको दुहबी नगरपालिका ८ स्थित कोशी लोकमार्गमा ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा सह(चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी रामधुनी नगरपालिका १ का ५० वर्षीय बुधन चौधरी रहेका छन् । शनिबार दिउँसो सुनसरीको दुहबी नगरपालिका ८ स्थित कोशी लोकमार्गमा को २ त ५९८१ नम्बरको इट्टा बोकेको ट्याक्टर कुदिरहेको अवस्थामा अनियन्त्रित भएर टेङग्रा खोलामा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टरका सह(चालक चौधरी घाइते भएका थिए । उनलाई तत्काल उपचारको लागि स्थानीय सिटी अस्पताल लगिए पनि उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । ट्याक्टर चालक रामधुनी १ का २३ वर्षीय सुरज चौधरीलाई इलाका
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.