All Posts By कोशी प्रेस

    Showing ७४१-७५० of १३,४४५ items.
  • अपर त्रिशूली थ्री बि आयोजनामा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन

    भोटेकोशी नदीमा बुधबार आएको बाढीको कारणले अपर त्रिशूली थ्री बि हाइड्रोइलेक्ट्रिक आयोजनामा सुपरीवेक्षण परामर्शदाताको रूपमा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । सो आयोजनामा सुपरिवेक्षणको लागि परामर्शदाताको रूपमा चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडका विभिन्न तहका १२ जना कर्मचारी कार्यरत कर्मचारी सम्पर्कविहीन भएकाले उद्धार तथा खोजी गर्नका लागि अनुरोध गरिएको छ । चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडका प्रशासन अधिकृत विमल कडरियाले कम्पनीमार्फत अपर त्रिशूली थ्रि बी हाइड्रोइलेक्ट्रिक आयोजनामा विभिन्न तहमा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन भएकाले खोजी गरिदिनका ला

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • १४१ पटक पढिएको
  • बाढीपीडितका लागि कामना सेवा विकास बैंकको २५ लाख सहयोग

    काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउन २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।बैंकको सञ्चालक समितिको निर्णयअनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ र बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबापत १५ लाख रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ सहयोग गरिएको हो । बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ । बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ ।

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • १११ पटक पढिएको
  • रसुवाको बाढीपछि तेह्रथुमका रामभक्त नेवार सम्पर्कविहीन

    इटहरी। रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि तेह्रथुमका एक ट्रक चालक सम्पर्कविहीन भएका छन् ।सम्पर्कविहीन हुनेमा तेह्रथुमको छथर गाउँपालिका–१, आङ्दिम कोराङका करिब ३६ वर्षीय रामभक्त नेवार रहेका छन् । उनी ट्रक लिएर सामान लिन रसुवाको नाका पुगेका बेला बाढी आएपछि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । मोरङको बेलबारी नगरपालिका–८, बुधबारे भाउन्नेमा बस्दै आएकी रामभक्तकी भाउजू कुमारी नेवारका अनुसार रामभक्तले बुधबार बिहान करिब ६ बजे घरमा फोन गरी रसुवा नाकामा सामान लोड गर्न आएको बताएका थिए । सामान लिएर काठमाडौं जानुपर्ने बताएपछि केही समयमै रसुवामा भीषण बाढी आएको खबर परिवारले पाएको थियो ।त्यसपछि रा

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • १४२ पटक पढिएको
  • ६ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

    काठमाडौं ।  रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ ।नेपाली सेनाको करिब चार हजार फौजको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । आज बिहानदेखि रसुवाको टिमुरे, धुञ्चे र मैलुङ इलाकाबाट छ देशका ४५ विदेशीसहित उनीहरुलाई उद्धार गरिएको हो ।

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • ७५ पटक पढिएको
  • नारायणीबाट भेटिएका ग्यास सिलिन्डर प्रशासनलाई बुझाउन निर्देशन

    चितवन ।नारायणी नदीबाट बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर भेटिए तत्काल स्थानीय प्रशासनलाई बुझाउन चितवनका प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएका छन्। बाढीपछि नदी किनारका विभिन्न स्थानमा सिलिन्डर भेटिन थालेपछि प्रशासनले त्यस्ता सामग्री घरमा लैजान वा आफैं प्रयोग नगर्न आग्रह गरेको हो ।प्रशासनले भेटिएका सिलिन्डर सुरक्षित रूपमा नचलाइ सुरक्षा निकाय वा सम्बन्धित स्थानीय तहमा बुझाउन आग्रह गरेको छ । सिलिन्डरमा ग्यास बाँकी हुनसक्ने भएकाले सावधानी अपनाउनसमेत स्थानीयलाई आग्रह गरिएको छ ।

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • १०६ पटक पढिएको
  • भोटेकोशी बाढीपीडितलाई विराटनगर महानगरले २५ लाख ५१ हजार दिने

    इटहरी : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।महानगरपालिकाले विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । बाँकी रकम जनप्रतिनिधिको सेवा–सुविधा तथा कर्मचारीको मासिक पारिश्रमिकबाट जुटाइने महानगरपालिकाले जनाएको छ । बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा स्थानीय तहबीचको सहकार्य र मानवीय ऐक्यबद्धता आवश्यक रहेको भन्दै विराटनगरले सहयोगको निर्णय गरेको हो । महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भोटेकोशीमा भएको विपद् कुनै एक भूगोल वा समुदायको मात्रै समस्या नभई

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • ९० पटक पढिएको
  • स्वर्गीय ज्ञानुराम प्रसाईको स्मृतिमा झापाको देवी माध्यमिक विद्यालयमा दुई लाखको अक्षयकोष

    इटहरी  :  देवी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष स्वर्गीय ज्ञानुराम प्रसाईको स्मृतिमा विद्यालयमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ।प्रसाईकी श्रीमती तथा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा देवी महतारा प्रसाईले अक्षयकोषका लागि दुई लाख रुपैयाँको चेक वुधवार  विद्यालयलाई हस्तान्तरण गरेकी हुन्। विद्यालयकी प्रधानाध्यापक अम्विका श्रेष्ठले चेक ग्रहण गरेकी थिइन् । अभिभावक तथा विद्यार्थीको उपस्थितिमा आयोजित कार्यक्रममा उक्त चेक हस्तान्तरण गरिएको हो। विद्यालयका अनुसार अक्षयकोषबाट प्राप्त रकम विद्यार्थीको शैक्षिक विकास र उज्ज्वल भविष्यका लागि उपयोग गरि

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • ७३ पटक पढिएको
  • सोलुमा च्याउ टिप्न जंगल पुगेका शेर्पामाथि भालुको आक्रमण, अनुहारमा गम्भीर चोट

    इटहरी : सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ खाम्जे उन्मिलोका करिब ३५ वर्षीय ग्याल्जेन शेर्पामाथि जंगली भालुले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका छन् ।प्रहरीका अनुसार बुधबार करिब ४ बजे शेर्पा जुनबेसीस्थित सामुदायिक जंगलमा च्याउ टिप्न गएको अवस्थामा जंगली भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट उनको अनुहारमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरी चौकी बेनीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । स्थानीयवासी र प्रहरीको सहयोगमा घाइते शेर्पालाई उद्धार गरी स्ट्रेचरमार्फत जुनबेसीसम्म ल्याइएको थियो ।त्यसपछि एम्बुलेन्समार्फत उनीलाई थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • ८४ पटक पढिएको
  • रसुवा बाढीपीडितका लागि कोशी उद्योग वाणिज्य महासंघ अध्यक्ष राउतले दिए ११ लाख

    इटहरी : रसुवाका विभिन्न स्थानमा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले ११ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन् ।महासंघ, कोशी प्रदेशले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत अध्यक्ष राउतले व्यक्तिगत रूपमा ११ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको जानकारी दिएको हो । महासंघले रसुवामा बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • १३१ पटक पढिएको
  • रसुवा बाढीपछि इलाम र पाँचथरका नागरिक पनि सम्पर्कविहीन

    इटहरी : रसुवाको टिमुरे तथा चीनसँगको केरुङ नाका आसपास बुधबार आएको बाढीपछि इलाम र पाँचथरका केही नागरिक सम्पर्कविहीन भएका छन् ।गोसाइँकुण्ड यात्राका लागि काठमाडौंको नयाँ बसपार्कबाट छुटेको बसमा सवार इलामका यात्रुसहित रसुवामै कार्यरत पाँचथरकी ज्योती मगरसमेत सम्पर्कविहीन भएको परिवारजनले बताएका छन् । इलामको माई नगरपालिका–७ का नरेन्द्रप्रसाद दाहालसहित यात्रु सवार बा ६ ख ८५६५ नम्बरको बस बुधबार बिहान ६ बजे काठमाडौंको नयाँ बसपार्कबाट गोसाइँकुण्डका लागि हिँडेको थियो । बस बिहान ८ः४५ बजे नुवाकोटको गंगटे पुगेपछि यात्रु तथा बससँग सम्पर्क हुन नसकेको परिवारजनले जनाएका छन् । प्रारम्भिक विवरणअनुसार बसमा सवार

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • २३८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]