इटहरी । भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ । प्लाइउड बोकेका ३४ वटा ट्रकलाई भारतस्थित पानीट्याङ्की स्थल भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम प्रसाईंले बताउनुभयो । ती ट्रकहरु दुई साताअघि काँकडभिट्टा नाकाबाट भारत गएका थिए । भारतीय भन्सार कार्यालयले ब्युरो अफ इन्डियन सर्टिफिकेट बीआइएस नभएको भनी नेपाली सामानलाई रोकेको प्रसाईंले जानकारी दिनुभयो । बिआइएस भारत सरकारको गुणस्तर प्रमाणपत्र हो । भारतले आयात हुने सामान बिआइएस प्रमाणित हुनुपर्ने नयाँ नियम लगाएपछि नेपालबाट प्लाइउड, सिमेन्टलगायत उत्पादनहरुको निर्यात अवरुद्ध भएको छ । काँकडभिट्टा मात्र नभई नेप
इटहरी । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको आठ महिनामा एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार राजस्व संकलन गरेको छ । उक्त रकम गत आव २०८०(०८१ को सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । कार्यालयको तथ्यांकअनुसार गत आव २०८०(०८१ को सोही अवधिमा रु एक अर्ब ८४ करोड १७ लाख १५ हजार राजस्व संकलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए । आन्तरिक राजस्व कार्यालयले चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । गत आवभन्दा राजस्व संकलन बढे पनि चालु आवको आठ महिनाको लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन भएको छ । कार्यालयले आठ महिनामा आयकरबाट ८९ करोड २७ लाख ८५ हजार, ब्याजब
इटहरी। झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ११ गते मेचि बिट र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका(५ स्थितमा चेकजाँचको क्रममा ९ ग्राम १ मिलिग्राम ब्राउन सुगर सहित मे।६ प ९९७७ नम्बरको मोटरसाईकल चालक माई नगरपालिका(५ ईलामका ३३ बर्षीय भुपेन्द्र लावती र मोटरसाईकल पछाडी सवार बिर्तामोड(५ का २३ बर्षीय राजिब चौधरीलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर(१७ बाट को। २९ प ६४२७ नम्बरको मोटरसाईकल चालक बेलबारी(११ का २९ बर्षीय आशि
इटहरी । वन डढेलोको बढ्दो जोखिमलाई नियन्त्रण गर्ने उद्देश्यले मोरङका विभिन्न पालिकामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका छन् । मोरङको पथरी शनिश्चरे, लेटाङमा सामुदायिक वन उपभोक्ता महासंघ, डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालयहरुको संयोजनमा जनचेतनामूलक र्याली, कोणसभा, व्यानर प्रदर्शन र अभिमुखीकरण कार्यक्रमहरू सम्पन्न भएका हुन् । सोमबार मोरङको पथरीशनिश्चरेस्थित सामुदायिक वन उपभोक्ता महासंघ नगर महासंघको आयोजनामा वन डढेलो नियन्त्रण सप्ताह कार्यक्रम सम्पन्न भएको छ । मनकामना सामुदायिक वनबाट सुरु भएको र्याली हाटखोला, भेटनरी लाइन, सिनेमाहल लाइन हुँदै श
इटहरी । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न चौतारीको दशौं महाधिवेशनले पाण्डेको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । राजेश राईको अध्यक्ष पदमा प्रबल दाबेदारी भए पनि अन्तिम समयमा आएर राईले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएपछि पाण्डे सर्वसम्मत चयन हुनुभएको हो । समितिको दुई जना उपाध्यक्षहरुमा चेतन अधिकारी र कृपा भण्डारी महिला चयन हुनुभएको छ । त्यस्तै, महासचिवमा हिरामान लामा पुनः दोहोरिनुभएको छ । त्यस्तै, उपमहासचिवमा हरिवल्लभ नेपाल चयन हुनुभएको छ । सचिवहरुमा विष्णु तारुके संगठन, प्रदीप आचार्य अर्थ, बिक्रम लुइटेल प्रचार तथा
इटहरी। झापाको कनकाई नगरपालिका ५ नारायणदल चौकमा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या प्रयास गरेका छन् । स्थानीय ४० वर्षीय लालबहादुर मंग्रातीले ४० वर्षीया श्रीमती मनिसा मग्रातीको हत्या गरी आत्महत्या प्रयास गरेका हुन् । उनीहरु स्थानीय योगेन्द्र बसेलको घरमा भाडामा बस्दै आएका थिए । घरमालिक भने वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको कनकाई ५ का वडाअध्यक्ष कृष्णबहादुर राईले गोरखापत्रलाई बताउनुभयो । सोमबार राति श्रीमान श्रीमती झगडा गर्दा श्रीमतीको मृत्यु भएपछि श्रीमातले समेत आफ्नो घाटी रेटेर आत्महत्या प्रयास गरेका थिए । तर उनको मृत्यु नभएपछि आफैँले मङ्गलबार बिहान ४ बजेतिर छिमेकीलाई फोन गरेर श्रीमती
इटहरी। ताप्लेजुङस्थित प्रगतिशील लेखक सङ्घ नेपालको अध्यक्षमा प्रजिन हाङ्बाङ चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न सङ्घको तेस्रो जिल्ला अधिवेशनले हाङ्बाङ अध्यक्ष रहेको १३ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो । समिति उपाध्यक्षमा देवानसिंह मादेन विरही कान्छा, सचिव लक्ष्मीप्रसाद अधिकारी, सहसचिव झरेन्द्रप्रसाद तिवारी र कोषाध्यक्षमा लीला सुनुवार आँशु चयन हुनुभएको छ । सदस्यहरूमा टीकामाय यक्सो, जीवन कालिकोटे ९सन्देश०, नेत्र अविरल, विपना वियोगी, नवराज आचार्य र अबिरसिं यक्सो चयन हुनुभएको छ । यस्तै, अग्रज साहित्यकार भरतकुमार गुरुङ संयोजक रहेको सात सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ । सल
इटहरी । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाचकर्ण राईले किरात समुदायको मुन्दुमी स्थल खुवालुङको स्थलगत अवलोकन गरेका छन् । किरात अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको विशेष निमन्त्रणामा सोमबार प्रदेश सरकारको मन्त्री स्तरीय टोलीले खुवालुङ क्षेत्रको स्थलगत अवलोकन गरेको हो । खुवालुङ क्षेत्र पुगेका मन्त्री राई सहित मन्त्रालयका सचिव हेमराज तामाङ, संस्कृति पुरातत्व विभाग महाशाखा प्रमुख यादव दुलाल लगायत उच्च पदस्थ कर्मचारीहरुलाई प्रतिष्ठानका अध्यक्ष सदर राईले स्वागत सम्मान गरेका थिए । खुवालुङ क्षेत्र पुगेपछि मन्त्री राईले एतिहासिक साँस्कृतिक क्षेत्रको संरक्षण गर्ने सामाजिक विकास मन्त्रालयक
इटहरी । आगामी वैशाख दोस्रो साता खोटाङको दिक्तेल बजारमा ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव(२०८२’ सञ्चालन हुने भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको संयुक्त आयोजनामा वैशाख(१५ गतेदेखि २० गतेसम्म दिक्तेल बजारमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सञ्चालन हुने भएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा छ दिनसम्म सञ्चालन हुने महोत्सवमा ६३ वटा पदकका लागि एथलेटिक्ससहित खुला ब्याडमिन्टन, खुला पुरूष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई र
इटहरी। माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ प्रयोग भएको पुष्टि भएको हो । सुनसरी सदरमुकाम इनरुवा(९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसइई परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’ मार्फत चिट चोर्न सहयोग गर्ने गार्ड रङ्गेहात पक्राउ परेका छन् । परीक्षा केन्द्रबाट ‘ह्वाट्सएप’ को प्रयोग गरी चिट चोराउने कार्यमा संलग्न दुई जना गार्डलाई पक्राउ गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । परीक्षा केन्द्र अनुगमनमा पुगेको प्रजिअसहितको टोलीलाई देखेर परीक्षा गार्ड९श
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.