इटहरी | इटहरी वडा नम्बर १६ मा अवस्थित सुनसरी कृष्टल एकेडेमी स्कुलले आफ्नो २०औं वार्षिकोत्सव तथा अभिभावक दिवस अत्यन्तै भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ । करिब दुई दशकदेखि शिक्षाको क्षेत्रमा उत्कृष्ट योगदान दिँदै आएको यस विद्यालयले स्थापनाको २० औं वर्ष पुगेको उपलक्ष्यमा विद्यालय प्राङ्गणमै विविध कार्यक्रमसहित भव्य समारोहको आयोजना गरेको हो।समारोह विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेन्द्र धिमालको सभाध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका प्रमुख खगेन्द्र प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन गौतम, सुनसरी जिल्ला व
इटहरी | संगित प्रतिष्ठान टोल विकास संस्थाद्वारा नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान तथा जेष्ठ नागरिक र पुर्व अध्यक्ष सम्मान कार्यक्रम गरेको छ ।कार्यक्रम संयोजक पदम कुमार थापाको सभाअध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख अतिथिमा कार्यक्रम गरिएको थियोे ।उक्त अवसरमा दीर्घकालसम्म समाजमा योगदान पुर्याउनुभएका जेष्ठ नागरिकहरू नरेश श्रेष्ठ, अम्बिका देवी गौतम, विष्णु कुमारी राई लगायत संस्थाका पूर्व अध्यक्षहरू हर्क बहादुर घिमिरे, चुणामणि भट्टराई र हस्तबहादुर तामाङलाई विशेष सम्मान गरिएको थियो। सम्मानस्वरूप उनीहरूलाई दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरिएको
गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।प्रहरी स्रोतका अनुसार उनी भारतको असाम राज्यबाट पक्राउ परेका हुन् ।उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ ।तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए ।त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए । यद्यपि उनी पक्राउ पर्न सकेका थिएनन् ।उनी पक्राउ परिसकेपछि उनको फेसबुक पेजमा आसाम प्रहरीसामु आफैले आत्मसमर्पण गरेको भनेर पोस्टहरु गरिराखिएको छ ।
धरान / २०८१ चैत्र २९ र ३० गते धरान मन्टेस्वरी एकेडेमी द्वारा विविध कार्यक्रम गरी बीसौँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाउन लागेको छ । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षक, विद्यार्थी र अभिभावकको सल्लाह सुझाव साथै विद्यार्थीको प्रतिभा देखाउने कार्यलाई निरन्तरता दिदै आइरहेको मन्टेश्वरीका प्रबन्ध निर्देशक दिपक अग्रवालले बताउनुभयो।धरान १० मा अवस्थित सैनिक भवनमा बिहान १० बजेबाट सुरु हुने कार्यक्रममा विधार्थीहरुले गायन, नृत्य, तथा नाटक प्रदर्शन गर्ने र बालबालिकालाई हौसला बढाउन उनीहरूका प्रतिभा विराट टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरी देशैभरि हेर्न सक्ने गरी का
तेह्रथुम | तेह्रथुम जिल्लाको विकास र समृद्धिमा जनप्रतिनिधिहरूको सक्रिय भूमिका विषयक एक विशेष अन्तरक्रिया कार्यक्रम लालिगुराँस नगरपालिकाको आयोजनामा बसन्तपुरमा सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाभरिका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।उक्त अन्तरक्रिया कार्यक्रम लालिगुराँस नगरपालिकाका नगरप्रमुख अर्जुन माबोहाङको सभाध्यक्षता तथा नेपाल सरकारकी पूर्व शहरी विकास मन्त्री सीता गुरूङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि गुरूङले विगतमा आफूले मन्त्रालय सम्हालेका बेला गरेका कामहरू, योजनाहरू र ती योजनाबाट जिल्लामा परेको प्रभावबारे विस्तृत रूपमा जानकार
इटहरी । झापाको गौरादह नगरपालिका–५, बालुबथानमा चट्याङ लागेर बुधबार एकजनाको मृत्यु भएको छ । घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुभोटे स्थायी घर भइ हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया गर्दै आएका थिए । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
इटहरी । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले आउँदो वैशाख १ गतेदेखि सार्वजनिक बिदाका दिनमा कार्यालय खुलाएर सेवा प्रवाह गर्ने भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले जारी गर्नुभएको सूचनाअनुसार वैशाख १ गतेदेखि अर्थात २०८२ सालमा वैशाख पूर्णिमा चण्डी पूर्णिमाँ सहित विभिन्न १६ वटा सार्वजनिक बिदामा प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने भएको हो । सार्वजनिक बिदा हुने गणतन्त्र दिवस, हरितालिका तीज, घटस्थापना, किरात समुदायको उधौली पर्व, क्रिसमस डे, तमू ल्होसारका दिन प्रशासन कार्याले सेवा
इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नाराका साथ ६ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाण–पत्र लाल पुर्जा वितरण गरेको छ । दोस्रो लटमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाण–पत्र ९लाल पुर्जा० वितरण नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं। ३ का छ जना भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गरेको हो । कार्यक्रम राष्ट्रिय भूमि समाधान आयोग, सुनसरीको समन्वय र देवानगञ्ज गाउँपालिका गाउँ कार्यपालिकाको आयोजना गरि धनीपुर्जा वितरण गरेको हो । कार्यक्रमले
इटहरी । यस वर्ष शैक्षिकसत्र सुरु हुनु अगावै सङ्खुवासभा जिल्लामा पाठ्यपुस्तक आइपुगेको छ । जिल्लाका १० वटै स्थानीय तहमा शैक्षिकसत्र अगावै पाठ्यपुस्तक पुगेको हो । भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक समय अगावै उपलब्ध गराएका हुन् । यसअघिका वर्षहरूमा पाठ्यपुस्तक समयमा नपुग्ने सङ्खुवासभामा यो पटक नयाँ शैक्षिकसत्र सुरु नहुँदै गाउँगाउँमा पाठ्यपुस्तक पुगिसकेका बिक्रेताले जनाएका छन् । सदरमुकाम खाँदबारीका पुस्तक व्यवसायीले सरकारी बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री गरिरहेका व्यवसायी
इटहरी । झापा, मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २६ गते झापाको मेचिनगर नगरपालिका(६ स्थितमा झापाको इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत वेष्ट बंगाल दार्जिलिङका ४१ बर्षीय राजेन बर्मनको साथबाट १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो भने झापाको प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा ४ का २८ बर्षीय भुवन न्यौपानेलाई निजकै घरबाट ब्राउन सुगर १ ग्राम ९ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका १५ बाट सुनसरी धरान ८ का १९ बर्षीय समन न्यौपाने र १९
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.