All Posts By कोशी प्रेस

    Showing ७,०७१-७,०८० of १३,७०८ items.
  • शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, २२ जना घाइते

    इटहरी। काठमाडौँबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख। ४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा बसमा सवार २२ जना यात्रु घाइते हुनुभएको छ । घाइतेको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उहाँले बताउनुभयो । दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते हुनुभएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिनुभयो । जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताज

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • २३९ पटक पढिएको
  • कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्यो

    इटहरी।  प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरू गरिएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ । कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्न थालेको हो । कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ कार्यक्रम ल्याएको हो । यहाँ विशेषगरी भारतीय पर्यटक आउनेगरेका छन् । भन्सार पास भएर आइसकेका भारतीय पर्यटकलाई बढिमात्रामा चेकजाँचको झन्झट हुने गरेको गुनासो आइरहेकामा हाल पर्यटन वर्षलाई लक्षित गरेर सीमानाकामा

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • ३०९ पटक पढिएको
  • ताप्लेजुङमा चार जनाको ज्यान गएको घटनाबारे छानबिन गर्न समिति गठन

    इटहरी । ताप्जेजुङमा विद्युतीय तारमा अल्झिएर गाडीमा आगजनी हुँदा चार जनाको मृत्यु भएको सम्बन्धमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा पाथिभरा मन्दिर दर्शनका लागि जाँदै बोलेरो जिपमा आगजनी हुँदा एकै परिवारका तीन सहित चार जनाको मृत्यु भएको थियो । आगजनीमा गम्भीर घाइते एक महिलाको काठमाडौंमा उपचार भइरहेको छ । मन्त्री दीपक खड्काको निर्देशनमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले छानविनका लागि चार सदस्यीय समिति गठन गरेको हो । नेपाल विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा गठित समितिमामन्त्रालयका दुईजना प्रतिनिधि र पु

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • ४४१ पटक पढिएको
  • ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले पायो पूर्णता

    इटहरी । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घको कार्यसमितिले पूर्णता पाएको छ । शुक्रबार सङ्घका नवनिर्वाचित अध्यक्ष विकास गौतमले मनोनित पदाधिकारी तथा सदस्यलाई सपथग्रण गराउनु भएसँगै कार्यसमितिले पूर्णता पाएको हो । अध्यक्ष गौतमले वरिष्ठ उपाध्यक्षमा दावा शेर्पासहित मनोनित सदस्यमा भद्रवीर रेग्मी, रेवतबहादुर श्रेष्ठ, भोला बराल, नन्दकुमार बानिया, हेमनाथ केसी र गीता भट्टराईलाई शपथ ग्रहणसँगै प्रमाणपत्र वितरण गर्नुभएको छ । वाणिज्य सङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष र केही सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ । विधानमा भएको व्यवस्था अनुसार मनोनित हुनुभएका पदाधिकारी तथा सदस्यलाई अध्यक्ष गौतमले पद तथा गोपनियताको श

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • ३२५ पटक पढिएको
  • उर्लाबारीमा २०० किलोग्राम मुङ्ग्री माछा नष्ट

    इटहरी। इलाका प्रहरी कार्यालय उर्लाबारीले शुक्रबार बिहान नियन्त्रणमा लिएको मुङ्ग्री माछा नष्ट गरेको छ । प्रहरीले शुक्राबार बिहान दुईसय केजी मुङ्ग्री माछा नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार माछाको बजारमूल्य करिव ५० हजार रुपियाँ पर्छ । ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालका अनुसार प्रहरीको गस्ती टोलीले उर्लाबारी नगरपालिका –७ स्थित बरगाछी चौकमा बा ९ प ३६२९ नम्बरको मोटरसाइकलमा लोडगरी उर्लाबारी बजारतर्फ ल्याउँदै गर्दा नियन्त्रणमा लिएको हो । प्रहरीलाई देखेपछि मोटरसाइकल चालक माछा छाडेर भागेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको माछालाई स्थानीय स

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • ४५९ पटक पढिएको
  • हरैँचामा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु, स्थिति तनावग्रस्त

    विराटनगर | विराट चोक सडक खण्डअन्तर्गत सुन्दरहरैँचा नगरपालिका –१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।टिपरको ठक्करबाट सुनसरी दुहबी –९ का ४० वर्षीय महमद हमिद मियाँको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।विराट चोकबाट दक्षिणतर्फ आउँदै गरेको ना १ क ६२७० नम्बरको टिपर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १ ०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।टिपरबाट मृत्यु भएका मियाँको शव स्थानीयले उठाउन दिएका छैनन् भने स्थिति तनावग्रस्त रहेको डीएसपी जोशीले बताए ।टिपर चालकलाई नियन्त्रणमा लिइसकेको

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • ४३७ पटक पढिएको
  • कोशी प्रदेशमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह

    इटहरी । नेपाल–भारत उद्योग वाणिज्य सङ्घ एनआइसिसिआई कोशी प्रदेश समितिले लगानीका लागि कोशी प्रदेशमा उपयुक्त वातावरण रहेको भन्दै लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेको छ । सङ्घका कोशी प्रदेश अध्यक्ष मुकेश उपाध्यायले उद्योग, कृषि, पर्यटन तथा अन्य विविध क्षेत्रमा लगानीको सम्भावना रहेको जानकारी गराउनुभएको हो । भारतको बिहार राज्यस्थित पूर्णियामा आयोजना भएको ‘नेपाल–भारत साझेदारी शिखर सम्मेलन’ मा नेपाली पक्षको प्रतिनिधित्व गर्दै गएका उपाध्यायले लगानीका लागि आग्रह गर्नुभएको हो । सम्मेलनमा नेपाल–भारत उद्योग वाणिज्य सङ्घ ९एनआइसिसिआई० कोशी प्रदेश समितिले सहभागिता जनाएको थियो । सम्मेलनमा सबहिमालयन रिस

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • ३७६ पटक पढिएको
  • खोटाङको खोटेहाङ गाउँपालिकामा अन्तरजातीय विवाह गरेका दम्पतीलाई सम्मान

    इटहरी। खोटाङको खोटेहाङ गाउँपालिकामा अन्तरजातीय विवाह गरेका दम्पतीलाई सम्मान गरिएको छ । अन्तरजातीय विवाह गरेर घरजम बसाएका जोडीलाई नगद र सम्मानपत्रले सम्मान गरिएको हो । खोटेहाङ गाउँपालिका–१, लिकुवापोखरीका सुदेश राई र रिता खड्का, शम्भुजित कट्वाल र अम्बिका राई, विजय सार्की र मुना श्रेष्ठ तथा विनोद राई र ममता तामाङ दम्पतीलाई सम्मान गरिएको हो । फरक–फरक समुदायका भए पनि विवाह गरेर घरजम बसाएका जोडीलाई सम्मान गरिएको खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेश राईले जानकारी दिनुभयो । दलित लक्षित कार्यक्रम अन्तर्गत गाउँपालिकाले विनियोजन गरेको रकमबाट नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, खोटेहाङ गाउँ कार्य समिति

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • ३१८ पटक पढिएको
  • भोलि तरहरामा हुने राष्ट्रिय कविता प्रतियोगितामा १० कविता छनोट

    इटहरी | इटहरी २० तरहरामा भोलि  (शुक्रवार) हुने राष्ट्रिय कविता प्रतियोगिताका लागि १० वटा कविता छनोट भएका छन् ।‘स्व. कवि नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि प्राप्त भएका ४०६ कवितामध्ये १० वटा कविता छनोट गरिएको हो । निर्णायक समितिले मूल्याङ्कन गरी आज (मङ्गलबार) छनोट भएका कविता सार्वजनिक गरेको हो ।सार्वजनिक भएका कविहरूमा सप्तरीकी रोमा लम्साल नुराको ‘मानिसलाई रूखको अन्तिम प्रश्न,’ रसुवाकी एलिसा एकलासको ‘पृथ्वीको अन्तिम रूख,’ खोटाङका शुभचन्द्र राईको ‘आशा,’ गोरखाका निशान निष्कर्षको ‘प्रकृतिको व्यायामशालामा आमा,’ सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘अनि खतरा

    • प्रकाशित मितिः वैशाख ११, २०८२
    • ४१६ पटक पढिएको
  • भोजपुरको हतुवागढी गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोपयुक्त पालिका घोषित

    भोजपुर | भोजपुरको हतुवागढी गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोपयुक्त पालिकाको रूपमा घोषणा गरिएको छ। बिहीबार आयोजित विशेष कार्यक्रममा पालिका अध्यक्ष प्रेमकुमार राईले औपचारिक रूपमा प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै पालिकालाई पूर्ण खोपयुक्त घोषणा गरे।कार्यक्रममा अध्यक्ष राईले खोप कार्यक्रम बालबालिकाको जीवित रहने अधिकार र मातृ स्वास्थ्य सुरक्षासँग जोडिएको उल्लेख गर्दै, लोकतन्त्र दिवसको अवसर पारेर यस्तो ऐतिहासिक घोषणा गरिएको जानकारी दिए। उनले खोप सुनिश्चितताका लागि स्थानीय स्तरको स्वामित्व र सहभागिता अपरिहार्य रहेको पनि बताए।‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता’ भन्ने नारासहित आयोजि

    • प्रकाशित मितिः वैशाख ११, २०८२
    • ८५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]