All Posts By कोशी प्रेस

    Showing ७,०४१-७,०५० of १३,७०८ items.
  • पाथीभरा केबुलकारद्वारा वार्ताका लागि आह्वान

    इटहरी । पाथीभरादेवी दर्शन केबुलकार कम्पनीले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबुलकारको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ । कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले सधैँ स्थानीयको माग र सरोकारलाई उच्च सम्मान गर्दै आएको बताएको छ । कम्पनीले विज्ञप्तिमा त्यहाँका स्थानीय धर्म, संस्कृति, पहिचान र सभ्यताको जगेर्ना गर्दै त्यसको प्रवर्धन गर्न कम्पनीका तर्फबाट यथाशक्य सहयोग रहने प्रतिबद्धता जनाएको छ । गत साता त्यहाँका स्थानीयवासीका सरोकारका विषयमा पहिचानका लागि युवालगायत विभिन्न स्थानीय सङ्घ संस्थाले राजधानीमा पत्रकार सम्मेलन गरेका थिए । सो पत्रकार सम्मेलनमार्फत सरोकारवाला

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • ३४३ पटक पढिएको
  • कञ्चनजङ्घा क्षेत्रको प्रवर्द्धनका लागि सिरिजङ्घा पर्यटन महोत्सव सम्पन्न

    इटहरी। ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा ‘सिरिजङ्घा पर्यटन महोत्सव–२०८२’ सोमबार सम्पन्न भएको छ । कञ्चनजङ्घा क्षेत्र अन्तर्गत करिब तीन हजार चार सय मिटर उचाइ रहेको सिरिजङ्घा गाउँपालिका–८, याम्फुदिनको झोरेनीमा महोत्सव आयोजना गरिएको हो । कञ्चनजङ्घामा पर्यटक भित्त्याउने मुख्य उद्देश्य राखेर झोरेनीमा तीनदिने पर्यटन महोत्सव आयोजना गरिएको हो । जलवायु परिवर्तनले हिमालमा पारिरहेको असर साथै लोपोन्मुख हिमाली जीवजन्तुको अवस्था पहिचान गरी संरक्षणको उपाय अवलम्बन गर्दै पर्यटन प्रवर्धन गर्न महोत्सव आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष डा। चित्रकुमार माबोले बताउनुभय

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • ३५७ पटक पढिएको
  • स्थायी शिक्षकहरुलाई नपर्खिकनै जनता माविमा पठनपाठन सुरु

    इटहरी । इटहरीस्थित जनता माविमा पठन पाठन सुरु भएको छ । २८ जना स्थायी शिक्षकहरु आन्दोलनमा गएपनि निजी स्रोतबाट तलब लिने १४८ शिक्षक शिक्षिकाहरुबाट अध्यापन सुरु गरिएको इटहरी ९ का वडाध्यक्ष जितेन थापाले जानकारी दिए । शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा झैं जनता माविमा पनि पठन पाठन सुरु हुन सकेको छैन । पठनपाठन सुरु नहुँदा निजी विद्यालयसँग प्रतिष्पर्धा गरिरहेको जनता माविमा त्यसको असर देखिइसकेकोले कक्षा सुरु गर्न लागिएको उनले बताए । उनका अनुसार भौतिक उपस्थितीमै पढाउने, त्यो सम्भव नभए अनलाइन भएपनि कक्षा सुरु गरिनेछ ।अझै केही दिन विद्यालय अवरुद्ध हुने हो भने विद्यार्थीहरु निजीतिर जाने

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • ३८० पटक पढिएको
  • इटहरीमा “सम्पदा, संस्कृति संरक्षण र पर्यटनका कुरा“

    इटहरी | सङ्गीत साधना प्रतिष्ठान नेपाल इटहरीको आयोजनामा र उद्योग वाणिज्य संघ इटहरीको सहकार्यमा “सम्पदा, संस्कृति संरक्षण र पर्यटनका कुरा“ विषयक विशेष कार्यक्रम सोमबार सम्पन्न भएको छ । इटहरीस्थित इन्टुरिष्ट होटलमा आयोजना गरिएको कार्यक्रममा सङ्गीत साधना प्रतिष्ठान नेपालका अध्यक्ष प्रदीप कुमार रेग्मीको अध्यक्षता रहेको थियो । कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ पुरातत्वविद् तथा संरचना संरक्षण अभियन्ता रविन्द्र पुरी रहनुभएको थियो । नेपालमा सांस्कृतिक सम्पदा संरक्षणमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएका पुरीले सन् २००४ मा युनेस्को एशिया प्यासिफिक सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार प्राप्त गर्नुभएको

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ४७० पटक पढिएको
  • कोशीको लगानी सम्मेलन , ७१ परियोजना तयार, १ खर्ब ७१ अर्ब लगानी जुटाउने लक्ष्य

    इटहरी । कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गर्ने प्रदेश लगानी सम्मेलनको तयारी पुरा भएको छ । १८ र १९ वैशाखमा विराटनगरमा लगानी सम्मेलन हुँदैछ । सम्मेलनको तयारी पूरा भएको कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताए । उनका अनुसार सम्मेलनका लागि ७१ वटा परियोजना प्रस्तुत गरिनेछ । ती परियोजनाको लागत १ खर्ब ७१ अर्ब हाराहारी छ । विराटनगरको वीरेन्द्र सभागृहमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी रहेको कोइरालाले बताए । सम्मेलनमा पर्यटन, पूर्वाधार, कृषि, औद्योगिक, ऊर्जा, सूचना प्रविधि र फोहोर व्यवस्थापनलगायत शीर्षक ७१ वटा परियोजना राखिने उनले

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ६८४ पटक पढिएको
  • ३४ सय मिटरको उचाइमा पर्यटन महोत्सव आयोजना

    इटहरी। ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा ‘सिरिजङ्घा पर्यटन महोत्सव–२०८२’ आयोजना गरिएको छ । कञ्चनजङ्घा क्षेत्रअन्तर्गत करिव तीन हजार चार सय मिटर उचाइ रहेको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनको झोरेनीमा महोत्सव आयोजना गरिएको हो । कञ्चनजङ्घामा पर्यटक भित्र्याउने मुख्य उद्देश्य राखेर झोरेनीमा तीन दिने पर्यटन महोत्सव आयोजना गरिएको हो । सिरिजङ्घा गाउँपालिकाले आयोजना गरेको पर्यटन महोत्सव सोमबार सम्पन्न भएको छ । जलवायु परिर्वतनले हिमालमा पारिरहेको असर साथै लोपोन्मुख हिमाली जीवजन्तुको अवस्था पहिचान गरी संरक्षणको उपाय अवलम्बन गर्दै पर्यटन प्रवर्धन गर्न महोत्

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ३५७ पटक पढिएको
  • कन्चन्जङ्घा साहसिक हाल्फ म्याराथनको उपाधि कुलुङ्लाई

    इटहरी । कन्चनजङ्घा साहसिक हाल्फ म्याराथन प्रतियोगिताको उपाधि अर्जुन कुलुङ राइले हात पार्नुभएको छ । विश्व तेश्रो तथा नेपालको दोश्रो अग्लो हिमाल कन्चन्जङ्घाको प्रवर्द्धनका लागि आयोजित हाल्फ म्याराथन प्रतियोगिताको उपाधी सोलुखुम्बुका राईले हात पार्नुभएको हो । सिरीजङ्घा गाउँपालिकाद्वारा आयोजित जिरीजङ्घा पर्यटन महोत्सव अन्तर्गतको प्रतियोगितामा दुई घण्टा छ मिनेट २५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै राइले उपाधी चुम्नु भएको हो । यस्तै जुम्लाका धिरज बहादुर बुढा प्रतियोगितामा दोश्रो बन्नु भएको छ। बुढाले निर्धारित दुरी दुई घण्टा छ मिनेट ४६ सेकेण्डमा पार गर्दै दोश्रो हुनुभएको म्याराथन ब्यबस्थापनका संयोजक

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ४५६ पटक पढिएको
  • धनकुटाबाट नौ सय ४६ किलोग्राम गाँजासहित एक पक्राउ

    इटहरी। धनकुटामा अवैध लागु औषध गाँजा ट्रकमा लोड गर्दै गर्दा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको चौबिसे गाउँपालिका ५ बोधेका ४३ वर्षीय मनोज लिम्बू रहेका छन् । उनलाई प्रहरी टोलीले आइतबार राति बोधेबाट नौ सय ४६ किलोग्राम गाँजासहित पक्राउ गरेको हो । ना। ५ ख। ६१५७ नम्बरको ट्रकमा लोड गर्दै गरेको अवस्थामा गाँजासहित लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनभयो । प्रहरीले विशेष सूचनाको आधारमा प्लास्टिकको बोरामा ३८ पोका गाँजा ९९४६ केजी० फेला पारेको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ४१२ पटक पढिएको
  • सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति

    इटहरी । गएरातिको हावाहुरी र वर्षाले सुनसरीमा मकैखेती र आँपखेतीमा ठूलो क्षति गरेको छ । सुनसरी सदरमुकाम इनरूवासहित देवागञ्ज, भोक्राहा, बराहक्षेत्र, हरिनगरलगायतका क्षेत्रमा गरिएको मकैखेती र आँपखेतीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए । जिल्लाको विभिन्न ठाउँमा सघन र व्यावसायिक रूपमा मकैखेती गरिँदै आइएको छ । भित्र्याउने बेलामा हावाहुरीसँगै वर्षाले मकैखेतीमा क्षति पुर्‍याएको उनले जानकारी दिए। मकै भित्र्याउने बेलामा हावाहुरी र वर्षाले बिरूवा खेतमै रहेको, मकैमा लागेको फूल झरेको, फलसमेत खसेका कारणले ठूलो नोक्सानी भएको छ । त्यसैगरी, आँपमा समेत क्षति भएक

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ३३८ पटक पढिएको
  • ओखलढुङ्गामा चट्याङ , ६ वर्षको अवधिमा १२ जनाको मृत्यु, २४ घाइते

    इटहरी । ओखलढुङ्गामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार चट्याङले ६ वर्षको अवधिमा १२ जनाको ज्यान गएको हो । आर्थिक वर्ष २०७६(७७ देखि २०८१(८२ सम्मको तथ्याङ्कअनुसार चट्याङ लागेर १२ जना मृत्यु र २४ जना घाइते भएका छन् । यस अवधिमा लाखौँको क्षति भएको तथ्याङ्क छ । पछिल्लो दुई वर्षमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । १० जनामा घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए। चालु आवको साउनदेखि चैत मसान्तसम्म चट्याङका कारण तीनजना मानिस घाइते भएका छन् । यस अवधिमा १० व

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ३०६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]