All Posts By कोशी प्रेस

    Showing ६,१३१-६,१४० of १३,६२७ items.
  • जन्मकैद सजाय पाएका फरार प्रतिवादी मोरङबाट पक्राउ

    इटहरी । मोरङको रानीबाट जन्मकैदको सजाय पाएका फरार प्रतिवादी पक्राउ परेका छन्। इप्रका रानीका प्रमुख प्रहरी निरीक्षक कनिन राई र प्रहरी नायब निरीक्षक सुवास अधिकारीको संयुक्त कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। २०७७ साल माघ २० गतेको मोरङ जिल्ला अदालतको फैसला अनुसार कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जन्मकैदको सजाय सुनाइएका विराटनगर–१५ निवासी ३५ वर्षीय राजकुमार सहनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सहनीलाई शुक्रवार विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाट क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेपछि उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखी आवश्यक अनुसन्धान कार्य अगाडि बढ

    • प्रकाशित मितिः असार १४, २०८२
    • ३२७ पटक पढिएको
  • मोरङको धनपालथानमा नाबालिकाको बलात्कारपछि हत्या

    इटहरी । मोरङको धनपालथान गाउँपालिका–६ स्थित बबियामा एक ५ वर्षीया बालिकाको बीभत्स हत्या भएको घटनाले स्थानीय समुदाय स्तब्ध बनेको छ ।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बालिकामाथि बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ । घटनाको प्रकृति हेर्दा यसलाई जघन्य अपराधको रूपमा लिइएको छ । शुक्रवार राति करिब ३ बजेको समयमा आत्तिका सरदार नामकी बालिका घरबाटै बेपत्ता भएकी थिइन् । परिवारसँगै सुतेकी उनी अचानक हराएपछि अभिभावक र आफन्तले बिहान ५ बजे कर्सिया प्रहरी चौकीमा बालिका हराएको जानकारी गराएका थिए । बालिका बेपत्ता भएको केही समयमै घरबाट करिब सय मिटर टाढा रहेको दुर्गा आधारभूत विद्यालय नजिकको बाटो छेउमा उनको शव

    • प्रकाशित मितिः असार १४, २०८२
    • २१८ पटक पढिएको
  • सोलुदूधकुण्डमा प्राविधिक शिक्षालयका लागि सवा ११ करोडको सम्झौता

    इटहरी । हिमाली जिल्ला सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका र फ्रान्सस्थित सोलु–च्याम संस्थाबिच नुम्बुर बहुप्राविधिक शिक्षालय सञ्चालन गर्न पाँच वर्षका लागि ११ करोड २३ लाख ७५ हजार रुपियाँको सहयोग सम्झौता भएको छ । नगरपालिकाकोतर्फबाट नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पा र सोलु–च्यामकोतर्फबाट नेपाल प्रतिनिधि निमा शेर्पाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौता पश्चात नगरप्रमुख शेर्पाले नुम्बुर बहुप्राविधिक शिक्षालयको दिगो सञ्चालनको भरपर्दो आधार तयार भएको भन्दै यसले सोलुदूधकुण्ड नगरपालिका मात्रै नभइ सिङ्गो सोलुखुम्बुमानै प्राविधिक शिक्षामा नयाँ सम्भावनाको ढोका खोलेको बताउनुभयो । प्राविधिक जनशक्ति

    • प्रकाशित मितिः असार १४, २०८२
    • २९३ पटक पढिएको
  • विराटनगरमा बिहेघरमा करेन्ट लागेर १७ वर्षीय किशोरको मृत्यु

    इटहरी । विराटनगरमा एक विवाह समारोहको दौरान करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। मोरङको विराटनगर–१८ झटियाहीका १७ वर्षीय अमित यादवको शनिवार बिहान करेन्ट लागेर ज्यान गएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार कनैया यादवको छोरीको बिहेमा डिजे सङ्गीतमा नाच्ने क्रममा बिहान करिब १ः३० बजेको समयमा किशोर यादव करेन्टको चपेटामा परेका थिए। प्रारम्भिक अनुसन्धानमा नाच्ने क्रममा डिजे सेटको तारमा लडेका अमितलाई सोही क्रममा करेन्ट लागेको खुलेको छ। गम्भीर घाइते अवस्थामा उनलाई तत्काल कोशी अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी

    • प्रकाशित मितिः असार १४, २०८२
    • २६७ पटक पढिएको
  • सोलुदूधकुण्डमा प्राविधिक शिक्षालयका लागि सवा ११ करोडको सम्झौता

    इटहरी । हिमाली जिल्ला सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका र फ्रान्सस्थित सोलु–च्याम संस्थाबिच नुम्बुर बहुप्राविधिक शिक्षालय सञ्चालन गर्न पाँच वर्षका लागि ११ करोड २३ लाख ७५ हजार रुपियाँको सहयोग सम्झौता भएको छ । नगरपालिकाकोतर्फबाट नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पा र सोलु–च्यामकोतर्फबाट नेपाल प्रतिनिधि निमा शेर्पाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौता पश्चात नगरप्रमुख शेर्पाले नुम्बुर बहुप्राविधिक शिक्षालयको दिगो सञ्चालनको भरपर्दो आधार तयार भएको भन्दै यसले सोलुदूधकुण्ड नगरपालिका मात्रै नभइ सिङ्गो सोलुखुम्बुमानै प्राविधिक शिक्षामा नयाँ सम्भावनाको ढोका खोलेको बताउनुभयो । प्राविधिक जनशक्ति

    • प्रकाशित मितिः असार १४, २०८२
    • ४३ पटक पढिएको
  • महिलाको पीडा सुुन्ने निकाय नभएको गुनासो

    इटहरी । महिला तथा बालबालिका कार्यालय जिल्लाबाट हटेसँगै हिंसापीडित महिलाको गुनासो सुन्न राज्यको निकाय नभएको इलामका अधिकारवादी महिलाले बताएका छन् । जिल्लाको अवस्था बुुझ्ने क्रममा इलाम आईपुग्नु भएकी राष्ट्रिय महिला आयोग सदस्य विद्या सिन्हासँग जिल्ला प्रशासन कार्यालयमा भेला भएका अधिकारवादी महिलाले यस्तो गुनासो गरेका हुन् । महिला तथा बालबालिका कार्यालय स्थानीय तहमा गाभिएपछि त्यस कार्यालयमा आउने विषेश गरी जबरजस्ती करणीसम्बन्धी घटना इलाम अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा पुुग्ने गरेका छन् । यस वर्ष जबरजस्ती करणीसम्बन्धी घटनामा ४० जना पीडित यो केन्द्रमा आइपुुगेको केन्द्रकी

    • प्रकाशित मितिः असार १४, २०८२
    • २८३ पटक पढिएको
  • निजामती विद्यालयलाई प्रदेशकै उत्कृष्ट बनाउनु पर्ने जोड

    इटहरी । धनकुटामा अवस्थित कोशी प्रदेशको एकमात्र निजामती आवासीय विद्यालयलाई प्रदेशकै उत्कृष्ट बनाउनुपर्ने सरकोकारवालाहरुले बताएका छन् । शिक्षा विकास निर्देशनालय कोशी प्रदेश धनकुटाको संयोजनमा र त्रिभुवन विश्वविद्यालय शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सिइआरआइडी) काठमाडौँले विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि मार्गचित्र ९डिपिआर०सहितको प्रतिवेद तयारी गर्ने सम्बन्धमा प्रारम्भिक प्रतिवेदन तथा छलफल कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । छलफलका क्रममा कोशी प्रदेशमा एकमात्रै निजामती आवासीय विद्यालय रहेकाले प्रदेशकै एक उत्कृष्ट एवम् नमूना विद्यालय बनाउनु पर्नेमा जोड दिइएका थिए । विद्यालयको

    • प्रकाशित मितिः असार १४, २०८२
    • ३०५ पटक पढिएको
  • छ महिनामा १८ वटा मानव अधिकार उल्लङ्घनका घटना

    इटहरी । पाँचथरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६’ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार सन २०२५ सुरु भएदेखि ६ महिनाको अवधिमा जिल्लामा मानव अधिकार उल्लङ्घनका १८ वटा घटना भएका छन् । जस्मा १८ जना महिला बालबालिका पीडित भएको इन्सेक पाँचथर प्रतिनिधि इवारा जवेगूले जानकारी दिनुभयो । यस अवधिमा जिल्लामा दुई हत्या, पाँच बलात्कार, तीन हत्या प्रयास, पाँच अभद्र व्यवहार, दुई यौन दुर्व्यवहार र एक साइबर अपराध गरी १८ वटा घटनाको अभिलेख गरिएको छ । ती घटनामध्ये चार जना बालिका पीडित भएका छन् । कार्

    • प्रकाशित मितिः असार १४, २०८२
    • १४९ पटक पढिएको
  • मकालु स्कुलकि मिसू प्रधानले एसइईमा ल्याइन ४.० जिपिए

    इटहरी /  इटहरी–५ स्थित मकालु इङ्लिस बोर्डिङ स्कुलकी मेधावी छात्रा मिसू प्रधानले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जिपिए ल्याउँदै विद्यालयमै उत्कृष्ट नतिजा हासिल गरेकी छन्। स्कुलका ३१ जना सहभागी विद्यार्थीमध्ये सबै उत्तीर्ण भएका छन् भने प्रधान सबैभन्दा उच्च नतिजा ल्याउने विद्यार्थी बनेकी हुन्।विद्यालयका प्रिन्सिपल थानेस्वर ढकालका अनुसार मिसू प्रधान एक अनुशासित, परिश्रमी र बहुप्रतिभाशाली विद्यार्थी हुन्। उनले शैक्षिक सफलता मात्र होइन, अतिरिक्त क्रियाकलापहरूमा समेत उल्लेखनीय उपलब्धि हासिल गर्दै विद्यालयको प्रतिष्ठा बढाएकी हुन्।यसअघि प्रधानले फक्तालुङ मिडिया प्रालिद्वारा आयोजित

    • प्रकाशित मितिः असार १४, २०८२
    • ५३६ पटक पढिएको
  • इटहरीमा मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    इटहरी | नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तत्कालीन महासचिव एवं विचारक मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।"नेपाली समाजको रूपान्तरणमा जनताको बहुदलीय जनवाद (जबज) को भूमिका र जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण" शीर्षकमा आयोजित उक्त कार्यक्रम शुक्रवार इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको हो।कार्यक्रमको आयोजना मदन भण्डारी फाउण्डेसन इटहरी उपमहानगरपालिका कार्यसमितिले गरेको हो। कार्यक्रमका अध्यक्षता फाउण्डेसनका अध्यक्ष उमेश पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बराल उपस्थित रहनुभएको थियो।कार्

    • प्रकाशित मितिः असार १३, २०८२
    • ७७७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]